रोमीहरूले सबै भन्दा उत्तम समाचार पाउँछन्
परमेश्वरको नजरमा एक जना पापी मानिस धर्मी ठहरेर, अनन्त जीवन प्राप्तगर्न सक्ने योग्य कसरी हुनु सक्छ? यो प्रश्नलेगर्दा, ई. स. प्रथम शताव्दिमा, गरमा गरम बहस भयेको थियो। के यसको उत्तर तपाईंलाई थाह छ? तपाईंलाई थाह भए पनि, न भए पनि, यो समस्या बारे, बाइबलमा रोमीहरूको पुस्तकमा, पावललेगर्नु भएको चातुर्यपूर्ण छलफल तपाईंले पढ़नु जरूरी छ। एसो गर्नु भयो भने, विश्वास, कर्त्तव्य, धार्मिकता तथा जीवन बीच के महत्वपूर्ण सम्बन्ध छ भन्ने कुरा बुझ्न तपाईंले मदद पाउनु हुनेछ।
पावल र रोमीहरू
रोमीहरूको पुस्तक, प्राय ई. स. ५६ मा, पावलले रोममा बसोबास गर्ने मसीहीहरूलाई पठाउनु भएको पत्र हो। उहाँले यो पत्र किन लेख्नु भयो? ई. स. ५६ सम्म पावल स्वयं रोममा जानु भएको थिएन। तापनि, उहाँले त्यहाँका धेरै मसीहीहरूलाई चिन्नु हुन थियो जस्तो छ, किनभने उहाँको पत्रमा उहाँले धेरै जनालाई नाम लिएर सम्बोधन गर्नु भएको छ। यस बाहेक, रोमका आफ्ना मसीही भाइहरूलाई प्रोत्साहन दिन, पावल रोममा जान निकै नै उत्सुक हुनुहुनथियो र प्रचारको निम्ति स्पेन तर्फ जाँनु हुँदा, रोममा पनि पस्ने कार्यक्रम बनाउनु भएको जस्तो छ।—रोमी १:११, १२; १५:२२-२४.
तर पावलले यो पत्र लेख्नुको मुख्य उद्देश्य, यो प्रश्नको उत्तर दिनु थियो: मानिसहरूले जीवन तर्फ लैजाने धार्मिकता कसरी प्राप्त गर्न सक्छन्? यसको उत्तर, सबै भन्दा उत्तम समाचार भएर आएकोछ। विश्वासको आधारमा धार्मिकताको मान्यताहुन्छ। पावलले यो कुरा स्थापित् गर्नुहुँदै, आफ्नो पत्रको ध्येय यी शब्दहरूमा व्यक्त गर्नुहुन्छ: “सुसमाचार सँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने हरेकको निम्ति, पहिले यहूदीलाई, अनि ग्रीकलाई पनि, मुक्तिको निम्ति, यो परमेश्वरको शक्ति हो। किनकि परमेश्वरको धार्मिकता विश्वास द्वारा विश्वासकै निम्ति त्यसमा प्रकट गरिन्छ, जसो लेखिएको छ, ‘तर धर्मात्मा चाहिं विश्वासबाटै जिउनेछ।’”—रोमी १:१६, १७.
विश्वास र व्यव्स्था
विश्वासको आधारमा धार्मिकता मानिनेछ भनेर, प्रथम शताब्दिमा सबैले स्वीकार गरेनन्। यो मात्र यथेष्ट छैन भनेर एउटा सकृय अल्पमत्ले ढिप्पी गऱ्यो। आखिर मोशाको व्यवस्था यहोवाले नै दिनु भएको थियो, होइन र? यसकारण, त्यो प्रेरित् व्यवस्थाको अधीनमा नबसीकन, कुनै पनि व्यक्ति धर्मी कसरी ठहरिन सक्छ र? (गलाती ४:९-११, २१; ५:२ हेर्नुहोस्) ई. स. ४९ मा यरूशलेमको संचालक समितिले व्यवस्थाको पालना बारे छलफल गरे पछि, सुसमाचार स्वीकार गर्ने अन्यजातिका मानिसहरूले खतना गर्नु पर्दैन र यहूदी व्यवस्थाको अधीनमा पनि बस्नु पर्दैन भन्ने निष्कर्षमा तिनीहरू आए।—प्रेरित् १५:१, २, २८, २९.
यही महत्वपूर्ण फैसलाको समर्थन गर्नु हुदैं, करिब सात वर्ष पछि, पावलले रोमीहरूलाई यो पत्र पठाउनु भयो। तर उहाँ अझ अघि बढ़नु भयो। व्यवस्था, अन्यजातिबाट आएका मसीहीहरूका लागि मात्र अनावश्यक होइन, तर त्यस प्रति आज्ञाकारी भएर, त्यही व्यवस्था माथि भरोसा गर्ने यहूदीहरू पनि धर्मी ठहरिने छैनन् भनेर पावलले भन्नु भयो।
विश्वास द्वारा धर्मी ठहरिने
रोमीहरूको पुस्तक पढ़दै लैजानुहुँदा, पावलले आफ्नो तर्क, हिब्रू शास्त्र बाट धेरै पटक उद्धरण गर्दै, निपुणता साथ बढ़ाउनु भएको देख्नुहुनेछ। जुन यहूदीहरूलाई उहाँको प्रेरित् शिक्षा अपनाउन गाह्रो हुन सकथियो ती यहूदीहरूकालागि उहाँले प्रेम र चासो प्रकट गर्नु हुन्छ। (रोमी ३:१, २; ९:१-३) तर उहाँले आफ्नो कुरा निर्विवाद तर्क र स्पष्टताका साथ प्रस्तुत गर्नुहुन्छ।
रोमीहरूको पुस्तकको प्रथम अध्याय देखिन् ४ अध्याय सम्म, पावलले हरेक मानिस पापको दोषी छन् भन्ने सत्य कुराबाट शुरू गर्नुहुन्छ। यसकारण, मानिसहरू विश्वासको आधारमा मात्र धर्मी ठहरिन सकिनेछन्। हो, यहूदीहरूले मोशाको व्यवस्थाको पालना द्वारा धर्मी ठहरिने कोशिश गरे। तर तिनीहरू असफल भए। पावल निडर भएर एसो भन्नुहुन्छ: “यहूदीहरू र अन्यजातिकाहरू सबै पापको अधीनमा परेकाछन्।” यो अलोकप्रिय सच्चाईलाई उहाँले शास्त्रका अन्य उद्धरणहरू द्वारा प्रमाणित् गर्नुहुन्छ।—रोमी ३:९.
“व्यवस्थाको कर्म द्वारा कोही पनि धर्मी ठहरिनेछैन” भने, अरू के आशा रह्यो? येशूको बलिदानको आधारमा, परमेश्वरले मानिसहरूलाई सित्तैमा, एउटा वरदानको रूपमा, धर्मी ठहराउनुहुनेछ। (रोमी ३:२०, २४) यो प्रबन्ध बाट लाभ उठाउनकालागि, तिनीहरूले त्यो बलिदानमा विश्वास गर्नु पर्नेछ। विश्वासको आधारमा धर्मी ठहरिने यो शिक्षा, के कुनै नया कुरो हो र? होइन। व्यवस्थाको शुरूआत हुनु भन्दा धेरै नै अघि, अब्राहाम, उसको विश्वासको कारण धर्मी ठहरियो।—रोमी ४:३.
विश्वासको महत्व, पाँचवाँ अध्यायमा स्थापित् गरिसक्नु भए पछि, मसीही विश्वासको आधार बारे पावल छलफल गर्न थाल्नु हुन्छ। यो आधार हुनुहुन्छ येशू, जसको धार्मिकताले गर्दा, उहाँमाथि विश्वास गर्नेहरूबाट आदमको पापको असर मेटिएर जान्छ। यसकारण, मोशाको व्यवस्थाको पालना द्वारा होइन, तर “धार्मिकताको एउटा काम द्वारा, सबै मानिसलाई जीवनको निम्ति धर्मी ठहराउनलाई अनुग्रहको वरदान आयो।”—रोमी ५:१८.
विरोधहरूको प्रत्युत्तर
तर मसीहीहरू व्यवस्थाको अधीनमा छैनन् भने, परमेश्वरको अनुग्रह द्वारा आखिर धर्मी ठहरिन पाईहाल्ने हो भन्दै, बारम्बार पाप गर्न देखिन् तिनीहरूलाई के ले रोक्नेछ र? यो प्रश्नको जवाब, पावलले रोमीको छैटौं अध्यायमा दिनु भएको छ। मसीहीहरू आफ्नो बितेको पापी जीवन-शैलीको निम्ति मरिसकेकाछन्। येशूमा तिनीहरूले पाएका नया जीवनको कारण, तिनीहरू आफ्ना शारीरिक कमजोरीहरू सँग सङ्घर्ष गर्न बाध्य हुन्छन्। “पापले तिमीहरूका नाशमान शरीरमा राज्य नगरोस्।”—रोमी ६:१२.
तर कमसे कम, यहूदीहरूले ता मोशाको व्यवस्था पालन गर्नु पर्ने, होइन र? होइन, भनेर पावलले सातवाँ अध्यायमा राम्रो सँग बुझाइदिनु भएको छ। जसरी पतिको मृत्यु पश्चात्, पत्नी आफ्नो पतिको व्यवस्था बाट मुक्त हुन्छे, त्यसरीनै येशूको मृत्युले पनि विश्वास गर्ने यहूदीहरूलाई व्यवस्थाको अधीनता बाट स्वतन्त्र तुल्याउँदछ। पावल एसो भन्नु हुन्छ: “तिमीहरू पनि ख्रीष्टका शरीरद्वारा व्यवस्थाको लेखि मरेका भयौ।”—रोमी ७:४.
के यसको अर्थ, व्यवस्थामा केही त्रुटि थियो र? पटक्कै थिएन। व्यवस्था सिद्ध थियो। तर असिद्ध मानिसहरूले त्यो व्यवस्था पालन गर्न सकेनन्। “व्यवस्था आत्मिक हो, तर म चाहिं शारीरिक हुँ, र पापमा बेचिएको छु।” भनेर पावलले लेख्नु भयो। एक जना असिद्ध मानिसले परमेश्वरको सिद्ध व्यवस्था पालन गर्न सक्दैन, जसले गर्दा व्यवस्थाले उसलाई दोषी ठहराउँछ। ती “ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन”! अभिषिक्त मसीहीहरू परमेश्वरको आत्मा द्वारा परमेश्वरका धर्म-पुत्र हुन पुगेकाछन्। यहोवाको आत्माले तिनीहरूलाई शरीरको असिद्धताहरू सँग लड़ने मदद दिन्छ। “परमेश्वरका चुनिएकाहरूको विरूद्धमा कसले अभियोग लाउनसक्छ? तिनीहरूलाई धर्मी ठहराउने परमेश्वरनै हुनुहुन्छ।” (रोमी ७:१४; ८:१, ३३) तिनीहरूलाई परमेश्वरको प्रेम बाट कुनै कुराले पनि अलग पार्न सक्नेछैन।
धार्मिकता र शारीरिक यहूदीहरू
व्यवस्थाको अब आवश्यक्ता छैन भने, इस्राएली जातिको के हुने? इस्राएलको पुनःस्थापना बारे गरिएका ती जम्मै अगमवाणीहरूको के हुने? यी प्रश्नहरूको सामना, अध्याय ९ देखिन् १२ सम्म गरिएको छ। इस्राएलबाट एउटा अल्पसंख्या मात्र बाँच्नेछ र परमेश्वरले अन्यजातिहरूलाई आफ्नो ध्यान दिनु हुनेछ भनेर, हिब्रू शास्त्रमा भविष्यद्वाणी गरिएको थियो। यसकारण, यो वाणी अनुसार, इस्राएलको मुक्ति सँग सम्बन्धित् अगमवाणीहरूको पूर्ति, शारीरिक इस्राएलमा होइन, तर मसीही मण्डलीमा हुनेछ, जहाँ केही विश्वासी यहूदीहरूका साथै, असल हृदय हुने अन्यजातिका मानिसहरू पनि एकत्रित भएका छन्।—रोमी १०:१९-२१; ११:१, ५, १७-२४.
धार्मिकताका सिद्धान्तहरू
रोमीहरूको पुस्तकको १२ देखिन् १५ अध्याय सम्म, धर्मी ठहरिएका, अभिषिक्त मसीहीहरूका निम्ति, पावलले केही व्यवहारिक सिद्धान्तहरूको वर्णन गर्नुहुन्छ। उदाहरणका लागि, उहाँले एक ठाउँमा एसो भन्नु भएकोछ: “तिमीहरूको यथोचित सेवाको रूपमा, आफ्ना आफ्ना शरीरलाई, पवित्र र परमेश्वरलाई मनपर्ने, जिउँदो बलिदानगरी दिइहाल। औ यस संसारसित एकै चालका नहोओ, तर तिमीहरूको मनको परिवर्त्तनले तिमीहरू बदलियौ।” (रोमी १२:१, २) हामीले असलको शक्तिमा भरोसा गर्नु पर्छ र खराबीको बदला खराबी गर्नु भएन। “खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाईले जित।” भनेर प्रेरित्ले लेख्नु भयो।—रोमी १२:२१.
पावलको दिनमा, रोम राजनैतिक शक्तिको एउटा केन्द्र थियो। यसकारण, पावलले बुद्धिमानी साथ, मसीहीहरूलाई यो सल्लाह दिनु भयो: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, किनभने परमेश्वर बाहेक अरूको अख्तियार हुँदैन।” (रोमी १३:१) मसीहीहरूको आपसी व्यवहार पनि धार्मिकता अनुसार जीवन बिताउनु पर्ने एउटा भाग हो। “आपसमा प्रेम गर्नु बाहेक कसैको केही कुरामा ऋणी नहोओ, किनभने आफ्नो छिमेकीलाई प्रेम गर्ने [मानिसले] व्यवस्था पूरा गरेको हुन्छ।”—रोमी १३:८.
साथै, मसीहीहरूले एक अर्काको अन्तःकरण प्रति पनि विचारशील हुनु आवश्यक छ र एक अर्काको गुण-दोष हेर्नेमात्र काम गर्नु भएन। पावलले यो प्रोत्साहन दिनु हुन्छ: “यसरी हामी शान्ति हुने र आपसमा सुधार्ने [लाभहुने, न्यु वर्ल्ड ट्रान्सलेसन] कुराको पछि लागौं।” (रोमी १४:१९) एउटा मसीही जीवनको प्रत्यक क्षेत्रमा प्रयोग गर्न सकिने, कति असल उपदेश हो यो! यस पश्चात्, १६ वाँ अध्यायमा, पावलले व्यक्तिगत अभिवादनहरू, प्रोत्साहन र उपदेशका केही अन्तिम शब्दहरूका साथ, आफ्नो पत्र टुङ्गयाउनु हुन्छ।
अभिषिक्त र अरू भेड़ाहरूकालागि
रोमीहरूको पुस्तकमा छलफल गरिएको विषय प्रथम शताब्दिमा महत्वपूर्ण थियो भने, आज हाम्रो पालोमा पनि त्यतिकै महत्वपूर्ण छ। यहोवाका सबै सेवकहरूका लागि, धार्मिकता र अनन्त जीवन विशेष चासोका विषय हुन्। हो, रोमीको पुस्तक विशेषगरि अभिषिक्त मसीहीहरूका लागि लेखिएको थियो। तर आज, धेरै जसो यहोवाका साक्षीहरू, पार्थीव आशा हुने “ठूलो भीड़का” छन्। (प्रकाश ७:९) भएतापनि, यो पत्रमा, यिनीहरूकोलागि पनि गहकिलो सन्देश पाइन्छ। त्यो के हो?
मसीहीहरू विश्वास द्वारा धर्मी ठहरिन्छन् भनेर, रोमीहरूको पुस्तकले प्रमाण पेश गर्दछ। यसरी धर्मी ठहरेर, अभिषिक्त जनहरूले येशूको स्वर्गीय राज्यमा सह-शासक हुने आशा राख्छन्। तर ठूलो भीड़का सदस्यहरू चाहिं, अब्रहाम झैं, “परमेश्वरको मित्र” हुन धर्मी ठहरिन्छन्। (याकूब २:२१-२३) यिनीहरूमा धार्मिकता द्वारा, महा-सङ्कट् पार गर्ने आशा उत्पन्न हुन्छ। तर यो बचावको लागि, अभिषिक्त जनहरूले गरेझैं, यिनीहरूले पनि, येशूको रगतमा विश्वास गर्नु आवश्यक छ। (भजन ३७:११; यूहन्ना १०:१६; प्रकाश ७:९, १४) तसर्थ, रोमीहरूको पुस्तकमा पावलले पेश गर्नु भएका तर्कहरू, अरू भेड़ाहरूका साथै अभिषिक्त जनहरूकालागि अति महत्वपूर्ण छ। र हामी धर्मी ठहरिने सम्बन्धमा, यो पुस्तकमा जे जति असल उपदेश दिइएको छ, त्यो सबै मसीहीहरूका लागि अत्यावश्यक छ।
न्युटन मारशल हल र अर्वीङ्ग फ्रान्सिस वुड नाउँका डाक्टरहरूले सम्पादन गरेका, दी बुक अफ लाइफमा, एसो भनिएको छ: “तर्क र धार्मिक शिक्षाको सन्दर्भमा, पावलको प्रेरित् शिक्षाहरू मध्य, रोमीहरूको पुस्तक श्रेष्ठ हुनु बाहेक, शिष्टाचारयुक्त र विवेकशील पनि छ। . . . यो पत्रको अध्ययनबाट, एउटा मूल्यवान र परिपूर्ण इनाम पाइन्छ।” यो पुस्तक तपाईं स्वयं पढ़ेर हेर्नुहोस् र यसको “सुसमाचारमा” रमाउनुहोस्, किनभने “मुक्तिको निम्ति, . . . यो परमेश्वरको शक्ति” हो।—रोमी १:१६. (w90 8/1)
[पेटी/चित्र]
“परमेश्वर बाहेक अरूको [सांसारिक] अख्तियार हुँदैन।” यसको अर्थ, प्रत्यक शासकलाई परमेश्वरले नियुक्त गर्नु भएको होइन। सांसारिक शासकहरूले शासन गर्ने अनुमति मात्र परमेश्वरबाट पाएकाछन्। धेरै यस्ता परिस्थितिहरू पनि थिए, जहाँ मानव शासकहरू बारे परमेश्वरलाई अग्रिम ज्ञान थियो र तिनीहरू बारे उहाँले अगमवाणी गर्नुभयो र यस प्रकार, तिनीहरू “परमेश्वरबाट खटिएका” भए।—रोमी १३:१.
[पेटी/चित्र]
“येशू ख्रीष्टलाई धारण गर।” भनेर मसीहीहरूलाई आदेश दिइएको छ। यसको अर्थ, तिनीहरूले “शरीरको अभिलाषा पूरा गर्नलाई अघिबाटै तयारी” नगरी, येशूको पाइलामा हिड़दै, आफ्नो जीवनमा शारीरिक कुराहरूलाई भन्दा अध्यात्मिक कुराहरूलाई प्रथम स्थान दिनु हो।—रोमी १३:१४.
[पेटी/चित्र]
“एउटाले अर्कोलाई पवित्र चुम्मनले अभिवादन गर।” भनेर पावलले रोमीहरूलाई भन्नु भयो। तर उहाँले यहाँ कुनै एउटा नया रीति अथवा दस्तूरको स्थापना गर्नु भएन। पावलको दिनमा, एक अर्कालाई निधारमा, ओंठमा अथवा हातमा चुम्मन गर्नु, एउटा माया अथवा श्रद्धाको अभिवादन मानिनथियो। यसकारण, यहाँ पावलले, त्यस समयको एउटा प्रचलित् प्रथालाई सङ्केत् मात्र गर्नु हुँदैथियो।—रोमी १६:१६.