प्रतिज्ञा गरिएका देशका केहि दृश्यहरू
त्यो यदर्न जसबारे तपाईंलाई जानकारी न होला
यर्दन उपत्यकाको नाउँ लिना साथै, परिचित् दृश्यहरूको समझना तपाईंलाई होला: उदाहरणका लागि, यो उपत्याकाको पानी सुकेको बेलामा, इस्राएलीहरूले यहोशूको अगुवाईमा, यिरीहो निर यस उपत्यकालाई पारगरेका थिए। यसैको पानीमा, नामानले आफ्नो कोढ़ निको पार्न, सात चोटी स्नान गरेको थियो। धेरै यहूदीहरू र पछि, येशू पनि, यूहन्नाबाट बप्तिस्मा लिन, यही ठाउँमा आएका थिए।—यहोशू ३:५-१७; २ राजा ५:१०-१४; मत्ती ३:३-५, १३.
निस्सन्देह, यी प्रसिद्ध घटनाहरू सबै यर्दनको लामो र सबै भन्दा परिचित भागमा घटेका थिए, अर्थात्, गालिलको समुद्रको दक्षिण र तल डेड सी तर्फ जाने बाटोमा। तर परमेश्वरको वचनका लगनशील विद्यार्थीहरूले, यर्दनको एउटा अर्को भागमा ध्यान दिन बिर्सेलान्—र त्यो भाग, यो नदीको उत्तरी खण्ड र त्यसको वरिपरिको इलाका हो। मानचित्रमा हेर्नुहोस्।a बीचको तल्लो क्षेत्र, ग्रेट रिफ्ट भ्याली (फाटो परेको महा उपत्यका) हो। यो भाग, सिरिया देखिन् अफ्रिका सम्म फैलिने, एउटा भूतात्त्विक फल्ट (पृथ्वीका पत्रहरू सरेर माथिल्लो तहमा पर्ने चिरो) हो।
उच्च हरमन पर्वत्को हिउँबाट बगेर आउने तीन वटा खोलाहरू, यर्दन नदीका मुख्य स्रोतहरू हुन्। (यहाँ देखाइएको) पूर्व पट्टीको खोला, पर्वतको बेंसी देखिन्, एउटा चून-पत्थरको चट्टानबाट बगेर निस्कन्छ। यसैको नजीकमा, सिजरीयाको फिलिप्पी भन्ने ठाउँ थियो। “एउटा उच्च पर्वतमा” येशूको रूप परिवर्तन हुनु भन्दा केही समय अघि, उहाँ यस इलाकामा जानु भएको कुरा तपाईंलाई यादै होला। (मत्ती १६:१३–१७:२) अर्को खोला त्यो ढिस्कोबाट बग्छ, जुन ढिस्को माथि दानको शहरको निर्माण भएको थियो र जहाँ उत्तरी राज्यका इस्राएलीहरूले एउटा सुनको बाछा पनि खड़ा गरेका थिए। (न्याय १८:२७-३१; १ राजा १२:२५-३०) तेस्रो खोलाका पानीहरू यी दुई खोलाहरू सँग मिलेर यर्दन नदी हुन्छ। सात मीलमा, यो नदी हजार फीट तल झर्छ।
त्यस पछि, यो उपत्यका, हुला बेसिन अर्थात् हुलाको जलाशयमा पुगेर फिजिन्छ र यसले गर्दा, यर्दनका पानीहरू फैलिएर एउटा चौड़ा दलदलको सृजना हुन्छ। प्राचीन समयमा, यहाँको धेरै जसो पानी हुलाको छिछलो ताल जम्मा हुन्थियो। तर आज त्यहाँ हुलाको ताल छँदैछैन किनभने हालसालैमा, यर्दनको माथिल्लो भागलाई सोझो पार्नका लागि, दलदलबाट पानी बाहिर लैजाने कुलोहरू खनियो र तालको निकासलाई पनि अझ गहिरो पारियो। यसकारण, यस इलाकाको मानचित्रमा तपाईंले गालिलको समुद्रको उत्तरी खण्डमा एउटा ताल (हुला) देख्नु भयो भने, यस इलाकाको वर्तमान होइन, प्राचीन अवस्थाको यो एउटा मानचित्र हो भनेर तपाईंलाई थाह हुनेछ।
तर तपाईं त्यहाँ स्वयँ जानु भयो भने, वेग्लै छुट्याएर राखेको एउटा उद्यान देख्नु हुनेछ, जहाँ प्राचीन बाइबलको समयमा यो इलाका कस्तो थियो भन्ने अन्दाज तपाईंले पाउन सक्नु हुनेछ। त्यस बेला, यो इलाका पेपिरस र अन्य प्रकारको निगालोको जङ्गल थियो।—अय्यूब ८:११.
यो इलाकामा विभिन्न प्रकारका चरा-चुरूङ्गीहरू आउने जाने गरिरहन्थे। सारस, बकुल्लो, ढुक्कुर र अन्य प्रकारका पानीचरोहरू प्रशस्त मात्राम पाईन्थिए। यसको एउटा कारण, यूरोप र अफ्रीका बीच भ्रमण गर्ने चराहरूका लागि, यहाँको दलदल र पोखरी, आराम गर्ने एउटा धेरै नै सुहाउँदो स्थान थियो। (व्यवस्था १४:१८; भजन १०२:६; यर्मिया ८:७) यहाँ बास गर्ने अरू प्राणीहरू जताततै देखा नपरेता पनि, तिनीहरूको उपस्थितिले गर्दा हुला बेसिन भएर यात्रा गर्न खतरनाक थियो। ती जानवरहरू मध्य सिंह, जलगैड़ा, ब्वाँसो र बँदेल थिए। (अय्यूब ४०:१५-२४; यर्मिया ४९:१९; ५०:४४; हबकूक १:८) कुनै बेलामा, यहाँ लामुखुट्टे द्वारा आउने औल रोग पनि निकै नै प्रचलित् थियो, र बाइबलमा उल्लेखित् जरोहरूमा औलको जरो पनि हुनु पर्छ।
अवश्य, यो दलदले क्षेत्रको छेउबाट, व्यक्तिगत यात्रीहरू साथै ठूला-ठूला यात्रीसमूहहरू पनि जाने गरथिए होलान्। तर गालीलको समुद्रको उत्तरी उपत्यकामा, तिनीहरूले यर्दन नदी कुन ठाउँबाट पार गरथिए?
गालीलको समुद्रको छेउमा आग्नेय चट्टानहरू थिए। यी चट्टानहरू बाँध जस्तो भएको हुनाकारण, हुलाको तालमा पानी जम्मा हुन्थियो। ती चट्टानहरूको केही भाग तपाईं पाना १६मा देख्न सक्नुहुन्छ। यहाँबाट यर्दन जोर सित तल दक्षिण, गालीलको समुद्र (टाढ़ा देख्न सकिन्छ) तिर बेग सित बग्दै जाँदा, पानी सेतो देखिन् थियो। निस्सन्देह, यो गहिरो खोंचमा तल झरेर यर्दनको वेगसित बग्ने पानीहरूलाई पार तर्न, प्राचीन यात्रीहरूका लागि खतरनाक हुनथियो होला।
हुला बेसिनको दलदल र खोंचको बीचमा, केही दूरी सम्मका लागि, पानी समतल भूमिमाथि, शान्त भएर बग्थियो। यसै ठाउँमा, प्राचीन यात्रीहरूले यो नदीलाई सुरक्षित् ढँङ्गमा पार गर्न सक्थिए र यो ठाउँ नै प्रतिज्ञाको देशमा आउने जाने गर्ने, व्यापारको मुख्य बाटोको एउटा भाग हुन गयो। हाल यस ठाउँमा एउटा पुल छ र आज पनि, यर्दन पारगर्ने, यो एउटा मुख्य स्थान हो।
आज हुला बेसिन खेतीपाती गर्ने एउटा उर्वरा इलाका भएको छ; त्यहाँ माछा-पोखरीहरू पनि छन्। यो जम्मै, यर्दन नदीको यस क्षेत्रमा बग्ने प्रशस्त पानीहरूले गर्दा सम्भव भएको हो। (w90 7/1)
[फुटनोट]
a यहोवाका साक्षीहरूको १९९० को तिथि-पत्रमा दिइएको नक्सा र ठूलो मान-चित्र सँग तुलना गर्नु होस्।
[पृष्ठमा भएको नक्सा]
हुला
गालीलको समुद्र