परमेश्वरको वचन—त्यसको सत्यताको प्रमाण
सत्य कि झुटो?—युग, युग देखिन्, केही परिवर्तन नभइकन, बाइबल हामी सम्म आइपुगेको छ।
सत्य कि झुटो?—बाइबलका हस्तलिपिहरूमा पाईने हजारौं भिन्नताहरूले, यो परमेश्वरको वचन हो भन्ने दाबीलाई कमजोर पार्दछ।
ती प्रश्नहरूको उत्तर दिनु भन्दा अघि, आयरलेन्डको डबलिनमा, चेस्टर बीटी पुस्तकालय भित्र, “परमेश्वरको वचन” कहलाइने प्रदर्शनीमा प्रस्तुत् गरिएका केही सूचनालाई विचार गर्नु होस्।
पेपीरसका ती पानाहरू पुरानो भएर झुत्रो हुनलागी सके। तापनि, यो चेस्टर बीटी पेपीराय, त्यो पुस्तकालयको सबै भन्दा बहुमूल्य हस्तलिपिहरू हुन्। एउटा कोपटीक (मिस्री) चिहानबाट, प्राय १९३० मा, यी हस्तलिपिहरू खनेर निकालिएका हुन्। सर फ्रेडरिक केनियनको भनाइ अनुसार, “यो एउटा ठूलो आविष्कार थियो जसको तुलना, कोडेक्स सायनायटिकस सँग मात्र गर्न सकिन्छ।”
हातले लेखिएका यी पेपीरसका पानाहरूको नकल, ई. स. दोस्रो, तेस्रो र चौथो शताब्दिहरूमा गरिएको थियो। पुस्तकालयाधिकृत्, विलफ्रिड लकवुडले एसो भने: “यी हस्तलिपिहरू मध्य कुनै कुनैको नकल ता, मूल ग्रन्थ लेखिएको समय देखिन् सय वर्ष भित्र नै भएको हुनु पर्छ।” (तेर्सो अक्षर हामीले हालेको) एउटा हस्तलिखित् पाठमा मत्ती, मर्कूस, लूका र यूहन्नाको सुसमाचर र प्रेरित्को पुस्तक छ। अर्को हस्तलिखित् पाठमा चाहिं प्रेरित् पावलले हिब्रूहरूलाई लेखि पठाएको पत्र समेत्, अरू पत्रहरू पनि छन्।
यस प्रकारका हस्तलिपिहरूको नकल गर्ने काम, गाह्रो र थकान लाग्ने हुन्थ्यो। साथै, भूलहरू हुने सम्भावना पनि हुन्थ्यो। नकल गर्ने मानिस जतिकै सावधान भएतापनि, एउटा अक्षर अथवा पुरै पंक्ति सजिलै सँग छुटन सक्थियो। फेरि कुनै बेला, नकल गर्ने मानिसले त्यहाँ प्रयोग गरिएका शब्दहरूमा भन्दा मूल ग्रन्थले भन्न खोजेको अर्थ अथवा सार बुझने कोशिश गरिन्थियो। नकलहरूको नकल बनाईन्दै जाँदा, त्यहाँ भएका भूलहरूको पनि नकल गरिन्थयो। पाठहरूका विद्वानहरूले मिल्दो जुल्दो हस्तलिपिहरूलाई भाग भाग लगाएर राख्न थाले। यी चेस्टर बीटी पेपीराय, युनानी बाइबलको, हाल सबै भन्दा पुराना हस्तलिपिहरूले विद्वानहरूलाई एउटा नया ज्योति दियो र यिनीहरूको लेखन पद्धति सबै हस्तलिपिहरूको भन्दा बेग्लै थियो।
येशूको समय भन्दा अघि र विशेष गरि यरूशलेमको विनाश (ई. पु. ६०७) पश्चात्, यहूदीहरू तितर-बितर भए र हिब्रू भाषाका पवित्र शास्त्रको नकल गरेर धेरै कापीहरू तैयार पारिए। ई. स. १०० तिर, यहूदी विद्वानहरूले यी कापीहरूको प्रयोग गर्दै, हठबादी यहूदीहरूलाई स्वीकृत्, एउटा हिब्रू ग्रन्थ तैयार पारे।
ग्रन्थलाई जस्तो को तेस्तै रूपमा नकल गर्ने नियमहरू पनि तिनीहरूले स्थापित् गरे। नकल गर्दा प्रयोग गरिने सामग्री, अक्षरहरू, शब्दहरू, पंक्तिहरू र पानाको लेख्ने खण्डहरू बीच राख्ने ठाउँ र नाप, जम्मै तिनीहरूले तोके। “आफ्नो समझनाको भरमा, एउटा शब्द, अक्षर अथवा योद (सबै भन्दा सानो हिब्रू अक्षर) पनि लेख्नु हुँदैन।” भनेर तिनीहरूले नियम स्थापित् गरे। यस पछि, लेखनदासहरूले तोराह (शिक्षा) कहलाइने मुठा तैयार पारे, जसमा बाइबलका प्रथम पाँच पुस्तकहरू र एस्तरको पुस्तक पनि छन्। हिब्रू ग्रन्थका यी हस्तलिपिहरूमा, “एउटा प्रभावशाली एकरूपता देखिन्छ,” भनेर प्रदर्शनीको सूचिपत्रले भन्दछ।
दुवै हिब्रू र युनानी हस्तलिपिहरूमा पाइएका गलतीहरू कतिका गम्भीर छन्? श्रीमान लकवुडले यस विषयमा एसो भने: “गैर मसीही साहित्यहरूमा पाईने भिन्नताहरू सँग तुलना गर्दा, बाइबलका हस्तलिपिहरूमा देखिएका भूलहरू अति साधारण छन्। . . . लेखनदासहरूको गल्तीले मसीही धर्म-शिक्षामा केही असर पारेको छैन।—तेर्सो अक्षर हाम्रो हो।
येशूको समय भन्दा पहिला र पछिका बाइबलका पुस्तकहरूको अन्य भाषामा अनुवाद गरियो। यी अनुवाद गरिएका ग्रन्थहरू मध्य सबै भन्दा पुरानो सामरी पेन्टाटुक हो। अशूरको राजाले इस्राएलीहरूलाई कैदी बनाएर लगे पछि (ई. पु. ७४०), दश गोत्र इस्राएली इलाकामा सामरी मानिसहरू आएर बसोबास गर्न थाले। तिनीहरूले यहूदी उपासनाका कुनै कुनै चलनहरू अपनाए र बाइबलका पाँच प्रथम पुस्तकहरू अथवा पेन्टाटुक मात्र स्वीकारे। यी पुस्तकहरूको सामरी अनुवाद र हिब्रू शास्त्रमा ६००० भिन्नताहरू छन्। तर प्रदर्शनीको सूचिपत्रको टिप्पणी अनुसार, “यी भिन्नताहरूले मूल ग्रन्थमा केही विशेष फरक पारेको छैन। तिनीहरूले प्राचीन उच्चारण जस्ता कुराहरूलाई मात्र ठिम्याउने मदद दिने गर्छन्।”
ई. पु. तेस्रो शताब्दिमा, मिश्रको आलेक्सान्द्रीया शहरमा बसोबास गर्ने यहूदी विद्वानहरूले हिब्रू शास्त्रलाई युनानी भाषामा अनुवाद गरेर, युनानी सेप्टुवागिन्ट वर्सन तैयार पारे, जसलाई संसार भरिका, युनानी भाषा बोल्ने यहूदीहरूले यही सेप्टुवागिन्ट अनुवाद प्रयोग गर्न थाले। तर समयमा यहूदीहरूले त्यसको प्रयोग गर्न छाड़े र त्यो प्राचीन मसीही मण्डलीको बाइबल हुन गयो। बाइबलका मसीही लेखकहरूले हिब्रू शास्त्रबाट उद्धरण गर्दा, तिनीहरूले सेप्टुवागिन्ट अनुवादको प्रयोग गर्द थिए। चेस्टर बीटी पेपीरायको हिब्रू शास्त्रमा, सेप्टुवागिन्टबाट दानियलको पुस्तकको १३ पानाहरू छन्।
पछि पछि, लेटिन, कोप्टीक, सिरेक र आरामी भाषाहरूमा बाइबलको अनुवाद गरियो। उदाहरणका लागि, प्रदर्शनीमा, चर्म पत्रमा लेखिएको, ई. स. छैठौं अथवा सातौं शताब्दिको कोप्टीक बाइबलको एक भाग, थियो। यस प्रकारका अनुवादहरू द्वारा बाइबलका विद्वानहरू र आलोचकहरूलाई के फायदा हुन्छ? यी अनुवादहरूमा, अनुवादकहरूले प्रयोग गरेका युनानी शास्त्रको शाब्दिक अनुवाद पाईन्छ। “अनुवादकले प्रयोग गरेको युनानी शास्त्र गतिलो थियो भनेर, अनुदित् ग्रन्थबाट मूल युनानी शब्दहरू थाह लगाउन सकिन्छ।” भनेर श्रीमान लकवुडले भने।
प्रदर्शनीको एउटा अनुपम र बहुमूल्य प्रदर्शन, टाटियनको डायाटेसारों बारे, चौथो शताब्दिको सीरियाली लेखक, इफ्रेमले लेखेको टिप्पणी थियो। प्राय ई. स. १७० मा, टाटियनले येशूको जीवन र सेवकाईको विषयमा, एउटा सिलसिलाबद्ध व्याखा प्रस्तुत् गरे। यस व्याखामा उनले चारैवटा सुमाचारहरूमा लेखिएका कुराहरू प्रयोग गरेको थियो। (डायाटेसारोंको अर्थ “चार जनाबाट” हो) तर यी डायाटेसारों भन्ने लेखका कुनै पनि नकल अथवा कापी पाउन सकिएन। यसकारण, कुनै कुनै आलोचकहरूले येशूको जीवन बारे यस प्रकारका सिलसिलाबद्ध व्याख्या हुनै सक्दैन भन्दै विवाद गर्न थाले। यी आलोचकहरूको भनाइ अनुसार, दोस्रो शताब्दिको मध्य भाग सम्म, येशूको जीवन बारे मत्ती, मर्कूस, लूका र यूहन्नाको लेखहरू तैयार भएकै थिएन।
तर गएको १०० वर्ष भित्र, डायाटेसारोंको आरामी र अरबी अनुवादहरू फेला परे पछि, यी आलोचकहरूको मुख बन्द भयो। यस पछि, १९५६ मा, सर चेस्टर बीटीले, छैठौं-सातौं शताब्दिको यो अनुपम ग्रन्थ आविष्कार गरे, जसमा टाटियनको मूल लेखका लामो, लामो भागहरू पाईन्छ। “त्यो समयमा, मत्ती, मर्कूस, लूका र यूहन्नाकोका सुसमाचार तैयार थिएनन् भन्ने विचार भस्म भयो,” भनेर श्रीमान लकवुड भन्छन्।
बाइबलका विद्वानहरू र आलोचकहरूका लागि कति धेरै अध्ययन सामग्री उपलव्ध छन् भन्ने कुरा “परमेश्वरको वचन” कहलाइने प्रदर्शनीमा सबैले देख्न पाए। यी विद्वानहरू मध्य एकै जना, सर फ्रेडरिक केनियनले, बाइबलका यी सबै हस्तलिपिहरूको महत्व बताऊन र शुरूमा उठेका प्रश्नहरूको उत्तर पनि दिऊन:
“युग युगान्तर देखिन्, हेर फेर नभइकन हामी सम्म बाइबल आइ पुगेको छ भन्ने कुरा कसै कसैलाई स्वीकारन गाह्रो होला। . . . तर यी सबै आविष्कारहरूले शास्त्रको सत्यताको प्रमाणलाई बलियो पार्छ र हाम्रो हातमा, साँच्चै नै परमेश्वरको शुद्ध वचन छ भनेर हामीलाई विश्वास दिलाउँछ।” (दी स्टोरी अफ दी बाइबल, पाना ११३)—भजन संग्रह ११९:१०५; १ पत्रुस १:२५. (w89 2/1)
[पृष्ठमा भएको चित्र]
तेस्रो शताब्दिको पेपीरस—२ कोरिन्थी ४:१३–५:४
[पृष्ठमा भएको चित्र]
एस्तरको पुस्तकको १८ वाँ शताब्दिको चर्मपत्रको मुठा
[पृष्ठमा भएको चित्र]
छैठौं अथवा सातौं शताब्दिको चर्मपत्रको कोडेक्स अथवा ग्रन्थ—यूहन्ना १:१-९, कोप्टीक अनुवाद