प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 १/१ p. ३१
  • लक्ष्य तिर अघि लम्कनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लक्ष्य तिर अघि लम्कनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मसीही गुणहरू प्रत्यक्ष
  • लक्ष्य तिर अघि लम्कि रहनु होस्‌
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • इनाममा दृष्टि राखिराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “हामी हरेस खाँदैनौँ”!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • तपाईँ आफ्नो आध्यात्मिक लक्ष्यसम्म पुग्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 १/१ p. ३१

लक्ष्य तिर अघि लम्कनुहोस्‌

फिलिप्पीहरूको पुस्तकको विवरणिका

फिलिप्पीका मसीहीहरू अनन्त जीवनको इनाम पाउने लक्ष्य तिर अघि लम्किरहुन्‌ भनि प्रेरित पावल चाहनथिए। यसैकारण, आफू प्रथम पटक रोमको झ्यालखानामा थुना परेको बेलामा लगभग ई. स. ६० या ६१ मा, उनले तिनीहरूलाई पत्र लेखि पठाए। उनको यो पत्र त्यो मण्डलीका लागि थियो जुन मण्डली उनले स्वयं दस वर्ष अघि फिलिप्पीमा स्थापित गरेका थिए। फिलिप्पीको यो शहरको शुरूआत्‌ म्यासिडोनको फिलीपले (सिकन्दरको बाबू) गरेको थियो। प्रथम शताब्दि सम्म, फिलिप्पी “म्यासिडोनिया जिल्लाको मुख्य शहर” भइसकेको थियो र जुन ठाउँ आज उत्तरी ग्रीस र युगस्‌लावियाको एक भाग भएको छ।—प्रेरित १६:११, १२.

फिलिप्पीका विश्‍वासी भाइ-बहिनीहरू गरीब भएतापनि उदारचित्तका थिए। अनेक पटक तिनीहरूले पावललाई खाँचो परेका कुराहरू पठाइ दिएका थिए। (फिलिप्पी ४:१४-१७) तर पावलले तिनीहरूका लागि लेखेको यो एउटा धन्यवादको पत्र मात्र थिएन। यस मा प्रोत्साहन, प्रेम र उपदेश थियो।

मसीही गुणहरू प्रत्यक्ष

फिलिप्पीका विश्‍वास गर्ने भाइ-बन्धुहरूका लागि आफ्नो प्रेमको प्रमाण दर्शाउदै पावलले आफ्नो यो पत्र शुरू गरे। (१:१-३०) तिनीहरूले सुसमाचर फैलाउनलाई पठाएका चन्दाका लागि धन्यवाद ज्ञापन गर्दै, तिनीहरूको यो प्रेममा बृद्धि होस्‌ भनी उनले प्रार्थना गरे। उनको बन्धनले गर्दा तिनीहरू ‘आँटिला भएर झन निष्फिक्रीसँग परमेश्‍वरको वचन बोल्ने’ प्रेरणा पाएकोमा पावल खुशी थिए। उनी ख्रीष्टको साथमा हुने इच्छा गरथिए तर अझ पनि तिनीहरूको सेवा गर्न बाँकी नै छ जस्तो उनलाई लाग्‌थियो। तिनीहरू लगातार “सुसमाचारको विश्‍वासका लागि यत्न” गरून्‌ भनी पावल इच्छा गर्दथिए।

यस पछि, मनोवृत्ति र चालचलन सँग सम्बन्धित सल्लाह दिइएको छ। (२:१-३०) अरूहरूमा व्यक्‍तिगत चासो लिनु र ख्रीष्टले झैं नम्रता देखाउनु भनेर फिलिप्पीहरूलाई प्रोत्साहन दिएको पाउँछौं। तिनीहरू “संसारमा ज्योतिहरू झैं” चम्की रहेका थिए र तिनीहरूले “जीवनको वचनलाई जोड़ सित पक्रिराख्नु [NW]” आवश्‍यक थियो। पावल तिनीहरूकहाँ तिमोथीलाई पठाउने आशामा थिए र आफू स्वयं पनि त्यहाँ चाँड़ै जान पाउनेछन्‌ भनेर निश्‍चिन्त थिए। निकै बिरामी परेको इपाफ्रोडाइटस बारे तिनीहरूलाई ढुक्क पार्न, उनले तिनीहरू कहाँ यो वफादार सेवकलाई पठाइ रहेका थिए।

लक्ष्य तिर अघि लम्कि रहनु होस्‌

यी कुराहरू पछि, लक्ष्य तिर अघि लम्कन्दै जाँदा, फिलिप्पीहरूका मसीहीहरूले कस माथि विश्‍वास राख्नु पर्छ भनेर पावले बताइ दिए। (३:१-२१) आफ्नो विश्‍वास, त्यहाँका कसै कसैले गरे झैं, खतना अथवा शरीरमा होइन तर ख्रीष्टमा राख्नु परेको थियो। “ख्रीष्टको ज्ञानको श्रेष्ठताको निम्ति” पावलले आफ्नो शारीरिक प्रतिष्ठालाई जम्मै बेकम्मा ठाने। पावल “ख्रीष्ट येशूमा परमेश्‍वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर” अगाड़ी बढ़दै थिए र उनले फिलिप्पीका भाइ-बन्धुलाई पनि त्यस्तै मनका हुन प्रोत्साहित पारे।

पावलको अन्तिम उपदेश प्रयोगमा ल्याउन सकेमा, फिलिप्पीहरूले आँखाको सामने लक्ष्य र इनाम राख्ने मदद पाउन सक्ने थिए। (४:१-२३) आफ्ना जम्मै चिन्ता-फिक्रीहरू परमेश्‍वरलाई प्रार्थना द्वारा सुम्पिदिनु र आफ्नो मन चाहिं असल सोच विचारले भरिपूर्ण राख्नु भनी पावलले तिनीहरूलाई सम्झाए। फेरि एक पटक तिनीहरूको उदारताको प्रशंसा गरे पछि, प्रभु येशू ख्रीष्टको अनुग्रह तिनीहरूले देखाएको आत्मा सित होस्‌ भन्दै, अभिवादनहरू सहित पावलले आफ्नो पत्र समाप्त गर्छन्‌।

फिलिप्पीहरूलाई पावलले पठाएको पत्रले उदारता, प्रेम, र नम्रतालाई बढ़ावा दिन्छ। यसले ख्रीष्टमाथि विश्‍वास र परमेश्‍वरसँग हृदय भित्रबाट प्रार्थनागर्ने बानीलाई प्रोत्साहन दिन्छ। र पावलका शब्दहरूले यहोवाका साक्षीहरूलाई अनन्त जीवनको इनामको लक्ष्य तिर लगातार लम्कनु निश्‍चय मदद गर्दछ। (w90 11/15)

[पृष्ठ ३१-मा भएको पेटी/चित्र]

लक्ष्य तिर जाने: “पछाड़ीका कुराहरूलाई बिर्सेर अगाड़ीका कुराहरूतिर लम्केर . . . ख्रीष्ट येशूमा परमेश्‍वरको माथिको बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाढ़ी बढ़दै छु,” भनेर पावलले लेखे। (फिलिप्पी ३:१३, १४) यी प्रेरितले प्रतियोगितामा दौड़ने मानिसले झैं प्रयत्न गरिरहेका थिए। पछाड़ी हेर्नमा समय र ताकत खेरो फाल्नुको सट्टा, तिनी आफ्नो लक्ष्य तिर लम्कँदै गए—दौड़ने मानिस आफ्नो अन्तिम निशानामा पुग्न लम्के झैं। पावल र अन्य अभिषिक्‍त मसीहीहरूको सामने, परमेश्‍वर प्रति विश्‍वासी भएर आफ्नो पार्थिव सेवा समाप्त गरे पछि, पुनरुत्थान द्वारा स्वर्गीय जीवन पाउने इनाम थियो। हाम्रो आशा स्वर्गीय होस्‌ वा पार्थिव, यहोवा प्रति आफ्नो समग्रता कायम राखौं र हामी उहाँका साक्षीहरू भएर, लक्ष्य तिर अघि लम्कँदै जाउँ।—२ तिमोथी ४:७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने