प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study ८ p. ११
  • सुहाउँदो उदाहरण

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सुहाउँदो उदाहरण
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • “विना दृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • सिकाउँदा अन्तरदृष्टि प्रकट गर्नुहोस्‌ र मनाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • महान्‌ शिक्षकको अनुकरण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • मुख्य बुँदाहरू प्रस्ट पार्न उदाहरणहरू चलाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study ८ p. ११

बुँदा ८

सुहाउँदो उदाहरण

उल्लिखित शास्त्रपद

मत्ति १३:३४, ३५

सारांश: प्रभावकारी तरिकामा सिकाउन श्रोताको मन छुने सरल उदाहरण प्रयोग गर्नुहोस्‌ र मुख्य बुँदा प्रस्ट पार्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • सरल उदाहरण रोज्नुहोस्‌। येसुले जस्तै महत्त्वपूर्ण कुरा बुझाउन साधारण कुराको उदाहरण दिनुहोस्‌ अनि गाह्रो कुरा बुझाउन सरल कुराको उदाहरण दिनुहोस्‌। उदाहरणलाई जटिल बनाउने अनावश्‍यक कुराहरू नथप्नुहोस्‌। तपाईँले उदाहरणमा बताउनुभएको कुरा र सिकाउन खोज्नुभएको कुरा मेल खान्छ कि खाँदैन, पक्का गर्नुहोस्‌। यसो गर्नुभयो भने श्रोता अलमलमा पर्नेछैनन्‌।

    व्यावहारिक सुझाव

    अवलोकन गर्ने बानी बसाल्नुहोस्‌। आफूवरपर भएका कुराहरू नियाल्नुहोस्‌, हाम्रा प्रकाशनहरू पढ्‌नुहोस्‌ अनि दक्ष शिक्षकले सिकाउँदा सुन्‍नुहोस्‌। अनि प्रभावकारी तरिकामा सिकाउन मदत गर्ने उदाहरणहरू याद गर्नुहोस्‌। ती उदाहरणहरू सङ्‌कलन गर्नुहोस्‌।

  • श्रोतालाई मनमा राख्नुहोस्‌। श्रोतालाई चासो लाग्ने विषय वा श्रोतालाई थाह भएको कुनै क्रियाकलापलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुहोस्‌। तपाईँको उदाहरण अरूलाई अप्ठेरोमा पार्ने वा ठेस पुऱ्‍याउने खालको हुनु हुँदैन।

  • मुख्य बुँदा प्रस्ट पार्नुहोस्‌। कम महत्त्वपूर्ण कुरालाई नभई मुख्य बुँदालाई प्रस्ट पार्न उदाहरण चलाउनुहोस्‌। श्रोताले उदाहरण मात्र नभई त्यसबाट सिक्न सकिने पाठ पनि सम्झन सक्नेगरि बताउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने