‘विश्वासी दास’ र त्यसको सञ्चालक-समिति
तब विश्वासी र बुद्धिमान दास को हो? त्यो उही हो जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस् भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ?”—मत्ती २४:४५.
१. अरूहरूलाई पनि अधिकार दिन, यहोवा किन तैयार हुनु हुन्छ र विशेष गरि उहाँले कसलाई अधिकार दिनु भएको छ?
यहोवा सबै कुरा सिलसिलाबद्ध गर्नु हुने परमेश्वर हुनुहुन्छ। साथै, उहाँ सबै न्याय्य अख्तियारको स्रोत हुनुहुन्छ। उहाँ आफ्ना विश्वासी सृष्टिहरूका वफादारी बारे विश्वस्त हुनु हुनुहुन्छ। जसले गर्दा, यहोवा आफ्नो सृष्टिलाई अख्तियार सुम्पनु तैयार हुनुहुन्छ। सबै भन्दा बढ़ी अख्तियार उहाँले आफ्नो पुत्र, येशू ख्रीष्टलाई सुम्पनु भएको छ। हो, परमेश्वरले, “सबै कुरा उहाँका चरणको अधीनमा राखिदिनु भयो र उहाँलाई सबै कुराको शिर हुनालाई मण्डलीलाई दिनु भयो।”—एफिसी १:२२.
२.पावलले मसीही मण्डलीलाई के सँग तुलना गरे र ख्रीष्टले कसलाई अधिकार दिनु भएको छ?
२ प्रेरित् पावलले मसीही मण्डलीलाई परमेश्वरको “घराना” कहलाए र यहोवाको विश्वासी पुत्र, येशू ख्रीष्ट यो घरानामाथि नियुक्त हुनु भएको छ। (१ तिमोथी ३:१५; हिब्रू ३:६) यस बाहेक, ख्रीष्टले पनि परमेश्वरको घरानाका सदस्यहरूलाई अख्तियार बाँटने गर्नु हुन्छ। यो कुरा हामी मत्ती २४:४५-४७ मा उल्लेखित् गरिएको देख्दछौं। त्यहाँ उहाँले एसो भन्नु भएको छ: “तब विश्वासी र बुद्धिमान दास को हो? त्यो उही हो, जसलाई त्यसको मालिकले ठीक ठीक समयमा खान देओस् भनेर आफ्नो परिवारमाथि खटाएको हुन्छ? धन्य हो त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरिरहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्नो सारा सम्पत्तिमाथि नियुक्त गर्नेछ।”
प्रथम शताब्दिको गृह-प्रबन्धक
३. “विश्वासी र बुद्धिमान दासमा” को को सम्मिलित् छन् र व्यक्तिगत् रूपमा तिनीहरू के पनि कहलाइन्छन्?
३ शास्त्र राम्रो सँग अध्ययन गरेर हेर्दा, पवित्र आत्माले अभिषेक गरिएका जनहरू, सामूहिक रूपमा, परमेश्वरको घरानाका “विश्वासी र बुद्धिमान दास” अथवा “भण्डारे” अथवा “गृह-प्रबन्धक हुन्”। तर व्यक्तिगत रूपमा, यहोवाको घरानाका सदस्यहरू, उहाँको “परिवार” अथवा “सेवकहरूको समूह” [NW] पनि कहलाइन्छन्।—मत्ती २४:४५; लूका १२:४२; रेफरेन्स बाइबलको द्रष्टब्य हेनुहोस्.
४. आफ्नो मृत्युको थोरै समय अघि, येशूले के प्रश्न उठाउनु भयो र आफूलाई को सँग तुलना गर्नु भयो?
४ उहाँको मृत्यु हुनु भन्दा केही महिना अघि, येशूले यो प्रश्न उठाउनु भयो: “त्यो विश्वासी र बुद्धिमान भण्डारे को हो? जसलाई त्यसका मालिकले आफ्ना घरानालाई समय समयमा तिनीहरूका भोजन दिनलाई खटाएका छन्।” (लूका १२:४२) फेरि उहाँको मृत्युको केही दिन अघि, येशूले आफूलाई विदेश जान लागेको एउटा मानिस सँग तुलना गर्नु भयो, जसले आफ्ना दासहरूलाई बोलाएर आफ्ना धन-सम्पत्ति तिनीहरूको जिम्मा लगायो।—मत्ती २५:१४.
५. (५) येशूले अरूहरूलाई आफ्नो सम्पत्तिको हेरचाह गर्न कहिले नियुक्त गर्नु भयो? (ख) उहाँको सामूहिक गृह-प्रबन्धक हुनेहरूलाई ख्रीष्टले के थप जिम्मेवारी दिनु भयो?
५ येशूले आफ्नो धन-सम्पत्तिको जिम्मा अरूहरूलाई कहिले दिनु भयो? उहाँको पुनरूत्थान पश्चात्। मत्ती २८:१९, २० मा उल्लेखित् उहाँका परिचित् शब्दहरूमा, येशूले आफ्नो गृह-प्रबन्धक समूहका प्रथम सदस्य हुनेहरूलाई शिक्षा दिने र चेला बनाउने विस्तृत काम खटाउनु भयो। व्यक्तिगत् रूपमा “पृथ्वीको अन्त सम्म” साक्षी दिने काम गरेर, येशूले आफ्नो पार्थिव सेवकाई भित्र शुरू गर्नु भएको प्रचार क्षेत्र, तिनीहरूले बढ़ाउन परेको थियो। (प्रेरित् १:८) यो काम गर्नका लागि, तिनीहरूले “ख्रीष्टको पक्षमा राजदूत” झैं काम गर्न आवश्यक थियो। “परमेश्वरको रहस्यका कारिन्दाहरूको” हैसियतमा, तिनीहरूले चेलाहरू बनाएर, ती चेलाहरूलाई आत्मिक आहार दिनु थियो।—२ कोरिन्थी ५:२०; १ कोरिन्थी ४:१, २.
घरानाको सञ्चालक समिति
६. प्रथम शताब्दिको भण्डारे श्रेणीले ईश्वरीय प्रेरणा द्वारा के को प्रबन्ध गर्न पाए?
६ सामूहिक रूपमा, पवित्र आत्माले अभिषिक्त मसीहीहरू, मालिकका भण्डारे अथवा गृह-प्रबन्धक हुनु परेको थियो, जसले परमेश्वरको घरानाका सदस्यहरूलाई व्यक्तिगत रूपमा समय अनुसारको आत्मिक आहार दिने थिए। ई. स. ४१ र ९८ साल भित्र, प्रथम शताब्दिका भण्डारे श्रेणीका सदस्यहरूले ईश्वरीय प्रेरणा द्वारा ५ इतिहासिक लेखहरू, २१ पत्रहरू र प्रकाशितवाक्यको पुस्तक तिनीहरूका भाइहरूका लाभका लागि लेखे। यी प्रेरित् लेखहरूमा, घरबार अर्थात् परमेश्वरको परिवारका अभिषिक्त सदस्यहरूका लागि व्यक्तिगत् रूपमा असल आहार पाइन्छ।
७. दास वर्गबाट थोरै मानिसहरूको एउटा सानो समूह ख्रीष्टले किन छान्नु भयो?
७ सबै अभिषिक्त मसीहीहरू सामूहिक रूपमा परमेश्वरका घरबार हुन् तर एउटा दृश्य सञ्चालक समितिको रूपमा सेवा गर्नका लागि, ख्रीष्टले यो दास श्रेणीबाट मानिसहरूको एउटा सानो संख्या छान्नु भएको प्रशस्त प्रमाण छ। मण्डलीको प्राचीन इतिहास हेर्दा, मत्तियास समेत् १२ प्रेरित्हरू प्रथम शताब्दिका सञ्चालक समितिका प्रथम सदस्यहरू थिए। प्रेरित् १:२०-२६ ले हामीलाई यस विषयमा ज्योति दिन्छ। यहूदा इस्करयोतीको ठाउँमा अर्को मानिसलाई भर्ना गर्ने सम्बन्धमा, यहूदाको “पदाधिकार” र “सेवाको” चर्चा गरिएको छ।
८. प्रथम शताब्दिको सञ्चालक समितिले कुन कुन जिम्मेवारीहरू उठाउनु परेको थिए?
८ प्रेरित्हरूले यस प्रकारको पदाधिकारको प्रयोग, सेवाको कामलाई सङ्गठित् पार्दा र उचित् मानिसहरूलाई विभिन्न काममा नियुक्त गर्दा गर थिये। तर यति मात्र होइन। धर्म शिक्षाहरू र नबुझेका कुराहरू स्पष्ट पार्ने काममा पनि यो पदाधिकारको प्रयोग हुन्थियो। यूहन्ना १६:१३ मा उल्लखित् येशूको प्रतिज्ञाको पूर्तिमा, “सत्यका आत्माले” मसीही मण्डलीलाई सबै सत्यमा बिस्तारै, उन्नतिशील ढङ्गले डोराउने थियो। शुरू देखिनै, वचन ग्रहण गरेर बप्तिस्मा लिएका अभिषिक्त मसीहीहरू “प्रेरित्हरूको शिक्षामा” लागे। “१२ जना” चाहिं “प्रार्थना र प्रचारको काममा” लागी रहन फुर्सत् पाउन सकुन् भनेर, सात जना सिफारिस प्राप्त मानिसहरूलाई भोजन बाँटने काममा नियुक्त गरियो।—प्रेरित् २:४२; ६:१-६.
९. प्राचीन सञ्चालक समितिका सदस्यहरूको संख्या घटेर ११ जना कसरी हुन गयो तर यसलाई तुरन्त १२ किन नपारेको हुनु पर्छ?
९ शुरूमा, सञ्चालक समितिका सदस्यहरू येशूका प्रेरित्हरू मात्र थिए जस्तो देखिन्छ। तर पछि सम्मै, के त्यस्तै प्रबन्ध हुने थियो र? ई. स. ४४ साल तिर, हेरोद अग्रीपाको हुकूम अनुसार, यूहन्नाको भाइ, याकूबको हत्या भयो। (प्रेरित् १२:१, २) तर यहूदाको समयमा गरे झैं, याकूबको ठाउँमा पनि अर्को मानिस भर्ना गर्ने कोशिश गरिएन। किन होला? किनभने याकूब मृत्यु सम्म विश्वासी रहेको हुनाले। साथै, उनी १२ जना प्रेरित्हरू मध्य मर्ने प्रथम व्यक्ति थिए। तर यहूदा एउटा दुष्ट फुटाहा थियो र उसको ठाउँमा अर्को मानिस भर्ना गरेर, आत्मिक इस्राएलका १२ मूल ढुङ्गाहरूको संख्यालाई पूर्ण बनाउनु परेको थियो।—एफिसी २:२०; प्रकाशितवाक्य २१:१४.
१०. पहिला शताब्दिको सञ्चालक समितिका कहिले अनि कसरी बढ़दैयो अनि कसरि यीशु ले यो मार्गदर्शन परमेश्वरको घरमा गरयो?
१० प्रथम शताब्दिको सञ्चालक समितिका प्रारम्भिक सदस्यहरू प्रेरित्हरू थिए। यी मानिसहरू येशू सँग हिड़ेका थिए र उहाँको मृत्य र पुनरूत्थानका साक्षी थिए। (प्रेरित् १:२१, २२) तर यो परिस्थितिमा परिवर्तन आउनु परेको थियो। वषौं बित्दै जाँदा, अरू मसीही पुरूषहरूले पनि अध्यात्मिक परिपक्वता प्राप्त गरे र तिनीहरू पनि यरूशलेमको मण्डलीमा प्राचीन नियुक्त भए। प्राय ई. स. ४९ सम्म, सञ्चालक समिति बढ़दै, त्यसमा बाँकी रहेका प्रेरित्हरू बाहेक यरूशलेमका अन्य प्राचीनहरू पनि समावेश हुन गए। (प्रेरित् १५:२) यसकारण, सञ्चालक समितिको सदस्यता र बनौटबारे कुनै कड़ा रेखा कोरिएको थिएन। तर परमेश्वरले नै उहाँका मानिसहरूको परिस्थिति सँग मिल्दो परिवर्तन गराउनु भयो। मण्डलीको सकृय शिर, ख्रीष्टले नै यो ठूलो सञ्चालक-समिति द्वारा, अन्य जातिहरूबाट आएका मसीहीहरूले मोशाको व्यवस्था पालन गर्दै खतना गर्न आवश्यक छ छैन भन्ने सम्बन्धमा उठेको महत्वपूर्ण विवादको फैसला गरि दिनुभयो। सञ्चालक समितिले आफ्नो फैसला र पालन गर्नु पर्ने अन्य नियमहरू व्यक्त गर्दै पत्र लेखि पठाए।—प्रेरित् १५:२३-२९.
गृह प्रबन्धकबाट लेखा लिने समय
११. भाइहरूले, के सञ्चालक समिति द्वारा आएको दृढ़ अगुवाइको मुल्याङ्कन गरे र यो प्रबन्धलाई यहोवाले आशिष दिनु भयो भनेर कसरी भन्न सकिन्छ?
११ दुवै व्यक्तिगत् र सामूहिक रूपमा, प्राचीन मसीहीहरूले सञ्चालक समितिबाट आएको यो स्पष्ट निर्देशनको मुल्याङ्कन गरे। सिरियाको एनटिओकको मण्डलीलाई सञ्चालक समितिबाट आएको पत्र पढ़ेर सुनाए पछि, त्यसबाट प्रोत्साहित् भएर तिनीहरू धेरै नै हर्षित् भए। अरू मण्डलीहरूमा पनि जसै यो पत्र र त्यसमा भएका आज्ञाहरू पुग्न थाले, तिनीहरू सबै, “विश्वासमा दह्रो हुँदै र गन्तीमा दिनहुँ बढ़दै गए।” (प्रेरित् १६:५) निश्चय, यो प्रबन्धमा परमेश्वरको आशिष छ।—प्रेरित् १५:३०, ३१.
१२, १३. तोड़ाको दुई उखान द्वारा, येशूले कुन्-कुन् घटनाहरू बारे अगमवाणी गर्नु भयो?
१२ तर अब हामी यो महत्वपूर्ण विषयको अर्को भागलाई हेरौं। तोड़ाको उखानमा, येशूले आफूलाई एउटा सम्पन्न मानिस सँग तुलना गर्नु भयो, जो आफ्नो निम्ति राजपद प्राप्त गर्न टाढ़ा देशमा गयो र फर्केर आयो। (लूका १९:११, १२) ई. स. ३३ सालमा, येशू ख्रीष्टको पुनरूत्थान पश्चात् उहाँ परमेश्वरको दाहिने हातमा उच्च हुन भयो र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल, उहाँ त्यहाँ पर्खनु परेको थियो।—प्रेरित् २:३३-३५.
१३ यस्तै एउटा अर्को उखानमा, लामो समय पछि, मालिक फर्केर आफ्ना दासहरू सँग लेखा लिन आयो भनेर येशूले भन्नु भयेको छ। विश्वासी साबित् भएका दासहरूलाई, मालिकले एसो भन्छ: “तैंले थोरै कुरामा इमान देखाइस, अब म तँलाई धेरै कुरामा नियुक्त गर्नेछु। तँ आफ्नो मालिक सँग खुशी हो।” तर अविश्वासी दासको विषयमा मालिकले सबैको सामने एसो भन्छ: “त्यस सँग भएको पनि त्यसबाट खोसिनेछ। औ त्यो बेकम्मा नोकरलाई बाहिरको अँध्यारोमा फालिदेओ।”—मत्ती २५:२१-२३, २९, ३०.
१४. येशूले आफ्ना अभिषिक्त दासहरूबाट के प्रतिक्षा गर्नु भयो?
१४ धेरै समय पछि—प्राय १९ शताब्दि पश्चात्—“अन्य जातिहरूको समयको” अन्तमा, अर्थात् १९१४ मा, येशूले राज्याधिकार प्राप्त गर्नु भयो। (लूका २१:२४) त्यसको थोरै समय पछि उहाँ, आत्माले अभिषिक्त भएका मसीहीहरू सँग “हिसाब” लिन आउनु भयो। (मत्ती २५:१९) येशूले तिनीहरूबाट दुवै सामूहिक र व्यक्तिगतरूपमा कुन कुराको अपेक्षा गर्नु हुन् थियो? प्रथम शताब्दि देखिन् शुरू भएको भण्डारेको काम तिनीहरूले कायम राखेको, येशू देख्न चाहनु हुन् थियो। ख्रीष्टले प्रत्यकलाई “आ-आफ्नो खूबी अनुसार” तोड़ा दिनु भएको थियो। यसकारण, उहाँले प्रत्यकबाट त्यही अनुपातमा हिसाब लिनु हुने थियो। (मत्ती २५:१५) यस सम्बन्धमा, १ कोरिन्थी ४:२ मा उल्लेखित् यो नियम प्रयोग हुन्छ: “कारिन्दाहरूमानै मानिस विश्वासी पाइओस भन्ने चाहिएको छ।” तोड़ाहरू सँग काम गर्नुको अर्थ, विश्वासी भएर परमेश्वरको राजदूत हुनु, चेला बनाउनु र तिनीहरूलाई आत्मिक आहार दिनु हो।—२ कोरिन्थी ५:२०.
अन्तको समय नजीक आउँदा “दास” र त्यसको सञ्चालक समिति
१५. (क) ख्रीष्टले आफ्नो सामूहिक गृह-प्रबन्धकबाट के को आशा राख्नु भयो? (ख) आफ्नो घरबारको निरिक्षण गर्न आउनु भन्दा अघि देखिनै, दास श्रेणीले एसो गरिरहेको ख्रीष्ट चाहनु हुन् थियो भनेर के ले सङ्केत गर्छ?
१५ अभिषिक्त मसीहीहरूले सामूहिक रूपमा एउटा विश्वासी भण्डारेको काम गर्दै, उहाँका घरानालाई “ठीक ठीक समयमा खाना” दिएको येशू चाहनु हुन् थियो। (लूका १२:४२) लूका १२:४३ अनुसार, ख्रीष्टले एसो भन्नु भयो: “धन्य त्यो दास, जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछन्!” यसको अर्थ, आत्माले अभिषिक्त भएका आफ्ना दासहरू सँग हिसाब लिन, येशू आउनु भन्दा केही समय अघि देखिनै, तिनीहरूले मसीही मण्डलीका सदस्यहरूलाई अर्थात् परमेश्वरको घरानालाई आत्मिक आहार बाँटने काम गरिरहेको हुनु पर्छ। १९१४ मा, राज्याधिकार साथ येशू फर्कनु भएर, १९१८ मा परमेश्वरको घरको निरिक्षण गर्नु हुँदा, कसले यसो गरिरहेको भेट्टाउनु भयो?—मलाकी ३:१-४; लूका १९:१२; १ पत्रुस ४:१७.
१६. सन् १९१८ मा, परमेश्वरको घर निरिक्षण गर्न, ख्रीष्ट आउनु हुँदा, मसीही जगत्का गिर्जाहरूले समय अनुसारको आत्मिक आहार बाँटनेकाम गरिरहेका किन भेट्टाउनु भएन?
१६ यहोवाको दाहिने हातमा बसेर येशूले पर्खनु पर्ने लामो समय समाप्त हुनलाग्दा, १९१४ भन्दा अघि देखिन् नै ख्रीष्टका घरबारलाई कसले आत्मिक आहार दिइरहेकोछ भन्ने कुरा बिस्तारै स्पष्ट भयो। के तिनीहरू मसीही जगत्का गिर्जाहरू थिए? पटक्कै थिएनन्, किनभने तिनीहरू राजनीतिमा सम्पूर्णतया डूबेका थिए। तिनीहरू, आफ्ना इलाका फैलाउन् चाहने उपनिवेशकहरूको हातमा हातियार भएर काम गरेका थिए र राष्ट्रीयताको भावनालाई बढ़ावा दिदैं सबैले भन्दा बढ़ी देश भक्ति दर्साउन खोजेका थिए। यसले गर्दा, तिनीहरूमाथि रगतको ठूलो दोष आइ पऱ्यो किनभने तिनीहरूले प्रथम विश्व-युद्धमा भाग लिने राजनैतिक सरकारहरूलाई प्रत्यक्ष रूपमा समर्थन गरेका थिए। अध्यात्मिक दृष्टिकोणबाट पनि, तिनीहरूको विश्वासलाई आधुनिकताले कमजोर पारिदिएको थियो। एउटा आत्मिक समस्या उठ्यो किनभने तिनीहरूका धेरै जसो पादरीहरू विकासवाद र सांसारिक आलोचनाहरूको शिकार भए। मसीही जगतका पादरीहरूबाट कुनै प्रकारको आत्मिक आहार पाउन सकिने भएन!
१७. कुनै कुनै अभिषिक्त मसीहीहरूलाई पनि येशूले किन अस्वीकार गर्नु भयो र यसले गर्दा तिनीहरूले के परिणाम भोग्नु पऱ्यो?
१७ ठीक त्यसरी नै, मालिकको तोड़ाहरू प्रयोगमा ल्याउने काम गर्नुको सट्टा आफ्नै व्यक्तिगत् मुक्तिलाई सर्वप्रथम स्थान दिने अभिषिक्त मसीहीहरूबाट पनि केही आत्मिक आहारको अपेक्षा गर्न सकिएन। तिनीहरू अल्छी भए र मालिकको धन-सम्पत्तिको हेर चाह गर्ने योग्य भएनन्। यसकारण, तिनीहरू बाहिर अन्धकारमा फालिए जुन अवस्थामा आज, मसीही जगतका गिर्जाहरू छन्।—मत्ती २५:२४-३०.
१८. आफ्ना घरबारका सदस्यहरूलाई ठीक ठीक समयमा आत्मिक आहार खुवाउने काम कसले गरिरहेको मालिकले भेट्टाए र यसको प्रमाण के हो?
१८ सन् १९१८ मा, मालिक येशू ख्रीष्ट, आफ्ना दासहरूको निरिक्षण गर्न आउनु हुँदा, ठीक ठीक समयमा उहाँको घरानालाई आहार दिने काम कसले गरिरहेको भेट्टाउनु भयो? स्वयं सोच्नु होस्, सच्चाईको खोजी गर्नेहरूलाई, त्यस बेला सम्म, छुटकाराको बलिदान, ईश्वरीय नाउँ, येशूको अदृश्य आगमन र १९१४को महत्व बारे कसले सही ज्ञान दिइरहेका थिए? त्रिएकको झूठ, प्राणको अमरत्व र नरकको आगो जस्ता शिक्षाहरूको पर्दाफास कसले गरि दिएका थिए? साथै, प्रेतवाद र विकासवाद जस्ता शिक्षाहरूको खतरा बारे कसले चेताउनी दिएका थिए? वास्तविकतामा आधारित् प्रमाण अनुसार, यी सबै कुरा, जायन्स वाचटावर एण्ड हेरल्ड अफ क्राइस्ट्स प्रेजेन्सका [यसलाई आज नेपालीमा यहोवाको राज्यको घोषण गर्ने—प्रहरीधरहरा र अंग्रेजीमा दी वाचटावर अनाउनसीङ्ग जेहोवाज किङ्गडम, भन्छन्] प्रकाशकहरू सँग सम्बन्धित् अभिषिक्त मसीहीहरूको समूहले गरि रहेको थिए।
१९. १९१८ भन्दा अघि देखिनै एउटा विश्वासी दास कसरी देखा परेको थियो र कुन् माध्यम द्वारा त्यसले आत्मिक आहारको वितरण गरेको थियो र कहिले देखिन्?
१९ नवम्बर १, १९४४ को अङ्कमा, दी वाचटावरले एसो भनेकोछ: “१९१८ मा, अथवा प्रभु मन्दिरमा आउनु भन्दा ४० वर्ष अघि, अर्थात् १८७८ मै, साँचो हृदय भएका अभिषिक्त मसीहीहरू थिए जसले आफूलाई पादरीहरूको राज्य र सङ्गठनबाट अलग गरि सकेका थिए र मसीही धर्म अनुसार हिड़न चाहन्थे। . . . आगामी साल, अर्थात् १८७९ मा, परमेश्वरले ख्रीष्ट द्वारा ‘ठीक ठीक समयमा’ दिनु भएको ‘खाना’ उहाँका घरबारका सम्पूर्ण सन्तानमा वितरण हुन सकोस् भनेर यो पत्रिका, दी वाचटावर प्रकाशित् हुन थाल्यो।”
२०. (क) वर्तमान सञ्चालक समितिको सृजना कसरी भयो? (ख) सञ्चालक समितिका सदस्यहरूले के गर्ने गर्थे र कसको निर्देशन अन्तर्गत्?
२० वर्तमान सञ्चालक समितिको विकास बारे जानकारी दिने सिलसिलामा, दी वाचटावर, १९७१, दिसम्बर १५ को अङ्कले एसो भनेकोछ: “पाँच वर्ष पश्चात् [१८८४ मा] जायन्स वाचटावर ट्रेक्ट सोसाइटी (Zion’s Watch Tower Tract Society) निगममा संयोजित् भयेर, परमेश्वरलाई चिन्न र उहाँको वचन बुझ्न चाहने हजारौं मानिसहरूलाई आत्मिक आहार दिने माध्यमको काम गर्न थाल्यो . . .। पेनिसिलवेन्यिमा स्थित् यसको प्रमुख कार्यलय सँग बप्तिस्मा लिएका अभिषिक्त मसीहीहरू सम्बन्धित् भए। निर्देशकहरूको मण्डलमा सामिल भए पनि अथवा न भए पनि, यिनीहरू ‘विश्वासी र बुद्धिमान दासले’ गर्नु पर्ने विशेष सेवा गर्नका लागि अग्रसर भए। तिनीहरूले खुवाउने र निर्देशन दिने काममा, दास वर्गलाई सहायता दिने गरे र यस प्रकार एउटा सञ्चालक समितिको सृजना भयो। यो निश्चय नै यहोवाको पवित्र आत्मा अथवा अदृश्य सकृय शक्तिको र मसीही मण्डलीको शिर, येशू ख्रीष्टको निर्देशन अनुसार भएको हो।”
२१. (क) ख्रीष्टले कसलाई आत्मिक आहार वितरण गर्ने काममा लागिरहेको भेट्टाउनु भयो र तिनीहरूलाई उहाँले के इनाम दिनु भयो? (ख) विश्वासी दास र त्यसको सञ्चालक समिति केका लागि तैयार भए?
२१ सन् १९१८ मा, येशूले उहाँका दास हुने दावी गर्नेहरूको निरिक्षण गर्नु हुँदा, दुवै मण्डली भित्र र बाहिर प्रचारमा काम आउने बाइबलका सत्य कुराहरूको प्रकाश गरि रहेका मसीहीहरूको एउटा अन्तरराष्ट्रिय समूह उहाँले फेला पार्नु भयो। १९१९ मा ख्रीष्टले भन्नु भए झैं भयो: “धन्य त्यो नोकर, जसलाई त्यसको मालिकले आएर त्यसै गरि रहेको भेट्टाउनेछ। म तिमीहरूलाई साँच्चै भन्दछु, उसले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि नियुक्त गर्नेछ।” (मत्ती २४:४६, ४७) यी साँचो मसीहीहरूले वास्तवमा आफ्नो मालिकको आनन्दमा भाग लिन पाए। “थोरै कुरामा विश्वासी भएको” हुनाले, मालिकले तिनीहरूलाई “धेरै कुरामा नियुक्त” गरे। (मत्ती २५:२१) विश्वासी दास र त्यसको सञ्चालक समिति ठीक ठाउँमा, अझ विशाल जिम्मेवारी उठाउन तैयार थिए। यसका लागि हामी पनि कति खुशी हुन सक्छौं किनभने विश्वासी र बुद्धिमान दासको भक्त सेवाबाट आज वफादार मसीहीहरूले प्रशस्त लाभ उठाइरहेका छन्! (w90 3/15)
सम्झनु पर्ने मुख्य आशयहरू
◻ परमेश्वरको घरानाको सिर को हुनु हुन्छ र उहाँले फेरि कसलाई अधिकार दिनु भएर नियुक्त गर्नु भएको छ?
◻ ख्रीष्टले दास वर्गलाई सामूहिक रूपमा के काम जिम्मा लगाउनु भयो?
◻ दास वर्ग भित्र अर्को कुन् मण्डलको अस्तित्व थियो र त्यसका विशेष कर्त्तव्यहरू के थिए?
◻ परमेश्वरको घरबारको निरिक्षण गर्न ख्रीष्ट आउनु हुँदा, त्यसका सदस्यहरूलाई आत्मिक आहार कसले दिइरहेको थियो?
◻ आधुनिक समयको सञ्चालक समितिको सृजना कसरी भयो?
[पृष्ठमा भएको चित्र]
प्रथम शताब्दिका “दासको” एउटा सञ्चालक समिति थियो जसमा प्रेरित्हरू र यरूशलेम मण्डलीका प्राचीनहरू सदस्य थिए