प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd lesson ७
  • लगनशील हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लगनशील हुनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पावलले के गरे?
  • हामी पावलबाट के सिक्न सक्छौँ?
  • पावलको अनुकरण गर्नुहोस्‌
  • नम्रता देखाउनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • अरूमा चासो राख्नुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • धीरजी हुनुहोस्‌
    मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • चासो देखाएकाहरूलाई फेरि भेट्‌ने —तर कहिले?
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd lesson ७

फेरि भेट्‌नुहोस्‌

प्रेषित पावल पाठशालाको सभाकक्षमा मानिसहरूलाई सुसमाचार सुनाउँदै छन्‌।

प्रेषि. १९:८-१०

पाठ ७

लगनशील हुनुहोस्‌

सिद्धान्त: “उनीहरूले . . . सिकाउन र . . . सुसमाचार घोषणा गर्न बन्द गरेनन्‌।”—प्रेषि. ५:४२.

पावलले के गरे?

प्रेषित पावल पाठशालाको सभाकक्षमा मानिसहरूलाई सुसमाचार सुनाउँदै छन्‌।

भिडियो: पावल एफिससमा लगनशील भई सुसमाचार सुनाउँछन्‌

१. भिडियो हेर्नुहोस्‌ वा प्रेषित १९:८-१० पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. पावलले लगनशील भई सुसमाचार सुनाइरहे भनेर किन भन्‍न सक्छौँ?

  2. ख. पावलले चासो देखाएकाहरूलाई सिकाउन कस्तो प्रयास गरे र कहिलेसम्म त्यसो गरे?

हामी पावलबाट के सिक्न सक्छौँ?

२. प्रभावकारी पुनःभेट गर्न अनि बाइबल अध्ययन सुरु गर्न हामीले आफ्नो समय र शक्‍ति खर्च गर्नुपर्छ।

पावलको अनुकरण गर्नुहोस्‌

३. चासो देखाएको व्यक्‍तिलाई तिनको मिल्ने समयमा भेट्‌नुहोस्‌। आफैलाई सोध्नुहोस्‌: ‘तिनीसित कहिले र कहाँ कुराकानी गर्न सकिएला?’ तिनले दिएको समय तपाईँको लागि उपयुक्‍त छैन भने पनि त्यही समयमा भेट्‌न प्रयास गर्नुहोस्‌।

४. अर्को भेटको लागि समय तोक्नुहोस्‌। प्रत्येक चोटिको कुराकानीको अन्तमा ती व्यक्‍तिलाई फेरि कहिले भेट्‌न सकिन्छ भनेर समय तोक्नुहोस्‌ अनि त्यही समयमा भेट्‌न जानुहोस्‌।

५. आशा नमार्नुहोस्‌। कुनै व्यक्‍तिलाई घरमा त्यत्ति भेटिँदैन वा तिनी प्रायजसो व्यस्त हुन्छन्‌ भने तिनलाई चासो छैन होला भनेर अड्‌कल नकाट्‌नुहोस्‌। (१ कोरि. १३:४, ७) तिनलाई भेट्‌न प्रयास गरिरहनुहोस्‌ तर आफ्नो समय खेर फाल्नदेखि भने होसियार हुनुहोस्‌।—१ कोरि. ९:२६.

यी पदहरू पनि हेर्नुहोस्‌:

प्रेषि. १०:४२; १ कोरि. ९:२२, २३; २ कोरि. ४:१; गला. ६:९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने