प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ८५ p. १९८-p. १९९ par. १
  • येसु विश्रामदिनमा निको पार्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु विश्रामदिनमा निको पार्नुहुन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिलाको अन्धो मानिसलाई फरिसीहरू प्रश्‍न गर्छन्‌
    येसु—बाटो, सत्य र जीवन
  • फरिसीहरू जाना-जानी अविश्‍वास गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • फरिसीहरू जानाजानी अविश्‍वास गर्छन्‌
    सबैभन्दा महान्‌ पुरुष
  • जन्मजात अन्धो मानिसलाई निको पार्नु हुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ८५ p. १९८-p. १९९ par. १
फरिसीहरू पहिला देख्न नसक्ने मानिसलाई सोधपुछ गर्दै छन्‌

पाठ ८५

येसु विश्रामदिनमा निको पार्नुहुन्छ

फरिसीहरू येसुलाई घृणा गर्थे र उहाँलाई पक्रन कारण खोज्दै थिए। उहाँले विश्रामदिनमा बिरामीलाई निको पार्नु हुँदैन भनेर तिनीहरूले भने। विश्रामदिनमा येसुले एक जना अन्धो मानिसले बाटोमा माग्दै गरेको देख्नुभयो। उहाँले चेलाहरूलाई भन्‍नुभयो: ‘परमेश्‍वरको शक्‍तिले यस मानिसलाई कसरी मदत गर्छ, हेर।’ येसुले भुईँमा थुक्नुभयो अनि थुक र माटो मुछेर लेप बनाउनुभयो। त्यसपछि उहाँले त्यो उसको आँखामा लगाइदिनुभयो। येसुले उसलाई भन्‍नुभयो: ‘जाऊ, सिलोआमको पोखरीमा गएर आफ्नो आँखा पखाल।’ उसले गएर पखाल्यो र जीवनमा पहिलो चोटि देख्न सक्यो।

मानिसहरू तीनछक परे। तिनीहरूले भने: ‘के यो त्यही मानिस होइन र, जो पहिला माग्न बस्थ्यो वा त्योजस्तै देखिने अरू कोही हो?’ त्यस मानिसले भन्यो: ‘म त्यही जन्मजात अन्धो मानिस हुँ।’ तब मानिसहरूले उसलाई सोधे: ‘तिमी कसरी देख्न सक्ने भयौ त?’ उसले के भएको थियो भनेर बताएपछि मानिसहरूले उसलाई फरिसीहरूकहाँ लगे।

त्यस मानिसले फरिसीहरूलाई भन्यो: ‘येसुले मेरो आँखामा लेप लगाइदिनुभयो र मलाई गएर पखाल भन्‍नुभयो। अनि आँखा पखालेपछि मैले देख्न सकेँ।’ फरिसीहरूले भने: ‘येसुले विश्रामदिनमा निको पारेको हो भने उसको शक्‍ति परमेश्‍वरबाट आएको होइन।’ तर अरूले भने: ‘उसको शक्‍ति परमेश्‍वरबाट आएको होइन भने उसले कसरी सबैलाई निको पार्न सक्यो त?’

फरिसीहरूले त्यस मानिसका आमाबुबालाई बोलाएर सोधे: ‘तिमीहरूको छोरा अहिले कसरी देख्ने भयो?’ उसका आमाबुबा डराए किनकि येसुमा विश्‍वास गर्नेलाई सभाघरबाट निकालिनेछ भनेर फरिसीहरूले भनेका थिए। त्यसैले उनीहरूले भने: ‘हामीलाई थाह छैन। उसैसित सोधपुछ गर्नुहोस्‌।’ फरिसीहरूले त्यस मानिसलाई अरू धेरै प्रश्‍न गरेर हैरान बनाए र उसले भन्यो: ‘मैले तपाईँहरूलाई सबै कुरा भनिसकेँ। तपाईँहरू किन मलाई अझै सोध्नुहुन्छ?’ फरिसीहरूले असाध्यै रिसाएर उसलाई बाहिर निकालिदिए।

येसु त्यस मानिसलाई भेट्‌न जानुभयो र सोध्नुभयो: ‘के तिमी मसीहमाथि विश्‍वास गर्छौ?’ त्यस मानिसले भन्यो: ‘उहाँ को हुनुहुन्छ भनेर थाह भएको भए म गर्थेँ।’ येसुले भन्‍नुभयो: ‘म नै मसीह हुँ।’ येसु कत्ति दयालु हुनुहुन्छ! उहाँले त्यस मानिसलाई निको मात्र पार्नुभएन तर उसलाई उहाँमाथि विश्‍वास गर्न पनि मदत गर्नुभयो।

“तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्‍वरको शक्‍तिलाई नै बुझेका छौ।”—मत्ति २२:२९

प्रश्‍नहरू: येसुले अन्धो मानिसलाई कसरी मदत गर्नुभयो? फरिसीहरू किन येसुलाई घृणा गर्थे?

युहन्‍ना ९:१-४१

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने