अलेक्साद्रीन कोडेक्स
बाइबलका प्रमुख हस्तलिपिहरू मध्य, विद्वानहरूले हात लगाउन सकेका, प्रथम हस्तलिपि, एलेक्साद्रीन कोडेक्स हो। यसको अविष्कार द्वारा बाइबलको युनानी शास्त्रमाथि लाभदायक आलोचना शुरू भयो र पवित्र शास्त्रका पछि आउने सबै अनुवादकहरूको लागि यो सजिलो हुन गयो। तर यो हस्तलिपि कसरी र कहिले ज्योतिमा आयो?
मिस्रको अलेक्सान्द्रिया नाउँ भएको शहरको कुलपति, किरीलोस लुकारिसले विभिन्न पुस्तकहरू जम्मा गर्नमा ठूलो चासो लिन् थिए। १६२१ सालमा, उनी कन्सटेनटीनोपल, टर्कीको कुलपति भए पछि, यो कोडेक्स ऐलेक्सान्द्रीनस तिनले आफू सँग लिएर गये। तर मध्यपूर्वको गोलमाल र मुसलमानहरूको हात लागेमा यसलाई नष्ट गरि दिने सम्भावनाले गर्दा, यो हस्तलिपि बरू बेलायतमै सुरक्षित् होला भनि लुकारिसले विचार गरे। फलस्वरूप, १६२४ मा उनले टर्कीमा आउनु भएको अंग्रेज राजदूतको हात द्वारा, बेलायतका महाराज, जेम्स प्रथमको निम्ति एउटा कोसेलीको रूपमा, यो हस्तलिपि पठाइ दिए। तर यो हस्तलिपि महाराजको हातमा पुग्न अघि नै, महाराजको मृत्यु भयो। जसले गर्दा, यो हस्तलिपि महाराजको उत्तराधिकारी, चार्लस प्रथमलाई, तीन वर्ष पश्चात, सुम्पीदिए।
के यो हस्तलिपि, किरीलोस लुकारिसले जतिको बहुमूल्य ठानेका थिए, वास्तवमा त्यतिको बहुमूल्य थियो र? थियो। यो हस्तलिपि ई. स. पाँचौं शताब्दिको शुरूमा लेखिएको रहेछ। अन्य लेखनदासहरू मिलेर यो हस्तलिपि लेखेका रहेछन् र शुरू देखिन् अन्त सम्मै यसमा भूलहरू सच्चाइएको चिन्ह छ। यो हस्तलिपि चर्मपत्रमा लेखिएको छ। प्रत्यक पानालाई दुई खानामा भाग गरिएको छ र दुवै खाना भरि लेखिएको छ। अनसियल अथवा ठूला-ठूला अक्षरहरू प्रयोग गरिएको छ र शब्दहरू बीच ठाउँ छाड़िएको छैन। मत्ती रचित् सुसमाचार, उत्पत्ति, भजन संग्रह, यूहन्ना र २ कोरिन्थीका केही भागहरू गायब छन्। आज यो हस्तलिपिको औपचारिक नाउँ कोडेक्स ए हो र ७७३ पानाहरू भएको यो हस्तलिपिले एउटा महत्वपूर्ण प्राचीन साक्षीको काम गर्दछ।
बाइबलका धेरै जसो हस्तलिपिहरू, तिनीहरूको आपसमा मिल्ने आकृतिले गर्दा, एउटा, एउटा खण्ड अथवा वर्गमा राखिन सकिन्छ। लेखनदासहरूले कुनै एउटै स्रोतबाट लेखको नकल गर्दा, यी समानताहरू उत्पन्न भएको हो। तर एलेक्साद्रीन कोडेक्स नकल गर्ने लेखनदासहरूले चाहिं विभिन्न खण्ड अथवा वर्गका लेखहरूबाट नक्कल गरेर, सके सम्म एउटा शुद्ध र ठीक हस्तलिपि बनाउन खोजे जस्तो देखिन्छ। भनौं भने, १६११ को, किङ्ग जेम्स वर्सन अनुवाद बनाउँदा प्रयोग गरिएको युनानी हस्तलिपिहरू भन्दा, यो एलेक्सान्द्रीन कोडेक्स धेरै नै प्राचीन र उत्तम श्रेणीको छ।
१ तिमोथी ३:१६ को अनुवाद प्रथम चोटी प्रकाशित् हुँदा, निकै नै विवाद खड़ा भयो। किङ्ग जेम्स वर्सनमा यो पदको अनुवाद, येशू ख्रीष्ट बारे, यसरी गरिएको छ: “परमेश्वर शरीरमा प्रकट हुनु भयो।” युननी भाषामा, परमेश्वर शब्द ΘC भन्ने दुई युनानी अक्षर जोडेर लेखिन् थियो। तर यो प्राचीन हस्तलिपिमा, ΘC को ठाउँमा ΟC छ र ΟC को अर्थ हो “जो”। कुरा स्पष्ट छ, येशू ख्रीष्ट “परमेश्वर” हुनु हुन्न थियो।
“जो” भन्ने अनुवाद ठीक हो, होइन भनेर निश्चित् गर्न २०० वर्ष भन्दा बढ़ी लाग्यो। यस बाहेक, अन्य प्राचीन हस्तलिपिहरूको पनि जाँच गर्न आवश्यक भयो। टेक्सचुअल कम्मेन्टरी अन दी ग्रीक न्यु टेस्टामेन्ट भन्ने आफ्नो पुस्तकमा, ब्रुस एम. मेत्जरले एसो भने: “आठवाँ अथवा नौवाँ शताब्दि भन्दा अघि . . . θεός, थिओस, भन्ने अक्षर कुनै हस्तलिपिमा पनि पाइन्दैन; सबै प्राचीन अनुवादहरूमा, ος अथवा ο लेखिएको छ; बितेको चौथो अथवा तेस्रो शताब्दि भन्दा अघिको, धर्म शास्त्रको कुनै पनि विद्वानले यहाँ θεός, थिओस, हुनु पर्ने भन्दैन।” आज पनि, धेरै जसो अनुवादकहरूले यस पदमा “परमेश्वर” लेख्दैनन्।
१७५७ मा महाराजाको शाही पुस्तकालय ब्रिटिश पुस्तकालयको एउटा भाग हुन गयो र यो बहुमूल्य कोडेक्स आज ब्रिटिश म्युजियमको हस्तलिपिहरूको प्रदर्शन गर्ने कोठामा स्पष्ट सँग प्रदर्शित् गरिएको छ। यो हेर्ने योग्यको एउटा धनराशि हो। (w88 12/15)