प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd lesson ६
  • निडर हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • निडर हुनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • येशूको अनुकरण गर्दै साहससाथ प्रचार गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • के तपाईं निर्भयतासाथ प्रचार गर्नुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२०००
  • ‘निर्भयतासँग परमेश्‍वरको वचन बोल्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • साहसी भई परमेश्‍वरको वचन सुनाइरहनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००५
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd lesson ६

कुराकानी थाल्नुहोस्‌

येसु जक्कैलाई रूखबाट ओर्लिन आग्रह गर्दै हुनुहुन्छ र केही मानिस छक्क परिरहेका छन्‌।

लुका १९:१-७

पाठ ६

निडर हुनुहोस्‌

सिद्धान्त: “तिनीहरू . . . निडर भएर परमेश्‍वरको वचन बोल्न थाले।”—प्रेषि. ४:३१.

येसुले के गर्नुभयो?

येसु जक्कैलाई रूखबाट ओर्लिन आग्रह गर्दै हुनुहुन्छ र केही मानिस छक्क परिरहेका छन्‌।

भिडियो: येसु जक्कैलाई साक्षी दिनुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा लुका १९:१-७ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. कसै-कसैले जक्कैलाई किन बेवास्ता गरेका हुन सक्छन्‌?

  2. ख. तिनलाई सुसमाचार सुनाउन येसुलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. पक्षपात नगरी राज्यको सन्देश सुनाउन निडर हुनुपर्छ।

येसुको अनुकरण गर्नुहोस्‌

३. यहोवामा भर पर्नुहोस्‌। परमेश्‍वरको पवित्र शक्‍तिले येसुलाई सुसमाचार सुनाउन मदत गऱ्‍यो र यसले तपाईँलाई पनि मदत गर्छ। (मत्ति १०:१९, २०; लुका ४:१८) कसैलाई सुसमाचार सुनाउन डर लाग्दा निर्भयी भएर बोल्न सकूँ भनी यहोवालाई प्रार्थना गर्नुहोस्‌।—प्रेषि. ४:२९.

४. अड्‌कल नकाट्‌नुहोस्‌। कसै-कसैको रूपरङ्‌ग, सामाजिक वा आर्थिक स्तर, जीवनशैली वा धार्मिक आस्थाले गर्दा तिनीसित कुरा गर्न हामी हिचकिचाउन सक्छौँ। तर यी कुराहरू नबिर्सनुहोस्‌:

  1. क. यहोवा र येसु हृदय पढ्‌न सक्नुहुन्छ; हामी सक्दैनौँ।

  2. ख. जो-कोहीले पनि यहोवाको कृपा पाउन सक्छन्‌।

५. निडर हुनुका साथै कौशलता अपनाउनुहोस्‌ र चनाखो हुनुहोस्‌। (मत्ति १०:१६) वादविवाद नगर्नुहोस्‌। कसैले सुसमाचार सुन्‍न नचाहँदा वा तपाईँले असुरक्षित महसुस गर्दा शिष्टतासाथ कुराकानी टुङ्‌ग्याउनुहोस्‌।—हितो. १७:१४.

यी पदहरू पनि हेर्नुहोस्‌:

एफि. ६:१९, २०; १ थिस्स. २:२; २ तिमो. १:७

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने