निसाफ चाँड़ैनै सबै जातिहरूका निम्ति
“निसाफ—निसाफको मार्ग अपनाओ र यहोवा [NW] तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गरेर तिमीहरूले जीवन व्यतीत् गर्नपाउनेछौ।”—व्यवस्थाविवरण १६:२०.
१. मानिसकालागि शुरूमा परमेश्वरको उद्देश्य के थियो र मानिसले त्यो उद्देश्य कसरी मात्र पुरा गर्न सक्ने थियो?
यहोवा परमेश्वरले पुरूष र स्त्री सृजनु हुँदा, पृथ्वी सिद्ध व्यक्तिहरूले भरि-भराउ होस् भन्ने उद्देश्यले रचनु भएको थियो। सबैले उहाँको प्रशंसा गर्दै, पृथ्वीलाई वशमा ल्याउने काममा आ-आफ्नो भूमिका पूरा गर्नु पर्ने थियो। (उत्पत्ति १:२६-२८) मानिस परमेश्वरकै स्वरूपमा सृजिएको हुनाले, उसलाई बुद्धि, न्याय, प्रेम र शक्ति जस्ता गुणहरू प्रदान गरिएको थियो। यी गुणहरूको सन्तुलित् प्रयोग द्वारा मात्र, मानिसले आफ्नो सृष्टिकर्ताको उद्देश्य पूरा गर्न सक्ने थियो।
२. न्यायको पिछा गर्नु, इस्राएलीहरूका लागि कतिको महत्वपूर्ण थियो?
२ यो भन्दा अघिको अङ्कमा भने झैं, मानिसले परमेश्वर सँग विद्रोह गरेको हुनाकारण, उसले मृत्युको दण्ड भोग्नु पऱ्यो। अनि असिद्धताको कारण, मानिस जातिको निम्ति परमेश्वरको मौलिक उद्देश्य पूरा गर्ने काम उसको लागि असम्भव भयो। सिद्ध न्याय प्रदर्शन गर्न मानिस असमर्थ हुनु नै, उसको असफलताको एउटा महत्वपूर्ण कारण हुन गयो। त्यसैकारण ता, के आश्चर्य जब, मोशाले इस्राएलका सन्तानलाई एसो गर्न याद दिलायो: “निसाफ—निसाफको मार्ग अपनाओ!” तिनीहरूको आफ्नो जीवन र प्रतिज्ञा गरिएको देशको अधिकार प्राप्त गर्ने योग्यता, तिनीहरूले इन्साफको मार्ग अनुसरण गर्नु मै निर्भर थियो।—व्यवस्था १६:२०.
आउन लागेका असल कुराहरूको एउटा छाया
३. इस्राएलीहरू सँग परमेश्वरले राख्नु भएको सम्पर्कको जाँच गर्न, आज हाम्रो लागि किन महत्वपूर्ण छ?
३ यहोवाले आफ्नो छानिएको सेवक, येशू ख्रीष्ट द्वारा, सबै जातिहरूलाई आफ्नो न्याय वास्तवमा प्रकट गर्नुहुनेछ भेन्ने हाम्रो विश्वास, उहाँले इस्राएलीहरू सँग राख्नु भएको सम्पर्कबाट, अझ बलियो हुन्छ। प्रेरित् पावलले यस विषयमा यो विवरण दिएको पाउँछौं: “किनकि जत्ति कुरा अघि लेखिए, ती सबै हाम्रो शिक्षाको निम्ति हो, कि धीरज र धर्मशास्त्रको शान्तिद्वारा हामीलाई आशा होस्।” (रोमी १५:४) परमेश्वर “धार्मिकता र न्यायलाई निको मान्नु” हुन्छ र इस्राएलीहरूले पनि एक अर्का सँगको व्यवहारमा उहाँको अनुसरण गरेको उहाँ चाहनु हुन्थियो। (भजन संग्रह ३३:५) इस्राएलीहरूलाई दिइएका ६०० नियमहरू मध्य केही नियमहरूको जाँच गर्यौं भने, यो कुरा स्पष्ट देख्नेछौं।
४. मोशाको व्यवस्था अनुसार, नागरिक-अधिकार सम्बन्धी समस्याहरूको समाधान कसरी गरिन्थियो?
४ मोशाको व्यवस्था अनुसार सबैले काम गर्दा, नागरिक-अधिकार सम्बन्धी समस्याहरू हुँदै हुँदैन थियो। उदाहरणका लागि, देशमा बसो-बास गर्न आउने गैर इस्राएलीको बारेमा, लेवी १९:३४ मा एसो भनिएको छ: “तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू।” यो एउटा अति नै प्रेमपूर्ण र न्याय-सङ्गत् प्रबन्ध थियो! यस बाहेक, न्यायाधीशहरू र साक्षी दिनेहरूको निम्ति यो चेताउनी दिइएको छ, “खराबी गर्न भीड़सँग नलाग, मुद्दामा बहुमत्तिर लागी गवाही दिएर इन्साफ नबिगार, औ गरीब भनेर पनि कसैको मुद्दामा पक्ष नले।” (प्रस्थान २३:२, ३) यस बारे सोचनु होस्—धनी र गरीब, दुवैले बराबर न्याय पाउने व्यवस्था!
५. मोशाको व्यवस्थाको दण्ड-विधानलाई वर्तमान दण्ड-विधानहरू सँग तुलना गर्नु होस्।
५ मोशाको व्यवस्थामा भएको दण्ड-विधानहरू, वर्तमान राष्ट्रहरूका कानून भन्दा धेरै नै उच्च श्रेणीका थिए। उदाहरणका लागि, कानून पालन गर्ने, परिश्रमी मानिसहरूमाथि बोझ हुन्छ भनेर, चोरलाई थुनेर राख्ने चलन थिएन। चोरले आफ्नो मेहनत्को कमाईबाट, आफूले चोरेको कुराको दोबर अथवा चोरेको भन्दा बढ़ी फिर्ता दिनु परथियो। यसरी, जसको माल चोरी भयो, उसले कुनै प्रकारको नोकसानी भोग्नु पर्दैन थियो। तर चोरले दुवै मेहनत् गर्न र चोरेको माल फिर्ता तिर्न पनि न चाहेको खण्डमा, के हुन् थियो? फिर्ता दिनु पर्ने कुरा जम्मै चुक्ता नगरूञ्जेल्, त्यसलाई दासत्वमा बेची पठाइन् थियो। त्यहाँ पनि अटेर गरेमा, मृत्यु दण्ड भोग्नु परथियो। यसप्रकार, चोरको शिकार भएको मानिसले न्याय पाउँथियो र चोर्ने स्वभाव भएको अरू मानिसहरूका लागि पनि यो एउटा सबक हुन्थियो। (प्रस्थान २२:१, ३, ४, ७; व्यवस्था १७:१२) साथै, परमेश्वरको नजरमा जीवन पवित्र हुनाकारण, हत्याराहरूलाई मारी दिने चलन थियो। यस प्रकार, राष्ट्रबाट दुष्ट र हत्यारा तत्वहरू हटाइन् थिए। तर अन्जानमा कसैले कसैलाई मारेको खण्डमा चाहिं, दया देखाइन्थियो।—गन्ती ३५:९-१५, २२-२९, ३३.
६. इस्राएलका कानूनहरूको जाँच गरेर हेरे पछि, हामी कुन निष्कर्षमा आउन बाध्य हुन्छौं?
६ इस्राएलको जाति सँग परमेश्वरका सबै न्यायिक कार्यहरू, न्याय सङ्गत् थिये भन्ने तथ्यलाई कसले तिरस्कार गर्न सक्छ र? यशैया ४२:१ मा उल्लेखित् ईश्वरीय प्रतिज्ञा येशू ख्रीष्ट द्वारा भविष्यमा पूरा हुने कुरा सोचेर ल्याउँदा, हृदयमा आशा र शान्ति जागेर आउँछ! यो प्रतिज्ञा अनुसार, उहाँले “जाति जातिहरूको बीचमा न्याय ल्याउनु हुनेछ।”
न्याय, दया सित सन्तुलित्
७. इस्राएलीहरू सँग यहोवाले राख्नु भएको कृपा पूर्ण सम्पर्कको बयान गर्नु होस्।
७ परमेश्वरको न्याय, दया सँग सन्तुलित् छ। इस्राएलीहरूले परमेश्वरको धार्मिक मार्गहरूको विद्रोहगर्न थाल्नाले, यो कुरा स्पष्ट प्रदर्शित् भयो। उजाड़ स्थानमा ४० वर्ष तिनीहरू बसो-बास गर्दा, यहोवाले तिनीहरू माथि गर्नु भएको कृपापूर्ण हेरचाह बारे मोशाले एसो भने: “उहाँले तिनलाई निर्जन स्थानमा पाउनु भयो, औ उराठलाग्दो आवाजले भरिएको उजाड़ ठाउँमा उहाँले तिनलाई चारैतिरबाट हेरचाह गर्नु भयो, उहाँले तिनलाई आफ्नो आँखाको नानी झैं रक्षा गर्नु भयो। आफ्नो वचेराहरूमाथि नजर राखी कावा खाने पखेटा फैलाई वचेरालाई थाम्ने र आफ्नो पखेटामा बोक्ने गरूड़ले झैं, यहोवा [NW] एकलैले तिनलाई अगुवाई गर्नु भयो।” (व्यवस्था ३२:१०-१२) पछि, त्यो जाति धर्मत्यागी हुँदा पनि, यहोवाले एसो भन्नु हुँदै, तिनीहरूलाई विनय गर्नु भयो: “तिमीहरू अब आफ्ना दुष्ट चाल र आफ्ना दुष्ट कामदेखि फर्क।”—जकरिया १:४ को पहिलो भाग.
८, ९. (क) परमेश्वरले यहूदीहरूलाई कुन हद सम्म दया देखाउनु भयो? (ख) अन्तमा तिनीहरूमाथि के विपत्ति आइ पर्यो, तापनि तिनीहरू सँग परमेश्वरले राख्नु भएको सम्पर्क बारे के भन्न सकिन्छ?
८ तर यहोवाको कृपा पूर्ण आह्वानको तिनीहरूले केही वास्ता गरेनन्। जकरिया अगमवक्ता द्वारा, परमेश्वरले एसो भन्नु भयो: “तिनीहरूले सुनेनन् नता मतिर ध्याननै दिए।” (जकरिया १:४ को पिछल्लो भाग) परमेश्वरको दयापूर्ण न्यायको कारण, तिनीहरूलाई आफू तिर फर्कने मदद दिनका लागि, उहाँले आफ्नो एकलौता पुत्र पठाउनु भयो। बप्तिस्मा दिने यूहन्नाले, परमेश्वरको पुत्रको परिचय यी शब्दहरूमा दिए: “हेर, परमेश्वरको पाप उठाईलैजाने परमेश्वरका थुमा।” (यूहन्ना १:२९) केही वर्षका लागि, येशूले लगातार यहूदीहरूलाई परमेश्वरका सही मार्गहरू बारे शिक्षा दिनु भयो र अनगन्ती चमत्कारका कार्यहरू द्वारा, उहाँनै प्रतिज्ञा गरिएको मुक्तिदाता हुनुहुन्छ भनेर प्रमाणित् पार्नु भयो। (लूका २४:२७; यूहन्ना ५:३६) तर मानिसहरूले उहाँलाई सुनेनन् र विश्वास गर्न पनि इन्कार गरे। यसकारण, येशूलाई पनि यो घोषणा गर्न बाध्य पर्यो: “ए यरूशलेम, ए यरूशलेम, तँ जो अगमवक्ताहरूलाई मार्ने र तँकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्ने! जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्तिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तैंले मानिनस्। हेर, तिमीहरूको घर तिमीहरूका निम्ति उजाड़ छोड़िनेछ।”—मत्ती २३:३७, ३८.
९ परमेश्वरले अझ ३७ वर्ष अर्थात् ई. स. ७० साल सम्म, तिनीहरूमाथि आफ्नो न्याय दण्ड ल्याउनु भएन। तर त्यस पछि, रोमीहरूको हातमा उहाँले यरूशलेमलाई नाशहुन दिनुभयो र हजारौं यहूदीहरू कैदी भएर गए। यहोवाले कैयौं शताब्दि सम्म धैर्य र सहनशीलता कायम राख्नु भएको देख्दा, इस्राएलको घराना सित परमेश्वरले गर्नु भएका सबै कार्यहरू, न्याय सङ्गत् थिए भनेर कसले देख्न सक्दैन र?
सबै जातिहरूका निम्ति न्याय
१०. परमेश्वरले सबै राष्ट्रहरू प्रति न्याय कसरी दर्साउनु भयो?
१० इस्राएलीहरूले येशूलाई तिरस्कार गरे पछि, याकूबले एसो भने: “परमेश्वरले, उहाँको नाउँको निम्ति पहिलो पटक अन्यजातिहरूबाट एक जाति लिनालाई कृपादृष्टि गर्नु भयो।” (प्रेरित् १५:१४) यो नया “जाति”, जसमा येशू नै मसीही हुन् भनेर स्वीकारगर्ने ती थोरै यहूदीहरू पनि समावेश थिए, सामूहिक रूपमा परमेश्वरको [आत्मिक] इस्राएल हुन गयो। अनि यो नया “इस्राएल”, येशूका १४४,००० पवित्र आत्माले अभिषिक्त चेलाहरूले बनिएको छ। (गलाती ६:१६; प्रकाश ७:१-८; १४:१-५) बेखतना भएकाहरू मध्यबाट विश्वास गर्ने प्रथम मानिस, कर्नीलियस थियो। कर्नीलियस र उसको घरानाले परमेश्वरले खोल्नु भएको मुक्तिको बाटो अपनाए पछि, पत्रुसले एसो भने: “साँच्चैनै म देख्तछु, परमेश्वरले मानिसहरूको पक्षपात गर्नु हुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ र उचित् काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित् १०:३४, ३५) यहोवा कसैको पक्ष लिनु हुँदैन भन्ने कुरा बारे, पावलले पनि एसो भनेको पाउँछौं: “अब यहूदी ग्रीक, कमारा, फुक्का, नर, नारी छैन, किनभने तिमीहरू सबै ख्रीष्ट येशूमा एउटै छौ। औ यदि तिमीहरू ख्रीष्टका हौ भनेता, तिमीहरू अब्राहामका वंश हौ, र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ।”—गलाती ३:२८, २९.
११. अब्राहाम सँग के प्रतिज्ञा गरियो र त्यो प्रतिज्ञा कसरी पूरा हुनेछ?
११ यहाँ, हामीलाई परमेश्वरले अब्राहाम सँग गर्नु भएको सुन्दर प्रतिज्ञाको समझना हुन्छ। त्यो कुल-पिताले आफ्नो प्रिय पुत्र इसाकलाई बलिदानको रूपमा चढ़ाउन तैयार भएको हुनाकारण, परमेश्वरले उसलाई एसो भन्नु भएको थियो: “किनकि तैंले यो काम गरिस् औ तेरो छोरो, अर्थात् तेरो एउटै छोरोलाई पनि मबाट नरोकेकोले, म निश्चय तँलाई आशिष दिनेछु। . . . तेरै सन्तान द्वारा पृथ्वीका सबै जातिहरू आर्शीवादी हुनेछन्।” (उत्पत्ती २२:१६-१८) यो प्रतिज्ञा कसरी पूरा हुनेछ? येशू ख्रीष्ट र मृत्यु सम्म विश्वासी हुने, उहाँका १४४,००० अभिषिक्त चेलाहरूले स्वर्गबाट मानिस जातिमाथि हजार वर्षकालागि राज्य गर्नेछन्। (प्रकाश २:१०, २६; २०:६) त्यो धन्यको समयबारे, यहोवाले हामी सँग यो प्रतिज्ञा गर्नु भएको छ: “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।” किन? किनभने, त्यो मसीही राज्यको “शाही शासनलाई” “न्याय र धार्मिकताको” साथ खड़ा गरी स्थिर गराउनु हुनेछ।—यशैया ९:७.
१२. अब्राहाम सँग गरिएको वाचा बाट आज के आशिषहरू अनुभव गर्न सम्भव भएको छ?
१२ तर अब्राहाम सँग प्रतिज्ञा गरिएका आशिषहरूबाट लाभ उठाउनका लागि, त्यो सहस्र वर्षे राज्यको निम्ति पर्खी रहनु पर्दैन। किनभने आज पनि, “हरेक जातिबाट र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़ले” ती आशीषहरू अनुभव गरिरहेकाछन्। लाक्षणिक रूपमा, “आ-आफ्ना लुगाहरू थुमा” अर्थात् येशूको “रगतमा धोएर सेता” बनाएर, तिनीहरू यहोवाको सामने धर्मी ठहरिन सकेकाछन्। अब्राहाम जस्तै, तिनीहरू यहोवाका मित्रहरू भएका छन्! सबै जातिका लाखौं मानिसहरूका निम्ति यहोवाको मुक्तिको मार्ग वास्तवमा न्याय सङ्गत् छ।—प्रकाश ७:९, १४.
के तपाईं परमेश्वरको न्याय सङ्गत् मार्गहरू अनुरूप चल्नु हुँदैछ?
१३, १४. (क) हामी सबैले आ-आफ्नो हृदयमा कुन कुराको जाँच गर्नु उचित् हुनेछ? (ख) यहोवा प्रति हामीले आफ्नो कृतज्ञता कसरी व्यक्त गर्न सक्छौं?
१३ तपाईंको छुटकाराको निम्ति, परमेश्वरले आफ्नो एकलौता पुत्र दिनु भएर गर्नु भएको न्याय र प्रेमपूर्ण प्रबन्धले, के तपाईंको हृदयलाई प्रभावित् पारेको छ? धेरै नै माया गरेको, आफ्नो एउटै पुत्रको बलिदान चढ़ाउने आदेश अब्राहामलाई यहोवाले दिनु हुँदा, अब्राहामको हृदयमा के बित्यो होला, एसो कल्पना गर्नु होस्! र त्यो भन्दा बढ़ी, परमेश्वरको हृदयको पीड़ा सम्झ्नु होस्, जब उहाँको प्रिय पुत्रलाई मानिसहरूले काठमा झुण्डाएर, हर प्रकारको गाली, अपमान र सासना दिइरहेका थिए। “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नु भयो?” भनेर येशूले पुकारनु हुँदा, यहोवाको प्रतिकृया कल्पना गर्नु होस्। (मत्ती २७:३९, ४६) तापनि, न्यायको माँग पुरा गर्दै, यहोवाले आफ्नो पुत्रलाई यस प्रकारको मृत्यु भोग्न र आफ्नो समग्रताको प्रमाण दिंदा यहोवाको धार्मिकतालाई उँचा पार्ने मौका दिन आवश्यक थियो। यस बाहेक, आफ्नो पुत्रको मृत्यु द्वारा, यहोवाले हाम्रो मुक्तिको निम्ति बाटो खोलिदिनु भयो।
१४ अवश्य नै, यहोवा र उहाँको पुत्र प्रति कृतज्ञता प्रकट गर्दै, हामीले सबैको सामने यो स्वीकारनु पर्छ: “हाम्रा परमेश्वर र . . . थुमामा मुक्ति छ।” (प्रकाश ७:१०) हामीले यस प्रकारको निर्दिष्ट प्रतिकृया व्यक्त गर्दै, मोशाका यी शब्दहरूमा विश्वास् प्रकट गर्ने छौं, अर्थात्: “यहोवाका सबै मार्गहरू न्याय सँगत् छन्।” (व्यवस्था ३२:४) साथै हामीले पनि परमेश्वर द्वारा मानिसको मुक्तिका निम्ति खोल्नु भएको न्याय पूर्ण मार्गको पिछा गर्यौं भने, यहोवा र उहाँको पुत्रको हृदय कति आनन्दित् हुनेछ!
१५. येशूले निकोदेमसलाई भन्नु भएको कुन शब्दहरू महत्व पूर्ण छन्?
१५ १८७० को दशकमा हाम्रा विश्वासी भाइहरूले छुटकाराको बलिदान सम्बन्धमा दृढ़ कदम उठाएकोमा, के हामी खुशी छैनौं र? साथै, आज पनि मानिसको मुक्तिका निम्ति, परमेश्वरको न्याय र प्रेमपूर्ण मार्गहरूलाई त्यत्तिकै दृढ़ता साथ समाती राख्ने सङ्गठनमा समावेश हुनपाएकोमा, के हामी हर्षित् छैनौं र? छौं भने, येशूले निकोदेमसलाई भन्नु भएका यी शब्दहरूलाई विशेष ध्यान दिनु पर्छ: “परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँबाट बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्दछ, उसको इन्साफ हुँदैन। . . . तर त्यसका काम परमेश्वरमा भएका हुन् भनी प्रकट होस् भनेर सत्य काम गर्ने चाहिं ज्योतिमा आउँछ।” परमेश्वरको न्याय दण्डबाट बाँच्ने हो भने, हामीले ‘परमेश्वरमा भएका काम’ गर्दै, उहाँको पुत्रमा आफ्नो विश्वासको प्रमाण दिनु पर्छ।—यूहन्ना ३:१७, १८, २१.
१६. येशूका चेलाहरूले स्वर्गीय पिताको महिमा कसरी गर्न सक्छन्?
१६ येशूले एसो भन्नु भयो: “तिमीहरूले धेरै फल फलायौ भने, त्यसैमा मेरा पिताको महिमा हुनेछ, र तिमीहरू मेरा चेला हुनेछौ। मेरा आज्ञाहरू पालन गर्छौ भने, तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरो पिताका आज्ञाहरू पालन गरेको छु, र उहाँका प्रेममा रहन्छु।” (यूहन्ना १५:८, १०) ती आज्ञाहरू के के हुन्? एउटा ता यूहन्ना १३:३४, ३५ मा पाईन्छ, जहाँ येशूले आफ्ना चेलाहरूलाई एसो भन्नु भयो: “एउटा नया आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गर्यौ भने, तिमीहरू मेरा चेला हौ भनी सबैले जान्नेछन्।” यहोवाका साक्षीहरूको माझमा आज प्रशस्त मात्रामा प्रेम देखिन्छ। येशूले यो आदेश पनि दिनु भएको थियो: “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।” (मत्ती २८:१९, २०) के तपाईं स्वयंले पनि व्यक्तिगत् रूपमा ‘परमेश्वरमा भएका यी कामहरू’ गर्नमा भाग लिनु हुँदैछ?
१७. प्रचार गर्ने र शिक्षा दिने दुवै काम यहोवाको न्यायको एउटा प्रदर्शन हो भनेर कसरी भन्न सकिन्छ?
१७ येशूका चेलाहरूलाई यो प्रचार र शिक्षा दिने काम गर्न दिनु भएकोमा पनि यहोवाको न्याय खुलस्त सँग देख्न चाहनु हुन्छ भने, यहोवाका साक्षीहरूले एकै वर्षमा सम्पन्न गर्न सकेको काम विचारनु होस्। सन् १९८९ मा, २६३,८५५ नया चेलाहरूले बप्तिस्मा लिए! के यसले तपाईंको हृदयलाई आनन्दित् तुल्याउदैन र?
न्याय गर्नु हुने परमेश्वरले चाँड़ै नै कार्य सम्पन्न गर्नुहुनेछ
१८. यहोवाका मानिसहरूले भोग्नु परेको सतावटको सम्बन्धमा के प्रश्नहरू उठछन्?
१८ साक्षी दिने काम, कुनै प्रकारको विरोधै बिना सम्पन्न भएको हो भन्न सकिंदैन। येशूले आफ्ना चेलाहरूलाई एसो भन्नु भएको थियो: “तिनीहरूले मलाई सताए भने, तिमीहरूलाई पनि सताउनेछन्।” (यूहन्ना १५:२०) यहोवाका साक्षीहरूको आधुनिक इतिहासले ती शब्दहरूको सत्यतालाई पुष्टि दिन्छ। विभिन्न देशहरूमा यहोवाका साक्षीहरूले प्रतिबन्ध, कारागार, पिटाई र शासना भोगेकाछन्। फेरि एक पल्ट, हाम्रो मनमा, हबकूकको यो अगमवाणीको याद आउँछ: “व्यवस्था ढीला हुँदैजाँदैछ र न्याय कहिल्यै हुँदैन।” जसलेगर्दा, यहोवाका मानिसहरूको मनमा पनि कुनै-कुनै बेला यस प्रकारका प्रश्नहरू आउँनसक्छन्: ‘छल गर्ने मानिसलाई यहोवा किन हेरिरहनु हुन्छ? धर्मी मानिसलाई दुष्टले निल्दा, उहाँ किन चुप्प लाग्नु हुन्छ?’—हबकूक १:४, १३.
१९. परमेश्वरको दृष्टिकोण हामीलाई बुझाउन मदद दिनका लागि, येशूले के उदाहरण भन्नु भयो?
१९ येशूले एउटा उखान भन्नु भएको छ, जसबाट हामीले यी प्रश्नहरूको उत्तर र परमेश्वरको दृष्टिकोण अपनाउने मदद पाउन सक्नेछौं। लूका १७:२२-३७ मा, येशूले यो अन्तको समयमा हुने हिंसात्मक अवस्थाको वर्णन गर्नु भयो। उहाँले यी दिनहरू जलप्रलय भन्दा अघि, नूहको समय जस्तो र सदम र गमोराको विनाश हुने बेलामा लूतको पालो जस्तै हुनेछन् भन्नु भयो। त्यस पछि, उहाँले आफ्नो चेलाहरूलाई “तिनीहरूले बराबर प्रार्थना गरिरहुन् र निरूत्साह नहोऊन् भन्ने हेतुले” लूका १८:१-५ मा उल्लेखित्, एउटा उखान भन्नु भयो। येशूले एउटा अति नै खाँचोमा परेकी विधवा र तिनको खाँचो पुरा गर्न सक्ने “एउटा न्यायाधीश” बारे कुरा गर्नु भयो। विधवाले सधैं नै “मेरो वादीबाट मलाई जोगाइदिने इन्साफ गरिदिनु होस्,” भन्दै त्यो न्यायाधीश सँग बिन्ती गर्थिन्। उनको दृढ़ाग्रहले गर्दा, न्यायधीशले आखिरमा त्यो विधवाको निम्ति ‘इन्साफ’ गरि दिए।
२०. येशूले दिनु भएको उखानबाट हामी के सिक्न सक्छौं?
२० यसबाट हामी आज के शिक्षा लिन सक्दछौं? त्यो अधर्मी न्यायाधीशलाई यहोवा सँग तुलना गर्नु हुँदै, येशूले एसो भन्नु भयो: “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्। औ के परमेश्वरले आफ्ना चुनिएकाहरूका बदला लिनु हुन्न र? जसले उहाँलाई रातोदिन पुकार्दछ, र उहाँ तिनीहरूमाथि सहनशील हुनुहुन्छ। म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूका बदला लिनुहुनेछ।”—लूका १८:६-८ को प्रथम भाग.
२१. हाम्रा व्यक्तिगत समस्याहरूलाई हामीले कुन दृष्टिकोणले हेर्नु पर्छ र तिनीहरूको समाधान कसरी गर्नु पर्छ?
२१ सधैं याद राख्नु होस्, हाम्रा व्यक्तिगत् समस्याहरू बारे हामीले गरेका बिन्तीहरूको उत्तर पाउनमा ढिला भएको जस्तो देखियो भने, परमेश्वरले हाम्रो बिन्ति सुन्न न चाहनु भएर होइन। (२ पत्रुस ३:९) त्यो विधवाले झैं, हामीले पनि कुनै प्रकारको सतावट अथवा अन्याय अनुभव गरिरहेका छौं भने, अन्तत्वगत्वा, परमेश्वरले इन्साफ गरिदिनु हुन्छ भनेर हामी विश्वास गर्न सक्छौं। र यो विश्वासको प्रमाण कसरी दिने हो? निरन्तर प्रार्थनामा लागेर। साथै, आफ्नो प्रार्थना अनुसारको विश्वासी मार्ग कायम राखेर। (मत्ती १०:२२; १ थिस्सलोनिकी ५:१७) हाम्रो विश्वासी जीवन द्वारा हामीले पृथ्वीमा विश्वास र इन्साफका प्रेमीहरू छन् र हामीहरू तिनीहरू मध्यका हौं भन्ने कुराको प्रमाण दिनेछौं।—लूका १८:८ को पछिल्लो भाग.
“हे अन्यजातिहरू हो, उहाँका प्रजा सँग हर्ष मनाओ”
२२. मोशाले कुन मङ्गलमय भावना साथ आफ्नो गीत टुङ्गाए?
२२ कैयौं शताब्दि अघि, मोशाले यो मङ्गलमय भावना साथ आफ्नो गीत टुङ्गाएको थियो: “हे अन्यजातिहरू हो, उहाँका प्रजा सँग हर्ष मनाओ। किनकि उहाँले आफ्ना दासहरूको रगतको बद्ला लिनुहुनेछ, औ आफ्ना विरोधीहरूलाई साटो लिनुहुनेछ। र आफ्नो देश र आफ्ना प्रजाको लागि प्रायश्चित् गर्नुहुनेछ।” (व्यवस्था ३२:४३) यहोवाले बदला लिनु हुने दिन, दिनहुँ नजीक आइरहेछ। तर अहिले सम्म उहाँले न्यायपूर्वक धीरज धारण गर्नु भएकोमा हामी कति कृतज्ञ छौं!
२३. परमेश्वरको प्रजा सँग हर्ष मनाउने मानिसहरूले के कस्तो आनन्दमय फल भोग्ने छन्?
२३ सबै राष्ट्रहरूको मानिसहरूका निम्ति “पश्चाताप” गर्ने बाटो आज पनि खुला छ तर खेर फाल्ने समय छैन। पत्रुसले यस विषयमा यो चेताउनी दिए: “यहोवाको दिन चोर जस्तै आउनेछ।” [NW] (२ पत्रुस ३:९, १०) ईश्वरीय न्याय बमोजिम, यो दुष्ट संसार चाँड़ै नष्ट हुनु पर्छ। नष्ट हुने त्यो समय आउँदा, “हे अन्यजातिहरू हो, उहाँका प्रजा सँग हर्ष मनाओ,” भन्ने यो मङ्गलमय पुकारलाई ध्यान दिएर सुन्ने मानिसहरू मध्य हाम्रो ठाउँ होस्! हो, परमेश्वरका सबै मार्गहरू न्याय सँगत् छन् भनेर देख्ने आनन्दित् मानिसहरूको माझमा हाम्रो ठाउँ रहोस्। (w89 3/1)
तपाईं कसरी उत्तर दिनु हुनेछ?
◻ मोशाको व्यवस्थाले परमेश्वरको न्यायमा हाम्रो विश्वासलाई किन दृढ़ पारि दिनेछ?
◻ परमेश्वरका न्याय पूर्ण मार्गहरूको मुल्याङ्कन गर्न हामीलाई के ले बाध्य पार्नु पर्छ?
◻ यहोवाको महिमा कसरी गर्न सकिन्छ?
◻ आज, साँचो आनन्द कहाँ मात्र पाउन सकिन्छ?
[पृष्ठमा भएको चित्र]
साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित् काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नु हुन्छ।”—प्रेरित् १०:३४, ३५.
[पृष्ठमा भएको चित्र]
परमेश्वरले उहाँलाई पुकारनेहरूका लागि न्याय गरि दिनु हुनेछ