ख्रीष्ट द्वारा एकता निश्चित्
एफिसीहरूको पुस्तकको विवरणिका
ई. स.५२ को शुरू मै, प्रेरित पावलले एफिसीहरूलाई प्रचार गरे। एसिया मायनरको यो शानदार व्यापारी शहर झूटो धर्मको केन्द्र पनि थियो। तर पावल एफिसीमा, ई. स. ५२/५३ को हिउँदमा फर्के पछि, त्यहाँ मसीही धर्मको वृद्धि भयो। त्यहाँ उनी प्राय तीन वर्ष सम्म बसे र बसुञ्जेल उनले दिनहुँ स्कूलको सभागृहमा भाषण दिने गरे र घर-घरमा गएर साक्षी दिए।—प्रेरित १९:८-१०; २०:२०, २१, ३१.
रोममा, लगभग ई. स. ६०-६१ तिर, आफू थुनामा परेको बेलामा, पावलले एफिसीका मसीहीहरूलाई पत्र लेखे। येशू सँग र येशू द्वारा एकता, उनको पत्रको मूल विषय हो। भनौं भने, उनका अरू सबै पत्रहरूमा भन्दा, यो पत्रमा उनले १३ चोटी “ख्रीष्ट . . . सँगसँगै” भन्ने वाक्यांश प्रयोग गरेको पाउँछौं। एफिसीहरूले झैं, हामीले पनि ख्रीष्टको भूमिका बारे अनैतिकताबाट अलग रहने र दुष्टात्माहरूको विरोध गर्ने सम्बन्धमा, पावलले दिएको सल्लाहबाट लाभ उठाउन सक्छौं।
एकता परमेश्वरको उद्देश्य हो
सर्वप्रथम, परमेश्वरले कसरी ख्रीष्ट द्वारा एकता ल्याउनु हुनेछ भन्ने कुराको पावलले वर्णन गर्छन्। (एफि १:१-२३) यहोवाले स्वर्गमा र पृथ्वीमा, सबै थोक फेरि एउटा “प्रबन्ध” (प्रशासन जस्तै) द्वारा जम्मा गर्ने उद्देश्य रच्नु भयो। स्वर्गीय जीवनकालागि छानिएकाहरू र पृथ्वीमा बस्नेहरू दुवैलाई, परमेश्वरले ख्रीष्ट द्वारा, आफूसँग मेल गराउन चाहनु भयो। परमेश्वरले अभिषिक्त जनहरूलाई र एउटा “ठूलो भीड़लाई” एकतामा ल्याउनु भएको छ र सम्झनाका चिहानमा हुने सबैले येशूको सोर सुनेर बाहिर नआउञ्जेल, ‘पृथ्वीमा भएका सबै थोक जम्मा गर्ने’ काम कायम रहनेछ। (प्रकाश ७:९; यूहन्ना ५:२८, २९) यसकालागि हामी कृतज्ञ हुनु पर्छ जसरी एफिसीहरूले पनि परमेश्वरको यो प्रबन्धको मुल्याङ्कन गरून् भनेर पावलले प्रार्थना गरे।
यस पछि, पहिला आफ्ना पापहरूमा मरेका, अन्यजातिहरूबाट आएका मसीहीहरूलाई ध्यान दिएको छ। (एफि २:१–३:२१) ख्रीष्ट द्वारा, व्यवस्था खारेज गरियो र यहूदीहरू र अन्यजातिका मानिसहरू दुवै एक भएर परमेश्वरले बास गर्नु हुने मन्दिर हुने आधार स्थापित् भयो। अन्यजातिहरू पनि ख्रीष्टसँग एक हुन सक्छन् र उहाँ द्वारा तिनीहरूले पनि परमेश्वरकहाँ प्रवेश पाउनेछन् भन्ने पवित्र रहस्य सुनाउने जिम्मेवारी पावललाई सुम्पिएको थियो। एफिसीहरूलाई यहोवाले विश्वास र प्रेममा दृढ़ पारून् भनेर, पावल फेरि एफिसीहरूका लागि प्रार्थना गर्छन्।
एकता बढ़ाउने कारणहरू
पावल भन्दछन्, एकता ल्याउने आधारहरू परमेश्वरले नै दिनु भएको छ। (एफि ४:१-१६) यी मध्य एउटा आधार, त्यो आत्मिक शरीर अथवा मण्डली हो। यो शरीरको शिर ख्रीष्ट हुनुहुन्छ र यसको सञ्चालन उहाँकै अगुवाइ अनुसार हुन्छ। र विश्वासमा सबैलाई एकतामा ल्याउन उहाँले मानिसहरूलाई वरदान दिनुहुन्छ।
यहोवाले पनि एकता बढ़ाउने मसीही गुणहरू प्रदर्शन गर्न सम्भव पार्नु हुन्छ। (एफि ४:१७–६:९) नया व्यक्तित्व धारण गरे पछि, मसीहीहरूले अनैतिक बोली जस्ता भक्तिहीनताबाट आफूलाई अलग राख्छन्। तिनीहरू बुद्धिसाथ हिड़छन्, ख्रीष्टलाई श्रद्धा गर्छन् र उचित् रूपमा अधीनता प्रकट गर्छन।
यस बाहेक, हाम्रो एकता तोड़न खोज्न चाहने दुष्ट आत्माहरूको विरोध गर्न, परमेश्वरले मसीहीहरूलाई बल दिनु हुन्छ। (एफि ६:१०-२४) परमेश्वरको हात-हतियारले हामीलाई सुरक्षित् राख्तछ। यसकारण, यो हात-हतियारको हामी प्रयोग गरौं र आफ्ना र आफ्ना सँगी-विश्वासीहरूकालागि, एकाग्रचित्त साथ परमेश्वरसँग प्रार्थना गरौं।
पावलले एफिसीहरूलाई कस्तो असल उपदेश दिए! अनैतिकता र दुष्टात्माहरूको विरोध गर्दै, हामी यो उपदेशलाई ध्यान दिने गरौं। साथै, हामीले ख्रीष्ट द्वारा अनुभव गर्न सकिने एकताको गहिरो मुल्याङ्कन गरौं। (w90 11/15)
[पृष्ठमा भएको पेटी/चित्र]
अग्निवाणहरू: शैतानको “अग्निवाणहरूलाई” नाकाम पार्ने आत्मिक हात-हतियारमा “विश्वासको ठूलो ढाल” पनि सम्मिलीत् छ। (एफिसी ६:१६) रोमीहरूले प्रयोग गर्ने कुनै अग्निवाणहरू खोक्रो बाँसले बनाइएको हुन्थियो जसको टुप्पोमा बल्दो कोइला इत्यादिले भरिएको फलामको एउटा भाँड़ो हुन्थियो। यी अग्निवाणहरूको आगो ननिभोस् भनेर, तिनलाई खकुलो धनुषहरूबाट फालि दिन्थिए र तिनीहरूलाई पानीले भिजाउँदा, आगोको तेज झन बढ़ थियो। तर सिपाहीहरूलाई यस प्रकारका वाणहरूबाट ठूलो ढालहरूले सुरक्षा दिन्थ्यो र त्यसरी नै यहोवाका सेवकहरूले पनि उहाँमाथि विश्वास राख्दै, “दुष्टको जम्मै अग्निवाणहरू” निभाउन सक्छन्। हो, दुष्टात्माहरूको आक्रमण, गलत कामगर्ने र भौतिकवादी जीवन-शैली अपन्याउने परीक्षाहरू, र डर, र सन्देहको शिकार हुने जस्ता कुराहरूको विरोध गर्न, विश्वासले हामीलाई मदद दिनेछ।