परमेश्वरले जे गर्नु भएको छ के तपाईं त्यसको मुल्यांकन गर्नु हुन्छ?
“कोही म पछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो शूली उठाएर मेरो पछि लागोस्।”—लूका ९:२३ (न्यू वर्ल्ड)
१. परमेश्वरले प्रदान गर्नुभएको केही अद्भुत वरदानहरू के के हुन्?
परमेश्वर प्रति हामीहरू आफ्नो जीवन सित नै ऋणी छौं। उहाँले मानव जातिको सृष्टि नगर्नु भएता हामीहरू जन्मिने थिएनौं। तर परमेश्वरले जीवन भन्दा अझ बढ़ी सृष्टि गर्नुभयो। उहाँले हामीलाई यस्तो बनाउनु भयो कि हामी धेरै चीजहरू बाट आनन्द उठाउनु सक्छौं खानाको स्वाद, सौर्य किरणको न्यानोपन, संगीतको ध्वनि, वस्न्त ऋतुको ताजगी, प्रेमको कोमलपन। यस अतिरिक्त, उहाँ बारे सिक्न भनि चाहनागर्नु परमेश्वरले हामीहरूलाई मन दिनुभयो। भलो परामर्श साथै, आनन्दमय जीवन विताउन् भनि उहाँको धार्मिक नयां संसारमा जीवन विताउन सक्ने आशा दिने पुस्तक, बाइबलको प्रेरणा उहाँले दिनु भयो। परमेश्वरले हाम्रो निम्ति उहाँको पवित्र आत्मा, स्थानिय मंडलीको सहयोग र उहाँको सेवामा हामीहरूलाई बलियो रहन मद्द दिने मायालु, पाको भाई तथा बहिनीहरू को व्यवस्था पनि गर्नुभएको छ।—उत्पत्ति १:१, २६-२८; २ तिमोथी ३:१५-१७; हिब्रू १०:२४, २५; याकूब ५:१४, १५.
२. (क) परमेश्वरले हाम्रो निम्ति गर्नु भएको सर्वोतकृष्ट थोक के हो? (ख) काम द्वारा के हामीले मुक्ति कमाउन सक्छौं?
२ यी सबै कुराहरूमा थप्दै, “मुक्ति-मुल्य बाट उद्धार” को व्यवस्था तथा हामीबाट हाम्रो परम पिताले के चाहनु हुन्छ भन्ने कुरा वारे शिक्षा दिन परमेश्वरले आफ्नो पहिलौटो पुत्रलाई हामी कहां पठाउनु भयो। (एफिसी १:७; रोमी ५:१८) त्यो पुत्र येशू मसीह, ले भन्नु भयोः “किन भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनु भयो, उहाँ माथि विश्वासगर्ने प्रत्येक नाश नहोस्, तर अनन्त जीवन पाओस्।” (यूहन्ना ३:१६ किङ्ग जेम्स वर्शन.) त्यस छुड़ौतीको मूल्य द्वारा हुन गएको उद्धार यति अमूल्य छ कि त्यसलाई आर्जन गर्ने कुनै तरिका छैन, निश्वयनै, न ता मोशा द्वारा को व्यवस्था अन्तर्गत कार्य गर्नाले हुनेथ्यो। तसर्थ, प्रेरित पावलले लेखेः “तापनि येशु ख्रीष्ट माथिको विश्वास बाहेक व्यवस्थाका कामबाट मानिस धर्मी ठहरिंदैन।”—गलाती २:१६; रोमी ३:२०-२४.
विश्वास र कामहरू
३. विश्वास अनि काम वारे याकूबले के भन्नु भयो?
३ विश्वासबाट उद्धार पाईन्छ तर विश्वास तथा परमेश्वरले हाम्रा निम्ति गरिदिनु भएको प्रति मूल्यांकनले हामीहरूलाई काम तर्फ उत्प्रेरित गर्नु पर्छ। त्यस्ता कामहरू गर्न उत्प्रेरित हुनुपर्छ जुन कामले हाम्रा विश्वासलाई प्रदर्शन गर्नेछ। येशू मसीहका भाई याकूबले लेख्नु भयोः “विश्वास पनि काम रहित छ भनेता स्वयं मरेको तुल्य हुन्छ।” उनले अझ भनेः “तैंले गरेका कामहरू बाहेकको तेरो विश्वास मलाई देखा, र म मेरो विश्वास, मेरा कामहरूद्वारा तँलाई देखाउँला।” याकूबले देखाउनु भयो कि भुतात्माहरूले पनि “विश्वास गर्छन र थरथर कामछन्,” तर तिनीहरूले ईश्वरीय काम गर्दैनन। अब्रहाम को चाहिं दुवै विश्वास तथा कामहरू थियो। “विश्वासले उनका कामको साथसाथ काम गरेको, र कामैबाट विश्वास सिद्ध भएको तँ देख्तछस्।” याकूबले दोहोऱ्याएः “काम विनाको विश्वास मरेको हुन्छ।”—याकूब २:१७-२६.
४. येशूलाई पछ्याउने इच्छा गर्नेहरूले के गर्नु पर्छ भनेर उहाँले भन्नुभयो?
४ ठीक कार्यको महत्व देखांउदै येशू मसीहले पनि भन्नुभयोः “तिमीहरू को ज्योति मानिसहरू का सामु चम्कोस्, र तिनीहरू ले तिमीहरू का सुकर्म देखून, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” “कोही म पछि आउने इच्छागर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो सूली उठाएर मेरो पछि लागोस्।”a यदि हामीले निजलाई “त्याग्यौं” भने आफ्ना धेरै अभिरूचिहरू पनि त्याग्छौं। हामी यो कुरा मानी लिन्छौं कि परमेश्वर प्रति सबै चीजको निम्ति हामी ऋणी छौं, त्यस कारण हामीहरू निजलाई उहांको दासको रूपमा परमेश्वरलाई दिन्छौं, येशू मसीहले गर्नुभए जस्तो सिक्न र उहांको इच्छा गर्न उत्सुक हुन्छौं।—मत्ती ५:१६; लूका ९:२३; यूहन्ना ६:३८.
प्राणहरू माथि असर पार्छ
५. (क) हाम्रो जीवनको समस्त पद्धतिलाई प्रभाव पार्नु पर्ने कुन कुरोलाई पत्रुसले देखाए? (ख) कस्ता असल कामहरू उहाँले सिफारीश गर्नुभयो?
५ पत्रुसले देखाउनु भयो कि हाम्रा निम्ति चढाएको येशू मसीहको “बहुमूल्य रगत” यति बहुमूल्य छ कि त्यस प्रति मूल्यांकन हाम्रो सम्पूर्ण जीवन पद्धतिमा देखिनु पर्छ। हाम्रो मूल्यांकनले हामीहरूलाई गर्न लगाउनु पर्ने धेरै थोकहरू प्रेरितले सूचिमा राख्नु हुन्छ। उहांले सल्लाह दिएः “सबै दुष्टता त्याग।” “छलरहितको आत्मिक दूधको तृष्णा गर।” “अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठताको तिमीहरू घोषणा गर।” (न्यू व) “खराबीबाट फर्केर असल पछि लाग।” “तिमीहरूमा भएको आशाको कारण तिमीहरू सँग सोध्नेहरू हरेकलाई जवाफ दिन, त्यही पनि नम्रता र डर सँग सधैं तयार भइरहो।” “तिमीहरूको शरीरको बाँकी समय फेरि मानिसको अभिलाषामा होइन, तर परमेश्वरको इच्छामा बिताओ।”—१ पत्रुस १:१९; २:१, २, ९; ३:११, १५; ४:२.
६. (क) पहिलो शताब्दीका मसीहीहरूले आफ्नो विश्वास कसरी प्रदर्शन गरे? (ख) यसले हाम्रो निम्ति के उदाहरण राख्नु पर्छ?।
६ प्रथम शताब्दीका मसीहीहरूको जीवन, उनीहरूको विश्वास माथि आधारित थियो। त्यसले उनीहरूको विचार, दृष्टिकोण र व्यक्तित्वलाई बदली गऱ्यो जसद्वारा उनीहरूले आफ्ना जीवन परमेश्वरको इच्छा अनुसार ल्याउन सके। उनीहरूले आफ्ना विश्वास भंगगर्ने बदलामा निवार्सन, ढुंगा-मुडा, पिटाई, कैद र मृत्यु पनि सामना गरे। (प्रेरित ७:५८-६०; ८:१; १४:१९; १६:२२; १ कोरिन्थी ६:९-११; एफिसी ४:२२-२४; कलस्सी ४:३; फिलेमोन ९, १०) ई. स. ५६ तिर जन्मेको रोमी इतिहासकार टेचिटस को भनाई थियो, कि “रातको बेला बत्तीको काम गर्न मसीहीहरूलाई आगोमा फालि जलाइन्थ्यो।” तैपनि, उनीहरू डगमगाएनन्!—दी एल्स, किताब XV पाराग्राफ ४४।
७. केहीले आफूलाई के अवस्थामा पाउँछन?
७ केही मण्डलीहरू मा मानिसहरू सायद पाउछौं जो वषौं देखि सभाहरू मा उपस्थित हुन्थे। उनीहरू परमेश्वर यहोवाको संस्थालाई प्रेम गर्छन, आफ्ना परिचित व्यक्तिहरू मध्ये सबै भन्दा असल व्यक्ति यहोवाका साक्षीहरू हुन भनि मान्छन, सच्चाई वारे असल कुरा अरूहरूलाई सुनाउछन र सच्चाईको समर्थन र पक्षमा अरूहरू सित लडछन् पनि। तर उनीहरूलाई केही चीजले अघि बढनबाट रोक्छ। प्रथम शताब्दी पेन्तीकोसको दिनमा ३००० व्यक्तिहरूले चालेको असल पाईला उनीहरूले उठाएका छैनन जसवारे त्यस विश्वासी इथियोपीले सोध-पूछ गरे, वा येशु सांच्चैनै मसीह थियो भनि बुझे पछि शाउललाई अनानियसले उठाउनु पर्ने कदम बारे सम्झाए। (प्रेरित २: ४१; ८: ३६; २२: १६) यस्ता व्यक्तिहरू मा आज के को कमी छ ता? यिनीहरूले बाइबलमा उल्लेख “सफा विवेकको लागि परमेश्वरलाई विन्ति” माग्ने कदम किन उठाएका छैनन? (१ पत्रुस ३: २१) तपाईंले आफुलाई यस परिस्थितिमा पाउनु हुन्छ भने—सच्चाई वारे ज्ञान हुने तर त्यस वारे केही गर्न बाट हिचकिचाउनु हुन्छ भने—यो लेख यहांको निम्ति विशेष प्रेम द्वारा उत्प्रेरित भई तैयार गरिएको हो भनि ठान्नु होस्।
बप्तिस्माको बाटोमा आइपर्ने बाधाहरू पार गर्ने
८. यदि तपाईं कहिल्यै पनि राम्रो विद्यार्थी हुनसक्नु भएन भने, तपाईंले चाल्नु पर्ने बुद्धिमत्ताको बाटो अब के हुनेछ?
८ यहांले निर्णय गर्दा कस्तो बाधाहरू आई पर्ला? अघिल्लो लेखबाट देख्यौं कि केही व्यक्तिहरूलाई व्यक्तिगत अध्ययनगर्न गाह्रो पर्छ। परमेश्वरले हामीहरूलाई प्रशंसा योग्य मन दिनु भएको छ, र उहां चाहनु हुन्छ कि हामी यसलाई उहांको सेवा गर्नमा प्रयोग गरौं। केही निरक्षर व्यक्तिहरूले परमेश्वर तथा उहांको उद्देश्यहरू वारे अझ बढी सिक्नको निम्ति लेख्न र पढ्न सिके। तपाईंले चाहिं नि ता? पढ्न आउंछ भने बेरूईहरू जस्तो सांच्चै नै अध्ययन गर्नु हुन्छ, जसले “दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे” ति कुराहरू ठीक हुन कि होइनन् भनि पत्ता लगाउन? के तपाईंले सच्चाईको “चौडाई, लम्बाई, उँचाई र गहिराई” बुझ्ने कोशिश गर्न भएको छ? के तपाईंले परमेश्वरको वचनमा खनि, गहिरो जानु भएको छ? त्यो कत्ति अद्भुत र उत्तेजनापूर्ण छ भनि पत्ता लगाउनु भएको छ? परमेश्वरको इच्छा बुझ्न के तपाईंले एउटा सच्चा इच्छा निजमा उत्पन्न गर्न भएको छ? तपाईंमा सच्चाईको निम्ति शुद्ध भोक छ?—प्रेरित १७:१०, ११; एफिसी ३:१८.
९. यदि मण्डलीमा कसैसंग तपाईंको अनबन छ भने के गरेमा ठीक हुने छ?
९ धेरै चोटि कुनै व्यक्तिको त्यसै मण्डलीको अर्को व्यक्ति सित भएको एउटा वास्तविक वा काल्पनिक समस्याले बप्तिस्मा तर्फको बाटोमा वाधा भई खडा हुन्छ। के कसैले तपाईंलाई गम्भीर रूपले दुःखी तुल्याएको छ? त्यसो भए, येशू मसीहले दिनु भएको परामर्श अपनाउनु होस्: “तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ।” (मत्ती १८:१५) तपाईं शायद छक्क पर्नु होला कि त्यस व्यक्तिलाई थाहा पनि थिएन कि तपाईंको चित्त दुखेको थियो भनेर। तर यदि उहांलाई थाहा भएता पनि, तपाईंले ‘तिम्रो भाइलाई आफ्नो गरायौ’, जसै येशू मसीहले भन्नु भयो। अर्कोलाई ठोकरको कारण हुनबाट तपाईंले त्यस भाइलाई बचाउनु पनि सक्नु हुनेछ। यस अतिरिक्त यो सोच्दा तपाईंले कसको सेवा गर्नु हुँदै छ—त्यो व्यक्तिको कि परमेश्वरको? परमेश्वर प्रति तपाईंको प्रेम के यत्ति सीमित छ कि यस प्रेममा कुनै असिद्ध मानिसको त्रुटिले वाधा दिनु सक्छ?
१०, ११. केही गोप्य पापले तपाईंलाई रोकी रहेको छ भने तपाईंले के गर्नु पऱ्यो?
१० एउटा गोप्य पापले पनि कुनै व्यक्तिलाई बप्तिस्मा बाट रोक्न सक्छ। यो कुनै बितेको समयमा भएको कुरा हुन सक्छ वा हाल चली आईरहेको गलत बानी। यदि यस्ता समस्या यहांको सामुन्ने छ भने के यी कुराहरूलाई ठीकगर्न यही उचित समय होइन र? (१ कोरिन्थी ७: २९-३१) यहोवाका धेरै व्यक्तिहरूले आफ्ना जीवनमा परिवर्तन ल्याउनु पऱ्यो। बाइबलले भन्छः “यसकारण, पश्चाताप गर्नुहोस्, र फर्कनुहोस्, र तपाईंहरूका पाप मेटिओस्, औ प्रभुका उपस्थितिबाट आरामको समय आओस्।”—प्रेरित ३:१९.
११ बितेका समयमा तपाईंले जसो गर्नु भएता पनि, तपाईंले पश्चाताप र आफूलाई परिवर्तनगर्न सक्नु हुन्छ र परमेश्वरको क्षमा माग्न सक्नु हुन्छ। “यसकारण, पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयम द्वारा वशमा राख, व्यभिचार, अशुद्धपना, उद्वेग, खराब इच्छा . . . पूरानो मनुष्यत्वलाई त्यसका कामहरू समेत तिमीहरूले त्यागेर, नयां चोला घारण गरेर आफूलाई सृष्टिगर्ने को रूप जस्तै भएर पूरा ज्ञानमा परिवर्तन गर।” तपाईंले आफ्नो जीवन परमेश्वरको मार्गको ढांचामा ढाल्नु सक्नु हुनेछ, एउटा स्वच्छ अन्तःस्करणको आनन्द उठाउन सक्नु हुनेछ र उहांको धार्मिक नयां व्यवस्थामा अनन्त जीवन प्राप्तगर्ने आशा पनि पाउन सक्नु हुनेछ। के यी कुराहरू जस्तो सुकै प्रयासको मूल्य सरह होइनन्?—कलस्सी ३:५-१०; यशैया १:१६, १८; १ कोरिन्थी ६:९-११; हिब्रू ९:१४.
१२. यदि चुरोट, मद्यको दुरूपयोग, अन्यथा लागु पदार्थको सेवन, तपाईं अनि एउटा शुद्ध विवेक वीच खडा छ भने तपाईंले के गर्नु पऱ्यो?
१२ के चुरोट सेवन, रक्सी-जाड बढी पीउने बानी वा लागु पदार्थको प्रयोग, तपाईं र एउटा स्वच्छ अन्तःस्करणको बीचमा बाधा भई खडा हुन्छ? के यस्ता जीवन-घातक बानीहरूले परमेश्वरले दिनु भएको जीवन जस्ता अद्भुत वरदान प्रति अनादर देखाउंदैन र? यदि यस्ता बानीहरू हाम्रो मार्गमा वाधाको रूपमा खडा छन भने, निश्चयनै यी सबैलाई सुधार्ने समय आजै नै हो। के यी खराब बानीहरू हाम्रो जीवनको मूल्य सरह छन र? प्रेरित पावलले भनेः “यसकारण हे प्रिय हो, यी प्रतिज्ञा भएका हुनाले, शरीर र आत्माका सबै किसिमका अशुद्धपनाबाट आफैलाई शुद्ध पारौं, औ परमेश्वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।” यस अनुसार कदम उठांउन के तपाईं परमेश्वरको स्वच्छ र धार्मिक मार्गहरूको अटुट मात्रामा मूल्यांकन गर्नु हुन्छ?b—२ कोरिन्थी ७: १.
भौतिक वस्तुहरू
१३, १४. (क) भौतिक लक्ष्यहरू वारे शास्त्रले के भन्छ? (ख) ईश्वरीय थोकहरूलाई पहिलो स्थान दिनु किन महत्वपूर्ण छ?
१३ आजको संसारले जीवनको सबै भाग अघि, “सफलता तथा उपलब्धि र जीवन निर्वाहको साधनहरू को देखावटी” लाई राख्छ। तर येशू मसीहले “यस जगतको चिन्ता र धनको धोका” लाई ती “कांडाहरू” संग तुलना गर्नुभयो जस्ले आफूमा रहेको वचनलाई निसास्सी दिन्छ। उहाँले सोध्नु भयोः “किनकि सिंगै पृथ्वी प्राप्त गरेर आफ्नो प्राण चाहिं गुमांउछ भने, मानिसलाई के लाभ हुने छ र?”—१ यूहन्ना २:१६; मर्कूस ४:२-८, १८, १९; मत्ती १६:२६.
१४ येशूले देखाउनु भयो कि परमेश्वरले चराहरूलाई आहार पाउन र लिली फूललाई फुल्ने प्रबन्ध गर्नुभयो। तब उहाँले सोध्नु भयोः “तिमीहरू चरा-चुरूंगी भन्दा कत्ति बढी किमती छौ? . . . तिमीहरूलाई परमेश्वरले कति बढी गरी दिनु हुनेछ!” बुद्धिपूर्वक, भौतिक चीज-वस्तु वारे “चिन्तित नहुनु” भनेर येशूले हामीलाई भन्नुभयो। उहाँले भन्नुभयोः “तर पहिले उहाँको राज्य र धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपीने छ।” उहाँले औंल्याउनु भयो हामीले स्वर्गीय कुराहरूलाई प्रथम स्थान दिनुपर्छ किनकी ‘जहां तिम्रो सम्पत्ति हुन्छ, त्यहाँ तिम्रो मन पनि हुने छ।’—लूका १२:२२-३१; मत्ती ६:२०, २१.
परमेश्वरको सहयोग द्वारा ईश्वरीय सेवा
१५. पहिलो शताब्दीका मसीहीहरूका उदाहरणले हामीलाई के असल प्रोत्साहन दिन्छ?
१५ अरूहरूलाई सच्चाईको साक्षी दिनुमा तपाईंलाई केही समस्यहरू उत्पन्न भएको जस्तो लाग्छ? लजाउने बानीले यस कामबाट के यहाँलाई रोक्छ? यसो हो भने, यो कुरा यादगर्नु आवश्यक छ कि प्रथम शताब्दीका मसीहीहरू को पनि आज हाम्रो जस्तै भावना थियो। बुद्धिमान र शक्तिशाली चीजहरू होइनन्, तर “शक्तिशाली कुराहरूलाई शर्ममा पार्न परमेश्वरले संसारका निर्बल कुराहरूलाई चुन्नु भयो।” (१ कोरिन्थी १: २६-२९) शक्तिशाली धर्मगुरूहरूले यी “साधारण” व्यक्तिहरूको विरोध गरि उनीहरूलाई प्रचारको काम रोक्न आदेश दिए। यी मसीहीहरू के गरे? तिनीहरूले प्रार्थना गरे। तिनीहरूले परमेश्वर सित साहस मांगे र उहाँले तिनीहरूलाई त्यो गुण दिनु भयो। फलस्वरूप, तिनीहरूको समाचारले सम्पूर्ण यरूसलेम भऱ्यो र समयमा सारा संसार पनि यसै समाचारको शक्तिले हल्लियो! —प्रेरित ४:१-४, १३, १७, २३, २४, २९-३१; ५: २८, २९; कलस्सी १:२३.
१६. हिब्रूको अध्याय ११ मा वर्णित गरिएको “साक्षीहरूको मेघ” बाट हामीहरू के सिक्छौं?
१६ तसर्थ, हामी र परमेश्वरलाई दिइने सेवाको वीचमा मानिस प्रतिको भय बाधाको रूपमा खडा हुनु भएन। इब्रानी ११ अध्यायले “गवाहीका मेघ” को उल्लेख पाउंछौं, जस्ले मानिसको होइन, तर परमेश्वरको भय राखे। हामीले पनि यस्तै प्रकारको विश्वास देखाउनु पर्छ। प्रेरित पावलले लेख्नु भयोः “यसै कारण हामी पनि यत्तिका गवाहीको मेघले घेरिएका हुनाले, हर किसिमको टन्टा र हामीलाई सजिलै सित अल्मल्याउने पापलाई पन्छाएर, हाम्रा सामनेमा राखी दिएको दौड धीरज संग दौडौं।”—हिब्रू १२:१.
१७. यशैया द्वारा परमेश्वरले के प्रोत्साहन दिनु भयो?
१७ परमेश्वरले उहाँको दासहरूलाई अद्भुत मद्त दिन सक्नुहुन्छ। सारा थोकको सृष्टिकर्ता ले यशैयालाई यसो भन्नु भयोः “यहोवाको बाटो हेर्नेहरूले नविन सार्मथ्य पाउनेछन्। तिनीहरू चीलझैं उँभो उँभो उडनेछन्, र दगुरेर पनि तिनीहरू थाक्ने छैनन्; तिनीहरू हिंडेर जान्छन्, तर क्लान्त हुनेछैनन्।”—यशैया ४०:३१.
१८. प्रचारको काममा भाग लिनुको निम्ति ह्याउ नभएमा, यसलाई कसरी जित्न सकिन्छ?
१८ यहाँको स्थानीय मण्डलीमा देख्नु भएको साहसी तथा आनन्दचित्त भएको साक्षीहरू पृथ्वी भरीको चालीस लाख भन्दा बढी जोशिला सेवकहरूको एउटा सानो भाग मात्र हुन्। येशू मसीहले यी शब्दहरूमा वर्णन गर्नु भएको कार्यमा भाग लिन खुशी र उत्सुक हुन्छनः “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ; तब अन्त हुनेछ।” तपाईं योग्य हुँदा-हुँदै पनि यदि राज्यको प्रचारमा भाग लिन तपाईंलाई समस्या नै हुन्छ भने, सेवकाईमा निपुण एउटा साक्षीलाई उनी संग जाने अन्यथा उनीसंग प्रचारमा भाग लिनु पाउँ भनेर सोधे कसो होला? परमेश्वरले वास्तवमा “शक्ति जुन सामान्य भन्दा महान छ” (न्यू वर्लड) प्रदान गर्नु हुन्छ, र यो ईश्वरीय सेवकाई साँच्चैनै आनन्ददायक पाएको मा तपाईंलाई अचम्म लाग्ने छ।—मत्ती २४:१४; २ कोरिन्थी ४:७; साथै हुर्नुहोस् भजनसंग्रह ५६:११; मत्ती ५:११, १२; फिलिप्पी ४:१३.
१९. आफ्नो चेलाहरूलाई येशूले के सिकाउने काम गर्नु भनेर आज्ञा दिनुभयो?
१९ येशू मसीह चाहनु हुन्छ कि राज्यको सुसमाचारको मूल्यांकन गर्नेहरूले त्यस अनुसार काम पनि गरून्। उहाँले भन्नुभयोः “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाउने, र पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा देओ। जे जे मैले तिमीहरूलाइ आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्न सिकाओ।”—मत्ती २८:१९, २०.
२०. यदि तपाईं अध्यात्मिकतामा अघि बढी रहनु भएको छ भने, आब चाँडै के प्रश्न उचित हुने छ?
२० परमेश्वरबाट पाइने आशिष्, येशू मसीहको “बहुमूल्य रगत” र अनन्त जीवन पाउने महान आशाप्रति तपाईंको मूल्यांकनले तपाईंलाई कार्यतर्फ उत्प्रेरित गर्छ? (१ पत्रुस १:१९) परमेश्वरको धार्मिक मांग तथा सिद्धान्तहरू अनुसार तपाईंले आफ्नो जीवनलाई ढाल्नु भएकोछ? चेला बनाउने काममा यहाँ निरन्तर भाग लिनुहुन्छ? निजलाई त्यागेर आफ्नो जीवन परमेश्वरप्रति समर्पण गर्नुभएको छ? यी सबै प्रश्नहरू प्रति तपाईंको उत्तर एउटा निश्चित ‘हो’ छ भने, तपाईंले आफ्नो मण्डलीका प्राचीन भाईहरू सित त्यही प्रश्न सोध्नु, सायद यो उचित समय हो, जुन प्रश्न विश्वासी इथियोपीले फिलिप सित सोधेः “मलाई बप्तिस्मा लिनबाट के ले रोक्छ?”—प्रेरित ८:३६. (w90 8/1)
[फुटनोटहरु]
a दी न्यू जरूसलेम बाइबल ले यसलाई “निजलाई त्यागोस” अनुवाद गर्छन। जे. बी. फिलिप्सको अनुवाद अनुसार, “निज माथिको सबै अधिकार छोडोस्” पाउँछौं। दी न्यू इंगलिश बाइबल ले “निजलाई पछि छाडोस्” भन्छ।
b यस्ता कुवानीहरू छोड्ने बारे जानकारी, वॅच टावर को निम्न अंकहरू हेर्नुहोस् फेब्रुअरी १, १९८१, पृष्ट ३-१२; जून १, १९७३, पृष्ट ३३६-४३; तथा अवेक! को जुलाई ८, १९८२, पृष्ट ३-१२; मई २२, १९८१, पृष्ट ३-११. यी अंकहरू यहोवा का साक्षीहरू को स्थानीय राज्य सभा गृहमा उपलब्ध हुन सक्छन।
के तपाईंलाई थाहा छ?
◻ परमेश्वर प्रति कृतज्ञ हुन, हाम्रा के विशेष कारणहरू छन?
◻ विश्वास अनि मूल्यांकनले हामीलाई के गर्न प्रेरणा दिनु पर्छ?
◻ हाम्रो अनि परमेश्वरको आज्ञाकारीता वीच के समस्याहरू खडा हुन सक्छन, अनि यस वारे हामी के गर्न सक्छौं?
◻ ज जस्ले अझसम्म बप्तिस्मा लिएका छैनन् उनीहरूले आफैंलाई के प्रश्नहरू सोध्न सक्छन?
[पृष्ठ १३-मा भएको पेटी]
‘मँ कुन प्रकारको “जमीन” हुँ?’
एउटा बिउ छर्न निस्केको मान्छेको उदाहरण येशूले दिनु भयो। केही बिउ बाटोतिर परे, र चरा चुरूङ्गीहरूले आएर ती खाई दिए। औ केही ढुँगेनी जमीनमा परे, जहां धेरै माटो थिएन। ती छिट्टै उम्रे, औ जब घाम लाग्यो, ती ओइलाए। अरूहरू चाहिं काँडाहरूमा परे अनी निसास्सिए। येशूले यी तीन वर्गका मानिसहरूको अर्थ भनेः प्रथम, त्यो व्यक्ति जसले “राज्यको वचन सुन्छ तर बुझदैन;” दोस्रो, त्यो, जस्ले वचनलाई स्वीकार गर्छ तर “कष्ट कि खेदो आउने वित्तिकै ठेस खान्छन”; अनि तेस्रो चाहिं, त्यो हो जस्लाई ‘यस संसारको फिक्री र धन सम्पत्तिको मायाले निसास्सी दिन्छ।”
तर, येशूले असल जमीनमा परेको बिउ वारे पनि भने। उहाँले भनेः “त्यो यो हो जस्ले वचन सुन्छ, र बुझ्दछ र साँच्चै फल फलाउँछ।”—मत्ती १३: ३-८, १८-२३.
हामीले आफैंलाई यो सोधे बढिया होलाः ‘मँ कुन प्रकारको “जमीन” हुँ?’
[पृष्ठ १४-मा भएको पेटी]
तिनीहरू आफ्नो विश्वासको निम्ति मरे
आफ्नो विश्वासलाई भङ्गगर्नु भन्दा बरू मर्ने, यस्ता कुनै व्यक्तिलाई तपाईं चिन्नु हुन्छ? हजारौं यहोवाका साक्षीहरूले त्यसो गरेका छन। डा. क्रिस्टीन इ. किङ्ग ले दी नाजी स्टेट एन्ड दी न्यू रिलिजन्सः फाईभ केस स्टडीज इन न-कन्फरमिटी, मा लेख्नु हुन्छः “हर दुई जर्मन साक्षीहरूमा एक जना कैदमा राखिएका थिए, अनि प्रत्येक चार मा, एउटाले आफ्नो प्राण गुमायो।”
१९४५ मा शिविरको त्रासको अन्त हुँदा, “साक्षीहरूको संख्या बढेको थियो र कुनै समझौता भएको थिएन।” साक्षीहरूको बारे जे. एस. कोनवे ले दी नाजी परसिक्युशन अफ चर्चस मा यो लेखेः “गेस्टापो को जोरको आतंकको सामनामा अरू कुनै सम्प्रदायले ठीक यस्ता संकल्प प्रदर्शन गरेनन्।”
राजनैतिक वा जातले गर्दा यहोवाका साक्षीहरूको सतावट भएको थिएन। उनीहरूको परमेश्वर प्रति प्रेमले गर्दा अनि बाइबल-प्रशिक्षित अन्तःस्करण भंग गर्न अस्वीकार गरेकोले मात्र उनीहरू संताप पाएका थिए।