पुनरुत्थान—कस्कालागि र कहिले?
यो धटना ई. स. ३२ मा, बेथानी नाउँ भएको ठाउँमा घटेको थियो, जहाँ लाजरस, तिनकी दिदीहरू मार्था र मरियम सँग बस्ने गर्थिए। लाजरस बिरामी परे भनेर तिनकी दिदीहरूले येशूलाई खबर पठाए। लाजरस र तिनकी दिदीहरूलाई येशू माया गर्नु हुन्थियो र उहाँ बेथानी तिर लाग्नु भयो। बाटोमा येशूले उहाँका चेलाहरूलाई एसो भन्नु भयो: “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर म तिनलाई निद्राबाट बिउँझाउनालाई जाँदैछु।” चेलाहरूले येशू साँच्चैको निद्राको विषयमा कुरा गर्नु हुँदैछ भनी ठाने। यसकारण येशूले तिनीहरूलाई सफासँग एसो भन्नु भयो: “लाजरस मरेका छन्।”—यूहन्ना ११:१-१५.
यिनीहरू सबै लाजरस मरेको चार दिन पछि मात्र त्यहाँ आइ पुगे। मरियम र मार्था र अरूहरू रोएको देख्नु भएर, येशूले पनि, आफ्नो गहिरो प्रेम र दया प्रकट गर्नु हुँदै “रूनु भयो।” (यूहन्ना ११:१७, ३५) लाजरसको मृत देहलाई एउटा गुफा भित्र राखिएको थियो। त्यो गुफाको मुखमा राखिएको ढुङ्गा हटाउने आदेश येशूले दिनु भयो। उहाँले आफ्नो पिता सँग प्रार्थना गर्नु भयो र चर्को सोरमा एसो भन्दै कराउँनु भयो: “लाजरस, बाहिर निस्कि आऊ!” लाजरस बाहिर निस्के। यो देखेर उनकी दिदीहरू कत्ति खुशी भए होलान्!—यूहन्ना ११:३८-४५.
यो घटनाले पुनरुत्थानको निम्ति एउटा वास्तविक आशा दिन्छ। तथापि, सामान्यतया, मृत्यु एउटा भीषण शत्रु हो जसले हाम्रा आफन्तहरूलाई लैजान्छ र तिनीहरूलाई तुरन्तै येशूले बिताउँनु हुने आशा पनि गर्न सक्दैनौं। र धेरै जसो मरेर जाने ती प्रिय व्यक्तिहरू असल र दयालु थिए भनी हामीलाई थाह छ। यसकारण, स्वभाविकतः यो प्रश्न उठ्दछ . . .
मानिसले किन मर्नुपर्छ?
साँचो र भर पर्दो उत्तर चाहन्छौं भने, अदनको बगैंचामा, मानिसको उत्पत्ति भएको कुरा हेर्नु आवश्यक छ। आदमको आज्ञाकारितको जाँच गर्नु हुँदै, परमेश्वरले तिनलाई कुनै एउटा रूखको फल न खानु भन्नु भयो। तिनले र हव्वाले त्यसको फल खाएमा, तिनीहरू निश्चय “मर्ने” छन् भनी परमेश्वरले भन्नु भयो। (उत्पत्ति २:१७) तर शैतानले तिनीहरूको परीक्षा गर्दा, तिनीहरूले परमेश्वरको आज्ञा उल्लङ्घन गरे र त्यो महत्वपूर्ण जाँचमा असफल भए। मृत्यु त्यसैको परिणाम हो।
यति सानो देखिने अपराधको निम्ति यत्रो ठूलो सजाय किन? तिनीहरूले गरेको काम सानो भएतापनि, अपराध महा गम्भीर थियो—आदम र हव्वा जस्ता सिद्ध मानिसहरूले, आफ्नो सृष्टिकर्त्ताको विरूद्धमा विद्रोह गरे। यस पछि, तिनीहरू सिद्ध रहेनन् र तिनीहरूलाई परमेश्वरले मृत्युको सजाय सुनाइ दिनु भयो। तर परमेश्वरले आदमका सन्तानहरूका लागि चाहिं, त्यो न्यायोचित सजाय उल्टाउने प्रबन्ध गर्नु भएको छ। कसरी? पावलले यस प्रकार लेखेका छन्: “ख्रीष्ट येशूले . . . सबैको छुटकाराको मोलको निम्ति आफैलाई सुम्पिदिनुभयो।”—१ तिमोथी २:५, ६; रोमी ५:१७.
मरेकाहरूको के अवस्था हुन्छ?
लाजरस मरेको चार दिन भइसकेको थियो। यदि तपाईं मर्नु भएर वास्तवमा आत्मिक व्यक्तिहरूको संसारमा तपाईंले चार दिन बिताइ सक्नु भए पछि तपाईंको पुनरुत्थान भएको भए, यस विषयमा अरूहरूलाई बताउन के तपाईं इच्छुक हुनु हुने थिएन? तर लाजरसले ता तिनी अरू संसारमा जीवित थिए भनेर केही पनि भनेनन्। बाइबल एसो भन्दछ: “मरेकाहरूले केही पनि जान्दैनन्।”—उपदेशक ९:५; भजनसंग्रह १४६:३, ४.
अब विचार गर्नुहोस्, यसले के सूचित् गर्दछ। पापमोचनगर्ने ठाउँको चर्चा बाइबलमा कतै पनि नभएता पनि, लाखौं मानिसहरूले त्यस प्रकारको ठाउँ छ भनी विश्वास गर्छन्। कैयौं अरू मानिसहरूले चाहिं एउटा अग्निमय नरक छ भनेर विश्वास गर्छन्। तथापि, तपाईंले आफ्नो दुश्मनलाई पनि आगोमा अनन्तकाल सम्म पोल्नु हुने थिएन। यस प्रकारको निर्दयी काम गर्न तपाईं ता अस्वीकार गर्नु हुनेछ भने, के हाम्रा प्रेमपूर्ण सृष्टिकर्त्ताले विभिन्न व्यक्तिहरूलाई यसरी आगोमा सन्ताप भोग्न लाउनु हुन्थियो होला र? तर माथि उल्लेखित्, बाइबलको यो सान्त्वनापूर्ण आश्वासनमाथि कृपया विचार गर्नु होस्—मरेकाहरू “केही पनि जान्दैनन्।”
शास्त्र अनुसार, ख्रीष्ट सँग स्वर्गमा राज्य गर्नेहरूको सङ्ख्या तुलनामा थोरै छ। येशूले तिनीहरूलाई “सानो बगाल” भनेर सम्बोधन गर्नु भयो। (लूका १२:३२) प्रेरित यूहन्नाले “सियोन डाँड़ामा [स्वर्ग] थुमा [येशू ख्रीष्ट] खड़ा हुनुहुन्थियो र उहाँका साथमा . . . पृथ्वीबाट किनिएका, अर्थात एक लाख चालिस हजार . . . [थिए]।” (प्रकाश १४:१-३) यस्को अर्थ, यी व्यक्तिहरू पहिले मानिसहरू थिए र मरे पछि, स्वर्गमा ख्रीष्ट सँग जीवन बिताउनका लागि तिनीहरूको पुनरुत्थान भएको हो।
बाइबलका यी सत्य कुराहरू—अर्थात, पापमोचन गर्ने कुनै त्यस्तो ठाउँ अथवा अग्निमय नरक छैन र मरेका मानिसहरूको पुनरुत्थान पश्चात् तिनीहरूलाई स्वर्गमा लैजान सकिन्छ भन्ने ज्ञान पाउनु मानिसहरूका लागि धेरै नै लाभदायक भएको छ। तर स्वर्ग जानको निम्ति यत्ति थोरै मानिसहरूको पुनरुत्थान हुने हो भने, अरूहरूका लागि के आशा छ?
पार्थिव पुनरुत्थान
स्वर्गमा जीवन पाउने पुनरुत्थानको बाटोको शुरूआत अथवा उदघाटन येशूले गर्नु भयो। (हिब्रू ९:२४; १०:१९, २०) यसकारण, बप्तिस्मा दिने यूहन्नाले यो स्वर्गीय पुनरुत्थानमा भाग लिने छैनन् किनभने येशूले स्वर्ग जाने बाटो खोल्नु अघि नै यूहन्नाको हत्या भयो। येशूले एस विषयमा भन्नु भयो: “मानिस मध्य बप्तिस्मा दिने यूहन्नाभन्दा ठूलो कोही उठेको छैन। तरै पनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो यिनीभन्दा ठूलो हो।” (मत्ती ११:११) यी विश्वासी मानिस र उनी जस्ता मरी सकेका अरू मानिसहरूलाई परमेश्वरले के इनाम दिनु हुनेछ?
आफ्नो बाइबलमा लूका को २३ अध्याय खोल्नु होस् र ३९ देखि ४३ पद सम्म पढ़नु होस्। येशू सँग सँगै झुण्ड्याइएको एक जना अपराधीले एसो भन्यो: “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस्।” त्यो मानिस पारादिस अथवा प्रमोदवनमा हुनेछ भनेर येशूले त्यसलाई विश्वास दिलाउनु भयो। त्यो प्रमोदवन स्वर्ग होइन। प्रथम प्रमोदवन झैं, त्यो एउटा पार्थिव प्रमोदवन हो।
पुनरुत्थान—सान्त्वनाको स्रोत
बाइबलमा पाइने त्यो यथोचित अपेक्षा ठूलो सान्त्वनाको स्रोत हुनु पर्ने। किन? किनभने यहोवा प्रेम हुनुहुन्छ। (१ यूहन्ना ४:८) आफ्नो पुत्रलाई एउटा लज्जापूर्ण मृत्यु भोग्न दिनु हुँदा, परमेश्वरले वास्तवमा आफ्नो अद्भुत प्रेम प्रकट गर्नु हुँदै थियो। केही समय अघि येशूले एसो भन्नु भएको थियो: “परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो, उहाँमाथि विश्वास गर्ने प्रत्यक नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
येशूले पनि मानिस जातिको छुटकाराका लागि आफ्नो जीवन दिनु भएर, असाधारण प्रेम देखाउनु भयो। किनभने उहाँले स्वयं एसो भन्नु भयो: “मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनालाई आयो।”—मत्ती २०:२८.
यो पत्रिकाको प्रथम लेखमा उल्लेखित क्यारलेनका धेरै प्रिय जनहरूको मृत्यु भए पछि, तिनलाई आफ्नो होश गायब भए जस्तो लाग्यो। तर मरेका ती प्रिय जनहरू दुःखमा छैनन् भन्ने ज्ञानमा तिनले सान्त्वना पाइन्। तिनलाई बल दिने अरू कुन कुरा थियो? तिनका आत्मिक भाइ-बहिनीहरू अथवा यहोवाका साक्षीहरूले देखाएका साँचो प्रेम र सान्त्वनाबाट पनि तिनले धेरै नै मदद पाइन।—भजनसंग्रह ३४:१८.
यहोवा सँग गरेको प्रार्थनाले पनि निकै बल दियो। तिनी अनेक राती उठ्द थिइन् र यो घटना एउटा नराम्रो सपना मात्र हो भनी सोच्ने गर थिइन् तर तुरन्त वास्तविकताले उनलाई जगाइ दिन्थियो। यहोवा सँग अन्तर बिन्ती गरे पछि, तिनी शान्त हुन्थिइन् र तिनले प्रेरित पावलले लेखेका कुराको अझ धेरै नै मुल्याङ्कन गरिन्: “केही कुरामा चिन्तित् नहोओ, तर सबै कुरामा धन्यबाद साथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.
पुनरुत्थानको आशा कति सान्त्वनापूर्ण छ भनेर शरलीले एउटा अर्को उदाहरण दिन्छिन्। आफ्नो जवान छोरा रिकार्डोको छातीमाथि सिमेन्टीको एउटा भारी टुक्रा खसेर उसको सानो मुटु फुट्यो र उ तुरन्तै मरी हाल्यो। जनवरी १९८६ मा घटेको यो दुर्घटना पछि, शरलीले आफ्ना मित्रहरूलाई एसो भनिन्: “यो एउटा त्रासपूर्ण स्वप्न जस्तो थियो।” क्योथोलिक गिर्जामा तिनले यी शब्दहरू सुनेकी थिइन्: “परमेश्वरले मरेकाहरू र जिउँदाहरूको इन्साफ गर्नु हुनेछ।” शरलीले मनै मन एसो भन्दै सोच्न शुरू गरीन्: ‘परमेश्वरले मरेकाहरू र जिउँदाहरूको इन्साफ गर्नुहुनेछ भने, मानिसहरू मरे पछि कहाँ जान्छन् भन्ने कुरा कसरी थाह लाउन सकिन्छ? तिनीहरू स्वर्गमा छन् भने, पछि फेरि न्याय गर्न तिनीहरूको किन पुनरुत्थान गर्ने? साथै तिनीहरू स्वर्गमा जीवित छन् भने तिनीहरूको पुनरुत्थान कसरी हुन सक्छ?” मरेका मानिसहरूको पुनरुत्थान बाहेक जिउँदाहरूको पुनरुत्थानको चर्चा बाइबलमा कतै पनि गरिएको छैन।
शरलीको पति बाइबल सँग परिचित भएको हुनाकारण, शरलीले तिनलाई यी प्रश्नहरू सोधिन्। बाइबलले यस विषयमा भनेका केही कुरा मात्र बुझ्ना साथै शरलीले गिर्जा जान छाड़िन्। तिनको एक जना नातेदारले, जो यहोवाका साक्षी हुन्, शरली र तिनको पति सँग, मार्च १९८६ देखिन्, बाइबल अध्ययन गर्नु शुरू गरे र चाँड़ै नै तिनीहरूले बप्तिस्मा लिए। आज शरली एसो भन्छिन्: “सच्चाई जान्नु, पुनरुत्थानको जानकारी पाउनु र यहोवा कस्तो अद्भुत व्यक्ति हुनुहुन्छ भनेर थाह पाउनु साँच्चै नै एउटा गजबको कुरा हो।”
पुनरुत्थान—कहिले?
दर्शनमा, प्रेरित यूहन्नाले “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़, सिंहासन र थुमाको अगाड़ि . . . उभिरहेको” देखे। (प्रकाश ७:९) ठूलो भीड़ पृथ्वीमा बस्ने भएको हुनाकारण, तिनीहरू ‘सिंहासनको . . . अगाड़ . . . उभिरहेको’ देखा पर्नु उचित छ। (यशैया ६६:१) तिनीहरू मध्यका कुनै कुनै आज मरे भने, तिनीहरूको पुनरुत्थान कहिले हुन्छ? बालबलमा कुनै तारिक दिएको छैन, तर अवश्य पनि त्यो आउँदो युद्ध पछि हुनेछ, जब परमेश्वरले उहाँका धार्मिक सिद्धान्त अनुसार बाँच्न न चाहने जम्मै मानिसहरूको नाश गर्नु हुनेछ। (२ थिस्सलोनिकी १:६-९) त्यहाँ देखिन् न्यायको दिन र परमेश्वरको नजरमा पार्थिव पुनरुत्थान पाउने योग्यका मानिसहरूको पुनरुत्थान शुरू हुनेछ। (यूहन्ना ५:२८, २९; प्रेरित २४:१५) बाइबलका अगमवाणीहरूको पूर्तिको प्रमाण अनुसार, यी जम्मै अद्भुत र रोमाञ्चकारी घटनाहरू चाँड़ै नै हुनेछन्!—प्रकाश १६:१४-१६.
येशूका चेलाहरूले उहाँलाई एक पटक यो प्रश्न सोधे: “यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिन्ह के हुन्छ?” यस्को उत्तरमा, येशूले युद्धहरू, अनिकाल, भैंचालो, रूढ़ी र विश्व भरि राज्यको सुसमाचारको प्रचार हुनेछ भन्नु भयो।—मत्ती २४:३-१४; लूका २१:७-११.
यो असाधारण अगमवाणी सन् १९१४ अथवा प्रथम विश्व-युद्ध शुरू भए देखिन् पूरा भइ रहेको छ। यस युद्धमा लाखौं मानिसहरू मरे र धेरै देशहरूमा अनिकाल र खानेकुराको अभाव भयो। तर विश्वको अवस्था, दोस्रो विश्व-युद्धको समय र त्यस पश्चात् अझ खराब थियो।
रूढ़ीहरू बारे, धेरैको विचारमा सबै भन्दा खराब उदाहरण एड्स हो। “यो रोग यति विस्तृत र घातक छ, कि विशेषज्ञहरूले यसलाई चौधवाँ शताब्दीमा यूरोपको जन-सङ्ख्याको एक चौथाई मानिसहरूलाई मार्ने कालो मृत्यु सँग तुलना गर्न थालेका छन्।”—रिडर्स डाइजेस्ट, जून १९८७.
वर्तमान कालका यी त्रासपूर्ण कुराहरूको तुलनामा, पुनरुत्थान एउटा अति नै अचम्भको घटना हुनेछ! त्यो रोकेर रोक्न नसकिने आनन्दको समय हुनेछ किनभने मृत्युले गर्दा विछुड़ भएका, क्यारलेन र शरलीका जस्तै परिवारहरूको पुनःमिलन हुनेछ! साँच्चैनै, पुनरुत्थान हुने बेलामा उपस्थित हुने योग्यको हुनलाई, हामी प्रत्यकले आज देखिन् नै आफ्नो जीवन परमेश्वरको इच्छा अनुसार बिताउनु नै बुद्धिमतापूर्ण मार्ग हुनेछ। (w89 10/15)
[पृष्ठ ७-मा भएको चित्र]
जसरी एउटा रूख काटेर ढालिएता पनि, त्यो फेरि पलाउनु सक्छ, त्यसरी नै परमेश्वरले आफ्नो सम्झनामा हुनेहरूलाई मृतक अवस्थाबाट बिउँताउन सक्नु हुन्छ, भनेर बाइबल भन्दछ।