प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb lesson १०१ p. २३४-p. २३५ par. ४
  • पावललाई रोम पठाइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पावललाई रोम पठाइन्छ
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • साहसी हुनुहोस्‌—यहोवा तपाईँको मदतगार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “तपाईँहरूमध्ये कसैको पनि ज्यान जानेछैन”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • निर्भयतासाथ यहोवाको राज्यको घोषणा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • “राम्ररी साक्षी दिए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb lesson १०१ p. २३४-p. २३५ par. ४
पावल र अरू यात्रुहरू पौडेर वा जहाजका टुक्राटाक्रीको सहारा लिएर माल्टा टापुमा पुग्छन्‌

पाठ १०१

पावललाई रोम पठाइन्छ

पावलको तेस्रो प्रचार-यात्रामा तिनी गएको अन्तिम ठाउँ यरुसलेम थियो। त्यहाँ तिनी पक्राउ परे र तिनलाई झ्यालखानामा हालियो। एक रात दर्शनमा येसुले तिनलाई भन्‍नुभयो: ‘अब तिमी रोम जानेछौ र त्यहाँ प्रचार गर्नेछौ।’ पावललाई यरुसलेमबाट सिजरिया लगियो। त्यहाँ तिनले दुई वर्ष बिताए। मुद्दा चलिरहेको बेला पावलले राज्यपाल फेस्तससामु भने: ‘म रोममा सिजरसामु आफ्नो कुरा राख्न चाहन्छु।’ तब फेस्तसले भने: “तिमीले सिजरलाई अपिल गरेका छौ, त्यसैले तिमी सिजरकहाँ नै जानेछौ।” पावललाई जहाज चढाएर रोम पठाइयो र तिनीसँगै अरू दुई जना लुका र अरिस्तार्खस पनि गए।

समुद्रमा ठूलो आँधी आयो र त्यो आँधी धेरै दिनसम्म चल्यो। सबैले अब मरिने भयो भन्ठाने। तर पावलले भने: ‘मित्रहरू हो, हिजो राती एक जना स्वर्गदूतले मलाई सपनामा यसो भने: “नडराऊ पावल। तिमी सिजरसामु खडा हुनै पर्छ अनि हेर, तिमीसँगै यात्रा गर्नेहरूको ज्यान पनि परमेश्‍वरले जोगाउनुहुनेछ!” हरेस नखानुहोस्‌! हामी मर्नेछैनौँ।’

आँधी १४ दिनसम्म चल्यो। त्यसपछि मात्र तिनीहरूले जमिन देखे। त्यो माल्टा टापु थियो। जहाज बज्रियो र टुक्राटुक्रा भयो। तर जहाजमा भएका २७६ जना सबै सकुशल किनारामा पुगे। कोही पौडेर अनि कोहीचाहिँ जहाजका टुक्राटाक्रीको सहारा लिएर किनारामा आइपुगे। माल्टाका मानिसहरूले तिनीहरूको ख्याल राखे र तिनीहरूलाई न्यानो होस्‌ भनेर आगो बालिदिए।

तीन महिनापछि सिपाहीहरूले पावललाई अर्को जहाजमा रोम लगे। पावल त्यहाँ पुग्दा भाइहरू भेट्‌न आए। तिनले भाइहरूलाई देखेपछि यहोवा परमेश्‍वरलाई धन्यवाद दिए र हौसला पाए। तिनी कैदी भए तापनि तिनले छुट्टै भाडाको कोठामा बस्ने अनुमति पाए र तिनलाई पहरा दिन एक जना सैनिक खटाइयो। त्यहाँ तिनी दुई वर्ष बसे। मानिसहरू तिनलाई भेट्‌न आउँदा तिनी उनीहरूलाई परमेश्‍वरको राज्यबारे प्रचार गर्थे र येसुबारे सिकाउँथे। पावलले एसिया माइनर र यहुदियाका मण्डलीहरूलाई पत्रहरू पनि लेखे। यहोवा परमेश्‍वरले जातिजातिका मानिसहरूलाई सुसमाचार सुनाउन पावललाई चलाउनुभयो।

“हरतरहले आफूलाई परमेश्‍वरका सेवकहरूको रूपमा सिफारिस गर्छौँ: धेरै कुरामा सहनशील भएर, सङ्‌कष्ट भोगेर, खाँचोमा पर्दा सहेर, कठिनाइ सहेर।”—२ कोरिन्थी ६:४

प्रश्‍नहरू: फेस्तसले किन पावललाई रोम पठाए? पावल रोम जाँदा बाटोमा के भयो?

प्रेषित २१:३०; २३:११; २५:८-१२; २७:१–२८:३१; रोमी १५:२५, २६

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने