प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. १२-१३
  • अब्राहाम—प्रेमको उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अब्राहाम—प्रेमको उदाहरण
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वर अब्राहामको विश्‍वासको जाँच लिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • विश्‍वासको जाँच
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • अब्राहाम र सारा तपाईं तिनीहरूको विश्‍वासको अनुकरण गर्न सक्नुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. १२-१३

अब्राहाम—प्रेमको उदाहरण

आफ्नी प्रिय पत्नी साराको मृत्यु भएकोले अब्राहामलाई सहनै नसक्ने चोट परेको छ। सारालाई गाड्‌न लाग्दा अब्राहामले उनीसित बिताएका थुप्रै रमाइला पल झलझल्ती सम्झन्छन्‌। तिनले आफ्नो मनको बह थाम्न सक्दैनन्‌ र बरबरी आँसु झार्छन्‌। (उत्पत्ति २३:१, २) तिनले यसरी आँसु झार्नु कमजोरीको चिन्ह होइन, न त कुनै लाजमर्दो कुरा नै हो। बरु यो त तिनको उत्कृष्ट प्रेमको प्रमाण हो।

प्रेम के हो? प्रेम भनेको गहिरो आत्मीयता वा स्नेह हो। मायालु व्यक्‍तिले अरूप्रतिको भावना आफ्नो कामद्वारा देखाउँछ र उसको लागि त्याग गर्न समेत तयार हुन्छ।

अब्राहामले कसरी प्रेम देखाए? आफ्नो परिवारलाई प्रेम गरेको कुरा अब्राहामले देखाए। अब्राहाम पक्कै पनि फुर्सदिला मान्छे थिएनन्‌। तैपनि तिनले आफ्नो परिवारको भावनात्मक आवश्‍यकता पूरा गरे र तिनीहरूलाई यहोवासित नजिक भइरहन मदत गरे। परिवारको शिर भएको हुँदा अब्राहामले उपासनासित सम्बन्धित कुरामा पनि नेतृत्व लिए। यो कुरा यहोवाले याद गर्नुभयो। (उत्पत्ति १८:१९) साथै अब्राहामले देखाएको प्रेमबारे यहोवाले तोकेरै बताउनुभयो। उहाँले अब्राहामसित कुरा गर्दा “तैंले माया गरेको तेरो एउटै छोरो” भनेर इसहाकको विषयमा बताउनुभयो।—उत्पत्ति २२:२.

अब्राहामले आफ्नी प्रिय पत्नी साराको मृत्यु हुँदा देखाएको प्रतिक्रियाबाट पनि तिनी कत्तिको मायालु थिए भनेर हामी थाह पाउन सक्छौं। तिनले साराको निम्ति विलाप गरे। तिनी साहसी पुरुष भए पनि आफ्नो मनको दुःख व्यक्‍त गर्न हिचकिचाएनन्‌। तिनी साहसी हुनुका साथै कोमल पनि थिए। कस्तो राम्रो उदाहरण!

परमेश्‍वरलाई प्रेम गरेको कुरा अब्राहामले देखाए। अब्राहामले आफ्नो जीवनकालभरि नै परमेश्‍वरलाई प्रेम गरे। हामी किन यसो भन्‍न सक्छौं? बाइबलको १ यूहन्‍ना ५:३ मा परमेश्‍वरलाई प्रेम गर्नुको अर्थ यसरी बताइएको छ: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो।” यस कुरासित अब्राहामको जीवनलाई दाँजेर हेर्ने हो भने परमेश्‍वरलाई प्रेम गर्ने सन्दर्भमा तिनी हाम्रो लागि उत्कृष्ट उदाहरण हुन्‌।

यहोवाले विभिन्‍न आज्ञा दिंदा अब्राहामले ती तुरुन्तै पालन गर्थे। (उत्पत्ति १२:४; १७:२२, २३; २१:१२-१४; २२:१-३) आज्ञा कत्तिको सजिलो या गाह्रो थियो भन्‍ने कुराले अब्राहामलाई कुनै फरक पारेन, न त तिनले आज्ञा दिइनुको कारण नै खोजे। यी कुराहरूलाई अब्राहामले खासै महत्त्व दिएनन्‌। परमेश्‍वरले अह्राउनुभएको जुनसुकै कुरा गर्न पनि अब्राहाम तयार थिए। यहोवाबाट पाएको हरेक आज्ञालाई अब्राहामले आफ्नो प्रेम प्रदर्शित गर्ने मौकाको रूपमा लिए।

हामी के सिक्न सक्छौं? हामीले पनि अब्राहामले जस्तै अरूलाई, विशेषगरि आफ्नो परिवारका सदस्यहरूलाई माया गर्नुपर्छ। आफ्नै दिनचर्यामा असाध्यै व्यस्त भएर आफ्ना प्रियजनहरूलाई बेवास्ता गर्नु हुँदैन।

हामीले यहोवाप्रति गहिरो प्रेम विकास गर्ने कोसिस गर्नुपर्छ। यस्तो प्रेमले हामीलाई जीवनमा आमूल परिवर्तन गर्न उत्प्रेरित गर्न सक्छ। उदाहरणको लागि, परमेश्‍वरलाई मनपर्ने मनोवृत्ति, बोली र चालचलन विकास गर्न पनि यसले हामीलाई उत्प्रेरित गर्न सक्छ।—१ पत्रुस १:१४-१६.

यो कुरा साँचो हो, यहोवाको आज्ञा पालन गर्न सधैं सजिलो हुँदैन। तर अब्राहामलाई मदत गर्ने अनि तिनलाई “मेरो मित्र” भनेर बोलाउने परमेश्‍वरले हामीलाई पनि त्याग्नुहुनेछैन भनेर ढुक्क हुन सक्छौं। (यशैया ४१:८) उहाँको वचन बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “उहाँ आफैले . . . तिमीहरूलाई स्थिर बनाउनुहुनेछ र तिमीहरूलाई बलियो पार्नुहुनेछ।” (१ पत्रुस ५:१०) अब्राहामको भरोसायोग्य मित्रले गर्नुभएको यस प्रतिज्ञाले के हाम्रो मन छुँदैन र? (w12-E 01/01)

[पृष्ठ १३-मा भएको पेटी]

के लोग्नेमान्छे रुनु हुँदैन?

धेरैलाई रुनु हुँदैन जस्तो लाग्छ। बाइबलमा उल्लिखित अब्राहामलगायत अरू थुप्रै साहसी तथा विश्‍वासी पुरुष दुःखको बेला रोएका थिए भनेर थाह पाउँदा तिनीहरू छक्क पर्लान्‌। त्यसरी रुनेहरूमध्ये यूसुफ, दाऊद, प्रेषित पत्रुस, एफिसस मण्डलीका एल्डरहरू पनि थिए। येशू पनि रुनुभएको थियो। (उत्पत्ति ५०:१; २ शमूएल १८:३३; लूका २२:६१, ६२; यूहन्‍ना ११:३५; प्रेषित २०:३६-३८) त्यसकारण कुरा स्पष्ट छ, लोग्नेमान्छे रुनु हुँदैन भनेर बाइबलले सिकाउँदैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने