प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w91 २/१ p. ३२
  • “भलाइ गर्नलाई नथाक”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “भलाइ गर्नलाई नथाक”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ख्रीष्टको प्रकाश र उपस्थिति
  • बेकायदासित हिड़नेहरूसँग गर्ने व्यवहार
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • “झट्टै आफ्नो सुद्धीबुद्धि नगुमाइहाल”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • यहोवाको दिनका लागि तयार रहनु होस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • १ थिस्सलोनिकी विषयवस्तु
    पवित्र बाइबल नयाँ संसार अनुवाद
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
w91 २/१ p. ३२

“भलाइ गर्नलाई नथाक”

दोस्रो थिस्सलोनिकीको विवरणिका

मेसिडोनी शहर थिस्सलोनिकाका मसीहीहरूमा चासो व्यक्‍त गर्दै, प्रेरित पावलले, ई. स. ५१ तिर, तिनीहरूका लागि दोस्रो पत्र लेखे। मण्डलीमा कुनै-कुनै व्यक्‍तिहरूले येशू ख्रीष्टको उपस्थिति आउनै लागेको छ भन्‍ने गलत कुरा भनी रहेका थिए। पावलले न लेखेको पत्रमा पनि गलतीले पावलको नाउँ जोड़दै, त्यसमा “यहोवाको दिन” आइ पुगेको छ भन्‍ने अफवाह उड़ाइ रहेका थिए।—२ थिस्सलोनिकी २:१, २.

यसकारण, कुनै-कुनै थिस्सलोनिकीहरूको सोचाइमा परिवर्तन ल्याउनु परेको थियो। आफ्नो दोस्रो पत्रमा, पावलले तिनीहरूलाई तिनीहरूको बढ़दो विश्‍वास, प्रेम र विश्‍वासपूर्ण धैर्यका लागि प्रशंसा गरे। तर येशूको उपस्थिति आउनु भन्दा अघि धर्म-त्याग हुनेछ भनेर पनि तिनले बताइ दिए। यसकारण, कष्टमय समयहरू आउन बाँकी थियो र पावलको यो पत्रबाट तिनीहरूले यो उपदेश पालनगर्ने मदद पाउन सक्‌थिए: “भलाइ गर्नलाई नथाक।” (२ थिस्सलोनिकी ३:१३) पावलका शब्दहरूले हामीलाई पनि त्यसैगरी मदद दिन सक्दछ।

ख्रीष्टको प्रकाश र उपस्थिति

पावलले सबै भन्दा पहिले, सङ्‌कष्टबाट उद्धार पाउने कुरा गरे। (१:१-१२) यो आरामी चाहिं “उहाँको शक्‍तिशाली स्वर्गदूतहरूसँग प्रभु येशू स्वर्गबाट बल्दो आगोमा प्रकाश” हुनु हुँदा आउने छ। सुसमाचार नमान्‍नेहरूले त्यस बेला अनन्त विनाश भोग्ने छन्‌। खेदो गर्ने मानिसहरूको हातमा सङ्‌कष्ट भोग्नु परेको बेलामा हामीहरू यी कुराहरू याद गरेर सान्त्वना पाउन सक्छौं।

येशूको उपस्थिति अघि “पापको मानिस” प्रकाश हुनेछ भनेर पावलले बताए। (२:१-१७) “यहोवाको दिन” आइ सक्यो भन्‍ने समाचार सुनेर थिस्सलोनिकीहरू अलमलिन हुँदैन थियो। किनभने, सर्वप्रथम, धर्म-त्याग भएर, पापको मानिस प्रकट हुनु परेको छ। त्यस पछि मात्र, येशूले उहाँको प्रकाश हुँदा, त्यसलाई नष्ट गरी दिनु हुनेछ। तर हाल ती थिस्सलोनिकीहरूको हृदयलाई परमेश्‍वर र ख्रीष्टले सान्त्वना दिऊन र तिनीहरूलाई “सबै उत्तम काम र वचनमा स्थिर गराऊन” भनेर पावलले प्रार्थना गरे।

बेकायदासित हिड़नेहरूसँग गर्ने व्यवहार

यस पछि, पावलले बेकायादासित हिड़नेहरूसँग गर्नु पर्ने व्यवहार बारे उपदेश दिए। (३:१-१८) तर प्रभुले थिस्सलोनिकीहरूलाई बलियो पार्नुहुने छ र दुष्ट शैतान देखिन्‌ सुरक्षित्‌ राख्नु हुनेछ भनेर पावलले विश्‍वास प्रकट गरे। तथापि तिनीहरूले आफ्नो अध्यात्मिक फायदाका निम्ति केही कदमहरू चाल्न परेको थियो। अरूहरूको काममा हातहाल्ने, काम गर्न नचाहने, तर बेकायदासित हिड़नेहरू देखिन्‌ तिनीहरू अलग बस्नु परेको थियो। “कसैले यदि काम गर्दैन भनेता खाना पनि नखाओस्‌” पावलले भने। यस प्रकारका मानिसहरूलाई चिनिराख्नु आवश्‍यक थियो तर तिनीहरूसँग सङ्‌गतगर्नु हुँदैन थियो। तर तिनीहरूलाई भाइलाई जस्तोगरी चेताउनी दिनु खाँचो थियो। विश्‍वासी थिस्सलोनिकी मसीहीहरू असल काम गर्नमा थकित हुनु थिएन र प्रभु येशू ख्रीष्टको अनुग्रह तिनीहरू सबै जना सँग होस्‌ भनेर पावलले इच्छा गरे।

ख्रीष्ट, उहाँका स्वर्गदूतहरूसँग आउनु भएर सुसमाचार नमान्‍नेहरूमाथि बदला लिनु हुँदा, यहोवाका साक्षीहरूले तिनीहरूको सङ्‌कष्टबाट आराम पाउने छन्‌ भनेर थिस्सलोनिकीहरूलाई पावलले लेखि पठाएको दोस्रो पत्रले विश्‍वास दिलाउँदछ। साथै, “पापको मानिस” (मसीहीजगतको पादरी समूह) र जम्मै झूटो धर्मको अन्त हुनेछ भनेर थाह हुँदा, आफ्नो विश्‍वास बलियो हुन्छ। तर हाल, हामी पावलको उपदेश पालन गर्दै, भलाइ गर्नलाई नथाकौं। (w91 1/15)

[पृष्ठ ३२-मा भएको पेटी/चित्र]

यहोवाको वचन चाँड़-चाँड़ै फैलिओस्‌: “हाम्रा निम्ति प्रार्थना गर, र प्रभुको वचन [चाँड़-चाँड़ै NW] फैलिओस्‌ र तिमीहरूमा झैं महिमित होस्‌,” भनेर पावलले लेखे। (२ थिस्सलोनिकी ३:१; किंगडम इन्टरलिनियार) शास्त्रका केही पण्डितहरूको विचारमा, दौड़मा चाँड़-चाँड़ो दौड़ने मानिसहरूको उदाहरण यहाँ पावलले प्रयोग गरे। यो कुरा निश्‍चित न भएतापनि, थिस्सलोनिकी मसीहीहरूको प्रार्थना द्वारा तिनी र तिनका सहकर्मीहरूले सत्यको वचन आग्रहपूर्वक र कुनै रोक-टोक बिना प्रचार गर्न पाऊन भनेर पावलले बिन्ति गरे। परमेश्‍वरले यस प्रकारका प्रार्थनाहरू सुन्‍नुभएको हुनाले, यी अन्तिम दिनहरूमा उहाँको वचन “चाँड़-चाँडो फैलिरहेको” छ। र वचन स्वीकार गर्ने थिस्सलोनिकीहरूको माझमा झैं, आज यहोवाको वचन “महिमित” भइरहेछ र त्यो “मुक्‍तिको निम्ति परमेश्‍वरको शक्‍ति हो” भनेर विश्‍वासगर्नेहरूले त्यसको ठूलो श्रद्धा गरिरहेछन्‌। (रोमी १:१६; १ थिस्सलोनिकी २:१३) हामीहरू कति आनन्दित छौं किनभने परमेश्‍वरले राज्यका प्रचारकहरूलाई आशिष दिनु भएको छ र उहाँका उपासकहरूको सङ्‌ख्‌यामा चाँड़-चाँड़ो वृद्धि गराउनु भएको छ!—यशैया ६०:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने