प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १/१ पृ. १०
  • कोडेक्स बिजे एउटा अनुपम हस्तलेख

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कोडेक्स बिजे एउटा अनुपम हस्तलेख
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • मिल्दोजुल्दो सामग्री
  • वेटिकन कोडेक्सको रहस्य
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • अलेक्साद्रीन कोडेक्स
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १/१ पृ. १०

कोडेक्स बिजे एउटा अनुपम हस्तलेख

मसीही युनानी शास्त्रका एक जना प्रसिद्ध पण्डित्‌, थिओडोर डी बिजे, प्रोटेस्टेन्ट धर्म-प्रवर्तक, जन केल्वीनका घनिष्ट मित्र र उत्तराधिकारी थिए। सन्‌ १५६२ मा, साधारणतया बिजा नाउँबाट परिचित्‌ यी मानिस द्वारा एउटा असाधारण हस्तलेख ज्योतिमा आयो। फ्रान्सको लियोन्समा स्थित्‌ “सन्त” इरेनियसको आश्रमबाट, ह्‍युगेनट्‌सहरूले त्यो शहरलाई ध्वंस पारी सके पछि, उनले यो हस्तलेख पाएका हुन्‌ भन्‍ने दाबा गरे। यो हस्तलेख शुरूमा कहाँ थियो भन्‍ने कुरा अनिश्‍चित छ तर सम्भवतः उत्तर अफ्रीका, अथवा मिश्र यस्को मूल घर हुन सक्छ।

यो हस्तलेखको लम्वाइ र चौड़ाइ आठ र दस इञ्ची छ र यो प्राय इ. स. पाँचवा शताब्दिको अथवा सायनायटिक र वेटिकन हस्तलेखहरू भन्दा केही समय पछिको हुनु पर्छ भनेर साधारणतया सबैले मानेकाछन्‌। यसमा ४०६ पानाहरू मात्र छ र यसमा, कुनै-कुनै खाली ठाउँ भएतापनि येशूको सुसमाचारको चार वटा उल्लेख र प्रेरितहरूको कार्य पाइन्छ। तर शुरूमा कोडेक्स बिजेमा अरू पत्रहरू पनि थिए होलान्‌, किनभने यूहन्‍नाको तेस्रो पत्रको एक टुक्रा त्यसमा छ। यो हस्तलेखमा लूका र यूहन्‍नाको सुसमाचार भन्दा मत्ती र मर्कूसको सुसमाचार पहिला आउँछ।

यो हस्तलेख दुई भाषामा लेखिएको एउटा पुरानो पुस्तक हो जसको देब्रे पट्टिका पानाहरूमा युनानी र दाहिने पट्टिका पानाहरूमा ल्याटिन भाषा पाइन्छ। पी२९, पी३८ र पी४८ नाउँका, तेस्रो अथवा चौथो शताब्दिका केही पुराना पेपिरसका हस्तलिपिहरू सँग मिल्दो मूल-पाठ भएको कुनै अर्को पेपिरसको हस्तलेखको यो एउटा नकल हुनु पर्छ।

कोडेक्स बिजे सुन्दर र ठूला ठूला अक्षरहरूमा लेखिएको छ। तर यस्का पानाहरू क्रमानुसार छैनन्‌। प्रत्यक पानाका पंक्‍तिहरू लम्वाइमा कुनै लामो र कुनै छोटो छन्‌ र प्रत्यक पंक्‍तिको अन्तमा विराम चिन्ह छ। यसमा ल्याटिन चाहिं युनानी अक्षर लेख्ने शैलीमा लेखिएको छ र ठाउँ-ठाउँमा मूल-पाठलाई युनानी व्याखासँग मिल्दो पार्न छाँटकाँट गरिएको छ। तर युनानी मूल-पाठ बेग्लै छ र यसलाई मूल लेखनदासका साथै अरू धेरैका हातहरूले सुधारेको जस्तो देखिन्छ।

कोडेक्स बिजेको औपचारिक नाम “डी” [D] हो। अरू सबै विशेष हस्तलेखहरू भन्दा यो धेरै नै बेग्लै र स्वतन्त्र छ। न्यु वर्ल्ड ट्रान्सलेशन अफ दी होली स्कृपचर्सका द्रष्टव्यहरूमा उल्लेखित्‌ गरे अनुसार, यो हस्तलेख कुनै-कुनै ठाउँमा सिनायटिक (א), वेटिकन (B) र एलेक्सान्द्रीन (A) हस्तलेखहरू सँग सहमत र कुनै-कुनै ठाउँमा असहमत देखिन्छ। तर यो कोडेक्सको महत्व यसको भिन्‍नता अथवा यसमा छुटेका वा थपेका कुराहरू होइन। यसले अरू महत्वपूर्ण हस्तलेखहरूलाई पुष्टि दिन सकेकोहुनाले यसको ठूलो मोल छ।—न्यु वर्ल्ड ट्रान्सलेशन अफ दि होली स्कृपचर्स—विथ रेफरेन्सेसमा, मत्ती २३:१४; २४:३६; २७:४९; मर्कूस ७:१६; ९:४४, ४६; ११:२६; लूका १५:२१; यूहन्‍ना ५:४ हेर्नुहोस्‌.

कुनै-कुनै ठाउँमा भिन्‍नताहरू अथवा असाधारण वाक्यांशहरू भएतापनि, हाम्रा दिन सम्म बाइबलको संरक्षण हुन सकेको, कोडेक्स बीजे एउटा अर्को उच्च स्तरको प्रमाण हो। (w90 2/15)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने