प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson २ p. १०-p. ११ par. १
  • परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो लोग्नेमान्छे र स्वास्नीमान्छे
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson २ p. १०-p. ११ par. १
आदम र हव्वा अदनको बगैँचामा

पाठ २

परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो

यहोवा परमेश्‍वरले एउटा बगैँचा लगाएर त्यसलाई अदनको बगैँचा भन्‍नुभयो। त्यहाँ थरिथरिका फूल, रूख र जनावर थिए। उहाँले पहिलो पुरुष आदमलाई माटोबाट बनाउनुभयो र तिनको नाकमा सास फुकिदिनुभयो। त्यसपछि के भयो, तिमीलाई थाह छ? तिनी जीवित मानिस भए! परमेश्‍वरले आदमलाई बगैँचाको रेखदेख गर्ने र सबै जनावरको नाम राख्ने काम दिनुभयो।

यहोवा परमेश्‍वरले आदमलाई एउटा महत्त्वपूर्ण आज्ञा दिनुभयो। उहाँले आदमलाई भन्‍नुभयो: ‘तिमीले बगैँचाको एउटा रूखको बाहेक अरू सबै रूखको फल खान सक्छौ। त्यो रूखको फल खायौ भने तिमी मर्नेछौ।’

पछि यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: ‘म आदमको लागि एक जना सहयोगी बनाइदिनेछु।’ उहाँले आदमलाई गहिरो निद्रामा पार्नुभयो र तिनको एउटा करङ निकालेर तिनको लागि एउटी पत्नी बनाइदिनुभयो। उनको नाम हव्वा थियो। आदम र हव्वा मिलेर पहिलो मानव परिवार बन्यो। पत्नी पाएपछि आदमलाई कस्तो लाग्यो? तिनले असाध्यै खुसी भएर भने: ‘यहोवाले मेरो करङबाट एउटी स्त्री बनाउनुभयो! बल्ल, मैले मजस्तै कोही पाएँ।’

यहोवा परमेश्‍वरले आदम र हव्वालाई सन्तान जन्माएर पृथ्वी भर्दै जान भन्‍नुभयो। दुवैले मिलीजुली काम गरेर पूरै पृथ्वीलाई अदनको बगैँचाजस्तै सुन्दर बनाएको परमेश्‍वर चाहनुहुन्थ्यो। तर परमेश्‍वरले चाहनुभएजस्तो भएन। किन? यसबारे हामी अर्को पाठमा थाह पाउनेछौँ।

“जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै पुरुष र स्त्री बनाउनुभयो।”—मत्ति १९:४

प्रश्‍नहरू: यहोवा परमेश्‍वरले आदमलाई के काम दिनुभयो? आदम र हव्वाले परमेश्‍वरले नखानू भन्‍नुभएको रूखको फल खाएमा के हुने थियो?

उत्पत्ति १:२७-३१; २:७-९, १५-२३; भजन ११५:१६; मत्ति १९:४-६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने