प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ९७ p. २२६-p. २२७ par. २
  • कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • पत्रुस कर्नीलियसलाई भेट्‌न जान्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • यहोवा “पक्षपाती हुनुहुन्‍न”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवाको भयमा हिड़ने गर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ९७ p. २२६-p. २२७ par. २
कर्निलियस पत्रुसलाई आफ्नो घरमा स्वागत गर्दै छन्‌

पाठ ९७

कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ

सिजरियामा रोमी सेनाका एक ठूला अफिसर बस्थे। तिनको नाम कर्निलियस थियो। तिनी यहुदी थिएनन्‌ तर यहुदीहरू तिनलाई आदर गर्थे। तिनी उदार थिए अनि गरिब र खाँचोमा परेकाहरूलाई मदत गर्थे। तिनी यहोवामा विश्‍वास गर्थे र उहाँलाई निरन्तर प्रार्थना गर्थे। एकदिन एक स्वर्गदूत तिनीकहाँ देखा परे र भने: ‘तिम्रो प्रार्थना परमेश्‍वरले सुन्‍नुभएको छ। अब तिम्रा मानिसहरूलाई जोप्पामा पठाऊ। त्यहाँ पत्रुस नाम गरेका मानिस बस्छन्‌। उनलाई तिमीकहाँ बोलाऊ।’ तिनले तुरुन्तै तीन जना मानिसलाई लगभग ५० किलोमिटर दक्षिणमा पर्ने जोप्पामा पठाए।

यसैबीच जोप्पामा पत्रुसले एउटा दर्शन देखे। उनले दर्शनमा यहुदीहरूले खान नहुने जनावरहरू देखे। ती खाऊ भनेको आवाज पनि सुने। पत्रुसले खान मानेनन्‌ र भने: ‘मैले त्यस्ता अशुद्ध जनावरहरू कहिल्यै खाएको छैनँ।’ तिनले फेरि यस्तो आवाज सुने: ‘यी जनावरहरूलाई अशुद्ध भन्‍न छोड। परमेश्‍वरले यिनीहरूलाई शुद्ध पार्नुभएको छ।’ पत्रुसलाई फेरि भनियो: ‘तिम्रो ढोकामा तीन जना मानिस छन्‌। तिनीहरूसँग जाऊ।’ पत्रुस ढोकामा गए र ती मानिसहरूलाई त्यहाँ आउनुको कारण सोधे। तिनीहरूले जवाफ दिए: ‘हामीलाई रोमी सेनाका अफिसर कर्निलियसले पठाउनुभएको हो। तपाईँलाई सिजरियामा उहाँको घरमा ल्याउन उहाँले हामीलाई पठाउनुभएको हो।’ पत्रुसले तिनीहरूलाई त्यस रात उनकै घरमा बस्न भने। भोलिपल्ट उनी तिनीहरूसित सिजरिया गए। जोप्पाका केही भाइहरू पनि सँगै गए।

पत्रुसलाई पर्खेर बसिरहेका कर्निलियसले उनलाई देखेपछि उनीसामु घुँडा टेके। तर पत्रुसले भने: ‘उठ्‌नुहोस्‌, म पनि तपाईँजस्तै मानिस हुँ। तपाईँलाई थाहै छ, यहुदीहरू अरू जातिको मानिसको घरमा जाँदैनन्‌। तर परमेश्‍वरले मलाई तपाईँको घरमा पठाउनुभएको छ। कृपया अब मलाई बोलाउनुको कारण बताउनुहोस्‌।’

कर्निलियसले पत्रुसलाई भने: ‘चार दिनअघि म परमेश्‍वरलाई प्रार्थना गर्दै थिएँ र एक स्वर्गदूतले तपाईँलाई यहाँ बोलाउन भने। कृपया हामीलाई यहोवा परमेश्‍वरको वचन सिकाउनुहोस्‌।’ पत्रुसले भने: ‘परमेश्‍वर पक्षपाती हुनुहुन्‍न भनेर मैले बुझेँ। उहाँको उपासना गर्न चाहने जोसुकैलाई उहाँ स्विकार्नुहुन्छ।’ पत्रुसले तिनीहरूलाई येसुबारे धेरै कुरा सिकाए। त्यसपछि कर्निलियस र त्यहाँ तिनीसँग भएकाहरूमाथि पवित्र शक्‍ति खन्याइयो र तिनीहरू सबैले बप्तिस्मा गरे।

“जुनसुकै जातिको भए तापनि जसले [परमेश्‍वरको] डर मान्छ र सही काम गर्छ, उसलाई उहाँ स्विकार्नुहुन्छ।”—प्रेषित १०:३५

प्रश्‍नहरू: पत्रुसले किन अशुद्ध जनावरको मासु खान मानेनन्‌? यहोवा परमेश्‍वरले पत्रुसलाई किन अर्कै जातिको मानिसको घरमा पठाउनुभयो?

प्रेषित १०:१-४८

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने