प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ५३ p. १२८
  • यहोयादाको साहस

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोयादाको साहस
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामीले किन यहोवाको डर मान्‍नुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • साहसी भई कदम चाल्नेहरूलाई यहोवा इनाम दिनुहुन्छ
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • महत्त्वाकाङ्‌क्षी दुष्ट आइमाईले सजाय पाउँछे
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • भाग ९ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ५३ p. १२८
प्रधानपुजारी यहोयादा बालक राजा यहोआसलाई मानिसहरूसामु प्रस्तुत गर्छन्‌

पाठ ५३

यहोयादाको साहस

ईजेबेलकी एउटी छोरीको नाम अथल्याह थियो। तिनी आफ्नी आमाजत्तिकै दुष्ट थिइन्‌। अथल्याहको विवाह यहुदाका राजासँग भएको थियो। तिनको पतिको मृत्यु भएपछि तिनको छोराले शासन गर्न थाले। तर आफ्नो छोराको मृत्यु भएपछि भने तिनी आफैले यहुदामा शासन गर्न थालिन्‌। त्यसपछि तिनले आफ्नो ठाउँमा शासक हुन सक्ने राजघरानाका सबै उत्तराधिकारीको हत्या गर्न खोजिन्‌। यहाँसम्म कि तिनी आफ्नै नातिहरूको हत्या गर्न समेत पछि परिनन्‌। सबै जना तिनीसँग डराउँथे।

प्रधानपुजारी यहोयादा र उनकी पत्नी यहोसेबालाई अथल्याहले असाध्यै खराब काम गर्दै छिन्‌ भनेर थाह थियो। तिनीहरूले आफ्नो ज्यानै खतरामा पारेर अथल्याहको नाति यहोआसलाई लुकाए। यहोआस त्यतिबेला दूधेबालक थिए। तिनीहरूले यहोआसलाई मन्दिरमा हुर्काए।

यहोआस सात वर्षको हुँदा यहोयादाले कप्तानहरू र लेवीहरूलाई भेला गराएर भने: ‘मन्दिरका ढोकाहरूमा पहरा दिनू र कसैलाई पनि भित्र घुस्न नदिनू।’ त्यसपछि यहोयादाले यहोआसलाई यहुदाको राजा बनाए र तिनको शिरमा मुकुट लगाइदिए। यहुदाका मानिसहरूले ठूलो स्वरमा भने: “राजा दीर्घायु होऊन्‌!”

चिच्याइरहेकी रानी अथल्याह

मानिसहरूले खुसी मनाइरहेको आवाज सुनेपछि रानी अथल्याह मन्दिरतिर दौडिन्‌। नयाँ राजालाई देखेपछि उनी यसो भनेर चिच्याइन्‌: “यो त धोका भयो, धोका!” तब कप्तानहरूले दुष्ट रानीलाई पक्रेर लगे अनि मारे। तर तिनले यहुदामा पारेको नराम्रो प्रभाव नि?

यहोयादाले यहुदाका सबै मानिसलाई यहोवा परमेश्‍वरसित करार बाँध्न मदत गरे, जुन करारअनुसार तिनीहरूले उहाँको मात्र उपासना गर्नुपर्थ्यो। यहोयादाले तिनीहरूलाई बाआलको मन्दिर भत्काउन र मूर्तिहरू धुलोपिठो पार्न भने। मानिसहरूले फेरि मन्दिरमा उपासना गर्न सकून्‌ भनेर तिनले त्यहाँ पुजारीहरू र लेवीहरू नियुक्‍त गरे। कुनै पनि अशुद्ध मानिस मन्दिरभित्र छिर्न नपाओस्‌ भनेर तिनले मन्दिरको सुरक्षा गर्न पहरेदारहरू नियुक्‍त गरे। त्यसपछि यहोयादा र कप्तानहरूले यहोआसलाई राजमहलभित्र लगे र सिंहासनमा बसाले। यहुदाका मानिसहरूले खुसी मनाए। बल्ल तिनीहरूले दुष्ट रानी अथल्याह र बाआल उपासनाबाट पूरै अलग भएर यहोवा परमेश्‍वरको उपासना गर्न पाए। यहोयादाले देखाएको साहसले गर्दा धेरै मानिसले लाभ उठाए नि, होइन र?

“तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित नडराऊ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्‍नामा नाश गर्न सक्नेसित डराऊ।”—मत्ति १०:२८

प्रश्‍नहरू: यहोयादाले कसरी साहस देखाए? के यहोवा परमेश्‍वरले तिमीलाई पनि साहसी हुन मदत गर्न सक्नुहुन्छ?

२ राजा ११:१–१२:१२; २ इतिहास २१:१-६; २२:१०-१२; २३:१–२४:१६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने