गीत ५
यहोवाका आश्चर्यजनक कामहरू
छापिएको संस्करण
(भजन १३९)
१. हे याह था’ छ है तिमीलाई
मेरो बसाई, मेरो उठाई सबै।
मेरो विचार र मनभित्रको कुरा,
मेरो हर बोली र हिँडाइ
बुझ्छौ तिमी।
देख्यौ गुप्तमा म बनिँदा
लुकेनन् ती मेरा कुनै अङ्ग।
नबनिँदै ती लेखिए पुस्तकमा।
बुद्धि, शक्ति तिम्रो बुझूँ
म कसरी?
छ तिम्रो ज्ञान भय र आश्चर्यको;
स्विकार्छु हे याह ती सबै म।
अन्धकारले छोप्दैन कैल्यै पनि
भेट्टाउँछ मलाई तिम्रो शक्तिले।
कहाँ लुकूँ म तिमीदेखि?
कहाँ भागूँ तिम्रो नजरबाट?
न स्वर्गले न चिहानले लुकाउँछ,
न अन्धकारले न समुद्रले
ढाक्छ।
(भज. ६६:३; ९४:१९; यर्मि. १७:१० पनि हेर्नुहोस्)