गीत २३
यहोवाको शासन सुरु
१. यो दिन हो महिमाको।
लौ! याहको राज सुरु भो।
सियोनमा शिर ढुङ्गो ख्रिष्ट बसाले।
सोर उचाली गाऔँ लौ।
याहको गानमा रमाऔँ।
उद्धारक येसु सिंहासनमा बिराजे।
(कोरस)
के ल्याउनेछौ, याहको राज्य?
सत्य र धार्मिकताको जित।
र अरू के याहको राज्य?
सदा जीवन र आनन्द।
प्रशंसा गर मालिकलाई;
उनको प्रेम छ अनन्त।
२. येसु ऐले शक्तिमा।
आरमागेडोन छेवैमा।
नाश हुनेछ सैतानको राज चाँडै।
प्रचारको बेला ऐले।
सुन्नुछ लौ धेरैले;
नम्रले अडान लिने बेला अहिल्यै।
(कोरस)
के ल्याउनेछौ, याहको राज्य?
सत्य र धार्मिकताको जित।
र अरू के याहको राज्य?
सदा जीवन र आनन्द।
प्रशंसा गर मालिकलाई;
उनको प्रेम छ अनन्त।
३. अमूल्य प्रभु राजा।
महान् हाम्रो दृष्टिमा।
आउँछन् याहको नाउँमा; सामु झुकौँ।
मन्दिरमा राख पाइला;
अनुग्रह याहको पाऊ।
उनको राजको न्यानो घाम झुल्कनै लाग्यो।
(कोरस)
के ल्याउनेछौ, याहको राज्य?
सत्य र धार्मिकताको जित।
र अरू के याहको राज्य?
सदा जीवन र आनन्द।
प्रशंसा गर मालिकलाई;
उनको प्रेम छ अनन्त।
(२ समु. ७:२२; दानि. २:४४; प्रका. ७:१५ पनि हेर्नुहोस्)