प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w92 ९/१ पृ. ३-७
  • स्वतन्त्र तर उत्तरदायी मानिसहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्वतन्त्र तर उत्तरदायी मानिसहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय स्वतन्त्रता—उत्तरदायित्वका साथ
  • परमेश्‍वरले रोज्नु भएका जनहरूको स्वतन्त्रता
  • मसीही स्वतन्त्रताको प्रकृति
  • स्वतन्त्र तर उत्तरदायी
  • स्वतन्त्रताका परमेश्‍वर यहोवाको सेवा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • साँचो स्वतन्त्रता के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • “स्वतन्त्रताका प्रेमीहरूका” जिल्ला सम्मेलनमा तपाईंको स्वागत छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवाले तपाईंलाई साँचो स्वतन्त्रतातर्फ डोऱ्‍याऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
w92 ९/१ पृ. ३-७

स्वतन्त्र तर उत्तरदायी मानिसहरू

“तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।”—यूहन्‍ना ८:३२.

१, २. (क) मानव इतिहासमा स्वतन्त्रताले के भूमिका खेलेको छ? (ख)  को मात्र वास्तवमा स्वतन्त्र छ? व्याख्या गर्नुहोस्‌।

स्वतन्त्रता। कस्तो शक्‍तिशाली शब्द हो त्यो! मानिसहरूमा स्वतन्त्र रहने आकाड़ाले गर्दा कतिका अनगिन्ती युद्धहरू र क्रान्तिहरू तथा असंख्य सामाजिक उथल-पुथल मानवजातिले सहनु पर्‌यो। वास्तवमा, द इन्‌साइक्लोपीडिया अमेरिकाना भन्दछ: ‘सभ्यताको विकाशक्रममा स्वतन्त्रताले भन्दा अझ महत्त्वपूर्ण भूमिका अरू कुनै पनि विचारले खेलेको छैन।’

२ यसो हुँदा हुँदै पनि, कति जना मानिसहरू वास्तवमा स्वतन्त्र छन्‌ र? स्वतन्त्रताको अर्थ समेत कतिले बुझेका छन्‌ र? द वर्ल्ड बुक इन्‌साइक्लोपीडिया भन्दछ: “मानिसहरू सम्पूर्ण रूपले स्वतन्त्र हुने हो भने, तिनीहरूका सोचाइ, बोली, गतिविधिमा कुनै रोकटोक हुनु हुँदैन। तिनीहरूलाई आफ्ना विकल्पहरूबारे थाह हुनु पर्दछ, र ती विकल्पहरू मध्येबाट छान्‍न सक्ने शक्‍ति तिनीहरूमा हुनु पर्दछ।” यी कुराहरूलाई ध्यानमा राखेर हेर्दा, सही अर्थमा के कसैलाई स्वतन्त्र ठान्‍न सकिन्छ र? “तिनीहरूका सोचाइ, बोली र गतिविधिमा कुनै रोकटोक” छैन भनी कसले भन्‍न सक्छ र? साँचो कुरा के हो भने, यस प्रकारको स्वतन्त्रता सारा ब्रह्‍माण्डमा एक जना व्यक्‍तिसित मात्र छ—अर्थात्‌ यहोवा परमेश्‍वरसित। उहाँसित मात्र असीमित स्वतन्त्रता छ। उहाँले मात्र आफ्नो इच्छानुसारको फैसला गर्न सक्नुहुन्छ र जस्तो सुकै विरोधको बावजुद त्यो फैसला कार्यान्वयन गर्न सक्नुहुन्छ। उहाँ “सर्वशक्‍तिमान” हुनु हुन्छ।—प्रकाश १:८; यशैया ५५:११.

३. अक्सर कुन शर्तहरू मानुञ्जेल मात्र मानिसहरूले स्वतन्त्रताको आनन्द उठाउन सक्‍तछन्‌?

३ हामीजस्ता तुच्छ मानिसहरूका निम्ति स्वतन्त्रता सापेक्षिक मात्र हुन सक्‍तछ। यो अक्सर कुनै अख्तियारवालाले दिएको वा रक्षा गरी दिएको हुन्छ र त्यस अख्तियारवालाप्रति हाम्रो अधीनतासित त्यो सम्बन्धित हुन्छ। वास्तवमा, प्रायः सधैं नै आफ्नो स्वतन्त्रताको रक्षा गरी दिने व्यक्‍तिको अख्तियारलाई मान्यता दिएको खण्डमा मात्र मानिस स्वतन्त्र रहन सक्‍तछ। उदाहरणका लागि, “स्वतन्त्र राष्ट्रहरूमा” बस्ने मानिसहरूले आवत-जावतको स्वतन्त्रता, वाक्‌-स्वतन्त्रता, धार्मिक स्वतन्त्रता जस्ता अनेक सुविधाहरूको आनन्द उठाउँदछन्‌। यी स्वतन्त्रताहरूको रक्षा केले गर्दछ? त्यस मुलुकको कानुनले। कानुन पालन गरुञ्जेल मात्र ती सुविधाहरूको आनन्द उठाउन सकिन्छ। यदि उसले आफ्नो स्वतन्त्रताको दुरुपयोग गर्दै कानुन भङ्‌ग गर्दछ भने त्यसका लागि उसलाई अख्तियारवालाहरूले उत्तरदायी ठान्दछन्‌, र जेलको सजायद्वारा ऊ बाट उसको स्वतन्त्रता खोसिनु सकिन्छ।—रोमी १३:१-४.

ईश्‍वरीय स्वतन्त्रता—उत्तरदायित्वका साथ

४, ५. यहोवाका उपासकहरूले कुन कुन प्रकारको स्वतन्त्रता अनुभव गर्दछन्‌, र उहाँले तिनीहरूलाई के कुराका लागि उत्तरदायी ठहराउनु हुनेछ?

४ प्रथम शताब्दीमा येशूले स्वतन्त्रताबारे कुरा गर्नु भएको थियो। उहाँले यहूदीहरूलाई भन्‍नुभयो: “तिमीहरू मेरो वचनमा रह्‍यौ भने साँच्चै मेरा चेला हौ। औ तिमीहरूले सत्य के हो, सो जान्‍नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूहन्‍ना ८:३१, ३२) उहाँ वाक्‌-स्वतन्त्रता वा धार्मिक स्वतन्त्रताबारे कुरा गरिरहनु भएको थिएन। निश्‍चय पनि धेरै यहूदीहरूले चाहेको स्वतन्त्रता अर्थात्‌ रोमीहरूको दबावबाट स्वतन्त्र हुने विषयबारे उहाँले कुरा गर्नु भएको थिएन। होइन, एउटा अति नै अनमोल स्वतन्त्रताबारे उहाँ कुरा गर्नु हुँदै थियो। त्यो स्वतन्त्रता केही मानवीय कानुनहरू अथवा कुनै मानव शासकको लहडद्वारा प्राप्त गरिएको नभएर ब्रह्‍माण्डका सर्वोच्च सर्वसत्ताधारी, यहोवाले नै प्रदान गर्नु भएको स्वतन्त्रता थियो। अन्धविश्‍वासबाट स्वतन्त्रता, धार्मिक अज्ञानताबाट स्वतन्त्रता, र अझ धेरै धेरै कुराहरू यस स्वतन्त्रतामा समावेश थिए। यहोवाले दिनु हुने स्वतन्त्रता नै वास्तविक स्वतन्त्रता हो, र यो अनन्तकालसम्म रहिरहनेछ।

५ प्रेरित पावलले भने: “प्रभु [यहोवा न्यु० व०] ता आत्मा हुनुहुन्छ। औ जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) विश्‍वासी जनहरूले अन्ततोगत्वा सबैभन्दा असल र महान किसिमको स्वतन्त्रता, अर्थात्‌ “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रताको” आनन्द उठाउन सकून्‌ भनेर शदियौंदेखिन्‌ यहोवाले मानवजातिसित सम्पर्क राख्दै आउनु भएको छ। (रोमी ८:२१) त्यसका साथै यहोवाले बाइबलमा उल्लेखित्‌ सत्यद्वारा हामीलाई केही मात्रामा स्वतन्त्रता दिनुहुन्छ, र त्यस स्वतन्त्रताको दुरुपयोग गर्‌यौं भने, उहाँले हामीलाई उत्तरदायी ठान्‍नुहुन्छ। प्रेरित पावलले लेखे: “उहाँको दृष्टिमा सृष्टिको कुनै कुरा छिपेको हुँदैन, तर जससँग हामीले व्यवहार गर्नुपर्छ, उहाँको नजरको सामने सब कुराहरू स्पष्ट र खुला राखिएका छन्‌।”—हिब्रू ४:१३.

६-८. (क) आदम र हव्वाले कुन कुन प्रकारका स्वतन्त्रताहरूबाट आनन्द उठाइ रहेका थिए, र कुन शर्त पूरा गरुञ्जेलमात्र तिनीहरू स्वतन्त्र रहन सक्‍तथिए? (ख) आदम र हव्वाले आफ्नालागि र आफ्ना सन्तानका लागि के गुमाए?

६ हाम्रा प्रथम आमा-बाबु, आदम र हव्वा जीवित छँदा नै यहोवाप्रति उत्तरदायी हुने विषयमाथि जोड दिइएको थियो। यहोवाले तिनीहरूलाई सृजनु हुँदा नै, स्व-इच्छाको अनमोल वरदान दिनु भएको थियो। जिम्मेवारीको भावनासाथ त्यस स्वेच्छालाई प्रयोग गरुञ्जेल तिनीहरूले भयबाट स्वतन्त्रता, रोगबाट स्वतन्त्रता, मृत्युबाट स्वतन्त्रता, र स्वर्गमा हुनुहुने आफ्ना पिताका सामुन्‍ने एउटा सफा अन्तस्करणका साथ सम्पर्क राख्ने स्वतन्त्रताजस्ता अन्य अरू आशिषहरूको आनन्द तिनीहरूले उठाए। तर तिनीहरूले आफ्नो स्व-इच्छाको दुरुपयोग गरेपछि ती सबै कुरा बदलिए।

७ यहोवाले आदम र हव्वालाई अदनको बगैंचामा राख्नुभयो, र तिनीहरूको आनन्दका निम्ति बगैंचाका—एउटा रूखको फल बाहेक—सबै रूखहरूको फल दिनुभयो। त्यो एउटा रूख चाहिं उहाँले आफ्नै निम्ति राख्नु भयो; त्यो “असल र खराबको ज्ञान दिने रूख” थियो।” (उत्पत्ति २:१६, १७) के असल हो र के खराब हो, त्यसको फैसला गर्ने अधिकार यहोवासित मात्र छ भन्‍ने कुराको मान्यता आदम र हव्वाले त्यस रूखको फल न खाएर प्रदर्शित गरेको हुने थियो। तिनीहरूले जिम्मेवारीको भावनासहित काम गर्दै त्यो निषेध गरिएको फल न खाएमा, यहोवाले तिनीहरूका अन्य अरू स्वतन्त्रताहरूको पनि रक्षा गरी दिनु हुने थियो।

८ तर दुःखको कुरा, ‘असल र खराबको ज्ञान’ आफैले जान्‍नु पर्दछ भनेर सर्पले दिएको छलपूर्ण सुझाव हव्वाले सुनी। (उत्पत्ति ३:१-५) पहिले तिनी आफैले, अनि पछि आदमले पनि निषेध गरिएको फल खायो। परिणामस्वरूप, अदनको बगैंचामा तिनीहरूसँग कुरा गर्न यहोवा परमेश्‍वर आउनु हुँदा तिनीहरू लाज मानेर लुके। (उत्पत्ति ३:८, ९) तिनीहरू शुद्ध अन्तस्करणका साथ परमेश्‍वरसित सम्पर्क राख्न सक्ने स्वतन्त्रता हराएर पापीहरू हुन गए। यसो हुँदा तिनीहरूले रोग र मृत्युबाटको स्वतन्त्रता आफ्नो र आफ्ना सन्तान दुवैका लागि गुमाए। पावलले भने: “जसरी एउटै मानिसद्वारा [आदमद्वारा] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि सबैले पाप गरेका छन्‌।”—रोमी ५:१२; उत्पत्ति ३:१६, १९.

९. आफूले पाएको धेरथोर स्वतन्त्रताको सदुपयोग गर्नेहरू मध्ये कसकसको नाउँ चलेको छ?

९ त्यसो हुँदा हुदै पनि, मानवजातिमा स्व-इच्छा रही नै रह्‌यो र यसलाई समयको दौडानमा केही असिद्ध मानवहरूले जिम्मावार ढङ्‌गमा यहोवाको सेवा गर्न प्रयोग गरे। ती मानिसहरू मध्ये केहीका नाउँ हाम्रा निम्ति पुरातनदेखिन्‌ सुरक्षित राखिएको छ। हाबिल, हनोक, नूह, अब्राहाम, इसहाक, र याकूबजस्ता (जसलाई इस्राएल पनि भनिन्छ) मानिसहरू ती व्यक्‍तिहरूका उदाहरणहरू हुन्‌ जसले आफूले पाएका जे जति स्वतन्त्रतालाई परमेश्‍वरको इच्छा गर्नमा प्रयोग गरे। परिणामस्वरूप तिनीहरूलाई असलै भयो।—हिब्रू ११:४-२१.

परमेश्‍वरले रोज्नु भएका जनहरूको स्वतन्त्रता

१०. यहोवाले आफ्ना विशेष जनहरूसित बाँध्नु भएका वाचाको शर्तहरू के थिए?

१० मोशाको समयमा यहोवाले इस्राएलका छोराहरूलाई—जसको सङ्‌ख्‌या त्यस बेला लाखौं थिए—मिश्रको दासत्वबाट मुक्‍त गर्नुभयो र तिनीहरूसँग एउटा वाचा बाँध्नुभयो जसबाट तिनीहरू उहाँका विशेष जनहरू हुन गए। यस वाचाअन्तर्गत इस्राएलीहरूको एउटा पौरोहित्यका साथै तिनीहरूको पापलाई लाक्षणिक रूपमा ढाक्नका लागि पशुबलि चढाउने व्यवस्था थियो। यस प्रकार, उपासनाद्वारा परमेश्‍वरसित सम्पर्क राख्ने स्वतन्त्रता तिनीहरूसित थियो। अन्धविश्‍वासपूर्ण चलनहरू र झूटा उपासनाबाट आफूलाई मुक्‍त राख्ने कानुन र नियमहरूको एउटा व्यवस्था पनि तिनीहरूले पाएका थिए। आफ्ना दुश्‍मनहरूका विरुद्धमा परमेश्‍वरबाट मदत पाउने आश्‍वासनका साथै, पछि गएर प्रतिज्ञा गरिएको देश पनि तिनीहरूले एउटा उत्तराधिकारको रूपमा पाउने थिए। यहोवाको कानुन पालन गर्नु नै यस वाचा अन्तर्गत तिनीहरूले पूरा गर्नु पर्ने शर्त थियो। इस्राएलीहरूले यस शर्तलाई स्वेच्छापूर्वक यसो भन्दै स्वीकार गरे: “परमप्रभुले भन्‍नुभएका सबै कुराहरू हामी पालन गर्नेछौं।”—प्रस्थान १९:३-८; व्यवस्था ११:२२-२५.

११. यहोवासित गरिएको वाचा अन्तर्गत इस्राएलीहरूले पूरा गर्नु पर्ने शर्तहरू पूरा नगर्दा, परिणाम के भयो?

११ इस्राएलीहरू र यहोवा बीच यस प्रकारको विशेष सम्बन्ध १५०० वर्षभन्दा बढी समयसम्म कायम रह्‌यो। तर बारम्बार तिनीहरूले वाचाको अवहेलना गरे। बारम्बार झूटा उपासनाद्वारा लोभिएर तिनीहरू मूर्तिपूजा र अन्धविश्‍वासको बन्धनमा पर्नगए। त्यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका दुश्‍मनहरूको दासत्वमा पर्न दिनु भयो। (न्यायकर्त्ता २:११-१९) वाचाको शर्त पूरा गरेर उपभोग गर्न सक्ने आशिषहरूको आनन्द उठाउनुको सट्टा वाचा उल्लङ्‌घन गरेका हुनाले तिनीहरूले दण्ड भोग्नु पऱ्‍यो। (व्यवस्था २८:१, २, १५) अन्ततोगत्वा, सा० यु० पू० ६०७ मा यहोवाले त्यस राष्ट्रलाई बेबिलोनको दासत्वमा पर्न दिनुभयो।—२ इतिहास ३६:१५-२१.

१२. मोशाको व्यवस्थाको वाचाबारे अन्ततोगत्वा कुन कुरा प्रष्ट भयो?

१२ यो तिनीहरूका लागि एउटा धेरै नै कठिन अनुभव थियो। व्यवस्था पालन गर्नु कति महत्त्वपूर्ण रहेछ, यसबाट तिनीहरूले सिक्नु थियो। तथापि, ७० वर्ष पश्‍चात्‌ इस्राएलीहरू आफ्नो देशमा फर्कि सकेपछि पनि, तिनीहरूले व्यवस्थालाई राम्ररी पालन गरेनन्‌। तिनीहरू फर्किएको करीब १०० वर्षपछि यहोवाले इस्राएलका पूजाहारीहरूलाई भन्‍नुभयो: “तिमीहरू ता बाटोदेखि एकातिर लागेका छौ। तिमीहरूले धेरैलाई व्यवस्थाको विषयमा ठोकर दियौ। तिमीहरूले लेवीसित बाँधेको नियमलाई भ्रष्ट पाऱ्‍यौ।” (मलाकी २:८) यथार्थमा, इस्राएलीहरूमध्येका सबैभन्दा निष्कपट व्यक्‍ति पनि त्यो सिद्ध नियमको स्तरसम्म पुग्न सकेन। त्यो नियम आशिषको एउटा स्रोत हुनुको सट्टा प्रेरित पावलको शब्दमा त्यो एउटा “सराप” हुन गयो। (गलाती ३:१३) स्पष्टतः, असिद्ध, विश्‍वासी मानवहरूलाई परमेश्‍वरको सन्तानको महिमावान स्वतन्त्रतामा समावेश गराउनका लागि मोशाको व्यवस्थाभन्दा एउटा अझ अधिक महान कुराको आवश्‍यकता थियो।

मसीही स्वतन्त्रताको प्रकृति

१३. अन्ततोगत्वा स्वतन्त्रताका लागि कुन अझ असल आधारको प्रबन्ध गरियो?

१३ त्यो अझ अत्यावश्‍यक र महान कुरा येशू ख्रीष्टले चढाउनु भएको छुटकाराको बलिदान थियो। सा० यु० ५० तिर पावलले गलातीमा भएका अभिषिक्‍त मसीहीहरूको मण्डलीलाई पत्र लेखे। यहोवाले तिनीहरूलाई व्यवस्थाको दासत्वबाट कसरी मुक्‍त पारिदिनु भयो भन्‍ने कुराको वर्णन गर्दै तिनले तिनीहरूलाई भने: “स्वतन्त्रतासाथ ख्रीष्टले हामीलाई निर्बन्ध तुल्याउनुभयो। यसकारण दह्रो भएर खडा होओ, र फेरि बन्धनको जुवामा नअल्मलिऔं।” (गलाती ५:१) येशूले मानिसहरूलाई कुन कुन ढङ्‌गमा निर्बन्ध पार्नुभयो?

१४, १५. विश्‍वासी यहूदीहरू र गैर-यहूदीहरूलाई येशूले कुन्‌ कुन्‌ अद्‌भुत ढङ्‌गमा स्वतन्त्र तुल्याउनु भयो?

१४ येशूको मृत्युपछि, उहाँलाई मसीह भनी स्वीकार गर्दै, उहाँका चेला हुने यहूदीहरू एउटा नयाँ वाचाको अधीनमा आए। यो नयाँ वाचाले पुरानो व्यवस्थाको वाचाको ठाउँ लियो। (यर्मिया ३१:३१-३४; हिब्रू ८:७-१३) यो नयाँ वाचाअन्तर्गत ती विश्‍वासी यहूदीहरू—र पछि तिनीहरूसँग आएर मिल्ने गैर-यहूदी विश्‍वासीहरू—एउटा नयाँ, आत्मिक इस्राएली राष्ट्रका भाग भए। प्राकृतिक इस्राएलीहरूको ठाउँमा अब यो नयाँ राष्ट्र परमेश्‍वरका विशेष जाति हुने भयो। (रोमी ९:२५, २६; गलाती ६:१६) अतः येशूले यी शब्दहरूमा प्रतिज्ञा गर्नु भएको स्वतन्त्रताको आनन्द तिनीहरूले उठाउन सके: “सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” मोशाको व्यवस्थाको सरापबाट तिनीहरूलाई स्वतन्त्र तुल्याउनु बाहेक सत्यले यहूदी मसीहीहरूलाई तिनीहरूका धर्मगुरुहरूले थोपरेका परम्पराहरूको बोझबाट पनि मुक्‍त गराइ दियो। सत्यले गैर-यहूदी मसीहीहरूलाई चाहिं तिनीहरूले पहिले मान्दै आएका आफ्ना धर्महरूका मूर्तिपूजा र अन्धविश्‍वासहरूबाट छुटकारा दिलायो। (मत्ती १५:३, ६; २३:४; प्रेरित १४:११-१३; १७:१६) तर कुरा यति मात्र होइन।

१५ स्वतन्त्र तुल्याउने सत्यबारे कुरा गर्नुहुँदा येशूले भन्‍नुभयो: “साँचो साँचो म तिमीहरूलाई भन्दछु, पाप गर्ने प्रत्येक पापको दास हो।” (यूहन्‍ना ८:३४) आदम र हव्वाले पाप गरेको समयदेखिन्‌ बाँचेको प्रत्येक व्यक्‍ति पापी र पापको दास हुन गएको छ। येशू मात्र एउटा अपवाद हुनुहुन्छ, र येशूको बलिदानले उहाँमाथि विश्‍वास गर्नेहरूलाई त्यस दासत्वबाट मुक्‍त गरायो। हुनः त तिनीहरूको प्रकृति अझ पनि असिद्ध र पापी नै थियो। तापनि, तिनीहरू आफ्ना पापहरूका निम्ति पश्‍चाताप गर्न सक्‍तथिए र तिनीहरूले गरेका बिन्तीहरूको सुनवाइ हुनेछ भनी निर्धक्क भएर येशूको बलिदानको आधारमा तिनीहरूले क्षमा माँग्न सक्थे। (१ यूहन्‍ना २:१, २) येशूले चढाउनु भएको छुटकाराको बलिदानको आधारमा परमेश्‍वरले तिनीहरूलाई धर्मी ठहराइ दिनु भएको हुनाले, तिनीहरू उहाँसित एउटा शुद्ध अन्तस्करणका साथ सम्पर्क राख्न सक्‍तथिए। (रोमी ८:३३) साथै, छुटकाराको बलिदानले पुनरुत्थानद्वारा अनन्त जीवन पाउन सम्भव पारिदिएको हुनाकारण, सत्यले मानिसहरूलाई मृत्युको भयबाट समेत मुक्‍त गराइ दियो।—मत्ती १०:२८; हिब्रू २:१५.

१६. मसीही स्वतन्त्रता संसारले प्रदान गरेको कुनै पनि स्वतन्त्रताभन्दा धेरै फराकिलो किन थियो?

१६ मानिसहरूको नजरमा जस्तो सुकै अवस्थामा भएका पुरुष र महिलाहरूका लागि एउटा अद्‌भुत ढङ्‌गमा मसीही स्वतन्त्रता पाउने मौका खुल्यो। दरिद्रहरू, कैदीहरू, दासहरू समेत सबै स्वतन्त्र हुन सक्ने भए। अर्कोतिर, अन्य जातिहरूका ठूला-बडाहरू जस-जसले ख्रीष्टका समाचार अस्वीकार गरे, तिनीहरू अझै पनि अन्धविश्‍वास, पाप, र मृत्युको भयको दासत्वमा नै रही रहे। हामीले उपभोग गरिरहेका स्वतन्त्रताका निम्ति यहोवालाई धन्यवाद चढाउन हामीले कहिले छाड्‌नु हुँदैन। संसारबाट पाइने कुनै पनि कुराले यसको मुकाबिला गर्न सक्‍तैन।

स्वतन्त्र तर उत्तरदायी

१७. (क) प्रथम शताब्दीमा केहीले मसीही स्वतन्त्रता कसरी गुमाए? (ख) शैतानको संसारको देखावटी स्वतन्त्रताले हामीलाई भ्रममा किन पार्नु भएन?

१७ प्रथम शताब्दीमा, आफूले पाएको स्वतन्त्रतामा रमाउँदै प्रायः धेरै जसो अभिषिक्‍त मसीहीहरूले हर अवस्थामा आफ्नो सम्पूर्ण निष्ठा कायम राखेको हुनुपर्छ। तथापि, बडो दुःखका साथ भन्‍नुपर्छ कि केही चाहिं मसीही स्वतन्त्रता र त्यसबाट पाइने सारा आशिषहरूको स्वाद चाखी सकेपछि तिनलाई तिरस्कार गर्दै फेरि संसारकै दासत्वमा फर्केका छन्‌। किन? निस्सन्देह धेरैको विश्‍वास कमजोर भएर गयो, र तिनीहरू त्यसै ‘तर्केर गए।’ (हिब्रू २:१) कसै कसैले चाहिं ‘विश्‍वास र सुविवेकलाई एकातिर पन्छाएर विश्‍वासको जहाज डुबाइ’ दिए। (१ तिमोथी १:१९) सम्भवतः तिनीहरू भौतिकवाद अथवा अनैतिक जीवनशैलीको शिकार हुन गए। व्यक्‍तिगत अध्ययन, प्रार्थना, र मसीही गतिविधिमा आफूलाई व्यस्त राखेर आफ्नो विश्‍वासको रक्षा गर्दै त्यसलाई अझ बलियो पार्नु कति महत्त्वपूर्ण छ! (२ पत्रुस १:५-८) मसीही स्वतन्त्रताको मूल्याङ्‌कन गर्न हामी कहिले न छाडौं! यो साँचो हो कि मण्डली बाहिरको छाडा जीवनशैली देखेर सांसारिक मानिसहरू हामीहरू भन्दा बढी स्वतन्त्र छन्‌ भन्‍ने विचार कसै कसैको मनमा आउन सक्‍तछ। तर, वास्तवमा, संसारमा देखिने स्वतन्त्रता अक्सर एक प्रकारको गैर-जिम्मेदारी मात्र हो। हामी परमेश्‍वरका दास होइनौं भने पापका दास हौं, र यो दासत्वमा पर्नेहरूले अति नै चर्को मोल चुकाउनु पर्दछ।—रोमी ६:२३; गलाती ६:७, ८.

१८-२०. (क) कुनै कुनै व्यक्‍तिहरू “ख्रीष्टका क्रूसका शत्रुहरू” कसरी भए? (ख) केहीले चाहिं ‘आफ्नो स्वतन्त्रतालाई दुष्टताको ओढने’ कसरी बनाए?

१८ फिलिप्पीका मसीहीहरूलाई लेखेको पत्रमा पावलले अझ यो पनि लेखे: “धेरै जना यसरी हिंड्‌छन्‌, जसका विषयमा मैले तिमीहरूलाई बारम्बार भनेथें, र अब पनि रुँदै भन्छु, कि तिनीहरू ख्रीष्टको क्रूसका शत्रुहरू हुन्‌।” (फिलिप्पी ३:१८) हो, केही मानिसहरू कुनै समयमा मसीहीहरू थिए तर पछि गएर तिनीहरू विश्‍वासका शत्रुहरू, सम्भवतः धर्मत्यागीसमेत भएछन्‌। हामीले तिनीहरूको अनुसरण न गर्नु अति नै महत्त्वपूर्ण छ! यस बाहेक पत्रुसले पनि यस प्रकार लेखेका छन्‌: “स्वतन्त्रजस्तै भएर हिंड़, तर दुष्टताको ओढ़नेले तिमीहरूका स्वतन्त्रतालाई ढाकेर होइन, तर परमेश्‍वरको दासझैं भएर चल।” (१ पत्रुस २:१६) एक जना व्यक्‍तिले आफ्नो स्वतन्त्रताको प्रयोग दुष्टता ढाक्नका लागि कसरी गर्न सक्‍तछ? एकातिर गम्भीर पापहरू गर्दै—सम्भवतः गोप्य रूपमा—र अर्कोतिर मण्डलीसित पनि सङ्‌गत गर्दै।

१९ डियोत्रिफसलाई सम्झिनुहोस्‌। यूहन्‍नाले तिनको बारेमा भने: “तिमीहरूमा [मण्डलीमा] ठूलो हुनखोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्‌। . . . भाइहरूलाई पनि ग्रहण नगरी, ग्रहण गर्ने इच्छा गर्नेहरूलाई पनि रोकेर मण्डलीबाट निकालिदिने प्रयास गर्दछन्‌।” (३ यूहन्‍ना ९, १०) डियोत्रिफसले आफ्नै स्वार्थी आकाड़ा ढाक्नका लागि आफ्नो स्वतन्त्रताको प्रयोग गरे।

२० चेला यहूदाले लेखे: “कुनै कुनै मानिसहरू गुप्त रूपले भित्र घुसेका छन्‌, जो प्राचीन कालदेखि त्यसै दण्डको निम्ति ठहरिएका अधर्मी मानिसहरू हुन्‌, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई लुच्चयाइँमा फिराएर हाम्रा अद्वितीय स्वामी र प्रभु, येशू ख्रीष्टलाई अस्वीकार गर्छन्‌।” (यहूदा ४) मण्डलीसित सङ्‌गत गर्दै, यस प्रकारका मानिसहरूले अरूहरूमाथि भ्रष्ट प्रभाव पार्दथिए। (यहूदा ८-१०, १६) पर्गामम र थिआटायराका मण्डलीहरूमा गुटबन्दी, मूर्तिपूजा, र अनैतिकता थियो भन्‍ने कुरा हामी प्रकाशितवाक्यमा पढछौं। (प्रकाश २:१४, १५, २०-२३) मसीही स्वतन्त्रताको कस्तो दुरुपयोग!

२१. आफ्नो मसीही स्वतन्त्रताको दुरुपयोग गर्नेहरूले के परिणाम भोग्नेछन्‌?

२१ यस प्रकार आफ्नो मसीही स्वतन्त्रताको दुरुपयोग गर्नेहरूले के परिणाम भोग्नेछन्‌? इस्राएललाई के भयो, सम्झनु होस्‌। परमेश्‍वरका छानिएका जाति इस्राएल थियो, तर अन्तमा यहोवाले त्यसलाई अस्वीकार गर्नुभयो। किन? किनभने इस्राएलीहरूले परमेश्‍वरसितको आफ्नो सम्बन्धलाई दुष्टता ढाक्नका निम्ति प्रयोग गरे। तिनीहरू अब्राहामका पुत्रहरू हुन्‌ भन्दै घमण्ड गरे तापनि अब्राहामका सन्तान र यहोवाले रोज्नु भएका मसीह, येशूलाई चाहिं तिनीहरूले इन्कार गरे। (मत्ती २३:३७-३९; यूहन्‍ना ८:३९-४७; प्रेरित २:३६; गलाती ३:१६) “परमेश्‍वरका इस्राएल” चाहिं सामूहिक रूपमा त्यसरी अविश्‍वासी साबित हुनेछैनन्‌। (गलाती ६:१६) तर कुनै पनि मसीहीले व्यक्‍तिगत रूपमा आत्मिक वा नैतिक प्रदूषण फैलाएमा अन्ततोगत्वा त्यसले अनुशासन अथवा कडा इन्साफ समेत भोग्नु पर्नेछ। आफ्नो मसीही स्वतन्त्रता कसरी प्रयोग गर्दछौं त्यसका निम्ति हामी सबै नै उत्तरदायी छौं।

२२. आफ्नो मसीही स्वतन्त्रता परमेश्‍वरको दास हुनका निम्ति प्रयोग गर्नेहरूले के आनन्द अनुभव गर्ने छन्‌?

२२ परमेश्‍वरको दास भएर साँच्चै नै स्वतन्त्र हुनु कति असल हो। यहोवाले दिनु हुने स्वतन्त्रता मात्र वास्तवमा मूल्यवान हुन्छ। हितोपदेश भन्दछ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितोपदेश २७:११) यहोवालाई साँचो साबित गर्नका निम्ति नै हामी आफ्नो मसीही स्वतन्त्रताको प्रयोग गरौं। यसो गऱ्‍यौं भने हाम्रो जीवन अर्थपूर्ण हुनेछ, स्वर्गमा हुनुहुने हाम्रो पितालाई हामीले आनन्दित तुल्याउने छौं, र अन्ततोगत्वा परमेश्‍वरका छोराहरूका महिमावान स्वतन्त्रताबाट आनन्द उठाउनेहरू मध्ये हामी पनि हुनेछौं। (w92 6/1)

के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?

◻ को मात्र साँच्चै नै स्वतन्त्र छ?

◻ आदम र हव्वाले कुन कुन प्रकारका स्वतन्त्रताहरूबाट आनन्द उठाउँद थिए र तिनीहरूले ती किन गुमाए?

◻ यहोवासित बाँधेको वाचा पालन गर्दा इस्राएलीहरूले कुन कुन प्रकारका स्वतन्त्रताहरू अनुभव गर्दथिए?

◻ येशूलाई स्वीकार गर्नेहरूले कुन कुन प्रकारका स्वतन्त्रताहरू पाए?

◻ प्रथम शताब्दीमा कसै कसैले आफ्नो मसीही स्वतन्त्रताको दुरुपयोग कसरी गरे अथवा त्यो कसरी गुमाए?

[पृष्ठ ६-मा भएको चित्र]

येशूले दिनु भएको स्वतन्त्रता मानिसले दिन सक्ने कुनै पनि स्वतन्त्रताभन्दा धेरै नै असल थियो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने