प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson २३ p. ६०-p. ६१ par. ४
  • यहोवा परमेश्‍वरसित बाँधेको वाचा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा परमेश्‍वरसित बाँधेको वाचा
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा आफ्ना आज्ञाहरू दिनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • यहोवाको मार्ग सिक्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • तिनीहरूले आफ्नो वाचा तोडे
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • बलिरहेको झाडी
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson २३ p. ६०-p. ६१ par. ४
इस्राएलीहरू सिनै डाँडाको फेदमा

पाठ २३

यहोवा परमेश्‍वरसित बाँधेको वाचा

मिश्रबाट निस्केको करिब दुई महिनापछि इस्राएलीहरू सिनै डाँडामा आइपुगे र त्यहाँ पाल टाँगेर बसे। यहोवा परमेश्‍वरले मोसालाई बोलाउनुभयो र तिनी डाँडामा उक्ले। त्यहाँ उहाँले तिनलाई भन्‍नुभयो: ‘मैले इस्राएलीहरूलाई मिश्रबाट छुटाएँ। तिनीहरूले मैले भनेको सबै कुरा माने र मेरो व्यवस्थाअनुसार चले भने तिनीहरू मेरा विशेष मानिसहरू हुनेछन्‌।’ मोसा तल ओर्ले र यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरा इस्राएलीहरूलाई सुनाए। तिनीहरूले कस्तो जवाफ दिए? तिनीहरूले भने: ‘यहोवा परमेश्‍वरका सबै कुरा मान्‍न तयार छौँ।’

मोसा फेरि डाँडामा उक्ले। त्यहाँ परमेश्‍वरले तिनलाई भन्‍नुभयो: ‘तेस्रो दिन म तिमीसित कुरा गर्नेछु। यो डाँडा नचढ्‌नू भनेर चेतावनी दिनू।’ मोसा तल ओर्ले र इस्राएलीहरूलाई तेस्रो दिन यहोवा परमेश्‍वरले भन्‍नुहुने कुरा सुन्‍न तयार हुनू भने।

इस्राएलीहरूले डाँडामा बिजुली चम्केको र कालो बादल मडारिएको देख्छन्‌

तेस्रो दिन इस्राएलीहरूले डाँडामा बिजुली चम्केको र कालो बादल मडारिएको देखे। तिनीहरूले मेघ गर्जेको र सिङ फुकेको ठूलो आवाज पनि सुने। त्यसपछि डाँडामा परमेश्‍वर आगोमा ओर्लेर आउनुभयो। इस्राएलीहरू डरले काम्न थाले। डाँडा बेसरी हल्लियो र धुवाँले ढाक्यो। सिङ फुकेको आवाज चर्को हुँदै गयो। उहाँले भन्‍नुभयो: ‘म यहोवा हुँ। तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।’

मोसा फेरि डाँडामा उक्ले। यहोवा परमेश्‍वरले तिनलाई मानिसहरूले उहाँको उपासना गर्ने तरिकाबारे र तिनीहरूले गर्न हुने र नहुने कुराबारे व्यवस्था दिनुभयो। मोसाले परमेश्‍वरको व्यवस्था लेखे र इस्राएलीहरूलाई पढेर सुनाए। तिनीहरूले यस्तो वाचा गरे: ‘यहोवा परमेश्‍वरका सबै कुरा मान्‍न तयार छौँ।’ हो, तिनीहरूले परमेश्‍वरसित वाचा बाँधे। तर के तिनीहरूले यो वाचा पूरा गर्ने थिए?

“तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा दिमागले प्रेम गर्नू।”—मत्ति २२:३७

प्रश्‍नहरू: सिनै डाँडामा के भयो? इस्राएलीहरूले के गर्ने वाचा बाँधे?

प्रस्थान १९:१–२०:२१; २४:१-८; व्यवस्था ७:६-९; नहेम्याह ९:१३, १४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने