सौन्दर्य बाहिरी छाला सम्म मात्रको हुनु सक्दछ
परमेश्वरले सृष्टि गर्नु भएको प्रथम र एक मात्र स्त्री, हव्वा, आज सम्म जन्मलिएकी सबै स्त्रीहरू भन्दा सर्वसुन्दरी हुनु पर्छ। तर उ र उनको पति मिलेर परमेश्वरको विरोध गरे। जसकारण, हव्वाले परमेश्वर सँगको आफ्नो घनिष्ठ सम्बन्ध गुमाइन् र मानवजाति माथि भयानक् विपत्ति ल्याउने काममा भाग लिइन्। यस पछि पनि उनी निस्सन्देह सुन्दर थिइ होलिन्, तर उनको सुन्दरता बाहिरी छाला सम्म मात्रको भयो।
सुन्दरता आखिर परमेश्वर बाट नै आएको एउटा वरदान हो र यो वंशानुगत् केहीले अरू भन्दा बढ़ी पाएकाछन् भने, केही अझ सुन्दर हुने इच्छा गर्छन् र केही चाँहि आफ्नो भएको सुन्दरता बढ़ाउन, धेरै समय र पैसा खर्च गर्छन्। तर हव्वाको उदाहरणले देखाए झैं, साथमा अरू गुणहरू छैन भने, सुन्दरता मात्र ता व्यर्थको हुनु सक्दछ। साथमा अरू के गुणहरू आवश्यक् छन्? यो प्रश्नको जवाब राजा सुलेमानको पालोको एउटा अनुभवले दिनेछ।
सुन्दरता भन्दा ठूलो
बाइबलको श्रेष्ठगीतमा हामी गाउँकी एक जना सुन्दर युवती बारे पढ़दछौं जसले एकजना गोठालो सँग प्रेम गर्दथिइ। यो युवतीको सुन्दरताले राजालाई आकर्षित् पार्यो र आफ्नी पत्नी बनाउने आशा राख्दै, राजाले उसलाई यरूशलेममा ल्याउनु भयो। एउटी जवान स्त्रीको निम्ति यो ठूलो मौका थियो! यरूशलेममा यो युवतीले आफ्नो सुन्दरताको फायदा उठाएर, धन, शक्ति र प्रभुत्व जमाउन सकने थिइ। तर यो युवतीले दृड़तापूर्वक राजाको फकाइ-फुल्याइलाई इन्कार गरी। यरूशलेमको धन र चमकको वास्ता न गर्दै, उ आफ्नो गोठालो प्रेमी प्रति विश्वासी रही। गाउँको यो युवतीको सुन्दरता बाहिरी छाला सम्म मात्रको थिएन। उ मौकावादी, लोभी र अल्पमतिकी थिइनन्। उसको एउटा भित्री सुन्दरता थियो जुन सुन्दरता उनको पुर्खा हव्वामा पनि थिएन।—श्रेष्ठगीत १:१५; ४:१; ८:४, ६, १०
शारीरिक सुन्दरताका खतराहरू
शारीरिक सुन्दरता सबैले रूचाएतापनि, यसले समस्याहरू उत्पन्न गर्न सक्दछ जुन समस्याहरू भित्री सुन्दरता द्वारा कहिले उठदैनन्। उदाहरणका लागि, प्राय ४००० वर्ष अघि, कुल-पिता याकूबकी एउटी धेरै नै सुन्दर दीना नामकी छोरी थिइ। उ मूर्ख भएर “त्यस ठाउँका स्त्रीहरू सँग भेट गर्न” जाँदा, शेकेम नामको एक जना जवान मानिस उ प्रति साह्रै आकर्षित् भयेर उसलाई बलजफत अपवित्र पार्यो।—उत्पत्ति ३४:१, २
साथै, जसको बाहिरी सुन्दरता सँग- सँगै भित्री सुन्दरता छैन, त्यो मानिसले स्वयम्लाई अति ठूलो ठान्नुसक्छ। दाउद राजाको अब्शालोम नाउँ भएको एउटा पुत्र थियो जसको विषयमा यी शब्दहरू लेखिएकोछ: “सुन्दरतामा सारा इस्राएलमा अब्शालोम जत्तिकै प्रशंसाको योग्य कोही थिएन।” (२ शमुएल १४:२५) तर अब्शालोमको शारीरिक सुन्दरताले एउटा भित्री कुरूपतालाई ढाकेको थियो। अब्शालोम घमण्डी, उच्चाभिलाषी र दयारहित थियो। यो जवान मानिसले आफ्नो व्यक्तिगत् सुन्दरताको धूर्तता साथ प्रयोग गरेर, इस्राएलका धेरै मानिसहरूलाई आफ्नो पक्षमा पाऱ्यो र यस पछि आफ्नै शाही पिताको विरूद्धमा विद्रोह गऱ्यो। अन्तत्वगत्वा उसको हत्या भएतापनि, यो सुन्दर मानिसले अधिराज्यमा गृह युद्ध मच्चाइ सकेको थियो।
पौरूषी सुन्दरता
बाइबलमा दुवै सुन्दर पुरूषहरू र सुन्दर स्त्रीहरू बारे चर्चा गरिएको छ भनेर हामी अब्शालोमको उदाहरण बाट थाह पाउँदछौं। आफ्नो पौरूषी सुन्दरताको जालमा नपर्ने एक जना मानिस यूसुफ थियो। यूसुफ, दीनाको सौतिनी दाइ पर्थियो। (उत्पत्ति ३०:२०-२४) उ जवान छदाँ नै, आफ्ना दाइहरूले उसको डाह गरेर, उसलाई मिश्रमा बेचीपठाइदिए। त्यहाँ, पोतिफर नाउँको एक जना सैनिक अफसरले यूसुफलाई खरीद गर्यो। यूसुफको इमानदारी र परिश्रमी आचरणले गर्दा, उ पोतिफरको घरानाको नाइके नियुक्त भयो। समयमा, यूसुफ, “सुन्दर र हेर्नमा राम्रा” हुँदै गयो।—उत्पत्ति ३९:६.
पोतिफरकी पत्नीले यूसुफको चाहना गर्न थाली र निलर्ज्जतासाथ यूसुफलाई फँसाउने कोशिश गरी। तर त्यो जवान मानिसले आफ्नो शारीरिक सुन्दरताका साथै, भित्री सुन्दरता पनि भएको प्रमाण दियो। आफ्नो मालिक पोतिफरको विरूद्धमा पाप गर्न इन्कार गर्दै, यूसुफ त्यो स्त्री भएको ठाउँ बाट भागेर गयो। तर यसले गर्दा, यूसुफलाई झ्यालखानामा बन्द हुनुपर्यो। किन? किनभने पोतिफरकी निराश पत्नीले, उनी सँग यूसुफले बल- जफत गर्नु खोज्यो भन्ने झूटो अभियोग यूसुफ माथि लगाइ! तर यो नमीठो अनुभवले यूसुफको स्वभावमा कुनै कुअसर पार्न सकेन। अत्यन्त कठिन परिस्थितिमा पनि उसको सर्वोत्तम उदाहरण, असल हृदय भएका मानिसहरूका निम्ति आजसम्म एउटा प्रोत्साहनको कारण भएको छ। यस कारण, यी उदाहरणहरू अनुसार, शारीरिक सौन्दर्य भन्दा भित्री व्यक्तित्वको सौन्दर्य धेरै नै महत्वपूर्ण हो, विषेश गरी जब त्यो परमेश्वरको विश्वासमा आधारित् छ भने। विवाह गर्न चाहने जवान मानिसहरूलाई यो कुरा थाहा हुनु आवश्यक छ। आफ्नो मुनि जागिरदारहरू नियुक्त गर्न चाहने व्यक्तिले पनि यो सत्यता याद राख्नु पर्छ। र कसैमा शारीरिक सौन्दर्यको वरदान भएतापनि अथवा नभएतापनि, हामी सबैले नै यो अति महत्वपूर्ण भित्री सौन्दर्य बढाउन सक्दछौं। तर यस प्रकारको सुन्दरताको निम्ति कुन- कुन कुरा आवश्यक हुन्छ? यसलाई हामी कसरी बढाउन सक्छौं? आउँदो लेखमा हामी यही विषय बारे छलफल गर्नेछौं। (w89 2/1)