प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w96 १/१५ पृ. २४-२५
  • मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चमत्कार हुन्छ
  • हाम्रोलागि शिक्षा
  • मोशा र हारून फिरऊनलाई भेट्‌न जान्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • पहिलो तीन विपत्ति
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवा को हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
w96 १/१५ पृ. २४-२५

तिनीहरूले यहोवाको इच्छा गरे

मोशा र हारून परमेश्‍वरको वचनका साहसी उद्‌घोषकहरू

यो दृश्‍यलाई कल्पना गर्नुहोस्‌: असी वर्षीय मोशा र तिनका दाजु हारून पृथ्वीको सबैभन्दा शक्‍तिशाली शासक, मिश्रका फिरऊनसामु उभिरहेका। मिश्रीहरूको दृष्टिमा यो मानिस परमेश्‍वरको प्रतिनिधि मात्रै थिएनन्‌। तिनीहरूले फिरऊन स्वयं नै परमेश्‍वर हो भनेर विश्‍वास गर्थे। तिनीहरूले तिनलाई चीलको जस्तै टाउको भएको देवता होरसको अवतार मान्थे। आइसिस र ओरिसससँगै मिलेर होरस मिश्री देवी देवताहरूबीच प्रमुख त्रिएक देवता थियो।

फिरऊनलाई भेट्‌न जाने जो सुकैले पनि तिनको मुकुटको बीचमा भएको नागको अनिष्टकारी आकृति निश्‍चय पनि याद गर्ने थिए। भनिन्थ्यो, यो साँपले फिरऊनको कुनै पनि शत्रुमाथि आगो र विनाश ल्याउनसक्थ्यो। मोशा अनि हारून यस्तो देवता-राजासामु कहिल्यै नगरेको आग्रह गर्न जानु परेको थियो। त्यो थियो, दासत्वमा परेका इस्राएलीहरूलाई तिनीहरूका परमेश्‍वर यहोवाको चाड मनाउन फर्काइ दिने।—प्रस्थान ५:१.

यहोवाले फिरऊनको हृदय कठोर हुनेछ भनेर पहिल्यै भविष्यवाणी गरिसक्नुभएको थियो। त्यसैकारण मोशा र हारून यस्तो कठोर जवाफ सुनेर छक्क परेनन्‌: “परमप्रभु को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जानदिऊँ? परमप्रभुलाई म चिन्दिनँ, औ इस्राएलीहरूलाई म जान पनि दिंदिनँ।” (प्रस्थान ४:२१; ५:२) अतः एउटा नाटकीय भिडन्तको बीउ रोपियो। अर्को भेटमा मोशा र हारूनले अद्‌भुत ढंगमा फिरऊनलाई तिनीहरूले सर्वशक्‍तिमान परमेश्‍वरको प्रतिनिधित्व गरेको पुष्टि दिए।

चमत्कार हुन्छ

यहोवाले निर्देशन दिनु भएजस्तै हारूनले चमत्कार गर्दा मिश्रका देवताहरूभन्दा यहोवाको सर्वोच्चता प्रमाणित भयो। तिनले फिरऊनसामु लहुरो फाल्दा त्यो तुरुत्नै ठूलो साँप बन्यो! यो चमत्कारदेखि आश्‍चर्यचकित हुँदै फिरऊनले तिनको जादुगर पूजाहारीहरूलाई बोलाए।a यी मानिसहरूले पनि पैशाचिक शक्‍तिद्वारा तिनीहरूका लहुरोलाई साँप बनाए।

फिरऊन अनि तिनका पूजाहारीहरू दंग परे तापनि त्यो क्षणिक थियो। हारूनको साँपले तिनीहरूका साँपलाई एकपछि अर्को गर्दै निल्दा तिनीहरूको अनुहार कस्तो भयो होला कल्पना गर्नुहोस्‌! त्यहाँ उपस्थित सबैले साँचो परमेश्‍वर यहोवाको दाँजोमा कुनै मिश्री देउताहरू आउन सक्दैन भनेर देख्न सके।—प्रस्थान ७:८-१३.

तर यसपछि पनि फिरऊनको हृदय कठोरै रह्‍यो। परमेश्‍वरले मिश्रमाथि दश विध्वंशकारी विपत्तिहरू ल्याउनु भएपछि मात्रै फिरऊनले मोशा र हारूनलाई यसो भने: “तिमीहरू, इस्राएलीहरू सबै, मेरा प्रजाहरूका बीचबाट निक्लेर गइहाल, र तिमीहरूले भने बमोजिम परमप्रभुको सेवा गर।”—प्रस्थान १२:३१.

हाम्रोलागि शिक्षा

मोशा र हारून मिश्रको शक्‍तिशाली फिरऊनसामु जान कसरी समर्थ भए? पहिले त मोशाले “म बोल्नमा ढिलो छु, र मेरो जिब्रो उति लाग्दैन” भन्दै आत्मविश्‍वासको कमीलाई देखाए। परमेश्‍वरले समर्थन गर्नुहुन्छ भन्‍ने आश्‍वासन पाइसकेपछि पनि मोशाले यसरी बिन्ती गरे: “हे प्रभो, बिन्ती छ, जसलाई तपाईं पठाउन चाहनुहुन्छ, तिनलाईनै पठाउनुहोस्‌।” अर्को शब्दमा भन्‍ने हो भने, मोशाले परमेश्‍वरलाई अरूलाई नै पठाउन बिन्ती गरे। (प्रस्थान ४:१०, १३) तापनि यहोवाले मोशालाई आफ्नो कार्यभार सँभाल्न बुद्धि र बल दिंदै विनम्र मोशालाई चलाउनुभयो।—गन्ती १२:३.

आज, यहोवा परमेश्‍वर अनि येशू ख्रीष्टका सेवकहरूले “सबै देशका जातिहरूलाई चेला” बनाउनु भन्‍ने आज्ञा पूरा गरिरहेका छन्‌। (मत्ती २८:१९, २०) यो काम पूरा गर्न हामीले आफूसित भएको धर्मशास्त्रीय ज्ञान तथा योग्यताहरू यथासक्दो सदुपयोग गर्नुपर्छ। (१ तिमोथी ४:१३-१६) आफ्नो अयोग्यतामा ध्यान केन्द्रित गर्नुको साटो परमेश्‍वरले दिनुभएको कुनै पनि कामलाई पूर्ण भरोसाका साथ स्वीकारौं। उहाँको इच्छा गर्न उहाँले हामीलाई योग्य र सशक्‍त बनाउन सक्नुहुन्छ।—२ कोरिन्थी ३:५, ६; फिलिप्पी ४:१३.

मानिस र पैशाचिक शक्‍तिको विरुद्ध भएकोले मोशालाई पक्कै पनि अलौकिक शक्‍तिको आवश्‍यकता परेको थियो। फलस्वरूप यहोवाले तिनलाई यसरी आश्‍वासन दिनुभयो: “हेर्‌, मैले तँलाई फिरऊनको निम्ति ईश्‍वरतुल्य बनाएको छु।” (प्रस्थान ७:१) हो, मोशासित ईश्‍वरीय समर्थन र अख्तियार थियो। यहोवाको आत्मा तिनीमाथि भएकोले घमण्डी फिरऊन वा त्यसका चम्चाहरूसित डराउने कुनै कारण थिएन।

हामीले पनि आफ्नो सेवकाई पूरा गर्न यहोवाको पवित्र आत्मा वा उहाँको सक्रिय शक्‍तिमाथि भरोसा गर्नुपर्छ। (यूहन्‍ना १४:२६; १५:२६, २७) ईश्‍वरीय समर्थनको कारण हामी पनि दाऊदले जस्तै यसरी गाउनसक्छौं: “परमेश्‍वरमा मैले मेरो भरोसा राखेको छु, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?”—भजन ५६:११.

यहोवा अनुकम्पापूर्ण हुनुभएकोले मोशालाई आफ्नो कार्यभार सँभाल्न एक्लै छोड्‌नुभएन। बरु, परमेश्‍वरले यस्तो भन्‍नुभयो: “तेरो दाज्यू हारून तेरो प्रवक्‍ता हुनेछ। म जे तँलाई हुकूम गर्नेछु तैंले त्यही बता, र तेरो दाज्यू हारूनले इस्राएलीहरूलाई त्यसको देशबाट जान देओस्‌ भनी फिरऊनलाई भन्‍नेछ।” (प्रस्थान ७:१, २) मोशाले गर्नसक्ने जति मात्रै गर्न दिनु यहोवाको कस्तो मायालु कार्य!

सर्वोच्च, यहोवाका साक्षीहरू हुने चुनौतीलाई स्वीकार्ने सँगी मसीहीहरूसित संगत गर्ने प्रबन्ध परमेश्‍वरले मिलाउनुभएको छ। (१ पत्रुस ५:९) तसर्थ, हामीले सामना गर्नुपर्ने बाधा अड्‌चनको बावजूद हामी मोशा र हारूनजस्तै परमेश्‍वरको वचनको साहसी उद्‌घोषकहरू होऔं।

[फुटनोट]

a “जादुगर पूजाहारीहरू” भन्‍ने हिब्रू शब्दले बोक्सी विद्या गर्ने एक समूह जसले पिशाचहरूको शक्‍तिदेखि बाहिर अलौकिक शक्‍ति भएको दाबी गर्नेहरूलाई संकेत गर्छ। यी मानिसहरूसित पिशाचहरूलाई पनि आफ्नो आज्ञा पालन गराउनसक्ने शक्‍ति र पिशाचहरूको ती बोक्सी विद्या जान्‍नेहरूमाथि कुनै शक्‍ति लागू हुँदैन थियो भनेर विश्‍वास गरिन्थ्यो।

[पृष्ठ २५-मा भएको चित्र]

मोशा र हारूनले फिरऊनसामु साहसपूर्वक यहोवाको प्रतिनिधित्व गरे

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने