भाग १२ को परिचय
येसुले परमेश्वरको नाम पवित्र पारियोस्, उहाँको राज्य आओस् र उहाँको इच्छा पृथ्वीमा पूरा होस् भनेर प्रार्थना गर्नका साथै स्वर्गको राज्यबारे सिकाउनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई उक्त प्रार्थना किन अर्थपूर्ण छ, बुझाउनुहोस्। सैतानले धेरै कोसिस गरे पनि येसुको वफादारी तोड्न सकेन। येसुले प्रेषितहरू छान्नुभयो, जो पछि परमेश्वरको राज्यको जग बने। साँचो उपासनाको लागि येसुको जोस याद गर्नुहोस्। उहाँ मानिसहरूलाई मदत गर्न चाहनुहुन्थ्यो। त्यसैले उहाँले बिरामीहरूलाई निको पार्नुभयो, भोकाहरूलाई खुवाउनुभयो र मरेकाहरूलाई जीवित पार्नुभयो। उहाँले यी चमत्कारहरूमार्फत परमेश्वरको राज्यले के गर्नेछ भनेर देखाउनुभयो।