प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १/१ pp. १४-१५
  • मरिसकेकाहरूका लागि आशा—पुनर्जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मरिसकेकाहरूका लागि आशा—पुनर्जीवन
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘पुनर्जीवन मै हुँ’
  • अनन्त जीवनको लागि विश्‍वास चाहिन्छ
  • मरिसकेका प्रियजनहरूका लागि साँचो आशा
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • “तिम्रो भाइ ब्युँतनेछ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • मृत्यु सबै कुराको अन्त होइन!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • येसु लाजरसलाई जीवित पार्नुहुन्छ
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १/१ pp. १४-१५
पछि सुन्दर पृथ्वीमा हुने पुनर्जीवनको दृश्‍य

मरिसकेकाहरूका लागि आशा पुनर्जीवन

बाइबलमा मरिसकेका मानिसहरू पुनर्जीवित हुनेछन्‌ भनेर प्रतिज्ञा गरिएको छ। के तपाईं यस प्रतिज्ञामा विश्‍वास गर्नुहुन्छ?a मरिसकेका आफ्ना प्रिय जनहरूलाई फेरि भेट्‌न पाउने कुरा सम्झँदा मात्र पनि खुसी लाग्छ नि, होइन र? तर के यस्तो आशा राख्नु व्यावहारिक हो? यस प्रश्‍नको जवाफको लागि हामी येशूका चेलाहरूको उदाहरण विचार गरौं।

मरिसकेका मानिसहरू पुनर्जीवित हुनेछन्‌ भनेर येशूका चेलाहरू विश्‍वस्त थिए। किन? यसको दुइटा कारण विचार गरौं। पहिलो, तिनीहरूको आशा मुख्यतया यस तथ्यमा आधारित थियो: येशू आफै पनि मृत्युबाट ब्यूँताइनुभएको थियो। पुनर्जीवित हुनुभएको येशू चेलाहरूकहाँ र “एकैचोटि पाँच सयभन्दा धेरै भाइकहाँ देखा पर्नुभयो।” (१ कोरिन्थी १५:६) साथै येशू पुनर्जीवित हुनुभएको थियो भनी थुप्रैले मानिलिएका थिए भनेर सुसमाचारका चारै वटा पुस्तकबाट प्रस्ट हुन्छ।—मत्ती २७:६२–२८:२०; मर्कूस १६:१-८; लूका २४:१-५३; यूहन्‍ना २०:१–२१:२५.

दोस्रो, चेलाहरूले येशूले मरिसकेका मानिसहरूलाई पुनर्जीवित पार्नुभएको कम्तीमा पनि तीनवटा घटना देखेका थिए। ती घटना भएका ठाउँ यसप्रकार छन्‌: नाइन, कफर्नहुम र बेथानी। (लूका ७:११-१७; ८:४९-५६; यूहन्‍ना ११:१-४४) बेथानीमा पुनर्जीवित पार्नुभएको घटनाबारे यसै पत्रिकाको अगाडिको लेखमा छलफल गरिएको छ। बेथानीको यस परिवारसित येशू एकदम नजिक हुनुहुन्थ्यो। त्यहाँ अझै के-के भएको थियो, हेरौं।

‘पुनर्जीवन मै हुँ’

“तिम्रो भाइ ब्यूँतनेछ।” येशूले यी शब्द मार्थालाई भन्‍नुहुँदा तिनको भाइ लाजरस मरेको चार दिन भइसकेको थियो। सुरुमा मार्थाले येशूको कुरा बुझिनन्‌। तिनले यसो भनिन्‌, “मलाई थाह छ .. ऊ ब्यूँतनेछ।” तर तिनले आफ्नो भाइ भविष्यमा पुनर्जीवित हुनेछ भन्ठानेकी थिइन्‌। येशूले तिनलाई “पुनर्जीवन र जीवन मै हुँ” भन्‍नुभयो। त्यसपछि तिनको भाइलाई पुनर्जीवित पार्नुभयो। यो देखेर तिनी कत्ति छक्क परिन्‌ होला!—यूहन्‍ना ११:२३-२५.

मृत्युपछि लाजरस चार दिनसम्म कहाँ थिए त? चार दिनसम्म अन्तै कता जीवित थिएँ भनी लाजरसले बताएनन्‌। न त तिनको आत्मा अमर रह्‍यो र स्वर्ग गयो। परमेश्‍वरको छेवैमा बसेर स्वर्गको आनन्द उठाइरहेका लाजरसलाई येशूले पुनर्जीवित पार्नुभएर पृथ्वीमा ल्याउनुभएको पनि होइन। त्यसोभए लाजरस कहाँ थिए त? मृत्युको चिर निद्रामा।—उपदेशक ९:५, १०.

नबिर्सनुहोस्‌, येशूले मृत्युलाई निद्रासित तुलना गर्नुभयो। मरिसकेको मानिसलाई पुनर्जीवनले यस निद्राबाट ब्यूँझाउँछ। विवरण यसो भन्छ: “‘हाम्रा मित्र लाजरस सुतेका छन्‌ तर म त्यहाँ तिनलाई निद्राबाट ब्यूँझाउन जाँदैछु।’ त्यसैले चेलाहरूले उहाँलाई भने: ‘प्रभु, यदि तिनी सुतेका छन्‌ भने त ठीक हुन्छन्‌ होला।’ तथापि, येशूले तिनको मृत्युको विषयमा कुरा गर्नुभएको थियो। तर तिनीहरूले भने निद्रा लागेर सुतेको विषयमा उहाँले भन्‍नुभएको होला भन्ठाने। त्यसैले येशूले तिनीहरूलाई प्रस्टसित बताउनुभयो: ‘लाजरस मरिसकेका छन्‌।’” (यूहन्‍ना ११:११-१४) लाजरसलाई ब्यूँताउनु भएर येशूले तिनलाई पुनर्जीवन दिनुभयो अनि तिनको आफ्ना परिवारसित पुनर्मिलन भयो। त्यस परिवारलाई येशूले कत्ति अनमोल उपहार दिनुभयो!

पृथ्वीमा हुँदा येशूले गर्नुभएका पुनर्जीवनका घटनाहरू भविष्यमा उहाँले परमेश्‍वरको राज्यको राजाको रूपमा गर्नुहुने कुराको पूर्वझलक थियो।b स्वर्गबाट यस पृथ्वीमा शासन गर्नुहुँदा येशूले मृत्युको चिर निद्रामा परेका असङ्‌ख्य मानिसहरूलाई पुनर्जीवित पार्नुहुनेछ। त्यसैले त उहाँले यसो भन्‍नुभयो, ‘पुनर्जीवन मै हुँ।’ आफूले माया गरेका मानिसहरूलाई फेरि भेट्‌न पाउँदा हुने रमाहट कल्पना गर्नुहोस्‌! पुनर्जीवित भएकाहरू पनि कत्ति खुसी हुनेछन्‌ होला!—लूका ८:५६.

आफूले माया गरेका मानिसहरूलाई फेरि भेट्‌न पाउँदा हुने रमाहट कल्पना गर्नुहोस्‌!

अनन्त जीवनको लागि विश्‍वास चाहिन्छ

येशूले मार्थालाई यसो भन्‍नुभयो: “जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ। अनि जो अहिले जीवित छ र ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।” (यूहन्‍ना ११:२५, २६) येशूले पुनर्जीवित पार्नुभएका मानिसहरूले उहाँको हजार वर्षीय राज्यमा सधैंभरि बाँच्ने आशा पाउन सक्छन्‌। तर यसको लागि तिनीहरूले उहाँमा साँचो विश्‍वास गर्नै पर्छ।

“जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ।”—यूहन्‍ना ११:२५.

पुनर्जीवनबारे यस्ता उल्लेखनीय कुरा भनिसकेपछि येशूले मार्थाको मनसाय बुझ्ने यस्तो प्रश्‍न सोध्नुभयो: “‘के तिमी यो कुरा विश्‍वास गर्छ्यौ?’ तिनले उहाँलाई भनिन्‌: ‘गर्छु प्रभु। तपाईं नै परमेश्‍वरका छोरा अनि . . . ख्रीष्ट हुनुहुन्छ भनेर मैले विश्‍वास गरेकी छु।’” (यूहन्‍ना ११:२६, २७) अनि तपाईं नि? के तपाईं पनि पुनर्जीवनको आशामा मार्थाको जस्तै विश्‍वास राख्न सक्नुहुन्छ? यसो गर्न चाल्नुपर्ने पहिलो कदम हो, मानिसजातिको लागि परमेश्‍वरले कस्तो उद्देश्‍य राख्नुभएको छ, त्यसबारे ज्ञान लिनु। (यूहन्‍ना १७:३; १ तिमोथी २:४) यस्तो ज्ञान लिंदा विश्‍वास गर्न सकिन्छ। यसबारे बाइबलले के सिकाउँछ भनेर बुझ्न यहोवाका साक्षीहरूसित सम्पर्क राख्नुहोस्‌। पुनर्जीवनको सुन्दर आशाबारे तपाईंलाई बताउन तिनीहरू खुसी हुनेछन्‌।

a यसै अङ्‌कको पृष्ठ ६ मा भएको “मृत्यु सबै कुराको अन्त होइन!” शीर्षकको लेख हेर्नुहोस्‌।

b भविष्यमा हुने पुनर्जीवनको आशाबारे थप कुरा बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ७ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने