सारा समय सुसमाचारका लागि बिताउनु
प्रेरित पावल एउटा अप्ठ्यारो परिस्थितिमा थिए; जुन कुरा पूर्ण-समय सेवकाईमा लागेका यहोवाका साक्षीहरूले पनि अनुभव गरेका छन्—अर्थात् तिनी सँग अति नै कम रकम थियो। अतः कोरिन्थमा तिनले पाल बनाउने साधारण काम गर्न थाले, जुन काम तिनले तरुनो हुँदा सिकेका थिए। काम कठिन थियो, र पाल बनाउने खस्रो कपड़ा चलाउँदा चलाउँदा, कहिलेकाहीं तिनको हातबाट रगत पनि निस्किन्थ्यो होला। त्यसको आमदानीबाट मुश्किलले खान र लाउन पुग्थ्यो, तर तिनी सन्तुष्ट थिए, किनकि प्रत्येक दिन आफ्नो जीविकोपार्जनको काम सके पछि, औजारहरू थन्काएर, कोरिन्थमा जुन कुरा गर्नका निम्ति तिनी आएका थिए, सो गर्थे—अर्थात् तिनी सुसमाचारको प्रचार गर्द थिए!—फिलिप्पी ४:११, १२.
विश्राम-दिन आउनासाथै, पावल यहूदीहरूका सभाघरमा जान्थे। यो साँचो हो, कि पहिले पावल “कमजोरी भएर डराउँदै र ज्यादै कम्पमा” कोरिन्थका श्रोताहरूको सामुन्ने गएका थिए। (१ कोरिन्थी २:१, ३) तर तिनको सन्देशप्रति कसै कसैले देखाएको प्रतिक्रियाबाट प्रोत्साहित भएर, पावल “हरेक विश्रामको दिनमा सभाघरमा बहस गर्थे, औ यहूदीहरू र ग्रीकहरूलाई मनाउन प्रयत्न गर्थे।”—प्रेरित १८:१-४.
केही समयका लागि, तथापि पावलले समय समयमा मात्र प्रचार गर्न सके। अनि सिलास र तिमोथी म्यासिडोनियाबाट उदार अनुदान लिएर आए जसबाट ‘तिनको अभाव पूरा हुन गयो।’ (२ कोरिन्थी ११:९; फिलिप्पी ४:१५) अर्को उत्साहवर्धक खबर यो पनि थियो, कि थिस्सलोनिकीका भाइहरू सतावट हुँदा हुँदै पनि दह्रो थिए।—१ थिस्सलोनिकी ३:६.
यसबाट पावलमाथि के असर पर्यो? “पावल वचनको जोशमा परेर [आफ्नो सारा समय प्रचारमा लगाए,” द येरूशलेम बाइबल; [टुडेज इङ्गलिश भर्सन], यहूदीहरूलाई ‘येशूनै ख्रीष्ट हुन्’ भनी शिक्षा दिनलागे।” (प्रेरित १८:५) केही समयकालागि आर्थिक दबाउबाट मुक्त भएका हुनाले, पूर्ण-समय सेवकाईमा पुनः नलागुञ्जेल पावल चैनले बस्न सकेनन्। बड़ो उत्साहका साथ तिनी यस काममा लागे। यहूदीहरूलाई मात्र तिनले प्रचार गरेनन् तर आफ्ना प्रेरित पत्रहरू मध्यका सबै भन्दा प्रथम पत्र अर्थात्—थिस्सलोनिकीहरूलाई लेखिएको प्रथम पत्र लेख्न पनि तिनले समय निकाले!
आज हाम्रालागि एउटा नमुना
सबै मसीहीहरूलाई सुसमाचार सुनाउनमा अत्यन्तै व्यस्त रहने प्रोत्साहन हामीलाई दिनका लागि, कोरिन्थमा पावलले जोड़तोडसँग गरेका प्रचारको कामको लेखा सुरक्षित राखिएको हो। प्रभु येशू स्वयंले आफ्ना चेलाहरूलाई “जगतका ज्योति” हुने उच्च प्रतिष्ठा दिनु भयो भनी पावलले बुझेका थिए। तिनीहरूले त्यो ज्योति लुकाउन हुँदैन थियो। येशूले तिनीहरूलाई भन्नुभयो: “तिमीहरूका ज्योति मानिसहरूका सामु चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।” (मत्ती ५:१४-१६) यसको अर्थ येशूले अग्रिमवाणी गर्नु भएको प्रचारको काममा पूर्ण रीतिले भाग लिनु हो। (मत्ती २४:१४; २८:१९, २०; प्रेरित १:६-८) मसीही मण्डलीको अस्तित्वको मुख्य कारणनै राज्यको सुसमाचारको प्रचार गर्नु थियो।
पावल जस्ता पहिलेका मसीहीहरूले, यो प्रचारको कामलाई बड़ो गम्भीरतासाथ ध्यान दिन्थे। यसकारण, “जीवनका कर्त्तालाई” क्रूरतासाथ मारे पछि, सत्यको ज्योतिलाई निभाइ दियौं भनी परमेश्वरका शत्रुहरूले सोंचेका थिए, तर उहाँका अनुयायीहरू संसारका ज्योति भएर जोडतोडकासाथ प्रचार गर्न थाले। (प्रेरित ३:१५) सतावट समेतले तिनीहरूका प्रयासहरूलाई रोक्न सकेन। बाइबल भन्दछ: “दिनदिनै तिनीहरूले मन्दिरमा र घरघरमा गएर शिक्षा दिन र येशूनै ख्रीष्ट हुन् भन्ने सुसमाचार सुनाउन बन्द गरेनन्।” (प्रेरित ५:४२) कुनै कुराले पनि तिनीहरूलाई रोक्न सकेन!
आधुनिक समयमा, मसीहीहरू यसै प्रकारले साक्षी दिने गतिविधिमा तनमनले लागेकाछन्। १९ वीं शताब्दीको अन्ततिर, परमेश्वरको वचनका सद्विवेकी विद्यार्थीहरूले बाइबलका सत्यकुराहरू अरूहरूलाई पनि सुनाउने आवश्यकता देखे। जायन्स वाचटावर ट्र्याक्ट सोसाइटी—आज अन्तर्राष्ट्रिय स्तर प्राप्त गरेको सङ्गठन—१८८४ मा स्थापित भयो। १९३१ देखि यहोवाका साक्षीहरू भनी कहलाइने यी बाइबलका विद्यार्थीहरूले परमेश्वरको वचनको ज्ञानले वास्तवमा सारा पृथ्वीलाई ढाकी सकेकाछन्। तिनीहरूले यस प्रकार तनमन लाएर गरेका काम द्वारा चालिस लाख भन्दा बढ़ी जनहरूको एउटा ठूलो फौज खड़ा हुन सकेको छ! र यहोवाको निर्देशन अन्तर्गत तिनीहरूको संख्या अझै बढ़दै जानेछ भन्ने कुरामा कुनै शङ्का छैन।—यशैया ६०:२२.
के तपाईंले गर्नु पर्ने काम तपाईं गर्दै हुनुहुन्छ?
येशूले भन्नुभयो: “फसल ता साँच्चिनै प्रशस्त छ, तर खेतालाहरू भने थोरै छन्।” (मत्ती ९:३७, ३८) १९९० मा येशूको मृत्युको स्मरणार्थ मनाउनकालागि करीब एक करोड मानिसहरू भेला भएका थिए। विश्व-व्यापी कटनीमा वृद्धि हुने कस्तो अद्भुत सम्भावना छ! तर यो भइ रहेको विस्तारमा हर्षित हुँदा, हामी प्रत्येकले आफूलाई यो सोध्नु पर्दछ, ‘यस महान काममा मैले कुन हदसम्म भाग लिइरहेको छु? के म यो काम नियमित रूपमा—यथा सम्भव प्रत्येक हप्ता गरिरहेछु?’
प्राचीनहरूले “बगालको उदाहरण” भएर यस काममा अगुवाइ लिनु पर्दछ। (१ पत्रुस ५:३) यो साँचो हो, कि धेरै जस्ता प्राचीनहरूको सांसारिक पेशाहरू छन्। कोरिन्थमा हुँदा पावलको पनि थियो। तापनि, नियमित प्रचार गतिविधिका निम्ति तिनले समय छुट्ट्याउँद थिए। सप्ताह अन्तमा, धेरै प्राचीनहरू आज त्यसै प्रकारले आध्यात्मिक गतिविधिमा धुनधानसँग लाग्दछन्। यसबाट एउटा शक्तिशाली र उत्साहवर्धक प्रभाव मण्डलीका सबैमा पर्न सक्तछ। कुनै कुनै महिनाहरूमा एउटा विशेष प्रयास गर्दा, मण्डलीहरूका धेरै जसा प्रकाशकहरूले अग्रगामी सेवा गर्दछन्। यसको रहस्य के हो? प्राचीनहरूले प्रचार र क्षेत्र-सेवकाई दुवैमा अगुवाइ लिएका हुनाले।
यसै प्रकार सहायक सेवकहरूले पनि नियमित रूपमा क्षेत्र सेवकाईमा भाग लिने गरेमा मण्डलीमा राम्रो प्रभाव पार्न सक्तछन्। याद राख्नुहोस्, धर्मशास्त्र भन्दछ कि तिनीहरू “गम्भीर . . . राम्ररी काम गर्ने” हुनु पर्दछ। (१ तिमोथी ३:८, १३) एउटा प्राचीन वा सहायक सेवक हुने योग्यका हुनकालागि क्षेत्र-सेवकाइमा विश्वासीलो हुनु जरूरी छ।—तितस १:८, ९.
पावल जस्तै, कसै कसैले आफ्ना सांसारिक पेशामा लगाउने समयमा कटौती गरेर, अग्रगामी सेवा गर्न सकेका छन्। नियमित, सहायक, विशेष अग्रगामीहरूको संख्या १३७,८६१ देखि दश वर्ष भित्र बढ़ेर १९९० मा ५३६,५०८ पुगेकोछ। निश्चय पनि यहोवाको आशिष र अनुमोदनले मात्र यो सम्भव हुन सकेको हो। तथापि, अग्रगामीहरूले सेवकाईमा समयमात्र बिताउने होइन तर समय अर्थपूर्ण ढङ्गमा बिताउन जरूरी छ। अग्रगामीहरू हो, के तपाईंहरू आफ्नो सेवकाईका निम्ति राम्रोसँग तयार र प्रभावकारी हुनुहुन्छ? आफ्नो सेवकाईलाई साँच्चैनै फलदायी बनाउनका निम्ति, के तपाईं नियमित रूपमा उन्नति गरिरहनु हुन्छ?
एउटा सन्तुलित सेवकाईबाट प्राप्त हुने इनामहरू
प्रत्येक महिना प्रहरीधरहरा र त्यो सँग छापिने अवेक! पत्रिकाहरूमा प्रस्तुत गरिने जीवन-दायी सूचनाको के तपाईं मूल्याङ्कन गर्नु हुन्छ? यो मूल्याङ्कनको कारण यी पत्रिकाहरू बाँड़ने काममा भाग लिन के तपाईं प्रेरित हुनु भएको छ? बोट्स्वानाकी एउटी बहिनीले त्यसो गरिन्। शुरूमा त तिनी सच्चाइको विरोध गर्थिन्। तर तिनका पतिले यी पत्रिकाहरू पढ़ेर तिनलाई सुनाउने गरे। समयमा, तिनले आफ्नो विचार बदलिएर एउटी साक्षी भइन्। तिनी स्वयंलाई पढ़न न आए तापनि, यी पत्रिकाहरू बाँड़ने काममा तिनी धेरै नै सफल छिन् र मानिसहरूलाई भन्छिन्: “मलाई त पढ़न आउँदैन, तर मेरा पतिले यी पत्रिकाहरू पढ़ेर मलाई सुनाउनु हुन्छ। यसबाट म धेरै नै आनन्द उठाउँछु र निश्चय नै तपाईंले पनि आनन्द उठाउनु हुनेछ।”
जीवन बचाउको यो काममा तपाईं किन प्रत्येक हप्ता भाग लिने गर्नु हुन्न? आध्यात्मिक योग्यता प्राप्त गर्न साथै, तपाईंलाई यस काम शुरू गर्ने मद्दत दिन मसीही मण्डली खुशी हुनेछ। तथापि, पत्रिकाहरूको वितरण, सेवकाईको एउटा हिस्सा मात्र हो। सुसमाचारको प्रचारमा अति नै व्यस्त रहनेहरू एउटा सन्तुलित सेवकाई कायम राख्ने कोशिश गर्छन्। उदाहरणका लागि, वाचटावर सोसाइटीले लाखौं प्रति पुस्तकहरू छपाउने गर्छ र आत्मिक आहारको एउटा अझ स्थायी स्रोतको रूपमा यी पुस्तकहरू जन साधारणको सामुन्ने प्रस्तुत गरिन्छ। यु क्यान लिव फरेवर इन पेराडाइज अन अर्थ जस्ता पुस्तकहरूको वितरणमा भाग लिनेसम्मको योग्यता के तपाईंले आफ्नो सेवकाईमा प्राप्त गर्नु भएको छ?
र चासो व्यक्त गर्ने मानिसहरूको विषयमा के गर्नु हुन्छ? के तपाईं तिनीहरूको नाउँ र ठेगानाको राम्रो तालिका राख्नु भएर तिनीहरूकहाँ पुनः भेट गर्नु जानु हुन्छ? यी भेटहरू द्वारा सेवकाईको सबै भन्दा आनन्दायक भागमा प्रवेश गर्न सक्नु हुन्छ—र त्यो हो मानिसहरूको घरमा बसेर बाइबल अध्ययन गर्ने काम। सम्झनु होस्, येशूले मत्ती २८:१९ र २० मा ‘चेला बनाउनु र तिनीहरूलाई बप्तिस्मा दिनु’ भनी हामीलाई आदेश दिनु भयो। यसको अर्थ, तिनीहरूसँग बाइबल अध्ययन गर्नु हो। यो साँचो हो, कसैसँग बाइबल अध्ययन शुरू गर्दा धैर्यको आवश्यकता पदर्छ। एउटा वृद्ध दम्पतीसँग एक जना साक्षीको भेट भयो र यी दम्पतीले खुशीसित बाइबल अध्ययन गर्न मञ्जुर गरे। तर तिनीहरूले तीन हप्तासम्म लगालग अध्ययन स्थगित गरे। अन्ततोवगत्व, अध्ययन शुरू भयो। त्यस पछि, फेरि केही समयका लागि, ती दम्पतीले प्रायः हप्तै पछि अध्ययन टारनु थाले। तर आखिरमा, पत्नी चाहिं बप्तिस्मा गर्नेसम्मको भइन्। यी दम्पतीसँग अध्ययन गर्ने भाइ भन्छन्: “बप्तिस्मा लिइसके पछि, तिनका आँखाहरू खुशीका आँसुले भरिए र त्यो देखेर म र मेरी पत्नीलेपनि खुशीका आँसु बगायौं।” हो, तनमनसाथ सुसमाचारको प्रचारमा लाग्नाले वर्णन गर्नै न सकिने आनन्द उठाउन सकिन्छ!
सेवा गर्नका लागि अघि सर्नुहोस्
येशू ख्रीष्ट र प्रेरित पावलले हाम्रो निम्ति भक्तिका असल उदाहरणहरू छाड़ेका छन्। र आधुनिक समयमा, यहोवाका साक्षीहरूको माझमा हामी थुप्रै राम्रा राम्रा उदाहरणहरू पाउन सक्छौं। सुसमाचारबारे जानकारी भएका सबै नै यस विषयमा अरूहरूलाई भन्ने काममा पूर्णरूपले सक्रिय हुने समय आएको छ। यो सँग सम्बन्धित कुनै पनि परिश्रम “व्यर्थमा हुँदैन” भनी बाइबलले हामीलाई विश्वास दिलाउँदछ।—१ कोरिन्थी १५:५८.
पावलको जस्तै, धेरै जसा मानिसहरूको आर्थिक समस्याहरू छन्। यसले गर्दा, धेरैले अग्रगामी सेवामा भाग लिन सक्तैनन्। तर यहोवाको मद्दत द्वारा, हामी सबैले रोमी १२:११ मा उल्लेखित राम्रो सल्लाह मान्न सक्छौं: “प्रयत्न गर्नमा अल्छि न होओ, आत्मामा जोशिलो होओ, प्रभुको [यहोवा, न्यु.व.] सेवा गर्दै रहो।” र यहोवाको सेवामा अझ समय बिताउन पाउने गरी आफ्ना परिस्थितिहरूमा केही हेर-फेर भयो भने, यहोवालाई साँच्चैनै प्रेम गर्ने व्यक्तिले, पावलले झैं, मौका छोप्ने छ। सुसमाचारको प्रचारमा अत्यन्तै व्यस्त रहनु होस्! यसो गर्नाले, वर्तमानमा मात्र आशिष पाउनु हुने होइन तर भविष्यमा अनन्तकालीन आनन्द र सुखका साथ अनन्त जीवनको इनाम प्राप्त हुनेछ!—मत्ती १९:२८, २९. (w91 7/1)