सृष्टिमा यहोवाको प्रेमको प्रशस्तै प्रमाण देखिने भएकोले हामीले मनैदेखि उहाँको सेवा गर्ने प्रयास गर्दा उहाँले प्रचुर मात्रामा आशिष् बर्साउनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ
ख्रिष्टियन जीवन
सृष्टिले कसरी परमेश्वरको प्रेम प्रकट गर्छ?
हामी आफ्नो दिनचर्यामा यति व्यस्त हुन सक्छौँ कि सृष्टिमा देखिने यहोवाको प्रेम र उदारता हामीलाई यादै नहुन सक्छ। तर येसुले हामीलाई सृष्टिका कुराहरू नियालेर हेर्न र तीबाट यहोवाबारे सिक्न सकिने कुराहरूमा मनन गर्न प्रोत्साहन दिनुभएको छ।—मत्ति ६:२५, २६.
सृष्टिले यहोवाको प्रेम प्रकट गर्छ भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
सृष्टिका यी कुराहरूबाट तपाईँले यहोवाको प्रेमबारे के सिक्नुभयो?
पृथ्वीका तत्त्वहरू
वायुमण्डल
घाँस
जनावरहरूको बनावट
हाम्रा इन्द्रियहरू
हाम्रो दिमाग