नया विचारधाराहरू प्रति खुला दृष्टिकोण किन राख्नु?
जसो जसो तुवाँलोको पर्दा बिस्तारै हटदै गयो, सस्कीहन्ना भन्ने आफ्नो जहाजको डेक बाट अमेरीकी कप्तान म्याथ्यू सी. पेरीको दृष्टि टाढ़ा बाट फूजी पर्वतमा पर्यो। जापान हेर्ने उहाँको ठूलो रहर थियो। सात महिना भन्दा बढ़ी समय समुद्र यात्रामा बिताए पछि, अन्तत्वगत्वा जुलाई ८, १८५३ मा उहाँ त्यहाँ पुग्नु भयो। यी कप्तानले त्यस देशबारे प्राप्य सबै जानकारीहरूको अध्ययन गरेका थिए। किन? किनभने “स्वयम् पृथक्ककरणको अवस्थामा बसेको यो राज्यलाई” उहाँले संसारकालागि खुला पार्ने आशा राख्नु भएको थियो।
वास्तवमा, पृथक्ककरणकै अवस्थामा थियो! २०० वर्ष भन्दा बढ़ी समय देखिन् जापानले चीन, कोरिया र होल्याण्ड बाहेक अन्य सबै देशहरू सँग ब्यापार तथा सांस्कृतिक सम्बन्धहरू विच्छेद गरी राखेको थियो। अनि निश्चल, बिना फिक्री यो राष्ट्र बसी रहेको थियो। यो अवस्थामा त्यो देश ती व्यक्तिहरू जस्तै थियो जो नया विचारहरूको विरोध गर्छन् र आफ्नो भन्दा बेग्लै विचारधारा सुन्न समेत चाँहदैनन्। यसरी बस्नु, केहि हद्सम्म आरामदायक हुन सक्दछ, किनभने नया विचारधाराहरूले विचलित मात्र पार्ने होईन, डरलाग्दा पनि हुन सक्दछ। तर के यस प्रकारको दृष्टिकोण राख्नु बुद्धिमानी हो? अब आफुलाई अलग्ग राख्ने यो जापानी नीतिको प्रतिफल बारे विचार गरौं।
के कारणले गर्दा जापानले आफूलाई अलग्ग राख्यो?
बिना कारण जापानले आफूलाई अलग्ग राखेको होइन। १५४९मा जेस्वीट धर्म प्रचारक फ्रान्सीस जेवियर जापानमा आफ्नो धर्म प्रचार गर्नं आउनु भयो। छोटो समयमा नै, देशमा रोमन क्याथोलिक धर्मले प्रमुखता प्राप्त गर्यो। त्यस समयको शासकहरूले बौद्ध धर्मका एउटा सम्प्रदाय बाट विरोध अनुभव गरी सकेका थिए। क्याथोलिक धर्म मान्नेहरू बाट पनि त्यस्तै हुनु सक्ने सम्भावना उनीहरूले महसूस गरे। फल:स्वरूप, क्याथोलिक धर्म माथि प्रतिबन्ध लगाईयो। यद्यपि, त्यो प्रतिबन्ध जोर सँग प्रयोग गरिएन।
जापान एउटा “इश्वरीय” राष्ट्र हो भनेर दावा गर्ने शासकहरू, “इसाई” धर्म द्वारा आफ्नो व्यवस्थामा कुनै प्रकारको खतरा आउन दिन इच्छुक थिएनन् भने, क्याथोलिक धर्म माथि त्यो प्रतिबन्ध पूर्ण रूपमा तिनीहरूले किन प्रयोग गरेनन्? किनभने क्याथोलिक धर्म-प्रचारकहरू पुर्तगाली व्यापारी जहाजहरूमा आएका थिए र ती जहाजहरू बाट हुने आर्थिक लाभका लागि सरकार लालची थियो। तथापि, शासकहरूको मनमा व्यापारकालागि भन्दा जापानीहरूलाई क्याथोलिकहरूले प्रभावित पार्लान् भन्ने डर बढ़ी हुन गयो। जसले गर्दा बिदेशी ब्यापार, आवागमन र “इसाईहरू” माथिको प्रतिबन्ध कड़ा गर्ने हुकूम जारी गरियो।
धेरै सतावट र दबावमा परेका “इसाईहरूले” एउटा स्थानिय सामन्ती शासकको विरूद्ध विद्रोह गरे। यो आखिरी भूल थियो। यो विद्रोह क्याथोलिक प्रचारको कारण भएको हो भन्ने ठानेर, केन्द्रिय शोगुनेट सरकारले पुर्तगालीहरूलाई देशनिकाला गर्यो र जापानीहरू माथि देश बाहिर जान प्रतिबन्ध लगायो। १६३९ मा यो हुक्मनामा जारी भए देखिन् जापानको एकलोपना एउटा वास्तविक्ता हुन गयो?
जापान सँग व्यापार गर्ने सुविधा पश्चिमबाट डच्हरूले मात्र पाए र यिनीहरूलाई पनि नागासाकी बन्दरगाह नजीकको डेजिमा भन्ने एउटा सानो टापूमा सीमित पारियो। डेजिमामा पुनर्स्थापित डच्हरू द्वारा मात्र पाश्चात्य संस्कृति जापानमा अलि-अलि गरेर छिर्न पायो। प्रत्यक वर्ष यो टापू स्थित व्यापार-केन्द्रका निर्देशक द्वारा पेश गरिएको रिर्पोट बाट मात्र, बाहिरी संसारमाभई रहेको कुराहरूको जानकारी, जापानी सरकारलाई हुन्थियो। तर शोगुनेट सरकारले यो रिपोर्ट अरू कसैलाई पनि हेर्न दिदैन थियो। यसरी जापानीहरू, कप्तान पेरी १८५३मा उनका ढोका घचघचाउन न आए सम्म, अलग्गिएर बसेका थिए।
एकान्तवासको अन्त
पेरीका विशाल, काला जाहाजहरू धुवाँ फाल्दै इडोको खाड़ीमा प्रवेश गरेको देखेर स्थानीय जलाहारीहरूले त्यसलाई गतिमान् ज्वालामुखीहरू ठानेर अत्तालिए। इडोका (वर्तमान टोकियो) बासिन्दाहरूमा आतङ्क फैलियो र धेरै आफ्ना सर-सामान लिएर शहर बाट भाग्न थाले। यत्रो ठूलो भाग-दौड़ देखेर, जनतालाई शान्त पार्न सरकारले सरकारी सूचना जारी गर्नु पर्यो।
कप्तान पेरीको जाहाजहरू मात्र होइन, उहाँले ल्याउनुभएको कोसेलीहरू पनि देखेर ती अलग्गिएका मानिसहरू छक्क परे। एउटा घर बाट अर्को घरमा तार द्वारा समाचार पठाएको देखेर तिनीहरू आश्चर्यचकित् भए। पेरीको देखरेखमा संकलित चिनि समुद्र र जापानमा गएका अमेरिकी जहाजहरूको समूहको वर्णन अनुसार, “छ वर्षको बच्चालाई पनि हतपत बोक्न नसकने” रेलगाड़ीको सानो इञ्जिन माथि कुनै कुनै जापानी अफसरहरू फाल हाने। एक जना उच्चपदाधिकारी पनि “आफ्नो खुकुलो पोशाकलाई हावामा उड़ाउदै” इञ्जिनको छानामा झुण्डिएर गएछन्।
आउँदो साल पेरीको दोस्त्रो आगमन पश्चात् जापानको ढोका बल्ल सम्पुर्णतया खोलियो। दबावमा परेर, सरकारले देश खोलिदिनु पर्यो। तर जापान लाई संसार बाट अलग राख्न चाहने हठ-बादीहरूले आतङ्क मचाउन थाले। मुख्य मंत्रीको गुप्तहत्या भयो र विदेसीहरू माथि आक्रमण हुन थाल्यो। एकान्तवास रूचाउने कुनै कुनै सामन्तीहरूले विदेसी जहाजहरू माथि गोली पनि चलाये। तिनीहरूको यी आक्रमणहरू, अन्तत्वगत्वा कम भएर गयो, र टोकुगावा शोगुनेट बाट, सरकार सम्राटको हाथमा आयो।
पेरीले जापानमा जाने ढोका खोलुञ्जेल सम्म ता पश्चिमका राष्ट्रहरूमा औद्योगिक- क्रान्ति भईसकेको थियो। आफू अलग्गिएर बसेको हुनकारण जापान धेरै पछिपरेको थियो। उद्योगीकरण भइ सकेका देशहरूमा, वाफको शक्तिको प्रयोग गरीसकेको थियो। १८३० तिर, वाफले संचालित रेलगाड़ीको इञ्जिन र वाफले चलाउने यन्त्रहरूको प्रयोग साधारण कुरो मान्नु थाली सकिएको थियो। आफ्नो अलग्गिएर बस्ने नीतिले गर्दा, जापान उद्योगिक क्षेत्रमा अति नै पछि परेको थियो। यो कुरा यूरोपमा पठाइएका प्रथम जापानी प्रतिनिधि मण्डलाई विशेष रूपमा महसुस भयो। १८६२ सालमा, लन्डनको एउटा प्रदर्शनीमा, जापानले कागज र काठको सामानहरूको मात्र प्रदर्शन गर्न सक्यो। एक जना लज्जित प्रतिनिधि अनुसार, ती सामानहरू “प्राचीन समयको चीज-बीजको पसलमा” मात्र राख्ने योग्यको थियो।
अमेरीका र यूरोप जाने जापानी प्रतिनिधिहरूले, आफ्नो देशमा पनि उद्योग गर्ने र आधुनिक आविष्कारहरू र विचारहरूको परिचय गर्ने ठूलो आवश्यकता देख्यो। पेरीको प्रथम जापानी भ्रमणमा उहाँ सँग आउने जहाजका एक जना कर्मचारीले, चौंसठ वर्ष पछि एसो भन्नु भयो: “साठ्ठी वर्ष भित्र जापानले गरेको प्रगति देखेर म चकित छु।”
हो, जापानको अलग्गिएर बस्ने नीतिले उनको वृद्धि गर्ने क्षमतालाई धेरैनै सीमित पारी दिएको थियो। नया विचारहरू तर्फ आफ्नो ढोकाहरू खोली दिनाले, राष्ट्रको लागि निकै नै लाभदायक भयो। तर, आज जापानमा कुनै- कुनै व्यक्तिहरू बीच “मनहरू अलग्गिएको” छ र यो एउटा समाधान गर्नु पर्ने समस्या हो भनेर कसै कसैले सङ्केत गरेका छन्। वास्तवमा, नया विचारहरूको विरोध गर्ने झुकाव आधुनिक जापानीको लागि मात्र होइन, सारा मानव जातिको निम्ति एउटा चुनौती हो। “मन अलग्यिउने” विषयमा तपाईंको के विचार छ? १८५० साल तिर जापानले गरे जस्तै, के तपाईं पनि नया विचारहरू तर्फ आफ्नो मनको ढोका खोलेर लाभ उठाउन चाहनु हुन्छ? (w89 1/15)