प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lmd lesson १०
  • तत्परता देखाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • तत्परता देखाउनुहोस्‌
  • मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले के गर्नुभयो?
  • हामी येसुबाट के सिक्न सक्छौँ?
  • येसुको अनुकरण गर्नुहोस्‌
  • निकोदेमसबाट पाठ सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • येसु निकोदेमसलाई राती शिक्षा दिनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • बाइबल विद्यार्थीलाई सत्यको पक्षमा अडान लिन मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • निकोदेमसलाई शिक्षा दिनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
मानिसलाई प्रेम गर्नुहोस्‌—चेला बनाउनुहोस्‌
lmd lesson १०

चेला बनाउनुहोस्‌

येसु र निकोदेमस रातको समयमा आँगनमा कुरा गरिरहनुभएको छ।

युह. ३:१, २

पाठ १०

तत्परता देखाउनुहोस्‌

सिद्धान्त: “तिमीहरूलाई परमेश्‍वरको सुसमाचार सुनाउन मात्र होइन तर आफ्नो ज्यान दिन समेत हामी तयार थियौँ किनकि तिमीहरू हाम्रो निम्ति अतिप्रिय भएका थियौ।”—१ थिस्स. २:८.

येसुले के गर्नुभयो?

येसु र निकोदेमस रातको समयमा आँगनमा कुरा गरिरहनुभएको छ।

भिडियो: येसु निकोदेमसलाई सिकाउनुहुन्छ

१. भिडियो हेर्नुहोस्‌ वा युहन्‍ना ३:१, २ पढ्‌नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू विचार गर्नुहोस्‌:

  1. क. निकोदेमसले येसुलाई भेट्‌न किन रातको समय रोजे? —युहन्‍ना १२:४२, ४३ हेर्नुहोस्‌।

  2. ख. येसुले चेला बनाउने काममा कसरी तत्परता देखाउनुभयो?

हामी येसुबाट के सिक्न सक्छौँ?

२. हामीले चेला बनाउने काममा तत्परता देखाउँदा मानिसहरूलाई प्रेम गरेको देखाइरहेका हुन्छौँ।

येसुको अनुकरण गर्नुहोस्‌

३. बाइबल विद्यार्थीलाई मिल्ने समय र ठाउँमा अध्ययन गराउनुहोस्‌। तिनले अध्ययनको लागि हप्ताको कुनै दिन वा समय रोज्न सक्छन्‌। तिनलाई कुन ठाउँमा अध्ययन गर्न सजिलो लाग्ला—काम गर्ने ठाउँमा, घरमा कि कुनै सार्वजनिक ठाउँमा? सम्भव भएसम्म आफ्नो तालिका मिलाउनुहोस्‌।

४. नियमित रूपमा अध्ययन गराउनुहोस्‌। यदि तपाईँ कतै जानुभयो भने अध्ययन नछुटाउनुहोस्‌। बरु . . .

  1. क. के तपाईँ त्यही हप्ताको अर्को कुनै दिन अध्ययन गराउन सक्नुहुन्छ?

  2. ख. के तपाईँ फोन वा भिडियो कन्फरेन्समार्फत अध्ययन गराउन सक्नुहुन्छ?

  3. ग. के तपाईँ अरू कुनै प्रकाशकलाई अध्ययन गराइदिन आग्रह गर्न सक्नुहुन्छ?

५. सही मनोवृत्ति राख्न सकूँ भनेर प्रार्थना गर्नुहोस्‌। विद्यार्थीले नियमित रूपमा अध्ययन गर्न वा बाइबलको कुनै सल्लाह लागू गर्न सकेका छैनन्‌ भने पनि तिनलाई मदत गरिरहन सकूँ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (फिलि. २:१३) तपाईँको विद्यार्थीमा पक्कै पनि असल गुणहरू छन्‌। ती गुणहरूमा ध्यान दिन यहोवासित मदत माग्नुहोस्‌।

यी पदहरू पनि हेर्नुहोस्‌:

हितो. ३:२७; प्रेषि. २०:३५; २ कोरि. १२:१५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने