प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ६६ p. १५६
  • एज्राले परमेश्‍वरको व्यवस्था सिकाए

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एज्राले परमेश्‍वरको व्यवस्था सिकाए
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • एज्राको पुस्तकका विषेशताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • के तपाईंको शिक्षा प्रभावकारी छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • अचानक समस्या आइपर्दा यहोवाले साथ दिनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • यहोवालाई स्वेच्छाले सेवा गर्ने उपासकहरू मन पर्छ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ६६ p. १५६
एज्रा चोकमा यहोवा परमेश्‍वरको प्रशंसा गर्छन्‌ र मानिसहरू सहमतिमा आफ्नो हात उठाउँछन्‌

पाठ ६६

एज्राले परमेश्‍वरको व्यवस्था सिकाए

इस्राएलीहरू यरुसलेम फर्केको करिब ७० वर्ष भइसकेको थियो तर केही यहुदी अझै फारसी साम्राज्यकै विभिन्‍न ठाउँमा बसोबास गर्थे। तिनीहरूमध्ये एक जना एज्रा नाम गरेका पुजारी थिए। तिनले परमेश्‍वरको व्यवस्था सिकाउँथे। यरुसलेमका मानिसहरूले परमेश्‍वरको व्यवस्था पालन गरिरहेका छैनन्‌ भनेर एज्राले थाह पाए। त्यसैले तिनी त्यहाँ गएर इस्राएलीहरूलाई मदत गर्न चाहन्थे। फारसी राजा आर्टजारसेजले तिनलाई भने: ‘परमेश्‍वरले तिमीलाई उहाँको व्यवस्था सिकाउन बुद्धि दिनुभएको हो। जाऊ र तिमीसँग जान चाहनेहरूलाई पनि लैजाऊ।’ एज्राले यरुसलेम फर्कन चाहनेहरू सबैलाई भेटे। लामो यात्रामा सुरक्षा दिनुहोस्‌ भनेर तिनीहरूले यहोवालाई प्रार्थना गरे र यात्रा सुरु गरे।

तिनीहरू चार महिनापछि यरुसलेम पुगे। मुखियाहरूले एज्रालाई भने: ‘इस्राएलीहरूले परमेश्‍वरको आज्ञा पालन गरेका छैनन्‌ र तिनीहरूले झूटा देवता पुज्ने स्त्रीहरूसित विवाह गरेका छन्‌।’ एज्राले के गरे? तिनले मानिसहरूकै अगाडि भुईँमा घुँडा टेकेर यस्तो प्रार्थना गरे: ‘हे यहोवा, तपाईँले हाम्रो लागि थुप्रै कुरा गर्नुभयो तर हामीले तपाईँविरुद्ध पाप गरेका छौँ।’ मानिसहरूले प्रायश्‍चित त गरे तर तिनीहरूले अझै गलत काम गरिरहेका थिए। यस मामिलालाई हेर्न तिनले नाइके र न्यायकर्ताहरू रोजे। त्यसको तीन महिनापछि अझै यहोवाको उपासना नगर्नेहरूलाई फर्काइयो।

बाह्र वर्ष बित्यो। यतिन्जेल यरुसलेमको पर्खाल पुनर्निर्माण गरियो। त्यसैले एज्राले मानिसहरूलाई चोकमा भेला हुन भने र परमेश्‍वरको व्यवस्था पढेर सुनाए। तिनले व्यवस्थाको पुस्तक खोल्दा सबै मानिस उभिए। तिनले यहोवाको प्रशंसा गरे र तिनीहरूले पनि सहमतिमा आफ्नो हात उठाए। त्यसपछि एज्राले व्यवस्थामा लेखिएको कुरा पढ्‌दा र त्यसलाई स्पष्टसित बुझाउँदा तिनीहरूले ध्यान दिएर सुने। तिनीहरूले फेरि परमेश्‍वरबाट तर्किएको मानिलिए र रोए। भोलिपल्ट एज्राले तिनीहरूलाई व्यवस्थाको पुस्तकबाट अझ धेरै पढेर सुनाए। तिनीहरूले चाँडै झुप्रोबासको चाड मनाउनुपर्ने कुरा थाह पाए। त्यसैले तिनीहरूले तयारी गर्न थालिहाले।

चाडको सात दिनसम्म मानिसहरूले खुसी मनाए र बाली राम्रो भएकोमा यहोवालाई धन्यवाद चढाए। यहोसुको दिनदेखि त्यतिबेलासम्म यसरी झुप्रोबासको चाड मनाइएको थिएन। चाडपछि मानिसहरू भेला भएर यसरी प्रार्थना गरे: ‘हे यहोवा, तपाईँले हामीलाई दासत्वबाट उद्धार गर्नुभयो, निर्जनभूमिमा खुवाउनुभयो र यस सुन्दर भूमि दिनुभयो। तर हामीले पटक-पटक तपाईँको आज्ञा पालन गरेनौँ। तपाईँले हामीलाई चेतावनी दिन भविष्यवक्‍ताहरू पठाउनुभयो तर हामीले सुन्दै सुनेनौँ। तैपनि तपाईँले धैर्य गर्नुभयो। तपाईँले अब्राहामसित गर्नुभएको वाचा तोड्‌नुभएन। अब हामी वाचा बाँध्छौँ कि हामी तपाईँको आज्ञा पालन गर्नेछौँ।’ तिनीहरूले आफ्नो वाचा लेखेर राखे र मुखियाहरू, लेवीहरू र पुजारीहरूले त्यसमा छाप लगाए।

“आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लुका ११:२८

प्रश्‍नहरू: यरुसलेममा भेला भएका इस्राएलीहरूलाई एज्राले के सिकाए? मानिसहरूले के गर्ने वाचा बाँधे?

एज्रा ७:१-२८; ८:२१-२३, ३१, ३२; ९:१–१०:१९; नहेम्याह ८:१-१८; ९:१-३८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने