प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१ pp. ७-९
  • बाइबल किन जाँच्नुपर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बाइबल किन जाँच्नुपर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबल—सही इतिहास भएको किताब
  • बाइबल—पुरानो तर अहिलेको लागि पनि उपयोगी किताब
  • साथीहरूको दबाबको कसरी प्रतिरोध गर्न सक्छु?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • ‘पाइला चाल्न मार्ग तयार गर्नुहोस्‌’ र प्रगति गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • “चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के तपाईंले सिकाउनुहुने व्यक्‍तिमा सत्यले फल फलाउँदैछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१ pp. ७-९
राजीव नाम गरेका एक यहोवाका साक्षी सागर नाम गरेका व्यक्‍तिसित कुरा गर्दै छन्‌

छिमेकीसित कुराकानी

बाइबल किन जाँच्नुपर्छ?

एक जना यहोवाको साक्षी र छिमेकीबीच हुन सक्ने कुराकानी तल दिइएको छ। कल्पना गर्नुहोस्‌, राजीव नाम गरेका एक जना यहोवाका साक्षीले सागर भन्‍ने व्यक्‍तिलाई भेटेर कुराकानी गर्छन्‌।

बाइबल—सही इतिहास भएको किताब

सागर: म त्यत्ति धर्मकर्म गर्ने मान्छे त होइन। त्यसैले हामीले धेरै कुराकानी गरिरहनु आवश्‍यक छैन जस्तो छ।

राजीव: तपाईंले आफ्नो विचार बताउनुभएकोमा धन्यवाद। ओहो! परिचय त गर्नै बिर्सेछु। मेरो नाम राजीव हो, तपाईंको?

सागर: म सागर।

राजीव: तपाईंलाई भेटेर खुसी लाग्यो।

सागर: मलाई पनि खुसी लाग्यो।

राजीव: म तपाईंलाई एउटा प्रश्‍न सोधूँ कि? तपाईं धार्मिक आस्था राख्ने परिवारमा हुर्कनुभएको हो?

सागर: हो, तर कलेज पढ्‌न घर छोडेदेखि धर्मकर्म खासै गरिएको छैन।

राजीव: ए! तपाईंले कलेजमा कुन विषय लिएर पढ्‌नुभयो?

सागर: सामाजिक शिक्षा र इतिहास। मलाई खासगरि इतिहासमा धेरै चासो छ। मानव समाज कसरी बिस्तार भयो भनेर बुझ्न असाध्यै मनपर्छ।

राजीव: इतिहास साँच्चै रोचक विषय हो। बाइबल पनि इतिहासको किताब हो भनेर तपाईंलाई थाहै होला। तपाईंले कहिल्यै आफ्नो पढाइको सिलसिलामा बाइबल हेर्नुभएको थियो कि?

सागर: अहँ, छैन। मलाई थाह छ, बाइबल एउटा राम्रो किताब हो। तर यो इतिहासको पनि किताब हो भनेर मैले सोचेकै थिइनँ।

राजीव: तपाईं खुलस्त विचारधारा राख्ने व्यक्‍ति हुनुहुँदो रहेछ। तपाईंसित एकैछिन समय भए बाइबल सही इतिहास भएको किताब हो भनेर प्रस्ट पार्ने केही उदाहरणहरू देखाउन चाहन्छु।

सागर: भइहाल्छ नि। तर मसित बाइबल छैन।

राजीव: ठीक छ। मेरो बाइबलबाटै तपाईंलाई देखाउँछु। पहिलो उदाहरण हामी १ इतिहास अध्याय २९ को पद २६ र २७ मा पाउँछौं। यहाँ यस्तो लेखिएको छ: “यिशैका छोरा दाऊदले सारा इस्राएलमाथि राज्य गरेका थिए, औ तिनले इस्राएलमाथि चालीस वर्ष राज्य गरे। तिनले हेब्रोनमा सात वर्ष र यरूशलेममा तेत्तिस वर्ष राज्य गरे।”

सागर: यो कुरा कसरी सही इतिहासको प्रमाण भयो र?

राजीव: यहाँ उल्लेख गरिएका राजा दाऊद वास्तविक व्यक्‍ति होइन भनेर समालोचकहरूले दाबी गरेका थिए।

सागर: ए, हो र? तिनीहरूले किन त्यसो भने?

“दाऊदको घर” भनेर लेखिएको पुरातन समयको ढुङ्‌गा

राजीव: बाइबलबाहेक अरू कतै पनि राजा दाऊद वास्तविक व्यक्‍ति थिए भन्‍ने कुराको त्यत्ति प्रमाण पाइएको थिएन। तर सन्‌ १९९३ मा पुरातत्त्वविद्‌हरूले एउटा पुरानो ढुङ्‌गा भेट्टाए, जसमा “दाऊदको घर” भनेर लेखिएको थियो।

सागर: ए!

राजीव: बाइबलमा उल्लेख गरिएको अर्को एक जना व्यक्‍तिको अस्तित्वबारे पनि प्रश्‍न खडा गरिएको थियो। ती व्यक्‍ति येशूको समयका राज्यपाल पन्तियस पिलातस हुन्‌। त्यतिबेलाका थुप्रै सरकारी अधिकारीहरूका साथसाथै तिनीबारे लूका अध्याय ३ को पद १ मा लेखिएको छ।

सागर: हो, मैले देखें। यहाँ यस्तो लेखिएको छ: “पन्तियस पिलातस यहूदियाका राज्यपाल, हेरोद गालीलका प्रान्तीय शासक।”

पन्तियस पिलातसको नाम कुँदिएको पुरातन समयको ढुङ्‌गा

राजीव: हो। धेरै वर्षसम्म शास्त्रविद्‌हरूले पन्तियस पिलातस वास्तविक व्यक्‍ति थिए भन्‍ने कुरामा शङ्‌का गरे। तर झन्डै ५० वर्षअघि मध्यपूर्वतिर एउटा ढुङ्‌गो भेट्टाइयो, जसमा स्पष्टसित पिलातसको नाम कुँदिएको थियो।

सागर: ए, यस्तो कुरा त मैले कहिल्यै सुनेको थिएन।

राजीव: तपाईंसित यसबारे कुरा गर्न पाएकोमा म खुसी छु।

सागर: वास्तवमा म बाइबललाई एउटा राम्रो साहित्यको रूपमा लिन्छु। तर आज हाम्रो समयको लागि यो किताब उपयुक्‍त छैन जस्तो लाग्छ। यसमा सही इतिहास होला, तर हामीलाई काम लाग्ने व्यावहारिक सल्लाह छ जस्तो चाहिं मलाई लाग्दैन।

बाइबल—पुरानो तर अहिलेको लागि पनि उपयोगी किताब

राजीव: थुप्रै मानिसहरू त्यसै भन्छन्‌। तर मेरो विचार भने फरक छ। किनभने मानव इतिहासको सुरुदेखि नै मानिसको आधारभूत आवश्‍यकताहरू परिवर्तन भएको छैन। उदाहरणको लागि, मानिसलाई सधैं गाँस, बास र कपासको आवश्‍यकता परेको छ। साथै हामी एकअर्कासित कुराकानी गर्न मन पराउँछौं र परिवार सुखी भएको पनि चाहन्छौं। के हामी यी कुराहरूलाई महत्त्वपूर्ण ठान्दैनौं र?

सागर: ठान्छौं।

राजीव: जीवनका यी विभिन्‍न पक्षमा बाइबलले हामीलाई मदत गर्न सक्छ। त्यसैले यो किताब पुरानो भए तापनि अहिलेको लागि उपयोगी छ भन्‍न सक्छौं।

सागर: कसरी?

राजीव: स्पष्ट भन्‍नुपर्दा बाइबलमा आधारभूत सिद्धान्तहरू पाइन्छन्‌, जुन हजारौं वर्षअघि बाइबल लेखिएको समयमा जस्तै आज पनि उपयोगी छ।

बाइबलमा आधारभूत सिद्धान्तहरू पाइन्छन्‌, जुन हजारौं वर्षअघि बाइबल लेखिएको समयमा जस्तै आज पनि उपयोगी छ

सागर: कुन-कुन क्षेत्रमा उपयोगी छ त?

राजीव: पैसाको सन्दर्भमा कसरी सन्तुलित दृष्टिकोण राख्ने, असल साथी कसरी बन्‍ने वा सुखी परिवार कसरी बनाउने भन्‍ने जस्ता कुराहरूमा बाइबलले राम्रो निर्देशन दिन्छ। बाइबलले हामीलाई सफलताको बाटोमा डोऱ्‍याउँछ। उदाहरणको लागि अहिलेको जमानामा असल पति बन्‍न अनि परिवारको राम्रो रेखदेख गर्न निकै गाह्रो छ जस्तो तपाईंलाई लाग्दैन?

सागर: यो कुरा त सोह्रै आना सही हो। मेरो विवाह भएको लगभग १ वर्ष भयो। श्रीमतीसँग हरेक कुरामा विचार मिल्छ भन्‍ने छैन।

राजीव: हो नि। तर बाइबलमा हामीलाई साँच्चै मदत गर्ने सिद्धान्तहरू पाइन्छ। उदाहरणको लागि एफिसी अध्याय ५ लाई लिनुहोस्‌। तपाईं पद २२, २३ र २८ पढ्‌न सक्नुहुन्छ कि?

सागर: हुन्छ। यहाँ यस्तो लेखिएको छ: “ख्रीष्टको अधीनमा बसेजस्तै पत्नीहरू आ-आफ्नो पतिको अधीनमा बसून्‌, किनकि पत्नीको शिर पति हो, जसरी ख्रीष्ट पनि आफ्नो शरीर अर्थात्‌ मण्डलीको शिर अनि उद्धारक हुनुहुन्छ।” अनि पद २८ मा यस्तो लेखिएको छ: “त्यसैगरि, पतिहरूले आ-आफ्नो पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। जसले आफ्नी पत्नीलाई प्रेम गर्छ, उसले आफूलाई प्रेम गर्छ।”

राजीव: धन्यवाद। तपाईंलाई कस्तो लाग्छ, यदि पतिपत्नी दुवैले यो सल्लाह पालन गरेमा पारिवारिक जीवन राम्रो हुँदैन र?

सागर: त्यो त पक्कै हुन्छ। तर भन्‍न पो सजिलो छ त, गर्न कम गाह्रो छ!

राजीव: कुरा सही हो। सतप्रतिशत सही काम गर्न सक्ने मानिस कोही छैन। बाइबलको यही अध्यायमा हामीलाई व्यावहारिक हुनुपर्छ भनेर पनि प्रोत्साहन दिइएको छ।a कुनै पनि सम्बन्ध राम्रो बनाउन चाहन्छौं भने सन्तुलित हुनु र सम्झौता गर्नु आवश्‍यक छ। सन्तुलित हुन बाइबलले मदत गर्छ भनेर म र मेरी पत्नीले अनुभव गरेका छौं।

सागर: ए!

राजीव: यहोवाका साक्षीहरूको वेबसाइटमा वैवाहिक सम्बन्ध र पारिवारिक जीवनसम्बन्धी केही राम्रा जानकारीहरू पाइन्छ। तपाईंसित थोरै समय छ भने म तपाईंलाई एउटा उदाहरण देखाऊँ?

सागर: हुन्छ, भइहाल्छ नि।

राजीव: वेबसाइटको ठेगाना www.jw.org /ne हो। यो वेबसाइटको गृहपृष्ठ हो।

राजीव नाम गरेका यहोवाका साक्षीले सागर नाम गरेका व्यक्‍तिलाई jw.org वेबसाइट देखाउँदै

सागर: आहा! कस्तो राम्रो फोटोहरू।

राजीव: यी फोटोहरू यहोवाका साक्षीहरूले संसारभरि गर्ने प्रचारको कामका केही दृश्‍यहरू हुन्‌। यहाँ हेर्नुस्‌ त, तपाईं “प्रकाशन” भन्‍ने भागमा जानुभयो भने परमेश्‍वरबाट आएको सुसमाचार! भन्‍ने पुस्तिका भेट्टाउन सक्नुहुन्छ। यो पुस्तिकामा थुप्रै विषयहरू छन्‌। यसमध्ये एउटा अध्याय पारिवारिक आनन्दको विषयमा छ। यो अध्यायको प्रश्‍न नम्बर २ तपाईं पढ्‌न सक्नुहुन्छ कि?

सागर: हुन्छ, “पति-पत्नीले एक-अर्कासित कस्तो व्यवहार गर्नुपर्छ?”

राजीव: यस प्रश्‍नमुनि दिइएको अनुच्छेदको अन्तिम भाग पढ्‌नुहुन्छ?

सागर: हुन्छ। यस्तो लेखिएको छ: “पति र पत्नी दुवैले एक-अर्कालाई प्रेम र आदर गर्नुपर्छ। पति र पत्नी दुवै त्रुटिपूर्ण भएकोले क्षमा दिन सिक्नै पर्छ। वैवाहिक बन्धनमा आनन्दित हुन मदत गर्ने मुख्य कुरा यही हो।” मलाई यो बुँदा चाहिं मन पऱ्‍यो।

राजीव: धन्यवाद। यहाँ बाइबल पदहरू पनि दिइएको छ। एफिसी ५:३३ पढौं न। तपाईं पढ्‌न सक्नुहुन्छ?

सागर: हुन्छ। यस्तो लेखिएको छ: “तिमीहरू हरेकले आ-आफ्नो पत्नीलाई आफैलाई जस्तै प्रेम गर अनि पत्नीले पनि आफ्नो पतिको गहिरो आदर गरोस्‌।”

राजीव: सागरजी, प्रायः अरूले हामीबाट केही न केही पाउने आशा गर्छन्‌। आशा गरेको कुरा हामीले दिनुपर्छ भनेर यो पदमा बताइएको याद गर्नुभयो?

सागर: खै, यो कुरा त मैले बुझिनँ नि।

राजीव: पतिले सधैं आफ्नो पत्नीबाट आदरको आशा गर्छन्‌ र पत्नीले पनि पतिबाट साँचो मायाको आशा गर्छिन्‌ नि, होइन र?

सागर: हो, ठीक हो।

राजीव: यदि पतिले आफ्नी पत्नीलाई माया देखाउने कोसिस गरेमा के पत्नीलाई पनि पतिप्रति आदर देखाउन सजिलो हुँदैन र?

सागर: पक्कै हुन्छ।

राजीव: यो पद झन्डै २,००० वर्ष पुरानो भए तापनि यसले पतिपत्नीको आवश्‍यकताबारे बताउँछ अनि मदतकारी सल्लाह पनि दिन्छ। यो सल्लाह लागू गरेको खण्डमा पारिवारिक जीवन साँच्चै सुखी हुन सक्छ।

सागर: ओहो! बाइबलमा त मैले सोचेकोभन्दा पनि धेरै कुरा रहेछ।

राजीव: यो सुनेर मलाई खुसी लाग्यो। यस विषयमा थप जानकारीका लागि तपाईं यहाँ “अझ बढी सिक्नुहोस्‌—परिवारलाई सुखी बनाउन के गर्नुपर्छ” भन्‍ने लिङ्‌क हेर्न सक्नुहुन्छ।b यस विषयमा तपाईंको विचार बुझ्न अर्को पटक तपाईंलाई म यहीं भेट्‌न आउँछु नि, हुन्‍न?

सागर: भइहाल्छ नि। म र मेरी पत्नी दुवै मिलेर यस विषयमा हेर्नेछौं।

तपाईंलाई छलफल गर्न मन लागेको कुनै बाइबल विषय छ? यहोवाका साक्षीहरूको कुनै विश्‍वास वा गतिविधिबारे तपाईं जान्‍न चाहनुहुन्छ कि? यदि त्यसो हो भने कुनै एक जना यहोवाका साक्षीलाई सोध्न नहिचकिचाउनुहोस्‌। तिनीहरू यस्ता विषयमा तपाईंसित छलफल गर्न खुसी हुनेछन्‌।

a एफिसी ५:१७ हेर्नुहोस्‌।

b थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय १४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने