भाग १ को परिचय
बाइबलको सुरुको विवरणमा यहोवा परमेश्वरले कसरी आकाश, पृथ्वी र यसमा भएका सबै सुन्दर कुरा बनाउनुभयो भनी बताइएको छ। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई सृष्टिमा भएका रोचक कुराहरू बुझ्न मदत गर्नुहोस्। परमेश्वरले मानिसलाई जनावरलाई भन्दा विशेष बनाउनुभएको छ भनेर पनि बुझाउनुहोस्। उहाँले हामी मानिसहरूलाई बोल्ने, तर्क गर्ने, नयाँ-नयाँ कुरा पत्ता लगाउने, गाउने र प्रार्थना गर्ने क्षमता दिनुभएको छ। यहोवा परमेश्वर कत्ति शक्तिशाली र बुद्धिमान् हुनुहुन्छ भनेर सिकाउनुहोस्। अझ विशेषगरि उहाँ मायालु हुनुहुन्छ र हामी प्रत्येकलाई माया गर्नुहुन्छ भनेर सिकाउनुहोस्।