प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ypq question ६ pp. १८-२०
  • साथीहरूको दबाबको कसरी प्रतिरोध गर्न सक्छु?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साथीहरूको दबाबको कसरी प्रतिरोध गर्न सक्छु?
  • युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • मिल्दोजुल्दो सामग्री
  • युवाहरू हो—साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साथीहरूले दबाब दिंदा के गर्ने?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • बाइबल किन जाँच्नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • साथीहरूको दबाब—के यसले तपाईंलाई फाइदा पुऱ्‍याउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
युवाहरूको १० प्रश्‍नका जवाफहरू
ypq question ६ pp. १८-२०
स्कुलमा पढ्‌ने एक जना केटाले अर्को केटालाई चुरोट दिंदै छ

प्रश्‍न ६

साथीहरूको दबाबको कसरी प्रतिरोध गर्न सक्छु?

यसबारे किन चासो राख्नुपर्छ?

आफ्नो लागि आफै निर्णय गर्दा तपाईं अरूको इशारामा नाचिरहनुभएको हुँदैन।

तपाईं के गर्नुहुन्छ?

कल्पना गर्नुहोस्‌: स्कुलको दुई जना साथीहरू विनोदतिर आउँदैछन्‌। विनोदको धड्‌कन तेज हुन थाल्छ। यही हप्ताको कुरा हो, तिनीहरूले विनोदलाई दुई चोटि चुरोट खान दबाब दिइसके। आज पनि तिनीहरू त्यसै गर्दै छन्‌।

एउटा केटाले भन्छ:

“एक्लै? आऊ म एउटा साथी चिनाइदिन्छु।”

तिनले “साथी” भन्दा आँखा झिम्काउँदै खल्तीबाट केही कुरा निकालेर विनोदतिर आफ्नो हात लम्काउँछ।

त्यो केटाको हातमा चुरोट पो रहेछ। अब विनोदको धड्‌कन झन्‌ तेज हुन थाल्छ।

विनोदले जवाफ दिन्छ, “म चुरोट खाँदिन भनेर पहिल्यै भनिसकें!”

अर्को केटोले भन्‍न थाल्छ: “कत्ति डराएको?”

विनोदले साहस बटुल्दै भन्छ, “डराएको होइन।”

त्यो केटोले विनोदको काँधमा हात हालेर भन्छ, “लिऊ न लिऊ।”

पहिलो केटो विनोदको नजिक गएर चुरोट दिंदै खुसुक्क भन्छ: “कसैले थाह पाउँदैन। हामी कसैलाई भन्दैनौं के!”

तपाईं विनोद हुनुभएको भए के गर्नुहुन्थ्यो?

एकछिन सोच्नुहोस्‌!

ती साथीहरूले के गर्दै छन्‌ भनेर तिनीहरूलाई थाह छ? तिनीहरू आफ्नो लागि आफै निर्णय गर्ने मानिसहरू हुन्‌ त? पक्कै होइन। तिनीहरू अरूको लहैलहैमा लाग्नेहरू हुन्‌। अरूले आफूलाई मन पराओस्‌ भन्‍ने चाहेकोले तिनीहरू अरूको इशारामा नाच्छन्‌।

तपाईं पनि यस्तै अवस्थामा पर्नुभयो भने कसरी त्यसको सामना गर्न सक्नुहुन्छ? साथीहरूको दबाबको प्रतिरोध कसरी गर्न सक्नुहुन्छ?

  1. १ पहिल्यै विचार गर्नुहोस्‌

    बाइबल भन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ, तर सीधा-साधा त्यसमा पर्छ र दण्ड भोग्छ।”—हितोपदेश २२:३.

    समस्या आउनुअघि नै तपाईंले त्यसबारे थाह पाउन सक्नुहुन्छ। जस्तै, स्कुलका साथीहरूले चुरोट खाँदै गरेको तपाईंले टाढैबाट देख्नुभयो भने आफूमाथि कस्तो समस्या आउँदै छ भनेर विचार गर्नुहोस्‌। यसो गर्नुभयो भने समस्याको सामना गर्न तपाईं तयार भइरहेको हुनेछ।

  2. २ सोच्नुहोस्‌

    बाइबल भन्छ: “आफ्नो अन्तस्करण सफा राख।”—१ पत्रुस ३:१६.

    आफैलाई यस्तो प्रश्‍न सोध्नुहोस्‌, ‘भीडको पछि लागिरहें भने के म साँच्चै खुसी हुन्छु?’ हुन त केही क्षणको लागि साथीहरूले मन पराएको महसुस गर्नुहुन्छ होला। तर पछि तपाईंलाई कस्तो महसुस हुन्छ? कक्षाका साथीहरूलाई खुसी बनाउन के तपाईं आफ्नो पहिचान गुमाउन चाहनुहुन्छ?—प्रस्थान २३:२.

  3. ३ निर्णय गर्नुहोस्‌

    बाइबल भन्छ: “बुद्धिमान्‌ मानिस होसियार हुन्छ।”—हितोपदेश १४:१६.

    ढिला होस्‌ या चाँडो हामीले निर्णयहरू गर्नै पर्छ। अनि त्यसको नतिजा पनि भोग्नै पर्छ। बाइबलमा यूसुफ, अय्यूब र येशूजस्ता मानिसहरूबारे बताइएको छ जसले सही निर्णय गरे। साथै गलत निर्णय गर्नेहरू, जस्तै: कयिन, एसाव र यहूदाजस्ता व्यक्‍तिहरूबारे पनि बताइएको छ। तपाईंचाहिं कस्तो निर्णय गर्न चाहनुहुन्छ?

बाइबल भन्छ: “सत्यताको पछि लाग्‌।” (भजन ३७:३) आफूले गरेको निर्णयले कस्ता नतिजाहरू ल्याउँछ भनेर पहिल्यै सोच्नुभयो भने आफ्नो अडानबारे बताउन सजिलो हुन्छ र यो इनामदायी पनि हुन्छ।

चिन्ता नगर्नुहोस्‌! तपाईंले साथीहरूलाई भाषण दिनुपर्दैन। निर्धक्क भएर नाइँ मात्र भने पुग्छ। अथवा आफ्नो अडानबारे स्पष्टसित बताउन यसो भन्‍न सक्नुहुन्छ:

  • “मलाई चाहिं सामेल नगर है!”

  • “म यस्तो कुरा गर्दिनँ!”

  • “मलाई अझै चिनेको छैनौ?”

मुख्य कुरा भनेको निर्धक्क भएर तुरुन्तै जवाफ दिनु हो। यसो गर्दा साथीहरूले तपाईंलाई दबाब दिने छैनन्‌।

अरूले खिल्ली उडाउँदा के गर्ने?

एक जना केटाले अर्को केटालाई रोबटलाई जस्तै नियन्त्रण गर्दै छ

साथीहरूले दबाब दिंदा तपाईंले हार मान्‍नुभयो भने तपाईं तिनीहरूले नियन्त्रण गर्ने रोबटजस्तै हुनुहुनेछ

साथीहरूले तपाईंको खिल्ली उडायो भने के गर्नुहुन्छ? उनीहरूले तपाईंलाई डरपोक भनेर जिस्क्यायो भने नि? खिल्ली उडाउनु वा जिस्क्याउनु पनि एक प्रकारको दबाब हो। तपाईं यसको सामना कसरी गर्न सक्नुहुन्छ? तपाईंसित दुई वटा उपाय छन्‌।

  • सहनुहोस्‌। (तपाईं यसो भन्‍न सक्नुहुन्छ, “हो, मलाई डर लाग्छ।” अनि डराउनुको कारण पनि बताउन सक्नुहुन्छ।)

  • तिनीहरूलाई नै दबाब दिनुहोस्‌। तिनीहरूको कुरा नमान्‍नुको कारण बताउनुहोस्‌ अनि तिनीहरूको निर्णयमाथि प्रश्‍न उठाउनुहोस्‌। (“तिमीजस्तो स्मार्ट मान्छेले पनि चुरोट खान्छौ भनेर सोचेकै थिइनँ!”)

तपाईंका साथीहरूले दबाब दिइरहन्छन्‌ भने त्यहाँबाट अन्तै जानुहोस्‌! नबिर्सनुहोस्‌, जति लामो समय त्यहाँ बस्नुहुन्छ त्यति नै दबाब बढ्‌दै जान्छ। त्यो ठाउँ छोडेर जानुभयो भने तपाईं आफ्नो निर्णय परिवर्तन गर्नुहुन्‍न भनेर साथीहरूले देख्नेछन्‌।

साथीहरूबाट पक्कै दबाब आउँछ। तर हार मान्‍ने कि दृढ रहने, निर्णय तपाईं कै हो। आखिरमा छनौट तपाईंले नै गर्नुपर्छ।—यहोशू २४:१५.

योजना बनाऔं!

  • साथीहरूको दबाबको प्रतिरोध गर्न आफूलाई कसरी तयार पार्न सक्छु?

  • साथीहरूले गलत काम गर्न दबाब दिए भने म के गर्छ?

थप कुराहरू हेर्नुहोस्‌!

साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌

www.jw.org/ne मा साथीहरूको दबाबको प्रतिरोध गर्नुहोस्‌! भन्‍ने ह्वाइटबोर्ड एनिमेसन हेर्नुहोस्‌। (बाइबलको शिक्षा > किशोरकिशोरी अन्तर्गत हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने