प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lff पाठ ४७ बुँदा १-७
  • के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
  • सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • अझ खोतल्नुहोस्‌
  • सारांश
  • अझ धेरै जान्‍नुहोस्‌
  • बप्तिस्मा—एउटा अर्थपूर्ण लक्ष्य
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के मैले आफ्नो जीवन परमेश्‍वरलाई समर्पण गरेर बप्तिस्मा गर्नुपर्छ?
    बाइबलले हामीलाई के सिकाउँछ?
  • बप्तिस्मा—ख्रीष्टियनहरूले चाल्नै पर्ने कदम
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
थप हेर्नुहोस्
सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
lff पाठ ४७ बुँदा १-७
पाठ ४७. एक जना बाइबल विद्यार्थी सम्मेलनमा अर्को व्यक्‍तिले बप्तिस्मा गरेको देख्दा आफूले पनि बप्तिस्मा गर्नेबारे विचार गर्छन्‌।

पाठ ४७

के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?

छापिएको संस्करण
छापिएको संस्करण
छापिएको संस्करण

तपाईँले बाइबल अध्ययन गरेर यहोवाबारे थुप्रै कुरा सिकिसक्नुभएको छ। तपाईँले सिकेको कुरा लागू गर्न जीवनमा केही परिवर्तन पनि गर्नुभयो होला। तैपनि यहोवालाई आफ्नो जीवन समर्पण गर्न र बप्तिस्मा गर्न तपाईँलाई कुनै कुराले रोकिरहेको हुन सक्छ। यस पाठमा बप्तिस्मा गर्नदेखि धेरैलाई बाधा पुऱ्‍याउने केही कुराबारे र तपाईँ ती बाधाहरू कसरी पार गर्न सक्नुहुन्छ भन्‍नेबारे छलफल गरिनेछ।

१. बप्तिस्मा गर्नुअघि तपाईँले कति ज्ञान लिएको हुनुपर्छ?

बप्तिस्मा गर्न तपाईँले “सत्यको सही ज्ञान” लिनुपर्छ। (१ तिमोथि २:४) यसको मतलब बप्तिस्मा गर्नुअघि तपाईँले बाइबलबारे हरेक प्रश्‍नको जवाफ थाह पाएको हुनुपर्छ भन्‍ने होइन। बप्तिस्मा गरेको लामो समय भइसकेका ख्रिष्टियनहरू समेत सिक्दै छन्‌। (कलस्सी १:९, १०) तर तपाईँले बाइबलको आधारभूत शिक्षाचाहिँ लिएको हुनुपर्छ। तपाईँसित पर्याप्त ज्ञान छ कि छैन भनेर थाह पाउन मण्डलीका एल्डरहरूले मदत गर्नेछन्‌।

२. बप्तिस्मा गर्नुअघि तपाईँले कुन-कुन कदम चाल्नुपर्छ?

बप्तिस्मा गर्नुअघि तपाईँले ‘पश्‍चात्ताप गर्नुपर्छ अनि फर्केर परमेश्‍वरकहाँ आउनुपर्छ।’ (प्रेषित ३:१९ पढ्‌नुहोस्‌।) यसको अर्थ तपाईँले विगतमा गरेको पापको लागि मनैदेखि पछुतो मान्‍नु र यहोवासित क्षमा माग्नु हो। साथै तपाईँ खराब आचरणलाई दृढ भई इन्कार गर्नुहुन्छ र परमेश्‍वरलाई खुसी बनाउने तरिकामा जीवन बिताउने सङ्‌कल्प गर्नुहुन्छ। तपाईँ सभामा उपस्थित हुन र बप्तिस्मा नगरेको प्रकाशकको रूपमा सुसमाचार सुनाउन पनि सुरु गर्नुहुन्छ।

३. तपाईँ किन डराएर पछि हट्‌नु हुँदैन?

कसै-कसैलाई आफूले यहोवासित गरेको वाचा पूरा गर्न नसकिएला कि भन्‍ने डर लाग्छ। हो, तपाईँबाट कहिलेकाहीँ गल्तीहरू हुनेछन्‌। बाइबलमा उल्लेख गरिएका वफादार पुरुषहरू र स्त्रीहरूबाट समेत गल्तीहरू भएका थिए। तर यहोवा आफ्ना उपासकहरूले कहिल्यै गल्ती गर्नेछैनन्‌ भनेर आशा गर्नुहुन्‍न। (भजन १०३:१३, १४ पढ्‌नुहोस्‌।) तपाईँले आफ्नो तर्फबाट सक्दो कोसिस गर्दा उहाँलाई खुसी लाग्छ। उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। वास्तवमा कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग पार्न [सक्नेछैन]” भनेर यहोवा हामीलाई आश्‍वासन दिनुहुन्छ।—रोमी ८:३८, ३९ पढ्‌नुहोस्‌।

अझ खोतल्नुहोस्‌

यहोवालाई अझ राम्ररी चिन्दै जाँदा र उहाँको मदत स्विकार्दा तपाईँ कसरी बप्तिस्मा गर्नदेखि रोक्ने बाधाहरू पार गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

चित्रहरूको सँगालो: एउटी युवती बप्तिस्मासम्म पुग्न बाधाविरोध पार गर्छिन्‌। यस पाठमा दृश्‍यहरू दोहोरिएका छन्‌।

४. यहोवालाई अझ राम्ररी चिन्‍नुहोस्‌

ती युवती यहोवाको साक्षीसित बाइबल अध्ययन गर्दै छिन्‌।

बप्तिस्मा गर्नुअघि तपाईँले यहोवालाई कत्तिको राम्ररी चिनेको हुनुपर्छ? तपाईँले लिनुभएको ज्ञानले उहाँलाई प्रेम गर्न र खुसी बनाउन तपाईँलाई उत्प्रेरित गर्छ भने तपाईँले उहाँलाई राम्ररी चिन्‍नुभएको छ भन्‍न सकिन्छ। विभिन्‍न ठाउँका बाइबल विद्यार्थीहरूले कसरी त्यसो गरेका छन्‌ भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌। त्यसपछि तल दिइएको प्रश्‍न छलफल गर्नुहोस्‌:

भिडियो: बप्तिस्मासम्मको यात्रा (३:५६)

  • भिडियोमा देखाइएका केही बाइबल विद्यार्थीलाई बप्तिस्माको लागि तयार हुन कुन कुराले मदत गऱ्‍यो?

रोमी १२:२ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • के तपाईँलाई बाइबल वा यहोवाका साक्षीहरूले सिकाउने कुरा सत्य हो कि होइन भनेर शङ्‌का लाग्छ?

  • यदि लाग्छ भने तपाईँ के गर्न सक्नुहुन्छ?

५. बप्तिस्मा गर्नदेखि रोक्न सक्ने बाधाहरू पार गर्नुहोस्‌

ती युवती आमाले गाली गरे तापनि झोलामा बाइबल हाल्दै छिन्‌।

हामीले यहोवालाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय गर्दा बाधाहरू पक्कै आउँछन्‌। एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: यहोवाप्रतिको प्रेमले बाधाहरू पार गर्न मदत गर्छ (५:२२)

  • भिडियोमा देखाइएकी नाराङगिरेलले यहोवाको सेवा गर्न कस्ता बाधा पार गर्नुपऱ्‍यो?

  • यहोवाप्रतिको प्रेमले तिनलाई ती बाधाहरू पार गर्न कसरी मदत गऱ्‍यो?

हितोपदेश २९:२५ र २ तिमोथि १:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • हामीलाई बाधाहरू पार गर्न कुन कुराले साहस दिन्छ?

६. यहोवाको मदतमा भर पर्नुहोस्‌

ती युवती एक जना वृद्धालाई सुसमाचार सुनाउँछिन्‌। तिनकी बाइबल अध्ययन सञ्चालक पनि सँगै छिन्‌।

यहोवालाई खुसी बनाउन उहाँले तपाईँलाई मदत गर्नुहुनेछ। भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

भिडियो: यहोवाले तपाईँलाई मदत गर्नुहुनेछ (२:५०)

  • भिडियोमा देखाइएका बाइबल विद्यार्थीलाई बप्तिस्मा गर्नदेखि कुन कुराले रोकेको थियो?

  • तिनले सिकेको कुन कुराले यहोवामाथिको तिनको भरोसा बलियो बनाउन मदत गऱ्‍यो?

यसैया ४१:१०, १३ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • समर्पणको वाचा पूरा गर्न सक्छु भनेर तपाईँ किन विश्‍वस्त हुन सक्नुहुन्छ?

७. यहोवाले देखाउनुभएको प्रेमप्रति कृतज्ञता बढाउँदै लैजानुहोस्‌

ती युवती प्रार्थना गर्दै छिन्‌।

यहोवा तपाईँलाई असाध्यै प्रेम गर्नुहुन्छ भनेर जति धेरै सोच्नुहुन्छ, तपाईँ उहाँप्रति त्यति नै कृतज्ञ हुनुहुनेछ र सधैँभरि उहाँको सेवा गर्न चाहनुहुनेछ। भजन ४०:५ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

  • यहोवाले दिनुभएको कस्ता आशिष्‌को लागि तपाईँ विशेषगरि कृतज्ञ हुनुहुन्छ?

भविष्यवक्‍ता यर्मियाले यहोवा र उहाँको वचनलाई प्रेम गर्थे। तिनी यहोवाको नाम बहन गर्ने सुअवसर पाएकोमा मनैदेखि कृतज्ञ थिए। तिनले भने: “तपाईँको वचन पाएँ र . . . म रमाएँ र मेरो हृदय अति प्रसन्‍न भयो। किनकि हे सेनाहरूका परमेश्‍वर यहोवा, म तपाईँकै नामले चिनिएको छु।” (यर्मिया १५:१६) यी प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • यहोवाको साक्षी भनेर चिनिन पाउनु किन विशेष सुअवसर हो?

  • के तपाईँ यहोवाको साक्षी बन्‍न बप्तिस्मा गर्न चाहनुहुन्छ?

  • के तपाईँलाई त्यसो गर्नदेखि कुनै कुराले रोकिरहेको छ?

  • बप्तिस्मा गर्ने लक्ष्यसम्म पुग्न तपाईँले के गर्नुपर्छ जस्तो लाग्छ?

ती युवती बप्तिस्मा गर्दै छिन्‌।

कोही-कोही भन्छन्‌: “बप्तिस्मा गरेपछि म त्यसैअनुसार जीवन बिताउन सक्दिनँ जस्तो लाग्छ।”

  • के तपाईँलाई पनि त्यस्तै लाग्छ?

सारांश

बप्तिस्मा गर्नदेखि रोक्ने कुनै पनि बाधा पार गर्न यहोवाले तपाईँलाई मदत गर्न सक्नुहुन्छ।

तपाईँले के सिक्नुभयो?

  • बप्तिस्मा गर्नुअघि तपाईँले कति ज्ञान लिएको हुनुपर्छ?

  • बप्तिस्मा गर्नुअघि तपाईँले कस्ता परिवर्तन गर्नुपर्ने हुन सक्छ?

  • तपाईँ किन डराएर पछि हट्‌नु हुँदैन?

लक्ष्य

अझ धेरै जान्‍नुहोस्‌

तपाईँले बप्तिस्मा गर्ने निर्णय गर्नुको कारण के हुनुपर्छ, विचार गर्नुहोस्‌।

“के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?” (प्रहरीधरहरा, मार्च २०२०)

बप्तिस्मा गर्नदेखि रोक्ने केही बाधा तपाईँ कसरी पार गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

“बप्तिस्मा गर्नदेखि मलाई केले रोक्छ?” (प्रहरीधरहरा, मार्च २०१९)

एक जना पुरुषलाई बप्तिस्मा गर्नदेखि रोकेका ठूलठूला बाधाहरू पार गर्न कुन कुराले मदत गऱ्‍यो, हेर्नुहोस्‌।

‘बप्तिस्मा गर्नदेखि तपाईँलाई केले रोकिरहेको छ?’ (१:१०)

अटा नाम गरेका पुरुष बप्तिस्मा गर्नदेखि हिचकिचाएका थिए। तर पछि तिनलाई त्यो महत्त्वपूर्ण कदम चाल्न कुन कुराले उत्प्रेरित गऱ्‍यो, हेर्नुहोस्‌।

के म यी सब आशिष्‌ पाउन योग्यको छु? (७:२१)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने