के कड़ा परिश्रम द्वारा आनन्द प्राप्त गर्न सकिन्छ र?
“आखिर, मानिसको जीवनमा काम नै सबै भन्दा ठूलो कुरा हो, होइन र?” भन्दै, जापानको व्यापारी संसारका एक जना प्रमुख व्यापारी, बुनपी ओटसुकीले सोधे। उनले यी शब्दहरू द्वारा आफूले ग्रीष्म समयको विदा न लिएको सफाइ दिए। उनको यो विचार, दोस्रो विश्व युद्धको ध्वंस पश्चात् देशको पुर्ननिर्माण गर्ने धेरै जसो जापानीहरूको विचार सँग मिल्छ। अमेरिकाका कप्तान पेरीले जापानलाई, धेरै समय देखिन् अलग्गिएको अवस्थाबाट जागृत पारे पछि, जापानीहरूलाई एउटा मेहनती जातिको रूपमा वर्णन गरिएको छ। र आफू परिश्रमी भएकोमा, तिनीहरू गौरव गर्छन्।
तथापि, जापानमा मानिसहरू आवश्यकता भन्दा बढ़ता काम गर्छन् र अरू औद्योगिक जातिहरूले भन्दा, तिनीहरूले, एक वर्ष भित्र, काममा बिताएका घण्टाहरू बढ़ी छन् भनेर आलोचना भइरहेको छ। जापानीहरूलाई कामको लत लागेको छ भन्ने विचार संसारका अन्य देशका मानिसहरूको मनबाट मेटाउने कोशिशमा जापानी सरकार लागेको छ। एउटा अखबारको प्रथम पंक्तिले, ठूला ठूला अक्षरमा एसो भनेकोछ: “श्रम मन्त्रालय भन्छ, ‘यतिका मेहनत नगर्नुहोस्।’” १९८७ सालमा, सबैलाई ग्रीष्म ऋतुको विदा लिने प्रोत्साहन दिने अभियानमा, यसो भन्ने नारा पनि प्रयोग गरे: “विदामा जानु आफ्नो दक्षताको प्रमाण हो।” अरू शब्दहरूमा भन्ने हो भने, सरकारले जनता सँग यो प्रश्न गरिरहेछ: “यतिको मेहनत किन गर्ने?”
हुन ता हो, जापानका सबै मानिसहरू समर्पित् र परिश्रमी छैनन्। हालसालैमा, जापानको उत्पादकत्व केन्द्रले लिएको सर्वेक्षण अनुसार, ७००० नया कार्यकर्ताहरू मध्यबाट, ७ प्रतिशत्ले मात्र घरयासी कामलाई भन्दा, जागिरलाई प्राथमिकता दिनेगर्छन्। यही चाला अरू देशहरूमा पनि देखिन्छ। जर्मनीमा, आलेन्सवाखर इनस्टीच्युट फ्युर डेमोस्कोपीले गरेको अनुसन्धान अनुसार, १८ देखिन् २९ वर्ष उमेर पुगेका जर्मनहरूको १९ प्रतिशत्ले मात्र ज्यालाको वास्ता न गरेर, आफ्नो क्षमताले भ्याए अनुसार, सक्दोभर काम गर्दारहेछन्।
आलेटाले गर्ने जवानहरू भन्दा, जापानमा बाहिरबाट आएका कामदारहरू धेरै नै परिश्रमी छन्। टोकियोको एउटा व्यापारीले अलजेरियाबाट आएको, हातको काम गर्ने कामदार बारे गौरव साथ, एसो भने: “जापानीहरू यस प्रकारको कामका लागि आउँदा पनि आउँदैनन्। र आए पनि, तिनीहरू तुरन्त फेरि गइहाल्छन्।” हो, मेहनती जापानीहरू स्वभावैले परिश्रमी भएका होइनन्। मानिसलाई परिश्रमी पार्न एउटा जोड़दार कारण हुनु पर्छ।
परिश्रम गर्ने कारणहरू
“धन, सुरक्षा, सम्पत्ति र संसारमा मान्यता”—परिश्रमी जमर्नहरू यही सब कुराहरूको पछि लागेकाछन् भनेर जर्मन साप्ताहिक, डेर श्पीगलले रिर्पोट गरेको छ। हो, केही हद सम्मको स्थायित्व अनुभव गर्न पाइएला भनेर, धेरै मानिसहरू भौतिक धन थुपार्न परिश्रम गर्छन्। अरूहरू चाहिं, संसारमा आफ्नो “प्रतिष्ठा बढ़ाउने” अथवा व्यापारी समाजको टुप्पोमा पुग्ने उद्देश्य राखेर मेहनत गर्छन्। प्रतियोगितात्मक शैक्षिक व्यवस्थाहरूबाट यस प्रकारका लक्ष्यहरूको पछि लाग्न प्रेरित् भएर, कति मानिसहरू औद्योगिक समाजको चक्रव्यूहमा फँसेका छन्। तिनीहरू यस चक्रव्यूहमा दौड़दा-दौड़दा आफैलाई थकित् पारेका छन्।
तर मानिसहरू पैसा र प्रतिष्ठाका लागि मात्र काम गर्दैनन्। कुनै-कुनै मानिसहरू काम गर्न चाहेर काम गर्छन्। तिनीहरूका लागि, काम सबै कुरा हो। तर फेरि, आफ्नो काममा मग्न हुने मानिसहरू पनि छन्। यस विषयमा, हारूवो, भन्ने एक जना मानिसले एसो भनेकोछ: “म मेरो वेधशालाको काम सित यति मुग्ध भएँ कि अध्यात्मिक लक्ष्यहरू निसासिन थाले।”
यस बाहेक, अरूहरूको सेवा र भलाइका निम्ति काम गर्न कतिले आफ्नो जीवन समर्पण गरेकाछन्। तिनीहरू जीवन बचाउने काममा धेरै नै परिश्रम गर्छन्। उदाहरणका लागि, आगो सित लड़ने दम्कलको मानिसले, आफ्नो सरसामानलाई व्यवस्थित् राख्न, प्रत्यक दिन परिश्रम गर्दछ।
तर मेहनत् गर्नका लागि, के यी सबै कारणहरू उचित् छन्? के यिनीहरूबाट हामीले आनन्द प्राप्त गर्न सक्नेछौं? वास्तवमा, कुन प्रकारको कामले तपाईंलाई साँच्चै नै आनन्दित तुल्याउनेछ? (w89 7/15)