भाग चार
“म आफ्नो पवित्र नाममा कुनै हालतमा कलङ्क लाग्न दिनेछैनँ”—शुद्ध उपासनामाथि आक्रमण हुँदा यो जोगिन्छ
मुख्य कुरा: महासङ्कष्टमा यहोवा परमेश्वर आफ्ना मानिसहरूलाई जोगाउनुहुन्छ
यहोवा परमेश्वर मानिसहरूलाई माया गर्नुहुन्छ तर उहाँ हाम्रो कामको लेखा पनि लिनुहुन्छ। उहाँको उपासना गरेको दाबी गर्ने तर खराब आचरण देखाएर उहाँलाई धोका दिने मानिसहरू देखेर उहाँलाई कस्तो लाग्छ? महासङ्कष्टबाट क-कसलाई जोगाउने भनेर उहाँले कसरी निधो गर्नुहुनेछ? अनि प्रेमका परमेश्वर यहोवाले लाखौँलाख दुष्ट मानिसलाई किन सजाय दिनुहुनेछ?