प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • th study १९ p. २२
  • मनसम्म पुग्ने प्रयास

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मनसम्म पुग्ने प्रयास
  • पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • उत्साह
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • मनको गहिराइसम्म पुग्ने प्रयास गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • व्यावहारिकता प्रस्ट पार्ने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
  • उत्थानदायी र सकारात्मक
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
th study १९ p. २२

बुँदा १९

मनसम्म पुग्ने प्रयास

उल्लिखित शास्त्रपद

हितोपदेश ३:१

सारांश: सिकेको कुराको महत्त्व बुझ्न र त्यसलाई व्यवहारमा उतार्न श्रोतालाई मदत गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • आफैलाई जाँच्न श्रोतालाई उत्प्रेरित गर्नुहोस्‌। आलङ्‌कारिक प्रश्‍नहरूa सोधेर श्रोतालाई तिनको मनसाय जाँच्न मदत गर्नुहोस्‌।

  • सही मनसाय विकास गर्न मदत गर्नुहोस्‌। श्रोतालाई तिनीहरूले असल काम गर्नुको मनसाय केलाउन प्रोत्साहन दिनुहोस्‌। तिनीहरूलाई सही मनसाय अर्थात्‌ यहोवाप्रति, अरू मानिसहरूप्रति र बाइबलको शिक्षाप्रति प्रेम विकास गर्न मदत गर्नुहोस्‌। श्रोतालाई भाषण नछाँट्‌नुहोस्‌ बरु तिनीहरूसित तर्क गर्नुहोस्‌। तिनीहरू लाजमा नपरून्‌ बरु तपाईँको प्रस्तुति टुङ्‌गिने बेलासम्म तिनीहरू प्रोत्साहित होऊन्‌ अनि आफ्नो तर्फबाट सक्दो गर्न उत्प्रेरित होऊन्‌।

  • यहोवातर्फ ध्यान खिच्नुहोस्‌। बाइबलको शिक्षा, सिद्धान्त र आज्ञाहरूमा यहोवाका गुणहरू र हामीप्रतिको प्रेम कसरी झल्किन्छ, जोड दिनुहोस्‌। श्रोतालाई यहोवाको भावनाको कदर गर्न र उहाँलाई खुसी तुल्याउन प्रोत्साहन दिनुहोस्‌।

    व्यावहारिक सुझाव

    मानिसहरूलाई खिच्ने यहोवा हुनुहुन्छ भनेर नबिर्सनुहोस्‌। श्रोतालाई जुर्मुऱ्‍याउन उहाँको वचन प्रयोग गर्नुहोस्‌।

प्रचारकार्यमा

सम्भव भएसम्म प्रश्‍न सोधेर घरधनी कुन कुरामा विश्‍वास गर्छन्‌, पत्ता लगाउनुहोस्‌। तिनको मनभित्रको भावना बुझ्न तिनले आफ्नो अनुहार र स्वरमा कस्तो भाव व्यक्‍त गरेका छन्‌, याद गर्नुहोस्‌। धीरजी हुनुहोस्‌। तपाईँले तिनको भरोसा जितेपछि मात्र तिनले आफ्नो मनभित्रको कुरा व्यक्‍त गर्नेछन्‌।

a श्रोताबाट कुनै जवाफको आशा नगरी सोधिने प्रश्‍न, जसले सोच्न उत्प्रेरित गर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने