गीत १२२
स्थिर र अटल बस!
छापिएको संस्करण
१. राष्ट्रहरू छ दुःखको मारमा।
मानिसहरू भविष्यको डरमा।
अटल र दह्रो हुनु जरुरी,
सेवामा भई विश्वासी।
(कोरस)
अटल हुनु जरुरी;
अलग यो संसारदेखि,
अन्तसम्मै सही
जिउछौँ सधैँभरि।
२. पासो छ संसारमा जताततै।
जित्न सक्छौँ असल सोच भएमै।
याहको वचनलाई प्रेम गऱ्यौँ भने
हुनेछौँ अटल सधैँ।
(कोरस)
अटल हुनु जरुरी;
अलग यो संसारदेखि,
अन्तसम्मै सही
जिउछौँ सधैँभरि।
३. याह प्रभुलाई मनबाटै पुज्नू।
उनको सेवामा सरिक भइर’नू।
सुसमाचार सुनाऊ, सुनाऊ सधैँ।
बित्छ अन्तिम दिन चाँडै।
(कोरस)
अटल हुनु जरुरी;
अलग यो संसारदेखि,
अन्तसम्मै सही
जिउछौँ सधैँभरि।
(लुका २१:९; १ पत्रु. ४:७ पनि हेर्नुहोस्)