प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ९१ p. २१२-p. २१३ par. १
  • येसु फेरि जीवित हुनुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु फेरि जीवित हुनुभयो
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वर आफ्नो छोरालाई सम्झनुहुन्छ
    महान्‌ शिक्षकबाट सिकौं
  • येशू जीवित हुनुहुन्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • येसु जीवित हुनुहुन्छ!
    येसु—बाटो, सत्य र जीवन
  • येशू जीवित हुनुहुन्छ!
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ९१ p. २१२-p. २१३ par. १
येसुको चिहान रित्तो देख्दा स्त्रीहरू छक्क पर्छन्‌

पाठ ९१

येसु फेरि जीवित हुनुभयो

येसुको मृत्युपछि युसुफ भन्‍ने एक धनी मानिस पिलातसकहाँ गए अनि येसुको शवलाई खम्बाबाट तल झार्न अनुमति मागे। तिनले उहाँको शवलाई सुगन्धित मसला दलेर राम्रो मलमलको कपडाले बेरे अनि शवलाई नयाँ चिहानमा राखे। त्यसपछि तिनले ठूलो ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे। मुख्य पुजारीहरूले पिलातसलाई भने: ‘हामीलाई येसुका चेलाहरूले त्यसको लास चोरेर लैजालान्‌ र उहाँ मृत्युबाट ब्युँतनुभयो भन्लान्‌ भन्‍ने डर छ।’ तब पिलातसले भने: ‘चिहानको मुख राम्ररी बन्द गर र त्यसलाई पहरा देऊ।’

तीन दिनपछि बिहान सबेरै केही स्त्री चिहानमा गए र त्यहाँ राखिएको ढुङ्‌गा कसैले गुडाइसकेको देखे। चिहानभित्र छिर्दा स्वर्गदूतले तिनीहरूलाई भने: ‘नडराओ। येसु ब्युँतिसक्नुभयो। गएर उहाँका चेलाहरूलाई उहाँलाई गालिलमा भेट्‌नू भनिदेओ।’

मरियम मग्दलिनी दगुर्दै पत्रुस र युहन्‍नालाई भेट्‌न गइन्‌। उनले उनीहरूलाई भनिन्‌: ‘कसैले येसुको शव चिहानबाट निकालेर लगेछ!’ उनीहरू चिहानतिर दौडँदै गए। चिहान रित्तो देखेपछि उनीहरू घर फर्के।

मरियम चिहानमा फर्कँदा उनले त्यहाँभित्र दुई जना स्वर्गदूत देखिन्‌ र भनिन्‌: ‘मेरा प्रभुलाई तिनीहरूले कहाँ लगेछन्‌, मलाई थाह छैन।’ त्यसपछि उनले एक जना मानिसलाई देखिन्‌ र तिनलाई बगैँचे भन्ठानेर भनिन्‌: ‘हजुर, तपाईँले उहाँलाई कहाँ लैजानुभएको छ, मलाई भन्‍नुहोस्‌।’ तर जब तिनले उनलाई “मरियम!” भनेर बोलाए तब उनले उहाँ येसु हुनुहुन्छ भनेर चिनिहालिन्‌। उनले उहाँलाई समाएर “गुरुज्यू!” भनिन्‌। येसुले उनलाई भन्‍नुभयो: ‘मेरा भाइहरूकहाँ जाऊ र तिमीले मलाई देख्यौ भन।’ मरियम तुरुन्तै उहाँका चेलाहरूकहाँ गइन्‌ र येसुलाई देखेको कुरा बताइन्‌।

त्यही दिन पछि दुई जना चेला यरुसलेमबाट इम्माउस भनिने ठाउँतिर जाँदै थिए। एक जना मानिस तिनीहरूसँगै हिँड्‌न थाले र के कुरा गर्दै छौ भनेर सोधे। तिनीहरूले भने: ‘के तपाईँले सुन्‍नुभएको छैन? तीन दिनअघि मुख्य पुजारीहरूले येसुलाई खम्बामा टाँगेका थिए। अहिले केही स्त्री उहाँ जीवित हुनुभयो भन्दै छन्‌।’ ती मानिसले सोधे: ‘के तिमीहरू भविष्यवक्‍ताहरूले बताएको कुरा पत्याउँदैनौँ? ख्रिष्ट मर्नुहुनेछ र जीवित पारिनुहुनेछ भनेर तिनीहरूले बताएका थिए।’ ती मानिसले तिनीहरूलाई धर्मशास्त्रको अर्थ खोलिदिए। इम्माउस पुगेपछि चेलाहरूले ती मानिसलाई सँगै आउन कर गरे। बेलुकी खाना खाने बेला तिनले रोटीको लागि धन्यवाद चढाएपछि उहाँ येसु हुनुहुन्छ भनेर तिनीहरूले चिने। त्यसपछि उहाँ अलप हुनुभयो।

ती दुई चेला तुरुन्तै यरुसलेम फर्के र प्रेषितहरू भेला भएको घरमा गएर सबै कुरा बताए। तिनीहरू घरभित्र हुँदा येसु तिनीहरूमाझ देखा पर्नुभयो। सुरुमा त प्रेषितहरूले उहाँ येसु हुनुहुन्छ भनेर पत्याउनै सकेनन्‌। उहाँले भन्‍नुभयो: ‘मेरो हात हेर र मलाई छामेर हेर। ख्रिष्ट ब्युँताइनेछन्‌ भनी धर्मशास्त्रमा लेखिएको थियो।’

“बाटो, सत्य र जीवन मै हुँ। मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।”—युहन्‍ना १४:६

प्रश्‍नहरू: स्त्रीहरू येसुको चिहानमा जाँदा के भयो? इम्माउस जाने बाटोमा के भयो?

मत्ति २७:५७–२८:१०; मर्कुस १५:४२–१६:८; लुका २३:५०–२४:४३; युहन्‍ना १९:३८–२०:२३

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने