प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ७/१ p. १४
  • यहोवा “पक्षपाती हुनुहुन्‍न”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा “पक्षपाती हुनुहुन्‍न”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • पत्रुस कर्नीलियसलाई भेट्‌न जान्छ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • कर्निलियसमाथि पवित्र शक्‍ति खन्याइन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • हाम्रो अनमोल विश्‍वासलाई थामिराखौं!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ७/१ p. १४

परमेश्‍वरको नजिक हुनुहोस्‌

यहोवा “पक्षपाती हुनुहुन्‍न”

के तपाईंलाई कसैले भेदभाव गरेको छ? तपाईंको वर्ण, जात अथवा आर्थिक अवस्थाको आधारमा कसैले तपाईंलाई कोठा भाडामा नदिएको, जागिर नदिएको अथवा त्यस्तै तुच्छ व्यवहार गरेको छ? यस्तो भेदभाव तपाईंले मात्र होइन, अरूले पनि सहनुपरेको छ। मानिसहरूबीच यस्तो भेदभाव सामान्य भए तापनि परमेश्‍वरले भने हामीलाई कहिल्यै भेदभाव गर्नुहुन्‍न। येशूका चेला पत्रुसले विश्‍वस्त हुँदै यसो भने: “परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।”—प्रेषित १०:३४, ३५ पढ्‌नुहोस्‌।

पत्रुसले यी शब्दहरू कर्नीलियस नाम गरेका गैरयहूदीको घरमा भनेका थिए। यो एउटा असामान्य परिस्थिति थियो। किनभने पत्रुस जन्मजात यहूदी थिए। अनि त्यतिबेलाका यहूदीहरू अरू जातिका मानिसहरूलाई अशुद्ध ठान्थे। त्यसैले उनीहरूसित सङ्‌गतै गर्दैनथे। त्यसोभए पत्रुस किन कर्नीलियसको घर गए? किनभने यहोवा परमेश्‍वरले उनलाई पठाउनुभएको थियो। पत्रुसलाई दर्शनमा यसो भनियो: “परमेश्‍वरले शुद्ध पार्नुभएको कुरालाई अपवित्र भन्‍न छोड।” त्यसको एक दिनअघि कर्नीलियसलाई पनि परमेश्‍वरले एउटा दर्शन देखाउनुभयो। दर्शनमा स्वर्गदूतले कर्नीलियसलाई आफ्नो घरमा पत्रुसलाई बोलाउनू भन्‍ने निर्देशन दिए। यो कुरा पत्रुसलाई थाह थिएन। (प्रेषित १०:१-१५) तर यस घटनाक्रममा यहोवाको हात छ भनेर थाह पाएपछि पत्रुस चुपो लागेर बस्न सकेनन्‌।

पत्रुसले भने: “मलाई पक्का भयो, कि परमेश्‍वर पक्षपाती हुनुहुन्‍न।” (प्रेषित १०:३४) “पक्षपाती” भनेर अनुवाद गरिएको ग्रीक शब्दबारे एक बाइबलविद्‌ले यसो भने: “यस शब्दले सत्यतथ्यको आधारमा नभई मान्छेको अनुहार हेरेर फैसला सुनाउने न्यायाधीशलाई बुझाउँछ।” मानिसको जात, राष्ट्रियता, आर्थिक अवस्था वा देखिने कुराको आधारमा परमेश्‍वर कसैलाई काखा कसैलाई पाखा गर्नुहुन्‍न।

बरु हाम्रो मनमा के छ, त्यो हेर्नुहुन्छ। (१ शमूएल १६:७; हितोपदेश २१:२) पत्रुसले भने: “जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषित १०:३५) परमेश्‍वरको डर मान्‍नुको अर्थ उहाँको आदर अनि सम्मान गर्नु, उहाँमाथि भरोसा राख्नु र उहाँलाई अप्रसन्‍न तुल्याउने कुनै पनि काम नगर्नु हो। अनि परमेश्‍वरको स्तरबमोजिम असल काम गर्ने व्यक्‍तिले खुसीसाथ उहाँको आज्ञा पालन गर्छ। यहोवाको डर मानेर जे सही छ, त्यही गर्ने मानिस देख्दा उहाँ खुसी हुनुहुन्छ।—व्यवस्था १०:१२, १३.

यहोवाले स्वर्गबाट पृथ्वीमा हेर्दा एउटै मात्र जाति देख्नुहुन्छ—मानिस

तपाईंलाई कसैले भेदभाव वा पक्षपात गरेको छ भने परमेश्‍वरबारे पत्रुसले भनेका शब्दहरू तपाईंको लागि सान्त्वनादायी हुनेछ। यहोवाले सबै जातिका मानिसलाई साँचो उपासनातर्फ खिच्दै हुनुहुन्छ। (यूहन्‍ना ६:४४; प्रेषित १७:२६, २७) मानिसको जात, राष्ट्रियता अथवा आर्थिक अवस्था जस्तोसुकै होस्‌, यहोवा आफ्ना उपासकहरूको प्रार्थना सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ। (१ राजा ८:४१-४३) यहोवाले स्वर्गबाट पृथ्वीमा हेर्दा एउटै मात्र जाति देख्नुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं। त्यो हो—मानिस। के तपाईं यस्तो निष्पक्ष परमेश्‍वरबारे थप कुरा जान्‍न चाहनुहुन्‍न र? (w13-E 06/01)

सुझावित बाइबल पढाइ

यूहन्‍ना १७–२१–प्रेषित १–१०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने