प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study ७ p. १०
  • सही र चित्तबुझ्दो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सही र चित्तबुझ्दो
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • सही जानकारी दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • शास्त्रपदको प्रभावकारी परिचय
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • प्रश्‍नको प्रयोग
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study ७ p. १०

बुँदा ७

सही र चित्तबुझ्दो

उल्लिखित शास्त्रपद

लुका १:३

सारांश: श्रोतालाई सही निष्कर्षमा पुऱ्‍याउन भरपर्दो स्रोत प्रयोग गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • भरपर्दो स्रोत खोज्नुहोस्‌। परमेश्‍वरको वचनलाई आधार बनाएर कुरा गर्नुहोस्‌। सम्भव भएसम्म बाइबलबाटै पढ्‌नुहोस्‌। यदि कुनै वैज्ञानिक तथ्य, समाचार, अनुभव वा अन्य कुनै स्रोतमा उल्लेख गरिएको कुरा बताउँदै हुनुहुन्छ भने ती स्रोतहरू भरपर्दा र हालसालैका हुन्‌ भनेर पहिल्यै पक्का गर्नुहोस्‌।

  • स्रोतहरू सही तरिकामा प्रयोग गर्नुहोस्‌। शास्त्रपदलाई त्यसको सन्दर्भ, पूरै बाइबलको सन्देश अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले तयार पारेका प्रकाशनहरूसित मिल्नेगरि व्याख्या गर्नुहोस्‌। (मत्ति २४:४५) अन्य स्रोतबाट जानकारी प्रस्तुत गर्दै हुनुहुन्छ भने त्यसको सन्दर्भ र लेखकले भन्‍न खोजेको कुरासित मेल खाने तरिकामा बताउनुहोस्‌।

    व्यावहारिक सुझाव

    तथ्य र तथ्याङ्‌कहरूलाई बढाइचढाइ नगर्नुहोस्‌। “केही मानिसहरू”-लाई “धेरैजसो मानिस,” “कहिलेकाहीँ”-लाई “सधैँ” र “सायद”-लाई “पक्कै” नबनाउनुहोस्‌।

  • श्रोतासित तर्क गर्नुहोस्‌। शास्त्रपद पढेपछि वा कुनै स्रोतबारे उल्लेख गरेपछि श्रोता आफै सही निष्कर्षमा पुग्न सकून्‌ भनेर सुझबुझ चलाउँदै प्रश्‍न सोध्नुहोस्‌ अथवा उदाहरण दिनुहोस्‌।

प्रचारकार्यमा

प्रचारको लागि तयारी गर्दा घरधनीले कस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌, विचार गर्नुहोस्‌ अनि कस्तो जवाफ दिन सकिन्छ भनेर अनुसन्धान गर्नुहोस्‌। घरधनीले सोधेको प्रश्‍नको जवाफ तपाईँलाई थाह छैन भने त्यस विषयमा अनुसन्धान गरेर अर्को पटक जवाफ दिने वाचा गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने