प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km15 सेप्टेम्बर p. २
  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • हाम्रो राज्य सेवा—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • परिचालक निकायको पत्र
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
    हाम्रो राज्य सेवा—२०१३
  • “यसले मेरो हृदयको शून्यता पुरिदियो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • धर्मशास्त्रबाट बल प्राप्त गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवा—२०१५
km15 सेप्टेम्बर p. २

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌

१. अक्टोबर १९, २०१५ मा सुरु हुने हप्तादेखि मण्डली बाइबल अध्ययनमा हामी कुन किताबबाट अध्ययन गर्नेछौं?

१ अक्टोबर १९, २०१५ को हप्तादेखि मण्डली बाइबल अध्ययनमा तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ भन्‍ने किताबबाट अध्ययन गर्नेछौं। यस किताबमा विश्‍वास देखाउने सन्दर्भमा राम्रो उदाहरण बसालेका १४ जना पुरुष तथा स्त्रीबारे छलफल गरिएको छ। यी विश्‍वासी पात्रहरूबारे कल्पना गर्न सजिलो हुने तरिकामा यो किताब लेखिएको छ। त्यसैले यहोवाको सेवा गर्दा चुनौतीहरू सामना गरेका ती पात्रहरूलाई वास्तविक मानिसको रूपमा हेर्न सक्छौं। साथै तिनीहरूबाट सिक्न सकिने पाठबारे पनि यस किताबमा चर्चा गरिएको छ।—हिब्रू ६:१२.

२. तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ भन्‍ने किताबका केही विशेषता बताउनुहोस्‌।

२ विशेषता: प्रत्येक पात्रहरू कहाँ बस्थे र कुन समयका थिए भनेर बुझाउन यस किताबमा समयको रेखाचित्र र नक्साहरू पनि राखिएको छ। साथै प्रत्येक अध्यायमा “यसबारे सोच्नुहोस्‌ . . . ” भन्‍ने भाग पनि छ। यसले बाइबल विवरणहरू मनन गर्न र सिकेका कुराहरू लागू गर्न मदत गर्छ। यस किताबमा स-साना कुरालाई पनि विचार गरेर बनाइएका थुप्रै रङ्‌गीन चित्रहरू छन्‌। यी चित्रहरूले बाइबल विवरणलाई जीवन्त बनाउन मदत गर्छ।

३. यस किताबको अध्ययनबाट लाभ उठाउन हामी के गर्न सक्छौं?

३ हामी कसरी लाभ उठाउन सक्छौं? यस किताबको सुरुतिर परिचालक निकायले पठाएको पत्र पनि छ। त्यस पत्रमा यस्तो प्रोत्साहन दिइएको छ: “बाइबल पात्रहरूले कस्तो महसुस गरे होलान्‌ भनेर विचार गर्नुहोस्‌। तिनीहरूले देखेको कुरा तपाईं पनि हेर्ने कोसिस गर्नुहोस्‌। विभिन्‍न परिस्थितिमा परेको बेला तिनीहरूले कस्तो निर्णय गरे अनि तपाईं भएको भए कस्तो निर्णय गर्नुहुन्थ्यो, एकछिन घोरिनुहोस्‌।” तर घोरिनु भनेको कल्पनामै डुब्नु भनेको होइन। बरु बाइबल विवरणलाई आफ्नो मनमा उतार्नु र सम्बन्धित पात्रहरूले जस्तै महसुस गर्न खोज्नु हो। यसो गर्न समय निकाल्नुपर्छ र मनन गर्नुपर्छ। (नहे. ८:८) अध्यायको बीचबाट छलफल सुरु गरिंदै छ भने सञ्चालकले अगाडिको हप्ता छलफल गरिएको विषयवस्तुबाट ३० देखि ६० सेकेन्डको पुनरावृत्ति गरेर सुरु गर्नेछन्‌। कुनै हप्ताको विषयवस्तुमा “यसबारे सोच्नुहोस्‌ . . . ” भन्‍ने भाग छैन भने छलफलको अन्तमा एउटा वा दुइटा प्रश्‍न सोधेर पुनरावृत्ति गर्न सकिन्छ।

४. तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ भन्‍ने किताब किन अध्ययन गर्नुपर्छ?

४ हामी बाँचिरहेको संसारले हरेक दिन कुनै न कुनै तरिकामा हाम्रो विश्‍वास तहसनहस पार्न वा कमजोर बनाउन खोज्छ। प्रहरीधरहरा पत्रिकाको शृङ्‌खलाबद्ध लेखमा आधारित यो किताब र प्रहरीधरहरा पत्रिकामा आइरहेका यस्तै लेखहरू हाम्रो विश्‍वास बलियो बनाउन यहोवाले दिनुभएको उपहार हो। (याकू. १:१७) मण्डली बाइबल अध्ययनमा नियमित रूपमा उपस्थित भएर र सकेसम्म टिप्पणीहरू दिएर यहोवाले दिनुभएको यस उपहारको पूर्ण सदुपयोग गरौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने