प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb pp. २-३
  • परिचालक निकायको पत्र

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परिचालक निकायको पत्र
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१५
  • भाग २ बाट तपाईँले के सिक्नुभयो?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—पुस्तिका कसरी प्रयोग गर्ने
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१९
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb pp. २-३
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू किताब सँगै पढ्‌दा एउटा परिवार बाइबल पनि हेर्दै छ

परिचालक निकायको पत्र

प्रिय सङ्‌गी विश्‍वासीहरू:

हामी यहोवाका उपासकहरू उहाँको वचन बाइबललाई प्रेम गर्छौँ। यसको ऐतिहासिक विवरण सत्य छ र यसले हाम्रो जीवनलाई भरपर्दो डोऱ्‍याइ दिन्छ भन्‍ने कुरामा हामी विश्‍वस्त छौँ। यसमा यहोवा मानव परिवारलाई धेरै माया गर्नुहुन्छ भन्‍ने कुराको मनै छुने प्रमाणहरू पनि पाइन्छ। (भजन ११९:१०५; लुका १:३; १ युहन्‍ना ४:१९) हामी परमेश्‍वरको वचनमा पाइने बहुमूल्य सत्यहरू अरूलाई सिकाउन अत्यन्तै इच्छुक छौँ। त्यसैले तपाईँहरूको लागि “बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू” शीर्षकको यो किताब तयार पार्न पाएकोमा हामी धेरै खुसी छौँ। हामी तपाईँहरूलाई यस किताबको केही विशेषता बताउन चाहन्छौँ।

यो किताब मुख्यतया केटाकेटीलाई मनमा राखेर तयार पारिएको हो। तर यो किताब बाइबलबारे अझ धेरै सिक्न चाहने वयस्कहरूलाई मदत गर्न पनि चलाउन सकिन्छ। बाइबल सबैको लागि उपयोगी छ। त्यसैले यस किताबबाट सिक्न सकिने पाठहरू केलाउँदा पक्कै पनि हामी सबैले लाभ उठाउनेछौँ। ती पाठहरूबाट सिकेको कुरा जीवनमा लागू गर्दा हामी साँच्चै आनन्दित हुनेछौँ।

यस किताबमा मानव परिवारको सुरुवातदेखिका घटनाहरू पाइन्छ। यसमा बाइबलका विवरणहरूलाई सरल र स्पष्ट ढङ्‌गमा प्रस्तुत गर्न अनि सम्भव भएसम्म घटनाक्रमअनुसारै राख्न प्रयास गरिएको छ।

तर यस किताबमा बाइबलका विवरणहरूबारे जानकारी मात्र दिइएको छैन। प्रत्येक पाठ र चित्र बाइबल विवरणहरू जीवन्त र बाइबल पात्रहरूको भावना महसुस गर्न सकिने तरिकामा प्रस्तुत गरिएको छ।

यस प्रकाशनले बाइबल यहोवा परमेश्‍वरको आज्ञा पालन गरेका र नगरेका थुप्रै मानिसबारे लेखिएको किताब हो भनेर बुझ्न मदत गर्छ। यसले हामीलाई ती मानिसहरूको उदाहरणबाट पाठ सिक्न झकझकाउँछ। (रोमी १५:४; १ कोरिन्थी १०:६) यस किताबमा १४ वटा भाग छन्‌। प्रत्येक भागको परिचयमा उक्‍त भागबाट सिक्न सकिने केही पाठबारे बताइएको छ।

तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीसित कुनै एउटा पाठ पढेर चित्रहरू छलफल गर्न सक्नुहुन्छ। त्यसपछि सँगै मिलेर उक्‍त विवरण बाइबलबाटै पढ्‌न सक्नुहुन्छ। छोराछोरीलाई यस किताबमा छलफल गरिएको हरेक पाठ बाइबलमै आधारित छ भनेर बुझाउनुहोस्‌। कुनै वयस्कलाई बाइबलको सार बुझाउन पनि यही तरिका प्रभावकारी हुन सक्छ।

हामी आशा गर्छौँ, यस प्रकाशनले असल हृदय भएका केटाकेटी र वृद्ध सबैलाई परमेश्‍वरको वचनबाट सिक्न र सिकेको पाठ जीवनमा लागू गर्न मदत गर्नेछ। फलस्वरूप तिनीहरूले पनि यहोवाको प्यारो परिवारको भाग बनेर उहाँको उपासना गर्न सक्नेछन्‌।

तपाईँका भाइहरू,

यहोवाका साक्षीहरूको परिचालक निकाय

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने