प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w99 ७/१ pp. ३०-३१
  • त्यो भेटघाट जसबाट प्रशस्त इनाम पाइयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • त्यो भेटघाट जसबाट प्रशस्त इनाम पाइयो
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • एउटा रोचक रिपोर्ट
  • गाह्रो-गाह्रो प्रश्‍नहरू, चित्तबुझ्दो जवाफहरू
  • हाम्रोलागि पाठ
  • ठूलो चित्तको हुँदा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • सुलेमान बुद्धिमानीसाथ शासन गर्छन्‌
    बाइबल—यसले दिने सन्देश के हो?
  • उनले बुद्धिको अत्यन्तै मोल गरिन्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवाको बुद्धिको मोल गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
w99 ७/१ pp. ३०-३१

तिनीहरूले यहोवाको इच्छा गरे

त्यो भेटघाट जसबाट प्रशस्त इनाम पाइयो

शबाबाट यरूशलेमसम्मको यात्रा रानीको लागि थकाइ लाग्दो भएको हुनुपर्छ। तिनलाई ऐस आराममा बस्ने बानी भइसकेको थियो। तर अब भने, तिनी ऊँटमा २,४०० किलोमिटरको यात्रा गर्दै थिइन्‌। त्यसमा पनि प्रायजसो यात्रा त उखुम गर्मी हुने मरुभूमिको बाटो हुँदो थियो। एउटा अनुमानअनुसार तिनलाई त्यहाँसम्म पुग्न मात्र पनि लगभग ७५ दिन लाग्ने थियो!a

यो धनी रानीले आफ्नो सुविधा सम्पन्‍न दरबार छोडेर त्यस्तो कठिन यात्रा किन गरिन्‌?

एउटा रोचक रिपोर्ट

“सुलेमानको कीर्ति र परमप्रभुका नाउँप्रतिको तिनको सम्बन्धबारे” सुनेपछि शबाकी रानी यरूशलेम आइन्‌। (१ राजा १०:१ नयाँ संशोधित संस्करण) वास्तवमा रानीले के सुनिन्‌, त्यसबारे उल्लेख गरिएको छैन। तथापि, यहोवाले सुलेमानलाई असामान्य बुद्धि, धन र मानमर्यादा दिनुभएको थियो भनेर हामीलाई थाह छ। (२ इतिहास १:११, १२) रानीले यसबारे कसरी थाह पाइन्‌? शबा व्यापारको केन्द्र भएकोले त्यहाँ आवतजावत गर्ने व्यापारीहरूबाट सुलेमानको ख्याती तिनले सुनेको हुनुपर्छ। ती व्यापारीहरूमध्ये कोही कोही ओपीरमा पनि व्यापार गर्थे जहाँ सुलेमानले पनि निकै व्यापार गर्थे।—१ राजा ९:२६-२८.

जेसुकै होस्‌, “साह्रै ठूलो लावालश्‍करसाथ, मसलाहरू, धेरै सुन र बहुमूल्य रत्नहरू लदाएर बोकेका ऊँटहरूका साथमा“ रानी यरूशलेममा आइन्‌। (१ राजा १०:२क नयाँ संशोधित संस्करण) “लावालश्‍कर”-को टोलीमा हातहतियारले सुसज्जित व्यक्‍तिहरू पनि थिए भनी कसै कसैले भन्छन्‌। नहोस्‌ पनि किन, किनभने रानीको ओहदा शक्‍तिशाली हुनुको साथै तिनले आफूसित करोडौं रूपिया पर्ने बहुमूल्य धन लिएर यात्रा गरिरहेकी थिइन्‌।b

तथापि, नबिर्सनुहोस्‌, रानीले सुलेमानको कीर्ति “परमप्रभुका नाउँप्रतिको तिनको सम्बन्धबारे” सुनिन्‌। यसकारण, यो कुनै व्यापारिक यात्रा मात्र थिएन। प्राप्त प्रमाणअनुसार, रानी विशेष गरी रानी सुलेमानको बुद्धि सुन्‍न र सायद सुलेमानको परमेश्‍वर, यहोवाबारे पनि केही कुरा सिक्न आइन्‌। सम्भवतः तिनी यहोवाका उपासकहरू, शेम या हामको सन्तान भएकोले आफ्ना पूर्खाहरूको धर्मबारे तिनको मनमा कौतूहल जागेको हुनुपर्छ।

गाह्रो-गाह्रो प्रश्‍नहरू, चित्तबुझ्दो जवाफहरू

सुलेमानलाई भेटेपछि रानीले “गाह्रो-गाह्रो प्रश्‍नहरू” सोधेर तिनलाई जाँच्न थालिन्‌। (१ राजा १०:१ नयाँ संशोधित संस्करण) यहाँ चलाइएको हिब्रू शब्दलाई “अड्‌को” भनी अनुवाद गर्नसकिन्छ। तर यसको अर्थ रानीले सुलेमानलाई गाउँखाने कथाहरू मात्र सोधिरहेकी थिइनन्‌। चाखलाग्दो कुरा के हो भने, भजन ४९:४ मा त्यही हिब्रू शब्दलाई पाप, मृत्यु र मुक्‍तिसित सम्बन्धित गम्भीर प्रश्‍नहरू बुझाउन चलाइएको छ। सम्भवतः शबाकी रानीले सुलेमानको बुद्धि कत्तिको गम्भीर छ भनेर जाँच्न तिनीसित गहन विषयहरू नै छलफल गरिरहेकी थिइन्‌। बाइबलमा यसो भनिएको छ, तिनले “आफ्नो मनमा भएका सबै कुराहरूका विषयमा [सुलेमान]सित कुरा गरिन्‌।” सुलेमानले “तिनका सबै प्रश्‍नहरूका जवाफ दिए। ती व्याख्या गर्न राजालाई केही पनि गाह्रो भएन।”—१ राजा १०:२ख, ३, नयाँ संशोधित संस्करण।

सुलेमानको बुद्धि र तिनको राज्यको समृद्धि देखेर शबाकी रानी यति प्रभावित भइन्‌ कि “तिनी अवाक्‌ भइन्‌।” (१ राजा १०:४, ५ नयाँ संशोधित संस्करण) रानीको “सास नै रोकियो” भनेर कसै कसैले उक्‍त पदको अर्थ निकाल्छन्‌। एक जना शास्त्रविद्‌ले तिनी बेहोस भइन्‌ पनि भनेका छन्‌! जे होस्‌, आफूले देखेकी र सुनेकी कुरामा रानी छक्क परिन्‌। तिनले सुलेमानका भारदारहरू यो राजाको बुद्धि सुन्‍न पाएकोमा धन्य छन्‌ भन्‍नुका साथै सुलेमानलाई सिंहासनमा विराजमान गराउनुभएकोमा यहोवाको प्रशंसा पनि गरिन्‌। त्यसपछि तिनले राजालाई महँगा महँगा उपहारहरू दिइन्‌। उपहारमा दिएको सुनको मात्र अहिले ४,००,००,००० अमेरीकी डलर बराबरको हुन्छ। सुलेमानले पनि “तिनले इच्छा गरेर मागेका सबै कुरा” रानीलाई उपहार स्वरूप दिए।c—१ राजा १०:६-१३, नयाँ संशोधित संस्करण।

हाम्रोलागि पाठ

शास्त्री र फरिसीहरूलाई व्यवहारिक पाठ सिकाउन येशूले शबाकी रानीको उदाहरण दिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “दक्षिणको महारानी न्यायमा यस पुस्ताको साथमा खड़ा हुनेछन्‌, र यसलाई दोषी ठहराउनेछन्‌, किनकि तिनी पृथ्वीका अन्तदेखि [सुलेमान]को ज्ञान सुन्‍नालाई आइन्‌, औ हेर, [सुलेमान]भन्दा श्रेष्ठ यहाँ छ।” (मत्ती १२:४२) हो, शबाकी रानीले ईश्‍वर-प्रदत्त बुद्धिको धेरै मूल्यांकन गरिन्‌। सुलेमानको कुरा सुन्‍न तिनले २,४०० किलोमिटर लामो यात्रा गरिन्‌ भने यी शास्त्री र फरिसीहरूले त येशूलाई झन्‌ ध्यानसित सुन्‍नसक्ने थिए किनकि उहाँ तिनीहरूकै माझमा हुनुहुन्थ्यो।

आज हामीले महान्‌ सुलेमान, येशू ख्रीष्टको गहिरो मूल्यांकन गर्नसक्छौं। कसरी? एउटा तरिका “सबै देशका जातिहरूलाई चेला बनाओ” भन्‍ने उहाँको निर्देशन पालन गर्नु हो। (मत्ती २८:१९) अर्को तरिका, येशूको उदाहरण र मानसिक मनोवृतिलाई गहिरो विचार गरेर त्यसको अनुकरण गर्नु हो।—फिलिप्पी २:५; हिब्रू १२:२, ३.

हुन त हो, महान्‌ सुलेमानको उदाहरण अनुकरण गर्न हामीले धेरै प्रयास गर्नुपर्छ। तर त्यसबाट हामीले प्रशस्त इनाम पाउनेछौं। निस्सन्देह, यहोवाका जनहरूले आत्म-त्यागी मनोभाव देखाएमा तिनीहरूलाई “स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष” बर्षाउँनेछु भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ।—मलाकी ३:१०.

[फुटनोटहरू]

a थुप्रै शास्त्रविद्‌हरूले शबा दक्षिणपश्‍चिम अरबमा पर्छ भनेर विश्‍वास गर्छन्‌ र त्यो ठाउँ अहिले गणतन्त्र येमेनको नाउँले चिनिन्छ।

b पुरातन युनानी भूगोलविद्‌ स्ट्रेबोअनुसार शबाका मानिसहरू असाध्यै धनी थिए। तिनी भन्छन्‌, ती मानिसहरू आफ्ना फर्निचर, भाँडाकुँडा र घरका भित्ता, ढोका तथा छानाहरूमा समेत सुनको अत्यधिक प्रयोग गर्थे।

c सुलेमानसँग रानीले शारीरिक सम्बन्ध राखिन्‌ भनेर कसै कसैले उक्‍त पद्यांशको अर्थ निकाल्छन्‌। तिनीहरूको छोरा पनि थियो भनेर दन्त्यकथाहरूमा उल्लेख गरिएको छ। तथापि, यस कुरालाई पुष्टि गर्ने कुनै प्रमाण छैन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने