“स्वतन्त्रताका प्रेमीहरूका” जिल्ला सम्मेलनमा तपाईंको स्वागत छ
स्वतन्त्रता! यस शब्दमा कति मिठास छ! कसैलाई पनि बन्धन अथवा कैदमा बस्न मन पर्दैन। प्रतीक्षा गरिएका राजनैतिक स्वतन्त्रताको गतिविधि हालका केही वर्षहरूमा जति देखियो, त्यो पहिले कहिले देखिएको थिएन जस्तो लाग्छ।
तर राजनैतिक स्वतन्त्रता भन्दा धेरै नै महत्वपूर्ण र चाहिएको एउटा अर्को स्वतन्त्रता छ। यही स्वतन्त्रताको विषयमा येशू ख्रीष्ट, परमेश्वरको पुत्रले पनि, आफ्ना चेलाहरूसँग कुरा गर्नु भएको थियो: “तिमीहरू मेरो वचनमा रह्यौ भने, साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्ना ८:३१, ३२) यो हो झुट्टा धार्मिक विश्वासहरूबाट स्वतन्त्रता, मानिसको भयबाट स्वतन्त्रता, पापी आनीबानीको दासत्वबाट र यस्तै अन्य अरूकुराहरूबाट स्वतन्त्रता।
यही स्वतन्त्रता नै “स्वतन्त्रताहरूका प्रेमीहरूका” जिल्ला सम्मेलनको मुख्य विषय हो। यहोवाका साक्षीहरू द्वारा आयोजित सम्मेलन, संसारभरि १९९१ को माझ देखिन् उसो, ठाउँ-ठाउँमा गरिनेछ। तिनीहरू मध्य अगुवाइ लिनेहरूले सरकारी प्रतिबन्धहरूबाट १९१९ देखिन् विशेष रूपमा छुट पाए पछि, परमेश्वरका जनहरूले आफ्ना पवित्र उपासना सम्बन्धी बढ़दो स्वतन्त्रता अनुभव गर्दै आएकाछन्।
ईश्वरतन्त्रीय सम्मेलनहरू द्वारा, बितेका सालहरूमा, स्वतन्त्रताको विषयलाई उचित रूपमा विशेष महत्व दिंदै आइएको छ। उदाहरणका लागि, “स्वतन्त्र राष्ट्रका ईश्वरतन्त्रीय सम्मेलन,” र “‘परमेश्वरका स्वतन्त्र पुत्रहरूका’ जिल्ला सम्मेलनहरू।” साथै, “दी ट्रुथ श्याल मेक यु फ्री” (सत्यले तपाईंलाई स्वतन्त्र तुल्याउनेछ) र लाइफ एवरलास्टीङ्ग—इन फ्रीडम अफ दी सन्स अफ गड (परमेश्वरका पुत्रहरूका स्वतन्त्रतामा—अनन्त जीवन) जस्ता प्रकाशनहरूमा पनि स्वतन्त्रताको विषयलाई विस्तृत रूपमा छलफल गरिएको छ।
यहोवाका सेवकहरूका ईश्वर-प्रदत्त स्वतन्त्रता तिनीहरूको आफ्नै कुशलता र आनन्दका लागि होइन। यस विषयमा हामी गलाती ५:१३ मा पढ़दछौं: “ए भाइ हो, तिमीहरू ता स्वतन्त्रताको निम्ति बोलाइएका हौ, सो स्वतन्त्रता शरीरको निम्ति मौकामा मात्र प्रयोग न गर, तर प्रेमबाट एक अर्काको दास बन।” “स्वतन्त्रताका प्रेमीहरूका” जिल्ला सम्मेलन द्वारा हामीले आफ्नो स्वतन्त्रताको उद्देश्यको मुल्याङ्कन गर्न, आफ्नो बहुमूल्य स्वतन्त्रतालाई पक्रीराख्न र यसलाई सबै भन्दा उपयोगी ढङ्गमा प्रयोग गर्न मद्दत पाउने छौं।
शुक्रवार बिहान, १०:२० मा, सङ्गीतको कार्यक्रमबाट सम्मेलन शुरू हुनेछ र यसले हामीलाई आउन लागेका, बाँकी आत्मिक आहार स्वीकार्न सही मनोस्थितिमा पारि दिनेछ। प्रथम दिनको ध्येय हो: “स्वतन्त्र तुल्याउने सत्यको पहिचान” र यो यूहन्ना ८:३२ मा आधारित हुनेछ। बिहानको कार्यक्रमको विशेषता अध्यक्षको यो मूल भाषण हुनेछ: “हाम्रो ईश्वर-प्रदत्त स्वतन्त्रताको उद्देश्य र प्रयोग।” यस भाषण द्वारा, यहोवाको सम्पूर्ण स्वतन्त्रता र उहाँले हामीलाई दिनु हुने सापेक्षिक स्वतन्त्रतामाथि जोर दिइनेछ। साथै, यसले हामीलाई आफ्नो स्वतन्त्रताको सकेसम्म सर्वोत्तम प्रयोग गर्न प्रोत्साहन दिनेछ। अपराह्णको कार्यक्रममा हाम्रो स्वतन्त्रता र सेवकाईका विभिन्न क्षेत्रहरूको छलफल गरी सके पछि, एउटा नाटक प्रस्तुत् गरिनेछ। नाटकको शीर्षक “साँचो उपासना स्थापित गर्न स्वतन्त्र पारिएका।”
दोस्रो दिनको विषय गलाती ५:१ मा आधारित “ईश्वर-प्रदत्त हाम्रो स्वतन्त्रतामा अडिग भएर बस्न” हुनेछ। बिहानको कार्यक्रममा, कसरी परिवारका विभिन्न सदस्यहरूले परिवार भित्रै पनि ईश्वर-प्रदत्त स्वतन्त्रताबाट आनन्द उठाउन सक्छन् भन्ने कुरा एउटा गोष्ठी द्वारा प्रस्तुत गरिनेछ। साँचो स्वतन्त्रता समर्पण र बप्तिस्मा द्वारा प्राप्त गर्न सकिन्छ भन्ने विषयको विशेष मुल्याङ्कन बप्तिस्मा गर्न तयार भएकाहरूले गर्न सक्नेछन्। र विवाह साँचो आनन्द प्राप्त गर्ने ढोका हो वा होइन भन्ने विषयमा, अपराह्णको कार्यक्रममा, एउटा चासोपूर्ण छलफल गरिनेछ। साथै, स्वतन्त्रताका विभिन्न क्षेत्रहरूबारे एउटा गोष्ठी हुनेछ जस पश्चात् अनन्त जीवन र स्वतन्त्रताको प्रबन्ध मिलाई दिनु हुने परमेश्वरका प्रमुख कर्तामा केन्द्रित् हुने, एउटा अन्तिम भाषण दिइनेछ।
आइतवारको विषय हो, २ कोरिन्थी ३:१७ मा आधारित, “आफ्नो स्वतन्त्रतालाई परमेश्वरको आत्मा अनुसार प्रयोग गर्नु।” कार्यक्रमको यस भागमा, एउटा अति नै चासोपूर्ण गोष्ठी प्रस्तुत् गरिनेछ, जसमा मत्ती १३:४७-५० मा उल्लेखित् येशूले दिनु भएको उखानको प्रयोग गर्दै, यहोवाका साक्षीहरू कसरी मानिसहरूका जालाहारीहरू हुन् भन्ने कुरा प्रदर्शित् गरिनेछ। अपराह्णमा आम-भाषण हुनेछ, “परमेश्वरको स्वतन्त्रतापूर्ण नया संसारलाई स्वागत गर्नु!” यस पछि, जिल्ला सम्मेलनको एउटा नया कार्यक्रम हुनेछ, अर्थात् त्यस हप्ताहको प्रहरीधरहराको अध्ययन्। र अन्तमा, आफ्नो ईश्वर-प्रदत्त स्वतन्त्रतालाई, आफ्नो चाल-चलन र साक्षी दिने काममा उचित प्रयोग गर्ने र प्रगति गर्ने प्रोत्साहन सबैलाई दिंदै कार्यक्रम समाप्त हुनेछ।
स्वतन्त्रताका सबै प्रेमीहरूलाई हामी भजनसंग्रहका लेखक दाऊदका शब्दहरू भन्न चाहन्छौं: “पारख गरेर हेर, कि परमप्रभु [यहोवा, न्यु.व.] कस्तो भलो हुनुहुन्छ।” (भजनसंग्रह ३४:८) यो सम्मेलनमा हाजिर हुनकालागि हर प्रयास गर्नुहोस्। शुक्रवार बिहान, कार्यक्रम शुरू भएको समय देखिन्, आइतवार अपराह्ण, कार्यक्रम समाप्त हुने बेला सम्म, त्यहाँ उपस्थित् हुने फैसला गर्नु होस्। तपाईं आफ्नो आध्यात्मिक आवश्यकताबारे चेतनशील भएर, एउटा स्वस्थकर आध्यात्मिक भोक लिएर आउनु भयो भने, तपाईं वास्तवमा धन्यको हुनु हुनेछ! (मत्ती ५:३) साथै, हामी यो एउटा अर्को सिद्धान्त पनि न बिर्सौं: “किफायतीसँग छर्नेले, किफायतीसँगै काट्छ, र प्रशस्तसँग छर्नेले प्रशस्तसँग काट्छ।” यो सिद्धान्तको प्रयोग हामी कतिको लगनशीलतासाथ गर्दछौं भन्ने कुरा, “स्वतन्त्रताका प्रेमीहरूको” जिल्ला सम्मेलनमा उपस्थित हुन कतिको अग्रिम तयारी गर्ने छौं, त्यहाँ प्रस्तुत हुने कार्यक्रमलाई कतिको ध्यान दिएर सुन्नेछौं र कतिको उत्साहपूर्वक हामीले दिन सक्ने श्रम-दान दिनेछौं—यी कुराहरूबाट देखिनेछ।—२ कोरिन्थी ९:६. (w91 5/1)