प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson ९९ p. २३०-p. २३१ par. ४
  • एक जना जेलर सत्य सिक्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एक जना जेलर सत्य सिक्छन्‌
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • “म्यासिडोनिया आउनुहोस्‌”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • सिलास—प्रोत्साहनका स्रोत
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “परमेश्‍वरको शान्ति . . . सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवाको वचन प्रबल हुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson ९९ p. २३०-p. २३१ par. ४
फिलिप्पिका एक जेलरले झ्यालखानाका ढोकाहरू खुल्लै भेट्टाउँछन्‌ तर सबै कैदी त्यहीँ हुन्छन्‌

पाठ ९९

एक जना जेलर सत्य सिक्छन्‌

फिलिप्पिमा एक जना नोकर्नी थिई र उसमा प्रेत बास गरेको थियो। त्यस प्रेतले उसलाई चलाएर भविष्य बताउने काम गर्थ्यो। यसरी त्यस नोकर्नीले आफ्ना मालिकहरूको लागि धेरै कमाइ गर्थी। पावल र सिलास फिलिप्पिमा आएपछि ऊ धेरै दिनसम्म तिनीहरूको पछिपछि लागी। प्रेतले उसलाई यसो भनेर चिच्याउन लगायो: “यी मानिसहरू सर्वोच्च परमेश्‍वरका दास हुन्‌।” वाक्क भएर पावलले त्यस प्रेतलाई भने: ‘म तँलाई येसुको नाममा आज्ञा गर्छु, त्यसबाट निस्केर आइज!’ त्यसपछि त्यो प्रेत उसबाट निस्किहाल्यो।

कमाइ गर्ने बाटो बन्द भएको देखेपछि उसका मालिकहरू असाध्यै रिसाए। उनीहरूले पावल र सिलासलाई घिसार्दै नगर अधिकारीहरूकहाँ ल्याए र भने: ‘यिनीहरूले नियम तोडिरहेका छन्‌ र सहरभरि खैलाबैला मच्चाइरहेका छन्‌!’ नगर अधिकारीहरूले पावल र सिलासलाई पिटेर झ्यालखानामा हाल्ने आदेश दिए। जेलरले तिनीहरूलाई झ्यालखानाको सबैभन्दा अँध्यारो कोठामा लगेर थुने अनि तिनीहरूको खुट्टा ठिँगुरोमा हालिदिए।

झ्यालखानामा पावल र सिलास परमेश्‍वरको स्तुतिगान गाइरहेका थिए र अरू कैदीले सुनिरहेका थिए। अचानक मध्यरातमा ठूलो भूकम्प गयो र झ्यालखाना पूरै हल्लिन थाल्यो। झ्यालखानाका ढोकाहरू एकाएक खुले अनि कैदीहरूलाई बाँधेर राखेको सिक्री र ठिँगुरो फुस्कियो। जेलर दौडेर झ्यालखानाको भित्री कोठामा गए र उनले सबै ढोका खुल्लै देखे। सबै कैदी भागिसके होलान्‌ भन्ठानेर उनले आत्महत्या गर्न आफ्नो तरबार थुते।

त्यतिखेरै पावलले कराउँदै भने: ‘आफूलाई केही हानि नगर्नुहोस्‌, हामी सबै जना यहीँ छौँ!’ ती जेलर हतारिँदै भित्र आए अनि पावल र सिलासको अगाडि घोप्टो परे। तिनले उनीहरूलाई सोधे: “उद्धार पाउन मैले के गर्नुपर्छ?” उनीहरूले भने: ‘तपाईँ र तपाईँको घरानाले येसुमा विश्‍वास गर्नुपर्छ।’ त्यसपछि पावल र सिलासले ती जेलर र उनको घरानालाई यहोवा परमेश्‍वरको वचन सुनाए अनि तिनीहरू सबैले बप्तिस्मा गरे।

“मानिसहरूले तिमीहरूलाई पक्रनेछन्‌, खेदो गर्नेछन्‌, सभाघर र झ्यालखानाहरूमा सुम्पिदिनेछन्‌। मेरो नामको खातिर तिमीहरू राजाहरू र राज्यपालहरूसामु उभ्याइनेछौ। तब तिमीहरूले साक्षी दिने मौका पाउनेछौ।”—लुका २१:१२, १३

प्रश्‍नहरू: पावल र सिलासलाई किन झ्यालखानामा हालियो? कुन घटनाले गर्दा जेलरले सत्य सिके?

प्रेषित १६:१६-३४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने